समाज

    Showing 9,981-9,990 of 11,086 items.
  • बनभित्र गाडेको अवस्थामा एक बालिकाको शव फेला

    मोरङ  / मोरङको लेटाङ –८ ज्यामिरे टोलकी १२ वर्षीया बालिकाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने  प्रहरीले खुलाएको छैन।जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत करुणा राई विद्यालयबाट घर फर्किने क्रममा बुधबार दिउँसो ४ बजेदेखि बेपत्ता भएकी थिइन्।बालिका बेपत्ता भएपछि खोजतलासका लागि परिवारका सदस्यले प्रहरीलाई सूचना दिएका थिए। प्रहरीले खोजी गर्ने क्रममा आज (शुक्रबार) बिहान लालहिरा सामुदायिक बनभित्र गाडेको अवस्थामा बालिकाको शव फेला पारेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मञ्जील मुकारुङले जानकारी दिए। ‘११ गते बेलुकादेखि हराएको बालिकाको शव गाडिएक

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 293 पटक पढिएको
  • मजदुर बलिदान दिवसको अवसरमा सहिदका परिवारलाई सम्मान

    बिर्तामोड  / २१ औँ मजदुर बलिदान दिवस तथा सम्मान कार्यक्रम आज झापाको बिर्तामोडमा सम्पन्न भएको छ । अखिल ट्रेड युनियन महासंघ झापाकी अध्यक्ष सिता सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अखिल ट्रेड युनियन महासंघ प्रदेश १ का इन्चार्ज भुपाल सापकोटा प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा माओवादी केन्द्र प्रदेश सदस्य कुबेर श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।  वि स २०५८ साल फागुन मजदुरीको लागि कालिकोटको कोटवाडामा गएका साबिकको जोगिमारा गाविसका १८ जना मजदुरहरूलाई तत्कालीन शाही नेपाली सेनाद्वारा सुतेकै ठाँउमा हत्या गरिएको थियो । कार्यक्रममा २ (मिसी धिमाल र टेक नारायण राज

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 185 पटक पढिएको
  • पोखरामा असिनापानीले ११ करोडको क्षति

    काठमाडौं / पोखरामा गत आइतबार परेको भीषण असिनापानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बाक्लो असिना पानीका कारण केही जनावर र तरकारी तथा फलफूलसहित बालीनाली नष्ट हुँदा ११ करोड रुपैयाँको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको हो ।पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडारियाले पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको र अन्य वडामा सामान्य क्षति भएको जानकारी दिए। कडारियाले राज्यले कृषकलाई दिएको बीमा सुविधासमेत कृषकले सदुपयोग गरेमा यस प्रकारका क्षतिबाट राहत पुग्नसक्ने बताएका छन् ।

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 119 पटक पढिएको
  • झापाको भद्रपुरमा बन्यो डेढ करोड लागतमा काली मन्दिर

     बिर्तामोड  / झापाको भद्रपुर नगरपालिका(१० स्थित चन्द्रगढीमा काली मन्दिर पुनःनिर्माण गरिएको छ। धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनर्निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिएका छन्।२०२१ मा बाँसको टाटीबेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप व्यवस्थित गरिएको र अहिले मोरङको रङ्गेलीमा रहेको काली मन्दिरजस्तै भव्य बनाइएको उनले बताए।  मन्दिर निर्माणका लागि भद्रपुर नगरपालिकाले २७ लाख सहयोग उपलब्ध गराएको छ। नगर प्रमुख जीवनकुमार श्रेष्ठले नमूनायोग्य र दर्शनीय काली मन्दिर निर्माण गरेर पर्यटक भित्र्याउने सोचअनु

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 314 पटक पढिएको
  • हिउँ खेल्न गएका २ किशोर मृत अवस्थामा फेला

      गोरखा//हिउँ  खेल्न गएका बारपाक सुलिकोट गाउँपालिकाका २ किशोर मृत अवस्थामा फेला परेका छन्। हिउँ खेल्ने क्रममा वेपत्ता भएका किशोरको आइतबार मृत अवस्थामा शव फेला परेको हो। हिउँ खेल्न भन्दै माघ २० गते बारपाक सुलिकोट गाउँपालिका-१ का साइला भन्ने सञ्जय घले र बारपाक सुलिकोट-२ का करण घले लाप्राक गएका थिए ।सोही दिनदेखि उनीहरू सम्पर्कविहीन रहेका उनीहरुको बारपाक सुलिकोट गाउँपालिका–१ तिम्रास्थित डाँडाको खोचमा  उनीहरूको शव फेला परेको प्रहरीले जानकारी गरेको छ। २० गतेदेखि हराइरहेका उनीहरुको माघ २३ गते आफन्तले खोजी कार्यका लागी भन्दै प्रहरीमा निवदेन दिएपछि स्थानीयको सहयोगमा प्रहरीले खोजी कार्य स

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 190 पटक पढिएको
  • सर्लाहीमा करेन्ट लागेर एक युवकको मृत्यु , एक घाइते

     सर्लाही//सर्लाहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन।  शनिबार करेन्ट लागेर बागमती नगरपालिका ८ बस्ने २५ वर्षका रामु महतोको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ। सोहि नगरपालिकाको वडा नम्बर २ बस्ने कुमार परियारको घरको छत ढलानको लागि रड सेटिङ गर्ने क्रममा घर छेउमा रहेको बिजुलीको तारमा रडले छुदा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर सिकिस्त भएका उनलाई  स्थानीय अस्पतालमा लगिएका  उनको उपचारको क्रममा मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी गराएका छन्। करेन्ट लागेका रामुलाई बचाउने क्रममा २१ वर्षका दीपकक

    • प्रकाशित मितिः माघ २९, २०७८
    • 158 पटक पढिएको
  • आजदेखि मौसम सफा रहने

    काठमाडौँ / आज (शनिबार) देखि कम्तीमा ३ दिनसम्म कतै वर्षा, हिमपातको सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार सोमबार रातिसम्म लगभग देशभर मौसम सफा रहनेछ । महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव भने जारी छ । यतिबेला (शनिबार बिहान) पहाडी भेगमा आंशिक बदली (थोरै आकाशमा बादल) छ भने तराईका थोरै स्थानमा हुस्सु रकुहिरो लागिरहेको बुलेटिनमा उल्लेख छ ।मौसम पूर्वानुमान महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ । तर मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिलेसम्मको अनुमानमा एक हप्तायता पानी पार्ने तथा हिम

    • प्रकाशित मितिः माघ २९, २०७८
    • 178 पटक पढिएको
  • नेपाल प्रहरीका तीन जिल्ला प्रहरी प्रमुखको सरुवा

     काठमाडौं//नेपाल प्रहरीका तीन जिल्ला प्रहरी प्रमुखको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालले चितवन, महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको काज सरुवा गरेको हो ।चितवनमा एसपी नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा वीरेन्द्र शाहीको सरुवा भएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले जानकारी गराएका छन्। हाल चितवनमा ओम अधिकारी, महोत्तरीमा दिनेश आचार्य र बर्दियामा ईश्वर कार्की कार्यरत रहेका थिए। 

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 361 पटक पढिएको
  • निजी डेरीले पनि बढाए दूधको मूल्य

    काठमाडौं / दूध बिक्री गर्ने निजी क्षेत्रका उद्योग (डेरी)हरूले पनि दूधको मूल्य बढाएका छन् । शुक्रबार नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले संयुक्त पत्रकार सम्मेलन गर्दै दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको जानकारी दिएको हो ।सरकारी स्वमित्वको डीडीसीले वृद्धि गरेको दूधको मूल्य स्वीकार्न नसकेर नयाँ मूल्य घोषणा गरेको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताएका छन् ।यसअघि स्ट्यान्डर्ड प्रशोधित दूधको प्रतिलिटर बजार मूल्य ७६ रुपैयाँ थियो भने ५ सय एमएलको एक प्याकेटको मूल्य ३८ रुपैयाँ थियो । अब पाँच सय एमएलको एक प्याकेटको खुद्रा बिक्री मूल्य ४३ रुपैयाँ कायम भएको छ ।

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 167 पटक पढिएको
  • आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

    पाल्पा / पाल्पाको बगनासकाली गाउँपालिका–२ पोखराथोकमा आगो ताप्ने क्रममा महिलाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानकी ७२ वर्षीया गौकुमारी श्रेष्ठ रहेको प्रहरीले जनाएको हो ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले आगो ताप्ने क्रममा हात र खुट्टा जलेपछि उपचारका क्रममा मृत्यु भएको बताएका छन् । श्रेष्ठलाई युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको थियो। 

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 223 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.