समाज

    Showing 9,971-9,980 of 11,086 items.
  • ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको आगलागीमा परेर १ जनाको मृत्यु

    ताप्लेजुङ / ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भएको आगलागीमा परेर ६७ वर्षीया चुलिमाया लिम्बूको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका–३ ढुङगेसाँघु घर भइ सदरमुकाममा छोरी ज्वाइँकोमा बस्दै आएकी उनको आगलागीमा परेर मृत्यु भएको हो ।कोप्चेको गोस लाइनस्थित रविन आङवोहाङको घरमा बस्दै आएकी उनको अस्पताल ल्याइ पुर्‍याउनु अघि नै मृत्यु भएको थियो । आगो निभाउने क्रममा वडा नं–४ का वडा अध्यक्ष जितेन लिम्बू लगायतका केही व्यक्ति घाइते भएका छन् ।आगलागी रविनको पक्की घरबाट सुरु भएको स्थानीयले बताएका छन् । आगलागीबाट जस्तापाताको छानो भएको छिमेकी संगीता केदेमको घर पूर्णरुपमा जलेको छ । दमकल, स्थानीय, सेना, प्रहरी, सशस्त

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 127 पटक पढिएको
  • ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी

    ताप्लेजुङ / ताप्लेजुङ सदरमुकाम फुङलिङस्थ्ति कोप्चेमा आज बिहान आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट आगलागी सुरू भएको हो ।आगलागीबाट एउटा घर जलेको छ भने आसपासका घरहरु जोखिममा परेका छन् । आगो नियन्त्रण गर्न फुङलिङ नगरपालिकाको दमकल तथा स्थानीय र सुरक्षाकर्मी खटिएका छन् ।आगो अन्यत्र सल्किए कोप्चे बजार पुरै जोखिममा पर्ने देखिन्छ । वर्षेनी आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यो वर्ष सुख्खा याम लागेसँगै बजार क्षेत्रमा पहिलो पटक आगलागीको घटना भएको हो ।

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 189 पटक पढिएको
  • आज मौसम सफा, भोलि चट्याङ सहित वर्षा

    काठमाडौं / मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ । राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा अपराह्न पछि एक/दुई स्थानमा मेघगर्जन र चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, गण्डकी प

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 157 पटक पढिएको
  • झुण्डिएको अवस्थामा त्रिवि परिसरको जंगलमा युवकको शव फेला

    काठमाडौं / कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरभित्रको जंगलमा झुण्डिएको अवस्थामा एक युवकको फेला परेको छ । बुधबार बिहान त्रिवि क्रिक्रेट मैदाननजिकै जंगलमा युवकको शव फेला परेको प्रहरीले जनाएको हो । घटनास्थलमा प्रहरी पुगिसकेको र घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 153 पटक पढिएको
  • घाँटी काटिएको अवस्थामा महिलाको शव फेला

    काठमाडौँ / चाँगुनारायण नगरपालिका–७ बागरेमा घाँटी काटिएको अवस्थामा महिलाको शव फेला परेको छ ।बागरेस्थित तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको जस्ताको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा अन्दाजी ३५र४० वर्षीया महिलाको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको हो ।सोमबार राति करिब १० बजे मृतक महिलाको घाँटी अगाडी भागमा गहिरो चोट लागेको, शरिरको अन्य भागहरुमा समेत काटेको चोटहरु र अर्धनग्न अवस्थामा रहेको शव फेला परेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिएका छन् । ती महिलाको सनाखत हुन सकेको छैन् ।शव पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट लगिएको र घ

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • 184 पटक पढिएको
  • अभिनेता पल शाह प्रकरण: १६ युट्युव च्यानल र १० ओटा वेबपोर्टल कारबाहीमा ,एक व्यक्ति पक्राउ

     काठमाडौं  //अभिनेता पल शाह प्रकरणमा प्रेस काउन्सिल नेपालले १६ युट्युव च्यानलसहित १० ओटा वेबपोर्टललाई  कारबाही गरेको छ। वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने तथा नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरी नाम, तस्वीर र भिडिओ सामग्री सम्प्रेषण गरेकाले कारबाही गरिएको हो। काउन्सिलले सूचना तथा प्रसारण विभागमा दर्ता र काउन्सिलमा सूचीकरण नभएका १० वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि यसअघि नै नेपाल दूरसञ्चार प्राधिकरणमा सिफारिस गरिसकेको छ ।उनीहरूमाथि नेपालमा नचल्ने गरी प्रतिबन्ध लगाउन दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरण

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 174 पटक पढिएको
  • आफ्नै नवजात शिशुको हत्या आरोपमा महिला पक्राउ

    काठमाडौं / आफ्नै नवजात शिशुको हत्या आरोपमा चितवनमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । कालिका नगरपालिका(१० टुँडिखेलकी २१ वर्षीया मञ्जु चेपाङलाई बच्चा जन्माएर हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।गत फागुन १९ गते दिउँसो ४ बजे हत्या गरेर फालिएको अवस्थामा सो ठाउँमा नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो । मञ्जुलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 150 पटक पढिएको
  • दमौली बजारको हार्डवेयरमा आगलागी

    दमौली  / तनहुँको दमौली बजारस्थित एक घरमा आगलागी भएको छ। के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको हो ।ब्यास नगरपालिका ४ स्थित  भुपाल हार्डवेयर पसलमा आज बिहान १०स्२५ बजेतिर लागेको आगो अझै नियन्त्रणमा आउन  सकेको छैन । आगलागी निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो । स्थानीय बासिन्दा र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरेका छन्।

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 112 पटक पढिएको
  • दाङ-सल्यान सडक खण्ड १० दिन बन्द हुने

    काठमाडौँ / राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्ड १० दिनका लागि बन्द हुने भएको छ । तुलसीपुरको चोरखोलादेखि सल्यानको कपुरकोटसम्मको सडक मर्मत गर्नुपर्ने भएकाले आइतबारदेखि १० दिन बन्द गर्न लागिएको हो ।भोलिदेखि बन्द हुने सडकमा अब चैत १ गतेदेखि मात्रै गाडी सञ्चालन हुने सल्यानका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् । सडक बन्द गरेर ठेकेदारले कपुरकोट चोरखोला सडक खण्डमा दैनिक तीन सिफ्टमा काम गर्ने तयारी गरेका छन् ।बिहान ७ बजेदेखि ९ बजेसम्म पहिलो सिफ्ट, बिहान११ बजेदेखि दिउँसो ३ बजेसम्म दोस्रो र साँझ साढे ५ बजेदेखि ८ बजेसम्म तेस्रो सिफ्टमा कामदार खटाएर सडक मर्मत गर्न लागिएको हो ।

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • 123 पटक पढिएको
  • दुर्घटनामा वडा अध्यक्षको मृत्यु, क्षतिपूर्तिको माग गर्दै स्थानीयद्वारा विरोध प्रदर्शन

    काठमाडौं / शुक्रबार राति मोटरसाइकल दुर्घटनाका कारण सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका -१ का वडाध्यक्ष नवराज कार्कीको मृत्यु भएपछि आज क्षतिपूर्ति माग गर्दै विरोध प्रदर्शन भइरहेको छ । कार्कीको मृत्यु पश्चात आज शनिबार मृतका परिवार र स्थानीय बासिन्दाले उपचारमा लागेको खर्च व्यहोर्नुपर्ने, दोषीलाई कारबाही हुनुपर्ने तथा उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।यहि फागुन ८ गते सुर्खेतको छिञ्चु बजार नजिक फोर्स गाडीले कार्की सवार मोटरसाईकललाई ठक्कर दिएकोथियो। सो दुर्घटनामा ३० वर्षीय कार्की गम्भीर घाईते भएकाथिए । शुक्रबार राति काठमाडौं स्थित न्यूरो अस्पतालमा अध्यक्ष कार्कीक

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 189 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.