शिक्षा

    Showing ८२१-८३० of १,००९ items.
  • नोवेल मेडिकल कलेजमा विद्यार्थी संगठनद्वारा तोडफोड

    विराटनगर /  विराटनगरस्थित नोवेल मेडिकल कलेजमा विद्यार्थी सङ्गठनका नेता तथा कार्यकर्ताहरूले तोडफोड गरेका छन्।सरकारले तोकेको भन्दा अतिरिक्त शुल्क माग गर्दै विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएपछि आन्दोलनरत विद्यार्थी सहित सङ्गठनका नेता तथा कार्यकर्ताहरूले उक्त कलेज तोडफोड गरेका हुन्।अतिरिक्त शुल्क नबुझाएको भन्दै नोवेल मेडिकल कलेजले  ८० हाराहारी विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ। ती विद्यार्थीहरू कक्षा प्रवेशका लागि आन्दोलनरत छन्। तिनै विद्यार्थीको समर्थनका लागि पुगेका विद्यार्थी सङ्गठनहरूले विद्यालय तोडफोड गरेका हुन् । विद्यार्थीहरूले गेट फोडेर नोवेलको च

    • प्रकाशित मितिः पुस २१, २०७८
    • १९७ पटक पढिएको
  • शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण भएपछि विद्यालय बन्द

    दाङ  / दाङमा शिक्षक र विद्यार्थीमा कोरोना भाइरस संक्रमण भएपछि विद्यालयको पठनपाठन बन्द गरिएको छ ।तुल्सीपुर उपमहानगरपालिका –८ को आश्वरा माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थी गरी १२ जनामा संक्रमण पुष्टि भएपछि विद्यालयको पठनपाठन बन्द गरिएको हो । कोरोना सङ्क्रमणको लक्षण देखिएपछि उनीहरूको स्थानीय मेट्रो अस्पतालमा एन्टिजेन परीक्षण गरिएको थियो । एन्टिजेन परीक्षण गर्दा विद्यालयका छ शिक्षक र छ विद्यार्थी गरी १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको तुल्सीपुर उपमहानगरपालिकाका कोभिड–१९ भोकल पर्सन विमल केसीले जानकारी दिए । मङ्गलबारदेखि पाँच दिनसम्म विद्यालयको पठनपाठन बन्द गरिएको उपमह

    • प्रकाशित मितिः पुस २१, २०७८
    • १९७ पटक पढिएको
  • नेपाली वैज्ञानिक पाठकलाई चीनको राष्ट्रिय स्तरको ‘रिसर्च ग्रान्ट’

    काठमाडौँ / चीनमा कार्यरत एकजना नेपाली वैज्ञानिकले चीनकै प्रतिष्ठित राष्ट्रिय स्तरको अनुसन्धान ‘ग्रान्ट’ प्राप्त गरेका छन् । झापाको महारानीझोडाका डा. जनकलाल पाठकलाई चीनको राष्ट्रिय प्राकृतिक प्रतिष्ठानले यस वर्षको विदेशी युवा अनुसन्धान अनुदान प्रदान गरेको हो।चीनको क्वाङ्चौ चिकित्सा विश्वविद्यालयमा प्राध्यापकका रुपमा कार्यरत पाठकले ६ पटकको प्रयासपछि यस्तो उपलब्धि हासिल गरेको बताएका छन् । पाठक विगत ४ वर्षदेखि क्वाङ्चौ मेडिकल युनिभर्सिटीमा कार्यरत छन्।क्याथोलिक विश्वविद्यालय लुभेन बेल्जियम र भ्रिज विश्वविद्यालय एम्स्टर्डम नेदरल्यान्डबाट विद्यावारिधि गरेका पाठक विगत ६ वर्षदेखि चीनमा स्टेम सेलम

    • प्रकाशित मितिः पुस १६, २०७८
    • १९० पटक पढिएको
  • प्रावि तहमा १३०९३ शिक्षकका लागि खुल्यो विज्ञापन

    काठमाडौं  / शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले आज प्रावि तहका १३०९३ जना शिक्षकको नयाँ पदपूर्तिको लागि विज्ञापन खुलाएको हो ।आउँदो माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा दरखास्त बुझाउन सकिने छ । त्यसपछि माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत बुझाउन सकिने छ ।

    • प्रकाशित मितिः पुस १४, २०७८
    • १८० पटक पढिएको
  • ७४ विद्यार्थीले पाए छात्रवृत्ति

    झापा / बागलुङको बलेवा क्षेत्रका सबै विद्यालयका गरिब, जेहेन्ददार र उत्कृष्ट ७४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । धौलागिरि छात्रवृत्ति अक्षयकोष प्रतिष्ठान, बलेवाले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको हो ।बलेवाका माविबाट गत वर्षको एसइई मा उत्कृष्ट छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । पृथ्वी हिरण्य मावि अमलाचौरका १६, त्रिभुवन मावि पैयुँपाटाका चार, जनमत मावि बास्कोट पैयुँपाटाका चार, जनताधन मावि नारायणस्थानका चार र गणेश मावि नारायणस्थानका १२ छात्रछात्रालाई प्रतिविद्यार्थी रु एक हजार ५०० तथा सम्मानपत्र प्रदान गरिएको छ ।अन्य कक्षामा अध्ययनरत छात्रछात्रालाई

    • प्रकाशित मितिः पुस ९, २०७८
    • १७० पटक पढिएको
  • एसईई खारेज गर्न संसदीय समितिको निर्देशन

    झापा / सांसदको शिक्षा तथा स्वास्थ्य समितिले माध्यामिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।बिहीबार बसेको समितिको बैठकले १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।‘१२ सम्म विद्यालय तहको परीक्षा हो । १२ को बोर्डले परीक्षा लिनुपर्छ । एसईई खारेज गर्न भनेका हौं,’ समिति सभापति जयपुरी घर्तीले भनिन् । समितिले यसअघि पनि एसईई खारेज गर्न निर्देशन दिएको थियो । तर सरकारले कार्यान्वयन नगरेपछि समितिले फेरि सरकारको ध्यानाकर्षण गराएको हो । २९ जेठ २०७७ मा समितिले एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको

    • प्रकाशित मितिः पुस ८, २०७८
    • १९७ पटक पढिएको
  • मेडिकल कलेजले शुल्क नघटाए सिट संख्या घटाउने आयोगको चेतावनी

    काठमाडौँ / चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सिट संख्या घटाउन चेतावनी दिएको छ । आफूले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको र वर्षेनी निरीह बनेको आरोप खेपिरहेको आयोगले अटेर गर्ने मेडिकल कलेजको आगामी शैक्षिक सत्रमा सिट संख्या घटाउने चेतावनी दिएको हो । विद्यार्थीसँग मनपरी शुल्क लिने कलेजमाथि अनुसन्धान शुरु गरिसकिएको र ती मेडिकल कलेजलाई अनुमति दिइएको सिट रोक्का गर्न पत्र पठाउने तयारी भइरहेको आयोगका सदस्य–सचिव भोजराज काफ्लेले जानकारी दिए । कारबाही गर्ने अधिकार आयोगसँग नभएको गुनासो गर्दै काफ्लेले भने, –‘के गर्ने, कारबाही गर्ने अधिकार हामीलाई रहेनछ, ब

    • प्रकाशित मितिः पुस ८, २०७८
    • १७३ पटक पढिएको
  • शिक्षकहरू दलको उम्मेद्वार बने कारबाही गर्ने त्रिविको चेतावनी

    काठमाडौँ / त्रिभुवन विश्वविद्यालयले पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि बन्ने कारवाही गर्ने चेतावनी दिएको छ । त्रिविले विद्यालयका पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारी पनि राजनीतिक दलको चुनावमा होमिएपछि सार्वजनिक सूचना जारी गर्दै कारबाही गर्ने चेतावनी दिएको हो । कुनै दलबाट उम्मेदवार बन्न चाहेमा मनोनयन दर्ताको दिनभन्दा १५ दिनअघि नै राजीनामा दिइसकेको हुनुपर्ने व्यवस्था छ । यसअघि नेपाली कांग्रेसको महाधिवेशन चलिरहेका बेला सर्वोच्च अदालतले पनि प्रतिनिधि भएका शिक्षकहरूलाई मतदानमा रोक लगाउने आदेश दिएको थियो ।

    • प्रकाशित मितिः पुस ८, २०७८
    • १७६ पटक पढिएको
  • निमावि तृतीय श्रेणीका लागि दुई हजार ५९८ जना शिक्षक माग

    काठमाडौँ  / शिक्षक सेवा आयोगले दुई हजार ५९८ शिक्षक भर्ना गर्न आवेदन आह्वान गरेको छ । आयोगले आज (बुधबार) विज्ञापन प्रकाशन गर्दै निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त माग गरेको हो । आयोगले अंग्रेजी विषयका लागि ६२४, नेपालीमा ४३७, विज्ञानमा ४४०, गणितमा ३७१, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा एक, गणित–विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गर्दै विज्ञापन खुलाएको हो। १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका इच्छुक योग्य नागरिकले माघ ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गते सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको

    • प्रकाशित मितिः पुस ७, २०७८
    • १८० पटक पढिएको
  • मोडल कलेजका एक विद्यार्थी होस्टलमा मृत फेला

    काठमाडौं / काठमाडौँको बागबजारस्थित मोडल कलेजका एक विद्यार्थी होस्टलमा मृत फेला परेका छन् । कक्षा ११ मा अध्ययनरत १८ वर्षीय शुशील शहनी  मृत फेला परेका हुन् । शहनी धेरै बेरसम्म बाथरुमबाट ननिस्किएपछि बाथरुमको ढोका फुटाइएको थियो । ढोका फुटाएर हेर्दा उनी मृत भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले जानकारी दिए । मैनालीका अनुसार उनी मोडल कलेजको सोही कलेजको होस्टलमा बस्थे ।  मृतकको परिवारलाई काठमाडौं बोलाइएको बताउँदै उनले भने, – ‘परिवारले जाहेरी दिएपछि पोस्टमार्टमका लागि शव पठाउँछौं ।’उनको मृत्युको बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।

    • प्रकाशित मितिः पुस ६, २०७८
    • २२१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.