दाङ / दाङमा नाचगान गर्दै गर्दा चट्याङ लागेर दुई जानको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङको घोराही उपमहानगरपालिका –१२ गुरउमा मंगलबार राति ११ बजे परेको चट्याङले १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु भएको हो ।





































