शिक्षा

    Showing 331-340 of 776 items.
  • अनाथ तथा विपन्न छात्रछात्राका लागि छात्रवृत्ति अक्षयकोष स्थापना

    म्याग्दी (बेनी) । यहाँको रघुगङ्गा गाउँपालिका–२ र ३ राखु भगवती, पिप्ले क्षेत्रका सामुदायिक विद्यालयमा अनाथ तथा विपन्न छात्रछात्राका लागि छात्रवृत्ति दिन रु सात लाखको अक्षयकोष स्थापना गरिएको छ । रघुगङ्गा गाउँपालिका–२ भगवती घर भई हाल बेलायतमा बसोबास गर्दै आएका खिमबहादुर क्षेत्रीले यहाँका १० वटा सामुदायिक विद्यालयमा उक्त अक्षयकोष स्थापना गरेका हुन् । माध्यमिक विद्यालयहरु ज्ञानोदय मावि, रघुगङ्गा मावि, मुक्तिधाम मावि र कक्षा ८ सम्म पठनपाठन हुने सिद्धार्थ ज्ञानमन्दिरमा रु एक÷एक लाख राशिको अक्षयकोष स्थापना गरिएको छ । त्यसैगरी, हिमालय आधारभूत, मालिका आधारभूत, अमरसिंह आधारभूत, अन्नपूर्ण आधारभू

    • प्रकाशित मितिः माघ २२, २०८१
    • 371 पटक पढिएको
  • कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

    काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको छ ।  कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा अझै पाँच हजार पाँच सय ४९ शिक्षक रिक्त रहेको बताए ।कर्णालीमा दुई हजार नौ सय ३१ सामुदायिक विद्यालयमा ११ हजार आठ सय ६५ दरबन्दीमा मात्र शिक्षक छन् । हाल विद्यालयका आधारमा १७ हजार तीन सय ८४ हो । नौ सय २७ प्राविमा छ सय ४४ जना शिक्षक अपुग छन् । यसमा हुनुपर्ने शिक्षक दरबन्दी आठ हजार सात सय ९३ होभने अहिले आठ हजार एक सय ४९ जनामात्र छन् । यस्तै एक हजार १४० निम्नमाध्यमिक विद्यालयमा दुई हजार छ सय ९९ शिक्षक

    • प्रकाशित मितिः माघ २२, २०८१
    • 230 पटक पढिएको
  • शिक्षक दम्पतीले विद्यालयमा बनाइदिए सरस्वती मन्दिर

    रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीमा एक शिक्षक दम्पतीले आफैंले पढाउने विद्यालयलाई सरस्वती मन्दिर बनाइदिएका छन् । सुनारपानीको भैरवी माविका शिक्षक द्वारिका कार्की र सोही विद्यालयमा कार्यरत शिक्षक महालक्ष्मी कार्कीले विद्यालयलाई सरस्वती मन्दिर बनाइदिएका हुन् । द्वारिकाका पिता स्वर्गीय भीमबहादुर कार्की र आमा अन्नपूर्ण कार्कीको स्मृतिमा उनीहरूले मन्दिर बनाइदिएका हुन् । कूल ६ लाख ३७ हजार ९ सय ६३ रुपैँयाको लागतमा बनेको मन्दिर सोमबार उनीहरूले सरस्वती पूजाको अवसरमा विद्यालयलाई हस्तान्तरण गरेका छन् । मन्थली विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको

    • प्रकाशित मितिः माघ २१, २०८१
    • 270 पटक पढिएको
  • माघ शुक्ल पञ्चमीः वसन्त श्रवण, सरस्वती पूजा

    काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ ः ५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए ।वसन्त श्रवणमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप

    • प्रकाशित मितिः माघ २१, २०८१
    • 301 पटक पढिएको
  • राजेश हमालको सुझावः विदेश पढ्न जानु राम्रो हो, बुझेर मात्र जानुहोला

    काठमाडौँ । अभिनेता राजेश हमालले उमेर छँदै सीप र दक्षता हासिल गर्न पोखराका युवालाई सुझाव दिएका छन् ।गोरेटो कन्सल्टेन्सी पोखरा शाखाको उद्घाटन गर्दै  हमालले उमेर छँदै व्यक्तिले आफ्नो सीप र दक्षता हासिल गर्नुपर्नेमा जोड दिएका हुन् । पोखराका केही युवा बर्ग माझ आफ्नो भनाई राख्दै उनले समय परिवर्तनशिल भएकाले समयमै हरेक व्यक्तिले आफू भोलि कस्तो बन्ने भन्ने बिषयमा निर्णय लिदै स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न सकिने बताए ।परिवारको साथ भएको अबस्थामा आफुले चाहेको देशमा समेत जान सकिने राय व्यक्त गर्दै अभिनेता हमालले नेपालमा पनि उच्च शिक्षा हासिल गर्न विदेशबाट समेत नेपाल आउने गरेको दाबी समेत गरे

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 272 पटक पढिएको
  • शैक्षिक गुणस्तर वृद्धि गर्न पालिकाको ‘शिक्षक डायरी’

    अमरगढी (डडेल्धुरा) । शैक्षिक गुणस्तर अभिवृद्धि गर्न भागेस्वर गाँउपालिकामा रहेका सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’ लागू भएको छ । शिक्षकको दैनिक, त्रैमासिक एवं वार्षिक योजना र सम्पादित कार्यको अभिलेख तयार पार्नमा सघाउ पु¥याउने उद्देश्यले शिक्षक डायरी लागू गरिएको हो । शिक्षकलाई आवश्यक पर्ने विभिन्न तथ्य र दैनिक कार्यसँग सम्बन्धित प्रारुपहरू शिक्षक डायरीमा उल्लेख गरिएको छ ।शिक्षणलाई प्रभावकारी बनाउन तथा शिक्षकको पेसागत विकासका लागि विद्यालयमा अनिवार्य रूपमा शिक्षक डायरी लागू गरिएको पालिकाका शिक्षा शाखा प्रमुख गणेश पौडेलले बताए । ‘शिक्षकले वर्षभरि अध्यापन गर्ने विषयवस्तुको शैक्षिक योजना बनाई

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 287 पटक पढिएको
  • कञ्चनपुरमा चारवटा विद्यालय भवन एकैसाथ निर्माण हुँदै

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका चारवटा सामुदायिक विद्यालयका चार वटा विद्यालय भवन निर्माण थालिएको छ । सङ्घीय सरकारको रु दुई करोड २४ लाखको लागतमा निर्माण थालिएको हो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक दीपेन्द्र जोशीका अनुसार वडा नं ४ को पिपलाडीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय, वडा नं ७ स्टेशनपुरमा रहेको धर्मजनता माध्यमिक विद्यालय, वडा नं १ बन्साहमा रहेको सिद्धबैजनाथ माध्यमिक विद्यालय र वडा नं ७ सिमलफाँटामा रहेको कृष्ण माध्यमिक विद्यालयमा भवन निर्माणकार्य अगाडि बढाइएको छ ।चारकोठे भवन निर्माणका लागि प्रतिभवन रु ५६ लाखका दरले बजेटको व्यवस्था गरिएको छ । निर्माण ह

    • प्रकाशित मितिः माघ १६, २०८१
    • 243 पटक पढिएको
  • शैक्षिक परामर्शदाता व्यवसायीलाई सहज गराउन एकै स्थानबाट सेवा दिनुपर्छ

    धिरज कंडेल शैक्षिक परामर्श क्षेत्रसँगै साहसिक पर्यटन क्षेत्रका एक सक्रिय व्यवसायी हुन् । काठमाडौंको बानेश्वरमा रहेको गोरेटो एजुकेशनल कन्सल्टेन्सीका प्रवन्ध निर्देशक समेत रहेका उनी लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील छन् । पछिल्लो समय नेपाली विद्यार्थीहरूको रोजाइको देश, नीतिगत र प्रक्रियागत समस्या एवम सम्भावनाका बारे नेपाल न्यूज बैंकले कुराकानीको सम्पादित अंश: यतिबेला नेपाली विद्यार्थीहरूका लागि वैदेशिक अध्ययनको समस्या, चुनौति र सम्भावनाहरू के के छन् ?नेपालबाट  विदेशमा अध्ययन गर्न जाने विषय चुनौतिपूर्ण नै छ । सहज कुनैपनि हिसावबाट  देखिँदैन । कहिलेकाहीं सहजको अर्थ चाँ

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 415 पटक पढिएको
  • सुगम क्षेत्र छाडेर चिकित्सा शिक्षा पढ्न जुम्ला रोज्दै विद्यार्थी

    जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गर्न विभिन्न जिल्लाका विद्यार्थी यहाँ आइपुगेका छन् । चिकित्सा शिक्षा विषयअन्तर्गत एमबिबीएस, बिएनएस, विपिएच, बि–फार्म, बीएसी नर्सिङलगायतका विषय अध्ययन गर्न विभिन्न जिल्लाबाट एक सय चार विद्यार्थी यहाँ आएका हुन् । कुनै समयमा डाक्टरको अभावमा उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्यरहेको कर्णाली अहिले विशेषज्ञ डाक्टर उत्पादनको थलो बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । मेडिकल काउन्सिलका विभिन्न लाइसेन्स परीक्षामा शतप्रतिशत उत्तीर्ण भएर प्रतिष्ठानले शिक्षा क्षेत्रमा आफ्नो अब्बल क्षमता स्थापित ग

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 188 पटक पढिएको
  • मातृभाषा शिक्षक तयार गर्दै व्यास नगरपालिका

    डुम्रे (तनहुँ) । गण्डकी प्रदेश सरकारले स्थानीय भाषा संरक्षण गर्न कामकाजका भाषामा समावेश गर्ने नीति लिएको छ । यसका लागि तनहुँको व्यास नगरपालिकाले सामुदायिक विद्यालयमा मगर भाषा कक्षा सञ्चालन गर्ने उद्देश्यले प्रशिक्षक उत्पादन गर्न प्रशिक्षण थालेको छ । प्रदेश सरकारले मगर र गुरुङ भाषालाई कामकाजको भाषा बनाउने नीति लिएसँगै नगरपालिकाले मगर भाषाको संरक्षणको निम्ति प्रशिक्षक उत्पादनमा जुटेको हो । नगरपालिकाले मगर विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा अतिरिक्त कक्षाको रूपमा मगर भाषामा पठनपाठन गर्ने तयारी गरेको छ । मगर भाषाको पाठ्यक्रम कार्यान्वयनमा ल्याउन नगरपालिकाको सहयोगमा शिक्षकलाई प्रशिक्षण दिइरहे

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 186 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा