शिक्षा

    Showing 181-190 of 776 items.
  • अर्कैको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

    काठमाडौं— जनप्रशासन क्याम्पसमा अर्कैको नाममा परीक्षा दिइरहेका एक जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका–८ का २६ वर्षीय केशव रोकाया रहेका छन। रोकाया हाल काठमाडौं महानगरपालिका–४, धुम्बाराहीमा बसोबास गर्दै आएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।एमपिए तेस्रो सेमेस्टरमा अध्ययनरत दानबहादुर रोकायाको नाममा परीक्षा दिइरहेका उनलाई जनप्रशासन क्याम्पसको उजुरीको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो।उनीमाथि शिक्षासम्बन्धी ऐन अन्तर्गतको कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिन

    • प्रकाशित मितिः असार ११, २०८२
    • 484 पटक पढिएको
  • मन्त्री सिंहको चिन्ता : ‘शिक्षा नाजुक बन्दै, स्थानीय तहले नेतृत्व लिनुपर्छ’

    जनकपुर -  मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय तहको शिक्षा प्रणाली नाजुक बन्दै गएको भन्दै स्थानीय तहलाई सुधारको नेतृत्व लिन आह्वान गरेका छन् ।मंगलबार महोत्तरीको औरही नगरपालिकाको १६ औं नगरसभालाई सम्बोधन गर्दै उनले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा गिरावट, शिक्षक र अभिभावकको लापरबाही तथा लागूऔषध दुव्र्यसनको समस्या गम्भीर बन्दै गएको बताएका हुन् ।‘मधेशका जनशक्ति विगतमा शिक्षा, स्वास्थ्य र प्रविधिका क्षेत्रमा देशका विभिन्न भागमा नेतृत्व गर्थे,’ मुख्यमन्त्री सिंहले भने, ‘तर आज मधेशकै शिक्षा अवस्था नाजुक बनेको छ। स्थानीय तहले अब नेतृत्व लिनैपर्छ।’उनले सरकारी विद्यालयमा भ

    • प्रकाशित मितिः असार ११, २०८२
    • 316 पटक पढिएको
  • त्रिविमा १२ दिनदेखि तालाबन्दी, फास्ट ट्र्याक नियुक्तिको विरोधमा प्राध्यापक आन्दोलनमा

    काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति, रेक्टर, रजिष्ट्रार तथा सेवा आयोग कार्यालयमा १२ दिनदेखि तालाबन्दी जारी छ। त्रिविका आंशिक प्राध्यापकहरूको केन्द्रीय संघर्ष समितिले ‘फास्ट ट्र्याक’ प्रक्रियाबाट १३० जना प्राध्यापक नियुक्ति गर्न ल्याइएको विज्ञापनको विरोधमा गत जेठ ३० गतेदेखि तालाबन्दी गर्दै आएका हुन्।सेवा आयोगले १०० जना उप–प्राध्यापक र ३० जना सह–प्राध्यापक/प्राध्यापक पदका लागि अनुसन्धानमा आधारित अन्तर्वार्तामार्फत नियुक्तिको प्रक्रिया अघि बढाएको थियो। तर, संघर्ष समितिका अध्यक्ष गोकुल लिम्बुका अनुसार यो प्रक्रिया त्रिविको ऐन, नियम र कानुनको उल्लङ्घन हो, र नियुक्तिको नाममा आफ्ना

    • प्रकाशित मितिः असार १०, २०८२
    • 369 पटक पढिएको
  • स्कुलको ईभि माईक्रो भ्यान दुर्घटना हुँदा ९ वर्षीया बालिकाको मृत्यु शिक्षकसहित ७ जना विद्यार्थी घाइते

    काठमाडौं— काठमाडौं महानगरपालिका वडा नं. १४ कलंकी स्थित ईडिफाई ईन्टेरनेशनल स्कुलको कमाउण्ड भित्र उक्त स्कुलको ईभि माईक्रो भ्यान दुर्घटना भएको छ । स्कुलबाट बाहिर निस्कने क्रममा स्कुलको गेटको पिलरमा ठोक्कीदा शिक्षक तथा बाल बालिकाहरु घाईते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । निम्न अस्पतालमा उपचार भइरहेको ।सर्लाहीको लालबन्दि न.पा. १४ घर भएकी ८ की वर्षीया रेश्मा मोक्तानको टाउको र निधारमा चोट लागेका,रामेछाप घर भइ  हाल  का.जि. स्वयम्भु बस्ने ९ वर्षीया नेशिया थापाको टाउँकोमा चोट लागेको, किर्तिपुर घर भएकी ९ वर्षीया निकिशा डंगोलको बायाँ खुट्टामा चोट, मकवानपुर

    • प्रकाशित मितिः असार २, २०८२
    • 453 पटक पढिएको
  • शिक्षा विधेयकमाथिको छलफलमा सांसद श्रेष्ठको प्रश्न : 'थरीथरीका शिक्षक' को म्यापिङ कसरी गर्ने?

    काठमाडौं — विद्यालय शिक्षा विधेयक-२०८० माथि भइरहेको छलफलका क्रममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले शिक्षा प्रणालीमा रहेका विभिन्न प्रकारका शिक्षकहरूको समायोजन (म्यापिङ) कसरी गर्ने भन्ने विषयमा प्रश्न उठाएकी छन्।शनिबार बसेको संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै श्रेष्ठले निजी विद्यालय, प्रारम्भिक बाल विकास (ईसीडी) केन्द्र, र शिक्षक वर्गीकरणका विषयमा शिक्षा मन्त्रालयले अझै ठोस र स्पष्ट नीति नल्याएकोप्रति असन्तुष्टि जनाइन्।उनले भनिन्, "विभिन्न प्रकारका शिक्षकहरू छन्, ती सबैको म्यापिङ कसरी हुन्छ भन्नेबारे हामीले विध

    • प्रकाशित मितिः असार १, २०८२
    • 289 पटक पढिएको
  • बेलौरीमा गर्मी बढेपछि दुई दिन विद्यालय बन्द

    कञ्चनपुर— बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।नगरप्रमुखस्तरीय निर्णयअनुसार विद्यालय बन्द गरेको नगरप्रमुख पोतिलाल चौधरीले जानकारी दिए । बर्खे बिदाबाट मिलान हुनेगरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको उनले बताए ।गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्न समस्या हुने गरेको छ । दिउँसोका बेला बजार तथा राजमार्ग क्षेत्रमा सर्वसाधारणको आगमन कम हुँदै गएको छ । गर्मीका क

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 265 पटक पढिएको
  • ''उकालो बाटो, सरल मन एक शिक्षिका सोभा श्रेष्ठको यात्रा''

    शोभा श्रेष्ठ खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकाकी एक समर्पित र प्रेरणादायी युवाशिक्षिका हुन्। हाल उनी  जनशक्ति प्राथमिक विद्यालय मा नेपाली विषय पढाउँदै आइरहेकी छन।उनको शैक्षिक योग्यता  स्नातक तह हो। उनले शिक्षा क्षेत्रमा प्रवेश गर्दा सुरुमा धेरैले उनलाई युवायुवतीहरू विदेश जाने सोचमा लागेका बेला किन गाउँमा शिक्षण गर्न मन  लाग्यौ भनेर प्रश्न गरे। तर उनको सोच स्पष्ट थियो । समाज परिवर्तन त त्यहीँबाट सुरु हुन्छ, जहाँ अझै धेरै बालबालिकाले गुणस्तरीय शिक्षा पाएका छैनन्।  सोभा श्रेष्ठ दैनिक १ घण्टा ४५ मिनेट पैदल यात्रा गरेर विद्यालय पुग्छिन्। उकालो ओरालो बाटो वर्षा पानी र अन्य कठिनाइ

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 1,051 पटक पढिएको
  • रेविकाको न्याय माग्दा पक्राउ परेका विद्यार्थीहरु को को हुन? (नामसहित)

    काठमाडौं— तीनकुनेमा भएको राजावादीे आन्दोलनमा २०८१ चैत १५ गते घाइते भएकी २२ वर्षीया रेविका खत्रीको न्यायका लागि निषेधित क्षेत्र संसद भवनको मूल गेट  बाहिर विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । घाइते रेविकाको सहज उपचार र न्यायको माग गर्दै  कोटेश्वर क्याम्पसका विद्यार्थीहरुले आज प्रदर्शन गरेका हुन् ।बानेश्वरस्थित संघिय संसद भवनको १ नम्बर गेटमा प्रदर्शन गर्ने क्रममा कोटेश्वर बहुमुखी क्याम्पस इकाई अध्यक्ष तथा क्याम्पसका स्ववियु सभापति सञ्जय बुढाथोकीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । नेपाल विद्यार्थी संघको आयोजनामा विद्यार्थीहरुले रेविकाको न्यायका लागि प्रदर्शन गरेको जिल्ला प्रहरी परिस

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 252 पटक पढिएको
  • बेनीका विद्यालयले विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै

    म्याग्दी— बेनी नगरपालिकाले “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रममार्फत् विद्यार्थीलाई पढाइसँगै सीप सिकाउन थालेको छ । माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रम सञ्चालन भएको हो । विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख सुरत केसीले जानकारी दिए ।“माध्यमिक तहको शिक्षा हासिल गरेका विद्यार्थीले आफ्नो रुचिअनुसारको व्यवसाय गरी आयआर्जन र आफ्नो घर, टोल छिमेकमा आवश्यक पर्ने काम गर्न सक्ने बनाउने उद्देश्यले सीपमूलक तालिम सञ्चालन भएको छ”, उनले भने, “दक्ष, सीपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सृजना, स्वरोजगार बन्न

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 368 पटक पढिएको
  • कान्दाका चेपाङ बालबालिका पढाइमा अब्बल बन्दै, पालिकाको उत्कृष्ट विद्यालय बन्यो कान्देश्वरी आधारभूत

    भरतपुर— चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय उत्कृष्ट नतिजा हाँसिल गर्न थालेका छन् । चेपाङ बालबालिका मात्रै अध्ययनरत चितवनको राप्ती नगरपालिका–१३ स्थित कान्देश्वरी आधारभूत विद्यालयले यस वर्षको कक्षा ८ को परीक्षामा पालिकाको उत्कृष्ट विद्यालय बनेको छ । कक्षा ८ मा अध्यापन सुरु गरेको पहिलो वर्षमा नै विद्यालय उत्कृष्ट बनेको हो ।यहाँ आवासीय सुविधासहितको विद्यालय स्थापना भएपछि चेपाङ समुदायका बालबालिका पढाइमा अब्बल बन्दै गएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले बताए । शिक्षक, विद्यार्थी, अभिभावक र विभिन्न सङ्घसंस्थाको सहयोगमा विद्यालय उत्कृष्ट बनेको उनले बताए । उनका अनुसार यस वर्ष १३ जना विद्य

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 271 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा