समाज

    Showing 9,491-9,500 of 11,082 items.
  • ग्यास सिलिन्डर पड्किँदा ३ जना घाइते

     काठमाडौं— सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा ग्यास सिलिन्डर पड्किंदा तीन जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका ६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।सिलिन्डर पड्किंदा खड्कासहित स्थानीय ग्याँस बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका हुन्। उनीहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। जोशीको पसलबाट ग्यास किनेकी खड्काले जोड्नका लागि समेत उनलाई घरमा बोलाएकी थिइन्। जोशीले सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको प

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 225 पटक पढिएको
  • प्रतिबन्धित लागुऔषध सहित ७ जना पक्राउ

    काठमाडौं— झापा र मोरङबाट प्रतिबन्धित लागुऔषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका–१ स्थितमा कोठा भाडामा बस्दै आईरहेका २६ बर्षीय डेक बहादुर थापाको कोठामा लागु औषध बिक्री वितरण भई रहेको भन्ने सूचनाको आधारमा पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले जानकारी दिए ।फागुन २९ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले थापा सहित ईलाम माङ्सेबुङ गाउँपालिका—३ की २५ बर्षीया अनु राई,  झापा कमल गाउँपालिका–३ का २६ बर्षीय सुरज कुमाल, दमक–५ का २५ बर्षीय रकद धिमाल र  दमक–७ का २८ बर्षीय बिर बहादुर पौडेललाई ट्रामाडोल ९० क्याप्सुल,  

    • प्रकाशित मितिः चैत १, २०८१
    • 497 पटक पढिएको
  • बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्रका सइ पक्राउ

    काठमाडौं— महोत्तरीको रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) बलात्कार आरोपमा पक्राउ परेका छन् ।  रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पका सशस्त्र प्रहरी नायब निरीक्षक धर्मेन्द्र महतोलाई पक्राउ गरिएको महोत्तरीका एसपी नकुल पोखरेलले बताए ।महतोमाथि १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । एसपी पोखरेलका अनुसार मर्निङवाकमा जाँदा महतोले अश्लिल शब्द बोलेको र सोही घटनालाई लिएर दिउँसो बालिकाका बुवा सोधपुछ गर्न सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा पुगेका थिए । पछि विवादले उग्ररुप लिँदै गएपछि स्थानीयले नाराबाजी गर्दै का

    • प्रकाशित मितिः चैत १, २०८१
    • 358 पटक पढिएको
  • साहित्यकार क्षेत्रीको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा भएको बताउँदै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।दिवङ्गत श्रष्टाप्रति सामाजिक सञ्जाल फेसबुकबाट श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त उनका परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ एवं दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गरेका छन् ।‘लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यासले कुनै समय क्याम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो । उहाँको बसाइँ र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिङ्गै गाउँहरू नै सिक्किम, असम,मेघालय र भुटानतिर बसाइँ सर्न बाध्य भएको पीडाको वर्णन गर्छन् ।

    • प्रकाशित मितिः चैत १, २०८१
    • 341 पटक पढिएको
  • लहान जाँदै गरेको बस दुर्घटना २० जना भन्दाबढी घाइते

    काठमाडौं— धनुषामा बस दुर्घटना हुँदा २० भन्दा बढी यात्री घाइते भएका छन् । सोही बस दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् । जनकपुरधामबाट सिरहाको लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक पल्टेको दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार दुर्घटनामा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।‘सामान्य, मध्यम र गम्भीर गरी २० भन्दा बढी यात्रु घाइते भएका छन् । ६ वटा एम्बुलेन्समा बिरामी उपचारका लागि अस्पतालहरुमा लगिएको छ’ उनले भने ।बसमा अधिकांश यात्रीहरु १५ दिने मिथिला मध्यमा परिक्रमामा

    • प्रकाशित मितिः चैत १, २०८१
    • 327 पटक पढिएको
  • सुनको मूल्य एकै दिनमा ४ हजारले वृद्धि

    काठमाडौं— नेपाली बजारमा आज एकै दिन सुनको मूल्य ४ हजार रुपैयाँले बढेको छ। बुधबार प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ७४ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहीबार फागू पूर्णिको सार्वजनिक बिदा परेकोले सूनको मूल्य निर्धारण गरिएको थिएन। आज आज एक तोला चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी २ हजार रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार ९ सय ८६ दशलमव ६ अमेरिकी डलर र चाँदी ३३ दशलमव ८५ डलरमा कारोबार भइरहेको छ।

    • प्रकाशित मितिः चैत १, २०८१
    • 506 पटक पढिएको
  • आज चन्द्रग्रहण लाग्दै छ, नेपालबाट नदेखिने

    काठमाडौं— चन्द्रग्रहण आज (मार्च १४) लाग्दै छ । त्यसक्रममा आकाशमा अनौठो दृश्य देखिनेछ । पृथ्वीको छायामा पर्दा चन्द्रमा रातोरातो देखिनेछ ।चन्द्रग्रहण एक खगोलीय घटना हो । यसक्रममा सूर्य, पृथ्वी र चन्द्रमा एउटै सिधा रेखामा हुनेछ । अमेरिकाका दक्षिण र उत्तरी भूभागबाट चन्द्रग्रहण स्पष्ट रूपमा देखिनेछ । जापान, अस्ट्रेलिया र युरोप र उत्तरपश्चिम अफ्रिकाका केही भूभागबाट पनि आंशिक चन्द्रग्रहण देखिनेछ ।नेपालबाट भने चन्द्रग्रहण नदेखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । “नेपालमा दिउँसोको समयमा हुने भएकाले चन्द्रग्रहण देखिँदैन,” उनले बाह्रखरीसित भने, “रातको समयमा हुने

    • प्रकाशित मितिः चैत १, २०८१
    • 297 पटक पढिएको
  • सोलुखुम्बुमा भाइरल सङ्क्रमण, क्षमताभन्दा बढी बिरामी अस्पताल भर्ना

    काठमाडौं— सोलुखुम्बुमा भाइरल सङ्क्रमणबाट बिरामीको संख्या बढेको पाइएको छ । विभिन्न स्थानमा भाइरल ज्वरो, रुघाखोकी, दम, निमोनिया, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको संख्या बढेको हो । बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको, जसले गर्दा जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको सेवा प्रवाहमा कठिनाइ सृजना भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पताल फाप्लुमा दैनिक एक दर्जनभन्दा बढी बिरामी भाइरल सङ्क्रमणका कारण उपचारका लागि पुगिरहेका छन् । पन्ध्र शय्या क्षमताको यस अस्पतालमा अहिले ५० जनाभन्दा बढी बिरामी भर्ना गरेर उपचार गराइरहेको अस्पताल प्रशासनले जनाए

    • प्रकाशित मितिः चैत १, २०८१
    • 450 पटक पढिएको
  • गुडिरहेको गाडीबाट हामफाल्दा एक जनाको मृत्यु

    काठमाडौं— सुर्खेतमा गाडीबाट हाम फाल्दा चोट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ का ३७ वर्षीय लक्ष्मी प्रसाद उपाध्याय रहेका छन्।फोर्स गाडीको ढोकाबाट हाम फाल्दा घाइते भएका उनी अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेका हुन् ।गएराति ११ बजेतिर वीरेन्द्रनगर नगरपालिका–१२ तीनकुने चोकबाट ईत्रामतर्फ जाँदै गरेको भे १ ख १९०४ नम्बरको फोर्स गाडीको ढोकाबाट उनले हाम फालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । गाडी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

    • प्रकाशित मितिः चैत १, २०८१
    • 424 पटक पढिएको
  • नेपालमा दैनिक २२ वटा विपद्का घटना, दुई जनाले गुमाउँछन् ज्यान

    काठमाडौं— नेपालमा दैनिक २२ वटाभन्दा बढी विभिन्न विपद्का घटना हुने गरेको पाइएको छ । ती घटनामा परी दैनिक दुई जनाभन्दा बढीले ज्यान गुमाउने गरेका छन् ।गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्‌कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार बितेको ११ महिनामा विपद्का घटनामा परी देशभर ७१६ जनाले ज्यान गुमाएका छन् । ०८१ वैशाख १ गतेदेखि फागुन २९ गतेसम्मको अवधिमा उनीहरूले ज्यान गुमाएका हुन् । यस तथ्यांकले नेपालमा दैनिक औसतमा २।१४ जनाको मृत्युको कारण विपद्का घटना भएको देखाउँछ ।पहिरो, बाढी, आगलागी, चट्याङ, भारी वर्षा, जनावर आक्रमण, हिउँपहिरोलगायत विपद्का घटनामा उनीहरूको मृत्यु भएको हो । यस अवधिमा देशभर सात हजार ४

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 365 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.