समाज

    Showing 9,481-9,490 of 11,082 items.
  • एम्वुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौं— मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित कोशी लोकमार्गमा एम्वुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर पञ्चावती–४ घर भइ मोरङको बुढिगंगा–२ स्थितमा बस्दै आएका २४ बर्षीय आशिष राई रहेका छन । चैत्र २ गते राती पौने ११ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मनमाया स्मृति प्रतिष्ठानको को. १ च ४७७४ नम्वरको एम्बुलेन्स अनियन्त्रित भइ सडक डिभाईडरमा ठोक्किई दुर्घटना हुँदा घाईते भएका चालक राईको बिराट टिचिङ अस्पताल गंगा चौकमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ताप्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 309 पटक पढिएको
  • चोक नामाकरणको विषयले उग्ररुप लिएपछि झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

    काठमाडौं— धनुषाको सबैला नगरपालिकामा ‘चोक’ नामकरणसहित बोर्ड राख्ने विषयमा दुई पक्षीय झडप भएको छ । सबैला नगरपालिकास्थित  भठिहनमा एक पक्षले ‘यादव चोक’ नामकरण गरिएको बोर्ड राख्न खोज्दा विवाद भएको धनुषा प्रहरीले जनाएको छ । अर्को पक्षले यादव चोक राख्न नमान्ने भएपछि विवाद उग्ररुप लिएको थियो । दुई पक्षबिच झडपलाई नियन्त्रणमा लिने क्रममा दुई राउन्ड अश्रुग्यास प्रहार गरेको धनुषा प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिनु भयोे। भठिहनका स्थानीय बासिन्दाले ‘यादव चोक’को नाममा आपत्ति जनाउँदै बोर्ड उखालेर प्रहरीको जिम्मा लगाएका थिए । स्थितिलाई नियन्त्रणमा लिने अश्रुग्यासका साथै लाठीचार्

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 397 पटक पढिएको
  • वैदेशिक रोजगारी: आठ महिनामा पाँचलाख ३४ हजारले लिए श्रम स्वीकृति

    काठमाडौं— वैदेशिक रोजगारीमा जान पछिल्लो आठ महिनामा पाँच लाख ३४ हजार ४७१ जनाले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिना अर्थात् २०८१ साउनदेखि फागुन मसान्तसम्म उनीहरूले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका हुन् ।अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा यस वर्ष वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १४.१७ प्रतिशतले वृद्धि भएको छ ।गत आर्थिक वर्ष २०८०/८१ को पहिलो आठ महिनामा चार लाख ६८ हजार १३५ जनाले श्रम स्वीकृति लिएका थिए ।अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा वैदेशिक रोजगारीमा जान ६६ हजार ३३६ जना बढीले श्रम स्वीकृति लिएक

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 484 पटक पढिएको
  • स्थानीयले गरे वडाध्यक्षमाथि आक्रमण प्रयास

    काठमाडौं— पोखरामा सार्वजनिक जग्गा संरक्षणका लागि नगरप्रहरीसहित पुगेका वडाध्यक्षमाथि आक्रमण प्रयास भएको छ । शनिबार पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष दीपक सुवेदीमाथि स्थानीय भुपेन्द्र गिरीले आक्रमण प्रयास गरेका हुन् ।गिरीले पोखरा–२१ स्थित बाँझीचौरमा सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गर्न थालेका थिए । त्यसलाई रोक्न बारम्बार मौखिक आग्रह गर्दा पनि उनले टेरेनन् । पोखरी रहेको उक्त जग्गामा गिरीले एउटा ट्रस्ट बनाउन लागेका थिए । त्यसपछि एक साता अघिदेखि संरचना नबनाउन भनिएको थियो । गिरीले नबनाउने पनि भनेका थिए । तर, रातिको समयमा संरचना बनाउन थालेपछि शनिबार नगर प्रहरी, वडाका प्रतिनिधि र टोल विकास संस्थ

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 371 पटक पढिएको
  • होलीबाट सङ्कलित रकम विद्यालयको विकासमा खर्च गरिने

    काठमाडौं— बैतडीमा एक विद्यालयले होली खेलेर तीन लाखभन्दा बढी रकम संकलन गरेको छ । होली खेलेर संकलन गरेको रकम विद्यालयको विकासमा खर्चने भएको छ । उक्त रकम पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर माध्यमिक विद्यालयले होली खेलेर तीन लाख १८ हजार आठ सय ५० सङ्कलन गरेको छ।विद्यालयले धेरै वर्षदेखि होली खेलेर आर्थिक स्रोत सङ्कलन गर्दै आएको छ।  विद्यालयले आफ्नै स्रोतमा छात्रावास सञ्चालन गरेको छ। निजी स्रोतका शिक्षक, छात्रावासलगायत शैक्षिक सामग्री व्यवस्थापनका लागि हरेक वर्ष होली खेलेर रकम सङ्कलन गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले बताए। यसैगरी, पाटन नगरपालिका–१ मेल

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 585 पटक पढिएको
  • श्रीमतीसँगको विवादपछि श्रीमानले नाडी काटे

    काठमाडौं— कैलालीको धनगढीमा एक जनाले श्रीमतीसँगको विवादमा आफ्नै नाडी ब्लेडले काटेका छन्।जिल्लाको गौरीगंगा नगरपालिका–१० घर भएर धनगढी उपमहानगरपालिका–१ मा कोठा भाडामा बस्ने २३ वर्षीय रोहन परियारले श्रीमती रितुसँगको विवादमा ब्लेडले नाडी काटेका हुन्।उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 437 पटक पढिएको
  • अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका—४ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका—१० बस्ने ३४ वर्षीय युवराज घिमिरेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । युवराजले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका- १२ टेकुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौ

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 324 पटक पढिएको
  • पोखरीमा डुबेर बालिकाको मृत्यु

    काठमाडौं— चन्द्रागिरि नगरपालिका वडानम्बर–८ स्थित निर्माणाधीन पार्कमा बनेको पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । पोखरीमा डुबेरसल्यानको कालीमाटी गाउँपालिका–४ की ५ वर्षीया पूर्णिमा थापाको मृत्यु भएको हो ।पोखरीमा डुबेको फेला परेपछि बालिकाका बुवा घनश्यामले तत्काल बलम्बुस्थित एपीएफ अस्पताल उपर्‍याएका थिए । बालिकाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 456 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं— नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७४ हजार १०० रुपैयाँ कायम छ । गएको शुक्रबार सुनको हालसम्मकै उच्च भएको थियो । त्यस दिन छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 329 पटक पढिएको
  • कच्ची घरमा आगलागी हुँदा १५ लाखको क्षति

    काठमाडौं—  गए राति कलंकीको नागार्जुन नगरपालिका–७, स्युचाटारस्थित एक कच्ची घरमा आगलागी भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको एक तलाको कच्ची घरमा राति पौने १० बजे लागेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिए ।कच्ची घर राति ९ः४० मा लागेको आगो १०ः५० बजे नियन्त्रणमा आएको प्रहरी उपरीक्षक बोहराले बताए ।साँघुरो ठाउँ भएकाले ठूलो दमकल छिर्न नसक्दा आगो निभाउन कठिनाइ भएको उनको भनाइ छ । तर, चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको सानो दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाएका थिए । आगालगीमा १५ लाख रुपैयाँबराबरको क्षति अनुमान गरिएको छ ।

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 371 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.