शिक्षा

    Showing 111-120 of 776 items.
  • रास्वपा कार्यालयमा शिक्षक महासंघको धर्नाः ‘रमिता देखाइयो भन्नेलाई जवाफ हो’

    काठमाडौं— नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय वनस्थलीमा धर्ना दिएको छ । आन्दोलनरत महासंघले पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत राजनीतिक दलका कार्यालयमा धर्ना दिने क्रममा मंगलबार रास्वपाको पार्टीका कार्यालयमा धर्ना दिएको हो । शिक्षा विधेयक सच्याउन माग राख्दै महासंघले विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिँदै आइरहेको छ । धर्नामा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले धेरैले महासंघले रमिता देखाएको भनेर प्रतिक्रिया दिएकोमा आपत्ति जनाउँदै रमिता देखाउने सोचबाट भन्दा पनि विद्यालय शिक्षाको उन्नती लागि महाअभियानमा आफूहरु जुटेको बताए । विधेयकलाई

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 517 पटक पढिएको
  • संघीय निजामती सेवा विधेयक सम्बन्धी प्रतिवेदन (मस्यौदा) पारित

    काठमाडौं— विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन (मस्यौदा) पारित गरिएको छ । मंगलबार बसेको समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८१ सम्बन्धी प्रतिवेदनको मस्यौदामाथि छलफल गर्दै पारित गरिएको हो । बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद राधेश्याम पासवनले विधेयकमा प्रशासनिक सुधार समितिलाई समावेशी समूह बनाई प्रतिवेदनमा आएपनि महिला, दलित, जनजाती, मधेशी अट्न नसकेको बताए । बैठकमा बोल्दै राष्ट्रिय सभाका सदस्य सुरेश कुमार आले मगरले राजपत्राङिकत तृतिय श्रेणीको पद र प्रथम श्रेणीको पदका लागि अनुभवको हकमा केही परिमार्जन गर्नुपर्ने बताए ।&

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 491 पटक पढिएको
  • अध्यक्ष ढकाल भन्छन गायत्री महायज्ञको अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न आवश्यक छ

    काठमाडौं— काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का अध्यक्ष सरोज ढकालले धार्मिक कार्यक्रमले विकृति, विसङ्गती हटाएर सुसंस्कृत समाजको निर्माणका लागि प्रेरणा दिने बताएका छन् । बानेश्वरमा जारी गायत्री महायज्ञमा बोल्दै उनले यस्ता धार्मिक कार्यक्रमले समाजको उन्नती, प्रगती र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने धारणा राखे । उनले भने,‘यस्ता धार्मिक कार्यक्रमले समाज र राष्ट्रको उन्नती–प्रगती साथै भविष्यमा नेपालको उन्नतीको लागि धार्मिक क्रियाकलापले महत्वपूर्ण योगदान पुर्याउँछ । समाजमा भएको विकृति, विसङ्गती हटाइ सुसंस्कृत समाजको निर्माण गर्न यस्ता कार्यक्रमहरुले प्रेरणा दिन्छ ।’त्यस्तै उनल

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 483 पटक पढिएको
  • शिक्षा विधेयकप्रति विद्यार्थीहरुको असन्तुष्टि, कार्यबाहक प्रधानमन्त्री सिंहलाई ज्ञापन

    काठमाडौं— संयुक्त विद्यार्थी संगठनले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएका छन् । मंगलबार शहरी विकास मन्त्रालयमा पुगेर उनीहरुले शैक्षिक निजीकरण र व्यापारीकरणलाई थप संस्थागत गर्ने, सार्वजनिक शिक्षालाई ध्वस्त पार्ने र युवाहरुको विदेश पलायनलाई प्रोत्साहन गर्ने गरी विधेयक आएको भन्दै ध्यानाकर्षण गराएका हुन् । यस्तो छन् ,उनीहरुको मागहरु१. संविधानमा व्यवस्था भए बमोजिम आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा पूर्ण निःशुल्क पाउने व्यवस्था अविलम्व अक्षरशः कार्यान्वयन गर्न जोडदार माग ग

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 532 पटक पढिएको
  • नेकपा एसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

    काठमाडौं— शिक्षक महासंघले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएका छन् । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले नेकपा एसको पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।आज विहान ११ बजे देखि दिउसो १ बजेसम्म २ घण्टा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यलयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए । उनले यो प्रतिनिधिमुलक धर्ना भएको समेत बताए ।नेपाल न्यूज बैंकसँग कुरा गर्दै भने, ‘अहिले पहिलो चरणको नेपाल शिक्षक महासंघको आन्दोलनको पहिलो कार्यक्रम अन्तरगत छौं । भाद्र ११ गते बाट हामीले धर्नाको

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 508 पटक पढिएको
  • शिक्षक महासंघद्वारा जनकपुरधाम उपमहानगरपालिकामा धर्ना

    जनकपुर— नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयकलाई विगतका सहमति अनुसार संशोधन नगरे कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।जनकपुरधाममा महासंघको स्थानीय आन्दोलन परिचालन समितिका संयोजक गौरीशंकर लाल कर्णले शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाउँदै सरकारलाई यस विषयमा ध्यानाकर्षण गराएका हुन् ।महासंघले २०७५, २०७८ र २०८० सालमा आन्दोलनमार्फत क्रमशः ३०, ५१ र ६ बुँदे सहमति गरेको र सोही सहमति समेटेर विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री ऐन ल्याउनुपर्ने माग गर्दै २०८१–८२ मा लामो आन्दोलन गरेको जनाएको छ । उक्त आन्दोलनको बलमा २०८२ वैशाख १७ गते मन्त

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 539 पटक पढिएको
  • १८ भदौदेखि विद्यालय बन्द गर्ने निजी विद्यालयका सञ्चालकहरूको चेतावनी

    काठमाडौं— विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका निजी विद्यालय सञ्चालकहरूले १८ भदौदेखि देशभरका निजी विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले संयुक्त रूपमा चरणबद्ध आन्दोलन घोषणा गर्दै १८ भदौसम्म पनि माग सम्बोधन नभए अनिश्चितकालीन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।विद्यालय शिक्षा विधेयकमा राखिएको ‘गैरनाफामूलक’ र ‘पूर्ण छात्रवृत्ति’सम्बन्धी प्रावधान हटाउनुपर्ने माग गर्दै निजी विद्यालय सञ्चालकहरूले गत केही सातादेखि आन्दोलन गर्दै आएका छन् । पहिलो चरणको आन्दोलन आज (१२ भदौ) सकिएको छ भने दोस्रो चरणका कार्यक्रम स

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 571 पटक पढिएको
  • राष्ट्रपति पौडेल मादीमा, ‘हीरक महोत्सव’ मा सहभागी हुन विशेष समारोहमा उपस्थित

    सङ्खुवासभा— राष्ट्रपति रामचन्द्र पौडेल आज मादी माध्यामिक विद्यालयको हीरक महोत्सव (६०औं वार्षिकोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन खाँदबारी आइपुगेका छन्।वि.सं. २००७ सालमा स्थापना भएको मादी माध्यामिक विद्यालयले पूर्वी नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। विद्यालयको योगदानको सम्मानस्वरूप आयोजित महोत्सवमा राष्ट्रपति पौडेलको उपस्थिति स्थानीयहरूका लागि गर्वको विषय बनेको छ।राष्ट्रपतिलाई खाँदबारीमा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, र विद्यालयका प्रधानाध्यापक विश्वनाथ सुवेदी सहित विद्यालय परिवारले स्वागत गरेका थिए।क

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 564 पटक पढिएको
  • शिक्षकलाई अर्धनग्न बनाएर कुटपिट गर्ने वडाध्यक्षमाथि अपहरण र हत्या प्रयासको आरोपमा अनुसन्धान जारी

    काठमाडौं— शिक्षकमाथि सार्वजनिक रूपमै कुटपिट गर्ने घटनामा मुछिएका प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष वृजकिशोर कुशवाहामाथि प्रहरीले अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ।घटना साउन २८ गते भएको थियो । वडाध्यक्ष कुशवाहाले आफ्नै वडामा बसोबास गर्दै आएका शिक्षक नागेश्वर यादवलाई कुटपिट गरेका थिए। भोला मावि महागढीमाई नगरपालिका–१० गञ्जभवानीपुरका यादव शिक्षक हुन । उनले ट्युसन सेन्टर पनि सञ्चालन गर्दै आएका थिए।वडाध्यक्षले छात्रामाथि अभद्र व्यवहार गरेको आरोप लगाउँदै शिक्षकलाई आफ्नो कार्यालयमा बोलाएका थिए । उनले यादवलाई अर्धनग्न बनाउँदै हात बाँधेर कुटपिट गरेका थिए। सो घटना

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 611 पटक पढिएको
  • कालोपट्टी बाँधेर विद्यालय शिक्षा विधेयकको विरोध

    काठमाडौं—  प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिबद्धता संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको नीतिका विरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उनीहरुले सोमबार माइतीघर मण्डलामा भेला भई प्रदर्शन गरेका हुन् । माइतीघरमा भेला भएर हातमा कालोपट्टी बाँधेर नारा लगाउँदै उनीहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गरेका हुन् ।विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने लग

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 430 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा