शिक्षा

    Showing 111-120 of 1,003 items.
  • स्थापनाको १२ वर्षपछि विज्ञान संग्रहालयको नामबाट हटाइयो बीपी कोइरालाको स्मृति

    काठमाडौं— कीर्तिपुरस्थित ‘बीपी कोइराला स्मृति प्लानेटोरियम, अब्जरभेटरी एन्ड साइन्स म्युजियम’को नामबाट बीपी कोइरालाको स्मृति हटाइएको पाइएको छ। स्थापना भएको करिब १२ वर्षपछि संस्थाको औपचारिक नाम परिवर्तन गरी ‘प्लानेटोरियम, अब्जरभेटरी एन्ड साइन्स म्युजियम’ मात्र राखिएको छ।नाम परिवर्तनबारे कुनै सार्वजनिक सूचना वा औपचारिक जानकारी नदिइएको भन्दै चासो व्यक्त गरिएको छ। हाल संस्थाले प्रयोग गरिरहेको आधिकारिक पत्राचारमा पनि बीपी कोइरालाको नाम उल्लेख गरिएको छैन।नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा स्थापना गरिएको उक्त संस्थाको उ

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 483 पटक पढिएको
  • शिक्षाको वार्षिक बजेट सवा २ खर्ब-सामुदायिक विद्यालयको पूर्वाधार आवश्यकता म्यापिङ गर्न १ अर्ब

    काठमाडौं— सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड विनियोजन गरेको छ ।शुक्रबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले चालू आर्थिक बर्षको भन्दा ७ अर्बले बृद्धि गर्दै शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड विनियोजन गरिएको जानकारी दिए । उनले मुलुकभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकताको म्यापिङ गर्नका लागि एक अर्ब विनियोजन गरेको बताए ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 406 पटक पढिएको
  • नेपाली सेनाद्वारा विद्यालय भवन निर्माण

    सिद्धार्थनगर। रुपन्देहीको रोहिणी गाउँपालिका–२ मैनिहवास्थित राम आधारभूत विद्यालयमा नेपाली सेनाले दुई कक्षाकोठासहितको नयाँ भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । विद्यालयका कक्षाकोठा जीर्ण बन्दै गएपछि पठनपाठन प्रभावित हुन थालेको हो । यस्तो अवस्थामा नेपाली सेनाले ‘शीघ्र प्रभावी योजना’ अन्तर्गत नयाँ भवन निर्माण गरेको हो । निर्माण सम्पन्न भवनको बुधबार मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति हिम्मतबहादुर विष्टले उद्घाटन गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सावर यादवलाई हस्तान्तरण गर्नुभएको थियो । तारादल गणद्वारा निर्माण गरिएको उक्त भवनले विद्यार्थीलाई सुरक्षित र व्यवस्थित वातावरणमा

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • 381 पटक पढिएको
  • शिक्षामन्त्रीसँग इयू आबद्ध मुलुकका राजदूतहरूको शिष्टाचार भेटवार्ता

    काठमाडौं— शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू) सँग आबद्ध विभिन्न मुलुकका महामहिम राजदूतहरूले शिष्टाचार भेटवार्ता गरेका छन् ।सिंहदरबारस्थित मन्त्रालयमा सोमबार नेपालस्थित इयूको कार्यालयका डेपुटी हेड अफ मिसन थोमस मिलर तथा लिथुवानिया, साइप्रस, चेक रिपब्लिक, लक्जेम्बर्ग, रोमानिया, डेनमार्क र नेदरल्याण्डका गैर आवासीय राजदूतहरूले शिक्षामन्त्री पोखरेलसँग संयुक्त रूपमा भेटवार्ता गरेको हो । उक्त भेटमा द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा सहकार्यलगायत विषयमा विचार–विमर्श भएको थियो ।युरोपेली सम्बद्ध मुलुकका प्रतिनिधिहरूले नेपालको परिवर्तित सन्दर्भमा सरकारको प्राथमिकताको क्षेत्रका

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 494 पटक पढिएको
  • छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदनः आवेदन स्वीकृत गर्ने क्रम जारी

    काठमाडौं— काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन फाराम भरेका छन् । यसरी आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य छन् ।आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ । शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार ३ हजार ३०२ जना आवेदकको विवरण सच्याउनु पर्ने देखिएकोले सच्याउनका लागि मोबाइल र इमेलबाट आवेदकलाई सूचित गरिएको छ । उनीहरूले भोलि दिउँसो १२ जनासम्म विवरण सच्याएर पुनः पेस गर्नु पर्नेछ ।प्रणालीमार्फत आवेदन दिन असजिलो महसुस गर्ने अभिभावक र विद्या

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 519 पटक पढिएको
  • नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    काठमाडौँ। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालमा विद्यावारिधि तह डिएम/ एम सिएसतर्फ तीन विधामा विद्यावारिधि तहको पठनपाठन हुने भएको छ । ती विधामा डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर तथा एम सिएस युरोलोजी विषय छन् । संस्थानका कार्यकारी निर्देशक उपरथी प्रा डा देवेन्द्रबहादुर खत्रीले भन्नुभयो, “विद्यावाधि तह डिएम/एम सिएसतर्फ डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर  तथा एमसिएस युरोलोजी विषयमा पठनपाठन गर्न स्वीकृति प्राप्त भएको छ । अब छिट्टै पठनपाठन थालनी हुने छ ।”संस्थानअन्तर्गत हाल स्नातक तहमा पाँच कार्यक्रम (एमबिबिएस, बिपिएच, विएस्सी एमएलटी, बिएनएस विएस्सी तथा नर्सिङ कार्यक्रम)

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 255 पटक पढिएको
  • विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण गर्न थालिएको छ । विद्यार्थीलाई मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले डोको, दाम्लो, स्याखु निर्माणसम्बन्धी तालिम सञ्चालन भएको हो । बेनी नगरपालिकाको ‘हामी सक्छाँै, हामी गर्छांै’ कार्यक्रममार्फत कक्षा ९ र १० का विद्यार्थीहरूलाई तालिम सञ्चालन गरिएको दीपक माविका सहायक प्रधानाध्यापक विजय सुवेदीले बताउनुभयो । एक महिनासम्म सञ्चालन हुने तालिममा २० जनाभन्दा बढी विद्यार्थीहरू सहभागी भएका छन्

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 270 पटक पढिएको
  • विद्यालय जोगाउन जग्गा दान

    दोलखा— दोलखाको वैतेश्वर–३ स्थित (सामुदायिक) कालिढुङ्गा माध्यमिक विद्यालय जोगाउन स्थानीयले करिब ४ रोपनीभन्दा बढी जग्गा दान गरेका छन्। विद्यार्थी संख्या घटेर विद्यालय बन्द हुने अवस्थामा पुगेपछि मिर्गे क्षेत्रका स्थानीयले नजिकै शाखा विद्यालय स्थापना गर्ने निर्णय गरेका हुन्।देविथान नजिक दान गरिएको जग्गामा अस्थायी ट्रस भवन बनाएर बाल विकासदेखि कक्षा ७ सम्म पढाइ सुरु गरिएको छ, जसले साना विद्यार्थीलाई टाढा जानुपर्ने बाध्यता हटाएको छ।विद्यालय उद्घाटन गाउँपालिका अध्यक्ष छवि लामा र वडा अध्यक्ष कमल अधिकारीले गरेका थिए। गाउँपालिकाले भौतिक संरचना र शिक्षक व्यवस्थापन गर्ने जनाएको छ। स्थानीय करिब १५ जनाले जग्

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 514 पटक पढिएको
  • मन्त्री पोखरेल भन्छन विद्यालयको पूर्वाधार अध्ययन गरी मास्टर प्लान बनाउने तयारीमा छौं

    काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलुकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयहरूमा भइरहेको लगानीलाई थप व्यवस्थित र वैज्ञानिक बनाउन देशभरका विद्यालयहरूको इन्फ्रास्ट्रक्चर एसेसमेन्ट (पूर्वाधार अध्ययन) सुरु गरिएको जानकारी दिएका छन् ।आइतबार काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सामुदायिक विद्यालयहरूमा भइरहेको लगानीलाई थप व्यवस्थित र वैज्ञानिक बनाउन देशभरका विद्यालयहरूको इन्फ्रास्ट्रक्चर एसेसमेन्ट सुरु गरिएको जानकारी दिएका हुन् ।कार्यक्रममा मन्त्री पोखरेलले देशभरका २७ हजार सामुदायिक विद्यालयमा राज्यको लगानी भइरहे पनि नतिजामा एकरूपता न

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 490 पटक पढिएको
  • हुरीबतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित

    जुम्ला। जुम्लाको तिला गाउँपालिका–९ मा रहेको ज्योति माध्यमिक विद्यालयको कक्षाकोठा भवनको छानो हुरीबतासले उडाएको छ । जस्तापाताको छाना हुरीले उडाएपछि पठनपाठन प्रभावित भएको छ । हुरीबतासले विद्यालयको कार्यालयमा रहेका कागजपत्र पनि उडाएको छ । छानो उडाएपछि कक्षा सञ्चालन गर्न कोठा अभाव हुने वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिनुभयो । शुक्रबार साँझा आएको हुरीका कारण विद्यालयको भौतिक संरचनामा ठूलो क्षति पुर्याएको वडाध्यक्ष रावतको भनाइ छ ।   विद्यालयमा जडान गरिएको सौर्य ऊर्जा प्रणालीसमेत पूर्ण रूपमा नष्ट भएको छ । राष्ट्रिय लाइनको विद्युत् सेवा पुगेको छैन । सौर्य ऊर्जामै निर्भर रहेको विद्यालय

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 290 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.