समाज

    Showing 9,911-9,920 of 10,097 items.
  • नौ सय खाद्य वस्तुको नमूना परीक्षण

    काठमाडौँ / खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आठ महीनाको अवधिमा ८८१ वटा वस्तुुको नमूना परीक्षण गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म बजार अनुगमन तथा निरीक्षण गर्दा विभिन्न स्थानबाट दुई हजार बढी वस्तुको नमूना सङ्कलन गरेको थियो । विभाग मातहतका ४३ कार्यालयबाट बजार निरीक्षण तथा अनुगमनबाट चालू आवको पहिलो चौमासिकमा एक हजार १८९ र दोस्रो आवमा एक हजार ९५ गरी आठ महीनाको अवधिमा दुई हजार २८४ वटा वस्तुको नमूना सङ्कलन गरिएको विभागका महानिर्देशक उपेन्द्र रायले जानकारी दिए । उनका अनुसार दोस्रो चौमासिकमा ८८१ वटा नमूनाको विश्लेषण गरिएको थियो ।ती वस्तुमा २७४ खाद्यान्न तथा

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 95 पटक पढिएको
  • डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट

    भोजपुर / भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानीमा सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । आगालागीबाट हतुवागढी गाउँपालिका–८ का अर्जुन राई, कञ्चन राई, भीमबहादुर राई, शान्तकुमारी राईको घर र कालीबहादुर राईको गोठ जलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।सुक्खा मौससमा मालढुङ्गा सामुदायिक वनमा लागेको डढेलो हावाले उडाउँदा घर जलेको र आगलागीबाट चारवटा घर र गोठ जलेर पूर्ण नष्ट भएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । 

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 88 पटक पढिएको
  • जुम्लामा मार्सी धानको खेती शुरु

    जुम्ला / जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धान मार्सीको खेती शुरु भएको छ । नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको कालिमार्सी खेती यो वर्षको चैत १२ गतेदेखि आरम्भ भएको छ । यहाँका किसानले बिहीबारदेखि मार्सी धानको बीउ राखेका छन् । धानको बीउ बोराको पानीमा भिजाएर राख्ने दिनलाई यहाँ धान उत्पादनको शुरुआतीका रुपमा लिने गरेको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी प्रेमराज पाण्डेले बताएका छन् । उनले भने, “यहाँको चलनअनुसार महिलाले मागल पुकारेसँगै सबैबाट चन्दननाथ, भैरवनाथ, मष्टो, कालिका, मालिका देवतालाई र आआफ्ना कूल देवतालाई सम्झेर बीउ राख्ने परम्परा छ ।” विश्वकै उच्च स

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 93 पटक पढिएको
  • श्रीमतीको हत्या गरेको अरोपमा श्रीमान् पक्राउ

    सुनसरी / श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताएका छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 109 पटक पढिएको
  • पुरिएको अवस्थामा बोराभित्र दम्पतीको शव फेला

    बिर्तामोड /  महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर–२ स्थित अत्तरा जाने बाटोमा माटोले पुरिएको अवस्थामा मानव कंकाल फेला परेको छ । होलीका लागि घर पोत्न माटो लिन गएका स्थानीयवासीले बिहीबार माटोले पुरेको अवस्थामा बोराभित्र मानव कंकाल फेला पारेका हुन् ।घटनास्थलमा पुगेका प्रहरी टोलीले माटो पन्छाएर खोजतलास गर्दा दुईवटा बोरामा मानव कंकाल फेला जनाएको छ । बोराभित्र राखेर माटोमा पुरिएको अवस्थामा फेला परेको कंकाल केही समयअघि बेपत्ता भएका महोत्तरीकै सोहडवा गाउँका ६५ वर्षीय मुसाफिर झा र ६० वर्षीय उनकी पत्नी गीतादेवी झाको परिवारलाई घटनास्थलमा बोलाएर कंकाल र कपडा देखाएपछि उनीहरुले ती कंकाल झा दम्पतीकै रहे

    • प्रकाशित मितिः चैत १२, २०७७
    • 112 पटक पढिएको
  • गरामनीमा प्रसाईं परिवारले मातापिताको नाममा स्मृति प्रतिष्ठानको स्थापना

    बिर्तामोड / झापाको बिर्तामोड –९ गरामनीका एक प्रसाईं परिवारले दिवंगत मातापिताको नाममा अक्षयकोष राखी सामाजिक सेवा कार्यको थालनी गरेका छन् ।अमेरिकामा बसोबास रहेका छोरा बुहारी नन्दिकेशर (नरेश) र सरिता प्रसाईंले पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरी रूपनारायण–पवित्रा प्रसाईं स्मृति प्रतिष्ठानको स्थापना गराएका हुन् ।प्रतिष्ठान स्थापनाको घोषणा कार्यक्रममाझ आज पहिलो दिनमा नै सासू ससुरालाई खुब माया र सम्मान गर्ने तर श्रीमानबाट प्रताडित एक महिलालाई उत्कृष्ट बुहारीकारूपमा सम्मान गरिएको छ । बिर्तामोड ७ खालबाडीकी संगीता खबासलाई नगद ४ हजार रुपैयाँ पुरस्कार र सम्मान पत्र अर्पण गरिएको हो ।सो अवसरमा परिवारका

    • प्रकाशित मितिः चैत ११, २०७७
    • 108 पटक पढिएको
  • ७५ प्रतिशत क्षेत्रमा इन्टरनेट जडान

    काठमाडौँ / देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत गत फागुन मसान्तसम्म ७५ प्रतिशत क्षेत्रमा जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउनेसम्बन्धी परियोजनालाई १८ प्याकेज बनाएर सञ्चालन गरेको छ । उक्त प्याजेकअन्तर्गत फागुन मसान्तसम्ममा ७४ दशमलव ८९ प्रतिशत स्थानमा उच्च गतिको इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणले जनाएको हो ।तेह्र प्याकेजअन्तर्गत ५० जिल्लामा तोकिएबमोजिम स्थानमा जडान सम्पन्न भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए

    • प्रकाशित मितिः चैत ११, २०७७
    • 102 पटक पढिएको
  • बाख्रा पालनबाट महिनाको डेढ लाख फाइदा

    झापा / पछिल्लो समय युवाहरु वैदेशिक रोजगारी त्यागेर स्वदेशमै उद्यमशीलतामा रमाउन थालेका छन् । मेचीनगर नगरपालिका–१० का ४१ वर्षीय विजय नेपाल त्यस्तै युवामध्येका एक हुन्, जसले खाडी मुलुक युएईको दुबईमा सात वर्ष बसेर फर्केपछि बाख्रापालन व्यवसाय गरिरहेका छन् ।उन्को ‘नेपाल कृषि फार्म’मा यतिबेला सय हाराहारीमा बोयर जातका बाख्रा हुर्किरहेका छन् । बाख्रापालनमा उनले एक करोड रुपैयाँ लगानी गरेमध्ये आधाचाहिँ वैदेशिक रोजगारीमा हुँदाको आर्जन नै हो । दश बिघा जमिन लिजमा लिएर दुई वर्षदेखि सञ्चालित फार्ममा छिटो हुर्किने बोयर प्रजातिका बाख्राको पाठापाठी उत्पादन गरी बेचिँदै आएको छ । उनको फार्ममा हाल १९ माउ बोयर ज

    • प्रकाशित मितिः चैत ११, २०७७
    • 131 पटक पढिएको
  • जनगणनाका लागि प्रशिक्षक तालीम शुरु

    बिर्तामोड / राष्ट्रिय जनगणना २०७८ का लागि प्रदेश नं १ स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु गरिएको छ । इलाम, पाँचथर, ताप्लेजुङ र झापाका गरी ८५ जनालाई प्रदेश नं १ कै भद्रपुर नगरपालिकास्थित कलबलगुडी प्रशिक्षण केन्द्रमा तालीम शुरु गरिएको हो । तालीममा झापाका ४३, इलाम, पाँचथर र ताप्लेजुङका ४२ उच्च मावि, माविका शिक्षक, स्थानीय तहका शिक्षा अधिकारीहरू र अन्य अधिकृतहरू सहभागी रहेको जिल्ला जनगणना कार्यालय चन्द्रगढीका प्रमुख चुडामणि लुइँटेलले बताए । तालीम संयोजक केन्द्रीय तथ्याङ्क विभागका निर्देशक तथा जनगणना २०७८ का राष्ट्रिय प्रशिक्षक ज्ञानेन्द्र बज्राचार्यसहित छ जना प्रशिक्षक रहेका छन् । उनले

    • प्रकाशित मितिः चैत ११, २०७७
    • 89 पटक पढिएको
  • महिनौँ देखि बेपत्ता व्यक्ति मृत भेटिए

    मार्तडी / जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा शव फेला परेको छ । गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको मङ्गलबार कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।छोराछोरीको बाल पोषण भत्ताको खाता खोल्न भनी गाउँपालिकाको केन्द्र वाई सुइजिउला आएका ल्वार बेपत्ता भएका थिए । बेपत्ता ल्वारको विभिन्न ठाउँमा खोजी गरे पनि कतैबाट पत्ता नलागेको र खोजी गर्दै जाँदा दुई महिनापछि शव नदी किनारमा भेटिएको आफन्त राजेन्द्र विश्वकर्माले बताए ।स्वामीकार्तिकको हिमालयन बैंकमा खाता खोल्नका लागि घरबाट आएका ल्वार बेपत्ता

    • प्रकाशित मितिः चैत ११, २०७७
    • 106 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.