समाज

    Showing 9,531-9,540 of 11,082 items.
  • करार कर्मचारीलाई स्थायी बनाउने कानुनको विरोधमा विद्यार्थी

    काठमाडौं— सुदूरपश्चिम सरकारले स्थानीय तहहरूले भर्ना गरेका करार सेवाका कर्मचारीहरूलाई स्थायी बनाउने कानुन निर्माण गर्न थालिएको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले प्रदेश सभाको अगाडि बिहिवार साँझ विरोध प्रदर्शन गरेका हुन्।करार सेवामा भर्ना गरिएका कर्मचारीलाई स्थायी गर्न सहज कानुनी प्रबन्ध गर्न लागिएको भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय घेराउ गरेका विद्यार्थीहरूले प्रदेश सभाको अगाडि टायर बालेर, ढुङ्गा–मुडासमेत गरेर प्रदर्शन गरेका हुन। विधायन तथा प्रदेश मामिला समितिले तयार गरी प्रदेश सभामा पेस गरेको प्रतिवेदनमा उल्लिखित उक्त प्रावधानप्रति विद्यार्थी संगठनहरू

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 381 पटक पढिएको
  • एचआइभी सङ्क्रमितः सङ्घर्षसँगै सफलता

    चितवन । जिल्लाको राप्ती नगरपालिका निवासी नम्रता गुरुङ (नाम परिवर्तित) अहिले प्राथमिक तहको शिक्षिकाका रूपमा कार्यरत छिन् । उनी एचआइभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एड्स सङ्क्रमित छिन् ।गुरुङलाई कक्षा १२ पढिसकेपछि एचआइभी सङ्क्रमण देखिएको थियो । आफू छ–सात वर्षको उमेर हुँदा आमाको मृत्यु भएको बताउँदै उहाँले कक्षा १० मा पढ्दापढ्दै बुबाको भारतमा मृत्यु भएपछि काकाकाकीसँगै बस्दै आएको उल्लेख गरिन् । आफूलाई एचआइभी सङ्क्रमण भएपछि जीवन सक्किएको महसुस गरे पनि निरन्तर मेहनत र सङ्घर्ष गरेपछि अहिले शिक्षा सेवामा स्थायी हुन सफल भएको उनले बताइन् ।गुरुङले भनिन्, ‘सानै उमेरमा बुबाआमा गुमाउन पुगेपछि समाजलाई केह

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 373 पटक पढिएको
  • नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने कार्यमा संलग्न व्यक्ति पक्राउ

    काठमाडौं— नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको ज्वालामूखी गाउँपालिका–७ घर भई काठमाडौं तार्केश्वर नगरपालिका५ लोलाङ हाईट बस्ने २७ वर्षीय नारायणदत्त खकुराल छन् । वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको नामको नक्कली फेसबुक आईडी बनाई उनीहरूको आफन्तहरूसँग आफु र आफ्नो साथी बिरामी भई अस्पतालमा भर्ना भएको लगायतको बहाना बनाएर रकम असुली गरेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीबारे आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 347 पटक पढिएको
  • लागुऔषधसहित नागार्जुनबाट युवक पक्राउ

    काठमाडौं— काठमाडौंको नागार्जुन नगरपालिका–३ स्थित सिंगल ट्रिबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ घर भएर नागार्जुन बस्ने २६ वर्षीय अर्जुन श्रेष्ठ छन् ।आरोपीको साथबाट प्रहरीले १५ सय ६० एम्पुल लागुऔषध बरामद गरेको छ । श्रेष्ठको साथबाट ५४० एम्पुल डाइजेपाम, ५२० एम्पुल फेनारगन र ५ सय एम्पुल बुप्रेनर्फिन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।उनीविरुद्ध लागुऔषध मुद्दा ५ दिनको म्याद लिएर प्रहरी वृत्त स्वयम्भुले अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 348 पटक पढिएको
  • बेपत्ता भएका महेश ५ दिनपछि मृत फेला

    तनहुँ— तनहुँको भीमाद नगरपालिका वडा नम्बर—२ धरमपानीबाट बेपत्ता भएका ३६ वर्षीय महेश सुवेदी ५ दिनपछि मृत फेला परेका छन् । घरमा सुतिरहेका सुवेदी फागुन १७ गते बिहान बेपत्ता भएका थिए ।सुवेदीको खोजीका लागि परिवार तथा आफन्तले प्रहरीमा निवेदन दिएका थिए भने तनहुँको भीमादसहित स्याङ्जातर्फ खोजी कार्य गरेका थिए । भीमाद वडानम्बर २ को सालिमे पुछार र स्याङ्जाको हरिनास गाउँपालिकाको सीमामा रहेको कुलुङखोला किनारमा मृत भेटिएका हुन् ।उनको मृत्यु कारणबारे पोस्टमार्टमपछि जानकारी हुने प्रहरीले जनाएको छ । महेश हाल कावासोती नगरपालिका वडानम्बर ३ मध्यविन्दु टोल बस्दै आएका थिए । उनी भतिजहरुको व्रतवन्धमा धरमपानी पुगेका थिए

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 263 पटक पढिएको
  • डम्पिङ साइटमा मृत नवजात शिशु भेटिएपछि...

    काठमाडौं— मकवानपुरमा डम्पिङ साइटमा नवजात शिशुको शव भेटिएको छ। मनहरी गाउँपालिका—७ मा रहेको डम्पिङ साइटमा मंगलबार सालनालसहितको नवजात शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।नवजात शिशुको शव जेब्रा झोलाभित्र कपडाले बेरिएको अवस्थामा भेटिएको प्रहरी निरीक्षक विशाल सापकोटाले जानकार दिए । रक्ताम्य अवस्थामा फेला परेको शिशुको शव पोस्ट मर्टमका लागि जिल्ला अस्पताल पठाइएको उनले बताए।नवजात शिशुलाई कसले त्यसरी फाल्यो भन्ने अनुसन्धान भइरहेको इन्स्पेक्टर सापकोटाले बताए। त्यसका लागि स्थानीयहरू र अस्पतालहरूमा सोधपुछ भइरहेको उनले जानकारी दिए। 

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 374 पटक पढिएको
  • पर्वतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

    पर्वत— बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ  सोही दुर्घटनामा  ६ जना घाइते भएका छन् । गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु१ज ४४६० नम्बरको जीप दुर्घटनामा परेको हो ।दुर्घटनामा पर्वत बिहादी गाउँपालिका—३ का मीनप्रसाद उपाध्याय र कालीगण्डकी गाउँपालिका—५ गुल्मीका ६४ वर्षीया दिलकुमारी भट्टचनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी रवीन विष्टले जानकारी दिए ।उनका अनुसार घाइते ६ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ। उक्त जीपमा सवार  एकजना बालकको अवस्था भने सामान्य छ  । २ जनाको घट

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 304 पटक पढिएको
  • ग्याँस उद्योगीको माग पुरा भएपछि आन्दोलन स्थगित

    काठमाडौं— ग्यास उद्योगीहरूले आन्दोलन स्थगित गरेका छन् । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर कार्की, नेपाल एलपि ग्यास उद्योग संघका पदाधिकारीहरूको उपस्थितिमा पाँच बुँदे सहमति भएको हो । आन्तरिकतर्फ ग्यासमा प्रतिसिलिण्डर १२.७५ ले मूल्य वृद्धि गर्ने सहमति भएको छ । तर उपभोक्तालाई भने मूल्य नबढ्ने नेपाल आयल निगमले जनाएको छ । ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिण्डर रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाई अध्ययन कार्य अगाडि बढाउने सहमति भएको छ । यस्तै निगम र संघ दुवैको समन्वयमा सम्बो

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 446 पटक पढिएको
  • अवैध रकमसहित दुई जना पक्राउ

    काठमाडौं— सर्लाहीको मलंगवा नगरपालिका—८ बाट स्रोत नखुलेको नगद ७ लाख २८ हजार ९ सय रूपैयाँसहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा गोडैटा नगरपालिका—५ रामबन बस्ने ३८ वर्षीय मनोज गुप्ता र उनकै भाई ३५ वर्षीय श्री भगवान गुप्ता रहेका छन् ।उनीहरूलाई प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एन २२३० नम्बरको मोटरसाइकलमा नगद सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 306 पटक पढिएको
  • ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— ठगी मुद्दाका फरार प्रतिवादीलाई काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका१ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका—३ सागबारी बस्ने ३१ वर्षीय निराजन पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च माध्यमिक शिक्षा परिषद्को कर्मचारी हुँ भनि नागरिकता तथा उच्च माध्यमिक शिक्षा परिषद्को शैक्षिक प्रमाण पत्र लगायतमा फरक परेको विवरण मिलाई दिन्छु भन्दै पीडितलाई विश्वास दिलाई रकम लिई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर उनलाई सागबारीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 286 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.