समाज

    Showing 9,441-9,450 of 11,082 items.
  • अमेरिकाबाट डिपोर्ट भएका ३ भुटानी नागरिक पक्राउ

    काठमाडौं— संयुक्त राज्य अमेरिकाबाट डिपोर्ट गरिएका ३ जना भुटानी नागरिकलाई प्रहरीले झापामा पक्राउ गरेको छ । उनीहरूलाई  शनिवार भारततर्फको पानी ट्याङ्कीबाट काँकडभिट्टा आएकाले पक्राउ गरिएको झापाका एसपी मिलन केसीले जानकारी दिए।पक्राउ पर्नेमा ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ रहेका छन् । ट्रम्प प्रशासनले चार्टर्ड विमानमार्फत उनीहरूलाई भुटानको पारो एयरपोर्टमा लगेर छाडेको पाइएको छ । ४ दिनअघि पारो एयरपोर्टमा उत्रिएका उनीहरू काँकडभिट्टामा देखिएका हुन् । अमेरिकाबाट आफ्नो समूहमा १० जना डिपोर्ट (निष्कासन) मा परेको उनीहरूले प्रहरीलाई बताएका छन् ।भुटानी शरणार्थीहरूलाई प

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 372 पटक पढिएको
  • नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

    काठमाडौं— काठमाडौंको नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ भने दुई जना घाइते भएका छन् ।गएराति ८ बजे नागार्जुन नगरपालिका–८ ठुलो खोला नजिक धादिश्रबाट काठमाडौं आउँदै गरेको प्र ३ –०१–०२४  च ८३२२ नम्बरको टाटा योद्धा गाडी दुर्घटना भएको थियो ।दुर्घटनामा गोरखा भीमेश्वर गाउँपालिका–४ का ५० वर्षीय गोकुल पाण्डेको मृत्यु भएको छ । उनको स्वयम्भूको मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा गाडी चालक भिमेश्वर –४ कै ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजि भट्ट घाइते भएका छन् ।

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 381 पटक पढिएको
  • सामाजिक सञ्जालमा भ्रामक सूचना पोस्ट नगर्न साइबर ब्यूरोको अनुरोध

    काठमाडौं— नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूमा भ्रामक सूचना फैलाउने र हिंसात्मक पोस्ट गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ब्यूरोले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस प्रकारका अभिव्यक्तिहरूले समाजमा हिंसात्मक वातावरण सिर्जना गरी सामाजिक सद्भाव र देशको सुरक्षा व्यवस्थामा समेत गम्भीर असर पुर्‍याउन सक्ने भन्दै त्यस्ता गतिविधिलाई प्रोत्साहन नगर्नरनगराउन अनुरोध गरेको छ ।यस्ता गतिविधिसँग सम्बन्धित विषयवस्तुहरू सामाजिक सञ्जालमा सेयर नगर्न समेत ब्यूरोले भनेको छ ।सामाजिक सञ्जालको दुरुपयोग गर्दा कानुनी झमेलामा पर्न सक्ने भएकाले जिम्मेवार भएर प्रयोग गर्न

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 520 पटक पढिएको
  • बहिनी जिस्काएको विषयमा विवाद हुँदा युवकको हत्या

    काठमाडौं— ललितपुरको महालक्ष्मी नगरपालिका ४ ओचु हाइटमा एक युवकको हत्या भएको छ । हत्या आरोपीलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।गएराति करिब ११ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले ३० रामेछाप नै घर भएका रिपक खातीलाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।‘उनीहरुबीच बहिनी जिस्काएको विषयमा विवाद थियो, सोही सन्दर्भमा गर्धनमा खुकुरी प्रहार गरी हत्या भएको देखिन्छ,’ इमाडोल प्रहरी स्रोतले भन्यो ।हत्या आरोपी दीपक रसाइलीलाई राति नै इमाडोल प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा जिम्मा लगाएको थियो । हत्याको अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका एसएसपी

    • प्रकाशित मितिः चैत १४, २०८१
    • 364 पटक पढिएको
  • हाइस अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

    काठमाडौं— चन्द्रागिरी नगरपालिका–२ नागाढुङ्गा ढलानस्थित सडकमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख ५५४६ नम्बरको हाइस अनियन्त्रित भई आइतबार साँझ दुर्घटना भएको हो।दुर्घटनामा करिब २५ वर्षीया सबिना गुरूङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। उनको ठेगाना खुलिसकेको छैन।दुर्घटनामा घाइते भएका हाइसमा सवार दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र एकजनाको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ। हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 311 पटक पढिएको
  • पर्वतमा बलात्कार आरोपमा युवक पक्राउ

    काठमाडौं— पर्वतमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका–९, बनौका १९ वर्षीय विजय फगामीमगर छन् ।१४ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । आइतबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।गत मंसिर ३ गते उनले बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 538 पटक पढिएको
  • बालिका बलात्कार आरोपमा युवक पक्राउ

    काठमाडौं— पाँचथरमा बालिका जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिलिहाङ गाउँपालिका–४ का २६ वर्षीय दोर्ण रसाइली छन् ।उनले १६ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको आरोप छ । शनिबार साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।फिदिम नगरपालिका–२, रमितेडाँडास्थित रमिते होटेलको कोठामा बिहीबार बालिकालाई  जबरजस्तीकरणी गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 465 पटक पढिएको
  • विदेशी पुनर्बिमा दलाललाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन

    काठमाडौं— नेपाल बिमा प्राधिकरणले विदेशी पुनर्बिमा दलाललाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन दिएको छ । बिमकको पुनर्बिमा निर्देशिका, २०८० बमोजिम हालसम्म कार्यालय स्थापना नगरेका विदेशी पुनर्बिमा दलाललाई तीन महिनाभित्र उक्त कार्य गर्न निर्देशन दिइएको हो ।बिमकको पुनर्बिमा निर्देशिका, २०८० मा प्राधिकरणमा सूचीकृत र सूचीकरण नम्बर प्राप्त गरेका पुनर्बिमा दलालले ६ महिनाभित्र नेपालमा संयुक्त लगानीमा कम्पनी, शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था छ । 

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 341 पटक पढिएको
  • अखेटोपहार सालकको खपेटासहित एक जना पक्राउ

    काठमाडौं— काठमाडौंको चन्द्रागिरी नगरपालिका ४ पानी घाटस्थित चित्लाङ - थानकोट सडकखण्डबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा शैलुग गाउपालिका वडा नं. ६ घर भएका ३२ वर्र्षीय सुवास तामाङ रहेका छन् । मकवानपुरको चित्लाङबाट थानकोट आइरहेका उनलाई प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा सालकको खपेटा जस्तो देखिने चिजवस्तु ८ थान, नग्रां एक थान, हड्डी एक थान, दुम्सीको काँडा जस्तो चिजवस्तु तीन थान, नगद रुपैयाँ ५२ हजार र कलर्स कम्पनीको सादा मोबाइल एक थान बरामद गरेको प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 377 पटक पढिएको
  • भक्तपुरमा मृत भेटिएका व्यक्ति खोटाङका ओमप्रकाश, हत्याको आशंका

    काठमाडौं— भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९, बोडेस्थित नीलबाराहीको पिकनिक स्थलनजिक एकजना मृत अवस्थामा भेटिएका छन् । पिकनिकस्थल नजिकैको पार्किङस्थलमा आइतबार बिहान खोटाङका केपिलासगढी गाउँपालिका–२ का ६६ वर्षीय ओमप्रकाश राई मृत भेटिएका हुन् ।मृतक राईको दाहिने कानको छेउमा र टाउकोमा चोट देखिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए । मृतक राई कबाडी सामान टिप्ने काम गर्दै आएका थिए ।डीएसपी न्यौपानेका अनुसार, शव फेला परेको ठाउँमा रगत लतपतिएको ढुंगा पनि फेला परेको छ । “रगत लतपतिएको ढुंगा फेला परेको छ । घटनाको प्रकृति हेर्दा ढुंगा प्रहार गरी हत्या ग

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 431 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.