समाज

    Showing 9,671-9,680 of 10,097 items.
  • स्वीकृति नलिई सहयोग उठाइएपछि विवाद

    रोल्पा / कोरोना रोकथाम र उपचारका लागि भन्दै यहाँका युवाले सहयोग उठाई औषधि र स्वास्थ्य सामग्री वितरण गर्न थालेपछि गङ्गादेव गाउँपालिकासँग विवाद भएको छ । स्थानीयवासी टेकम वलीले गाउँपालिका र स्थानीय प्रशासनको स्वीकृतिबिना अनियमितता गर्ने उद्देश्यले सहयोग सङ्कलन गर्न लागेकाले सो कार्य रोकेको गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले जानकारी दिए ।वलीले १० लाख रुपैयाँ सहयोग उठाएर आफूखुशी १० हजार रुपौयाँको औषधि वितरण गर्न थालेपछि गाउँपालिकाले सो काम गर्न स्वीकृति नदिएको अध्यक्ष खत्रीको भनाइ छ । गाउँपालिका कार्यालयका कर्मचारी र आसपासका स्थानीयवासीलाई कोरोना देखिएपछि गाउँपालिकाले लकडाउन बाहेक उपचार र रोकथामक

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 104 पटक पढिएको
  • मोटरसाइकल दुर्घटना चालकको मृत्यु

    मेचीनगर / झापाको मेचीनगर नगरपालिका–१० स्थित टीकापुरमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बुधबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा६३प २७९० नंको मोटरसाइकल आफौँ अनियन्त्रित भई सडक किनारमा रोकेर राखिएको भारतीय नं. को ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक मेचीनगर–१२ का ३० वर्षीय कुजैहाङ लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।दुर्घटनाबाट गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएकामा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 101 पटक पढिएको
  • चितवन निकुञ्जमा गौरी गाई गणना शुरु

    नवलपुर / राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचिमा सूचिकृत सङ्कटापन्न अवस्थाको जङ्गली गाई (गौरी गाई)को गणना चितवन राष्ट्रिय निकुञ्जमा शुरु गरिएको छ । निकुञ्जले पाँच वर्षपछि मङ्गलबारबाट सो गणना थालेको हो । गौरी गाईको पछिल्लो अवस्थाको बारेमा जानकारी लिने उद्देश्यले यसको आन्तरिक अनुगमन तथा गणना शुरु गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले बताए । गणनाका लागि निकुञ्जका २२ हात्ती र ६० जना जनशक्ति परिचालन गरिएको छ । गणना बढीमा पाँच दिनभित्र सकाउने लक्ष्य छ ।  निकुञ्जको सम्भावित चुरे, भावर र नदी तटीय क्षेत्रमा

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 111 पटक पढिएको
  • नेपालमा ‘सेल्फी विथ डटर’ अभियान शुरु

    काठमाडौँ  / नेपालमा पनि ‘सेल्फी विथ डटर’ अभियान शुरु भएको छ । लैङ्गिक समानताका लागि भारतका सुनिल जङ्गलानले थालेको सो अभियान भर्चुअल कार्यक्रम मार्फत नेपालमा पनि शुरु भएको हो । महिला सशक्तीकरण तथा लैङ्गिक समानताको मूलमर्म बोकेको यो अभियान सेल्फी विथ डटर फाउण्डेसन भारत र नेपाल इन्टरनेट फाउण्डेसनद्धारा भर्चुअल कार्यक्रम आयोजना गरी सञ्चालन भएको हो । कार्यक्रममा नेपालको तर्फबाट कक्षा आठमा अध्ययनरत तजैना श्रेष्ठ र भारतबाट कक्षा नौमा अध्ययनरत अवनेशी श्रीमलसहित दुवै देशबाट कम उमेरका युवती र महिलाहरुले आफ्ना भनाइहरु राखेका थिए ।नेपाल इन्टरनेट फाउण्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले नेपालमा अझै प

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 116 पटक पढिएको
  • मानवाङ्ग बेचबिखनका आरोपित पक्राउ

    सप्तरी / मिर्गौला बेचविखन गरेका आरोपमा सप्तरी प्रहरीले सप्तरीको सुरुङ्गा नगरपालिका–१ शिशुबारीका २४ वर्षीय रमेश विश्वकर्मालाई आज पक्राउ गरेको छ । पीडितको उजुरीका आधारमा सोही ठाउँका ३५ वर्षीय काले भनिने विश्वकर्मालाई पक्राउ गरी मानव वबचबिखन विरुद्धको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले बताए ।काठमाडौंँमा बस्दै आएका टिपर सहचालक आफूलाई आरोपित विश्वकर्माले ललाईफकाई बुटवलसम्म पु¥याएको र राम्रो पारिश्रमिक पाइने लोभ देखाई अपरिचित व्यक्तिको जिम्मा लगाएर भारत पठाएको पीडितले बताए । मादक पदार्थ खुवाई भारत पु¥याएका अपरिचित आरोपितले केही दिन होटल

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 98 पटक पढिएको
  • ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    बिर्तामोड / झापाको कन्काई नगरपालिका –३ मा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान पौने १२ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मे १ क ४४३ नम्बरको ट्रकले पैदलयात्री कन्काई नगरपालिका –७ की ७१ बर्षीया कमला माया कामीलाई ठक्कर दिंदा कामीको घटनास्तलमा नै मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 104 पटक पढिएको
  • सुरुङ भित्र ढुङगा (लुज) खस्दा कामदारको मृत्यु

    संखुवासभा / संखुवासभाको चिचिला गाउँपालिका –३ पुखुवामा निर्माणाधिन अवस्थामा रहेको अरुण तेस्रो जलबिद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथीबाट ढुङगा (लुज) खस्दा कामदारको मृत्यु भएको छ । आज बिहान साँढे ८ बजेको समयमा सुरुङ भित्र काम गर्ने क्रममा अचानक ढुङगा(लुज) खस्दा शुक्लाफाँट नगरपालिका –१२ कन्चनपुरका ३७ बर्षीय कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको हो । सोही ढुङगाले लाग्दा अर्का कामदार ५० बर्षीय मिठु राना समेत घाईते भएका छन् । घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी पठाईएको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ । 

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 99 पटक पढिएको
  • पानीमा डुबी एक महिलाको मृत्यु

    मोरङ / जिल्ला मोरङ रंगेली ५ आँपगाछीका रमेश मण्डलको धान खेतमा बोडिङको पानी जमेको खाल्डोमा डुबेको अबस्थामा १ जना महिला मृत अबस्थामा फेला परेको छ । मंगलबार बेलुका ईलाका प्रहरी कार्यालय रंगेलीमा खबर प्राप्त भए पश्चात प्रहरी टोली खटिगई बुझ्दा सोही स्थान बस्ने ५५ बर्षीय पारु देवी रिसिदेव रहेको खुलेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 96 पटक पढिएको
  • टेम्पु भिरबाट खस्दा १ बालकको मृत्यु, ४ जना घाईते

    खोटाङ / खोटाङ जन्तेढुंगा गाउपालिका –५ घोर्ले स्थित तारेभिरबाट अटो टेम्पु खस्दा अटोमा सवार सोही स्थानका १३ बर्षीय गोकुल परियारको मृत्यु भएको छ । उनको उपचारको लागी घोपा धरान ल्याउने क्रममा बेलुका ५ बजे बाटोमानै मृत्यु भएको हो । उक्त दुर्घटनाबाट घाईते हुनेमा टेम्पु चालक जेन्तेढुंगा ४ का ३३ बर्षीय जिवन राई, चालककै छोरा ७ महिनाको जर्मन राई, जेन्तेढुंगा ५ का १६  बर्षीय मणिराम राई, सोही स्थानका ६५ बर्षीय रत्न बहादुर राई रहेका छन् । घाईते मध्ये मणिराम राईको अबस्था सामान्य रहेकोले स्थानिय स्वास्थ्य केन्द्रमानै उपचार भईरहेको र बाकीलाई घोपा धरान तर्फ पठाईएको हो । मंगलबार बिहान १० बजे घोर्ल

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 94 पटक पढिएको
  • कोरोना कालमा पुनः जुर्मुराए गुर्जो–अभियानकर्मी युवा

    काभ्रेपलाञ्चोक / कोरोना सङ्क्रमणको दोस्रो लहरबाट उच्च जोखिम बढ्दै गएपछि बनेपाका गुर्जो–अभियानकर्मी युवा पुनः जुर्मुराएका छन् । गत सालको कोरोना कहरमा कोरोनाका बिरामी तथा संस्थागतरूपमा बहुउपयोगी रोग प्रतिरोधात्मक क्षमता बढाउने गुर्जो निःशुल्क वितरण गर्दै आएको उक्त युवा समूहले कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएलगत्तै गुर्जो वितरण अभियानलाई पुनः निरन्तरता दिएका हुन् ।अभियानको नेतृत्व गरेका बनेपा नगरपालिका–१० जनागालका युवा मुक्ति विष्टलाई हाल काभ्रेपलाञ्चोकका थुपै्र युवाले साथ दिइरहेका छन् । स्थानीय युवाले गुर्जो सङ्कलनमा साथ दिइरहेका छन् भने वितरणमा बनेपाका युवाले साथ दिइरहेको विष्टले बताए । “बि

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 172 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.