शिक्षा

    Showing 911-920 of 1,003 items.
  • एउटै व्यक्तिले पटक–पटक आरक्षणको सुविधा दावी गर्न मिल्दैन : सर्वोच्च अदालत

    बिर्तामोड / सर्वोच्च अदालतले आरक्षणको कोटाबाट एउटै व्यक्तिले एक पटक सुविधा लिएपछि पुनः त्यही सुविधाको दावी गर्न नहुने बताएको छ । धनुषका विनय कुमार पञ्जियारले चिकित्सा शिक्षाको स्नातकोत्तर (एमडीएमएस) तहमा आरक्षण नपाएको दावी गर्दै सर्वोच्चमा दायर गरेको मुद्दामा अदालतले यस्तो निर्णय गरेको हो । पञ्जियारले एमबीबीएस पास गरेर स्नातकोत्तर तहमा पनि समावेशी कोटा छुट्याउनुपर्ने माग राख्दै चिकित्सा शिक्षा आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य मन्त्रालयलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।निर्णयमा भनिएको छ  – ‘स्नातकोत्तर तहको अध्ययन विशेषज्ञ तहको अध्ययन हुँदा यस

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 217 पटक पढिएको
  • स्थानीय भाषा र परिवेश समेटी चार पालिकाले तयार पारे पाठ्यक्रम

    बैतडी / बैतडीका दुई नगरपालिका र दुई गाउँपालिकाले स्थानीय भाषा, कला, संस्कृति र स्थानीय परिवेश समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरेका छन् ।  पाटन, मेलौली नगरपालिका, शिवनाथ र डिलाशैनी गाउँपालिकाले पाठ्यक्रम तयार गरेका हुन् । कक्षा १ देखि ३ सम्मको आधारभूत तहका लागि पाठ्यक्रम निर्माण गरिएको हो । ती पालिकाले चालू शैक्षिक सत्रबाट पाठ्यक्रम लागू गर्ने डिलाशैनीका शिक्षा शाखा प्रमुख महादेव भट्टले बताए ।विद्यार्थीलाई स्थानीय परिवेशका विषयमा जानकारी दिने उद्देश्यसहित ‘हाम्रो डिलाशैनी’ र ‘पाटन परिचय’ पाठ्यक्रम निर्माण गरिएको  हो ।  पाटनका शिक्षा शाखा प्रमुख बिर्खराज

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 164 पटक पढिएको
  • साउन २५ गतेभित्र एसइई नतिजा सार्वजनिक

    भक्तपुर / राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले  एसइईको आन्तरिक मूल्याङ्कनको नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । २०७७ को एसइई नतिजा साउन २५ गतेभित्रमा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए ।सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको बताउँदै उनले कुनै प्राविधिक कठिनाई नआए आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा सार्वजनिक गर्ने उनले बताए । कार्यालयका अनुसार २०७७ सालको एसइई परीक्षाको ल

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 217 पटक पढिएको
  • विभिन्न बहानामा शुल्क असुल्दै सामुदायिक विद्यालय

    सर्लाही / केही सामुदायिक विद्यालयले विभिन्न बहानामा विद्यार्थीसँग शुल्क असुल्ने गरेका पाइएको छ । निःशुल्क पढाउनुपर्नेमा अधिकांशले विभिन्न बहानामा शुल्क असुल्ने गरेका अभिभावकको गुनासो छ ।जिल्लाको मलङ्गवा नगरपालिका–५, भाँडसरमा रहेको रामगुलाम जनता माविले भर्ना शुल्कको नाममा चर्को शुल्क लिएको स्थानीय अभिभावक रवीन्द्र महतोले जानकारी दिएका छन् ।प्रधानाध्यापक जुगेश्वर राउतको निर्देशनमा आफूहरुले काम गरिरहेको र उनकै निर्देशनमा विद्यार्थीहरुको भर्ना लिँदा विकास शीर्षकमा रकम लिदै लेखा शाखाका कर्मचारी रामविश्वास रायले बताएका छन् ।पहिला शुल्क बुझाएको बिल दिन मिल्दैन भनी पन्छिन खोजे पनि पछि जिद्दी गर

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 175 पटक पढिएको
  • विद्यार्थीलाई कक्षा १२ को परीक्षाअघि खोप दिन सुझाव

    काठमाडौँ / कक्षा १२ को परीक्षा अघि नै विद्यार्थीलाई खोप दिन  संसदको शिक्षा तथा स्वास्थ समितिले सरकारलाई सुझाव दिएको छ । साउन ३१ गते शुरु हुने कक्षा १२को परीक्षामा ४ लाख विद्यार्थी छन् भने उनीहरुलाई परीक्षा दिनुअघि खोप दिन सकिन्छ भने पहल गर्न सरकारलाई समितिको सुझाव भएको निर्णय सुनाउदै समिति सभापति जयपुरी घर्तीले बताएकि छिन् । कक्षा १२ को परीक्षालगायतका विभिन्न विषयमा संसदीय समितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँग छलफल गरेको थियो । समितिले परीक्षा दिनुअघि कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए दोस्रो चरणमा दिन पाउने व्यवस्था गर्न निर्देश

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 152 पटक पढिएको
  • जनस्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्न निर्देशन

    काठमाडौँ / प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।समितिको आज बसेको बैठकले ‘कोभिड–१९ को सङ्क्रमणका बीचमा कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड’  विषयको छलफलमा जनस्वास्थ्यका मापदण्ड पूरा गरेर मात्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । समिति सभापति जयपुरी घर्तीले परीक्षा केन्द्रमा चिकित्सक, नर्स र औषधिको व्यवस्था गरेर मात्र परीक्षा सञ्चालन गर्नुपर्ने बताएका छन् । “परीक्षार्थीलाई महामारीबाट जोगाउन जनस्वास्थ्य सम्बन्धी मापदण्ड लागू गरी परीक्षा सञ्चालन गर्नुपर्दछ”, उनि भन्

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 161 पटक पढिएको
  • मकवानपुरमा पाँच हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिने

    वाग्मती / साउन ३१ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षामा मकवानपुर जिल्लाबाट पाँच हजार ३९१ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डको हेटौँडा कार्यालयले जानकारी दिएको छ ।विश्वव्यापीरुपमा महामारीका रुपमा फैलिएको कोरोना जोखिम नै रहेको अवस्थामा विद्यार्थीहरुको भौतिक उपस्थितिमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी परीक्षा सञ्चालन हुने कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरेले जानकारी दिएका छन् । यस वर्ष विद्यार्थीले आफू अध्ययनरत् कलेज तथा विद्यालयबाट  कक्षा १२ को परीक्षामा सहभागी हुन पाउनेछन् । जिल्लाको सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने मकवानपुर बहुमुखी क्याम्पसबाट एक हज

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 167 पटक पढिएको
  • संयुक्त विद्यार्थी संगठनको आन्दोलन पछि मध्यपश्चिम विश्वविद्यालयका सबै परीक्षा स्थगित

    सुर्खेत  / संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि मध्यपश्चिम विश्वविद्यालयले मंगलबारदेखि सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा स्थगित गरिएको छ । सोमबार मध्यराति सूचना जारी गर्दैै व्यवस्थापन कार्यालयले एक साताका लागि सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो ।यस अघि व्यवस्थापन कार्यालयले सोमबार बिहान सूचना जारी गर्दै पूर्वप्रकाशित तालिका अनुसार नै परीक्षा हुने बताएको थियो । विश्वविद्यालयले आज (१२ गते) देखि विज्ञान तथा प्रविधि संकायको स्नातक तह र १३ गतेदेखि स्नातकोत्तर तहको परीक्षा भौतिक उपस्थितिमा लिने जनाएको थियो । विद्यार्थीहरुले भने अनलाइनमार्फत् परीक्षा ह

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 152 पटक पढिएको
  • अन्नपूर्ण गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयार

    म्याग्दी / यहाँको अन्नपूर्ण गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तयार पारेको पाठ्यक्रम अनुसारको पुस्तक छपाइ गरेर नयाँ शैक्षिक सत्रदेखि पठनपाठन गराउन लागिएको हो । नेपालको संविधानले स्थानीय पालिकालाई प्राथमिक तहको पाठ्यक्रम बनाएर आवश्यकता अनुसार लागू गर्ने अधिकार दिएको छ । उक्त अधिकार भए पनि लामो समयसम्म अभ्यास भएको थिएन ।गाउँ शिक्षा ऐनअनुसार पाठ्यक्रमको मस्यौदा कार्यपालिका बैठकबाट पारित गरी पुस्तक छपाएर लागु गर्न लागिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिएका छन्  । “मौलिक विषयवस्तुमा आधारित कक्षा १ देखि ५ सम्म

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 158 पटक पढिएको
  • पुगेन पाठ्यपुस्तक हुम्लामा

    सिमकोट / लामो कोरोना कहरले दुर्गम हिमाली जिल्ला हुम्लामा सबैभन्दा बढी शिक्षा क्षेत्र प्रभावित बनेको छ । हरेक वर्षको फागुन २ गतेदेखि शुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गत असार १ गतेबाट शुरु भएको थियो ।नयाँ शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा पनि जिल्लाका विद्यालय खुल्न सकेका छैनन् नै, विद्यार्थीका हातमा पाठ्य पुस्तक समेत पुगेको छैन । कोरोना सङ्क्रमण फैलने डरले निषेधाज्ञामा घरमै सीमित भएका विद्यार्थीले शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ । अठार वटा निजी प्रकाशन गृहले हुम्लामा दिँदै आएको पाठ्यपु

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 170 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.