शिक्षा

    Showing ९३१-९४० of १,००९ items.
  • एसइईको नतिजा अगावै भर्ना लिन थालेपछि महानगरले रोक्यो

    चितवन / माध्यमिक तह उत्तीर्ण परीक्षा (एसइई) को नतिजा प्रकाशन नहुँदैँ कक्षा ११ मा विद्यार्थी भर्ना नगर्न सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आग्रह गरेको छ।महाशाखाले एक सूचना जारी गर्दै केही विद्यालयहरुले कक्षा ११ को भर्ना शुरु गरिसकेको अभिभावकको गुनासो आएकाले एसइईको नतिजा प्रकाशित नभएसम्म भर्ना नगर्न आग्रह गरेको हो । नतिजा नै प्रकाशित नभइ विद्यार्थी भर्ना गर्न नपाइने भए पनि केही विद्यालयले कक्षा ११ को भर्ना सञ्चालन गरेको भन्दै नगर शिक्षा समितिले निर्णय गरी नतिजापूर्व भर्ना लिएमा कानून बमोजिम कारवाही गरिने समेत महाशाखाले जनाएको छ । नगर शिक

    • प्रकाशित मितिः साउन ६, २०७८
    • २५० पटक पढिएको
  • कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

    काठमाडौँ /  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डको मंगलबार बढेको बैठकले साउन ३१ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेपछि तालिका सार्वजनिक भएको हो ।परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । विद्यार्थीहरूले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने छन् । जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण लगाइएको निषेधाज्ञाले गर्दा स्थगित भएको थियो । यस वर्ष सय पूर्णाङ्क रहने गरि नै परीक्षा भौतिक उपस्थितिमा गर्ने बोर्डले निर्णय गरेक

    • प्रकाशित मितिः साउन ६, २०७८
    • ३०० पटक पढिएको
  • पाठ्यपुस्तक छ पढाइ छैन

    कालीकोट / कालीकोटका नौवटै स्थानीय तहका सामुदायिक विद्यालयका सबै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराइसक्दा पनि पढाइ हुन सकेको छैन ।जिल्लामा कोभिड–१९ को महामारी कारण विद्यालय बन्द भएपछि बैकल्पिक माध्यमलाई प्रयोगमा ल्याउन नसक्दा करीब ७० हजार विद्यार्थीको पढाइ हुन नसकेको हो । वैशाखबाटै विद्यालय नखुलेका कारण विद्यालयले पाठ्यपुस्तक वितरण गरे पनि पढाइ कसरी गर्ने भन्नेमा अन्योल रहेको खाँडाचक्र नगरपालिका–१ पञ्चदेवल माविका सहायक प्रधानाध्यापक चन्द्रप्रसाद कोइरालाले बताएका छन् । “पढाइ कसरी गर्ने भन्नेबारे अहिले पनि अन्योल छ । कोभिड–१९ को जोखिम अझै छ”, उनले भने, “विद्यालय नखुल्दा विद्यार्थीको पढाइमा

    • प्रकाशित मितिः साउन ५, २०७८
    • १५८ पटक पढिएको
  • कक्षा १२ को परीक्षा सञ्चालन हुने

    काठमाण्डाै / कोरोना संक्रमणको जोखिम बढे सँगै स्थगित भएको कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको छ । कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारले उदासीनता देखाएको भन्दै चर्को आलोचना भइरहेका बेला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सर्तसहित परीक्षा सञ्चालन गर्न अनुमति दिएको हो । शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सीसीएमसीबाट कक्षा १२ को परीक्षा सञ्चालनका लागि सर्तसहित अनुमति पाएको बताएका छन् । सीसीएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाएपछि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै छ ।आज बेलुका ५ बजे बस्ने बैठकले परीक्षा सञ्चालनको मिति तोक्ने सम्भावना रहेको परीक्षा नियन्त्रक क

    • प्रकाशित मितिः साउन ५, २०७८
    • २०८ पटक पढिएको
  • तमानखोला गाउँपालिकाले जिल्लामै पहिलोपटक बनायो आफ्नै पाठ्यक्रम

    गलकोट / बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले जिल्लामै पहिलोपटक स्थानीय पाठ्यक्रम तयार गरेको छ । तमानखोलाले एक वर्ष लगाएर तयार पारेको स्थानीय पाठ्यक्रममा आधारित पुस्तक गाउँपालिकाका सबै विद्यालयमा पठाइसकेको छ ।  ‘मेरो तमानखोला’ पाठ्यपुस्तक यही वर्षदेखि विद्यालयमा अध्यापन गराउने तयारीसहित विद्यालयमा पठाइएको गाउँपालिकाले जनाएको छ । विद्यार्थीलाई आफ्नो भूगोल, संस्कृति, धर्म र रीतिरिवाजका विषयमा थाहै नभई उच्च शिक्षा अध्ययनमा पुग्ने र स्थानीय संस्कार संस्कृतिका बारेमा बेखबर हुने परिपाटीको अन्त्यका लागि कक्षा १ देखि ५ सम्म लागु हुने गरी एक विषय स्थानीय पाठ्यक्रम समावेश गरिएको गाउँपालिकाका अ

    • प्रकाशित मितिः साउन ५, २०७८
    • ३०२ पटक पढिएको
  • शरणामतिमा विद्यालय परिसरमै गरे विद्यार्थीले तरकारी खेती

    झापा / झापा गाउँपालिका–६ शरणामतिमा रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ भद्रपुरको साझेदारीमा तरकारी खेती गरेका छन् । कृषि बाली विज्ञान विषयमा अध्ययन गर्ने कक्षा ९ देखि १२ सम्मका १५० बढी विद्यार्थीले विद्यालय परिसरमै पाँच कठ्ठा जमिनमा सामूहिक तरकारी खेती गरेका हुन् । कृषि विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पढाईसँगै व्यवहारिक शिक्षामा पनि दक्ष बनाउने उद्देश्यले तरकारी खेती गर्न लगाइएको विद्यालयका प्रधानाध्यापक सूर्यकान्ता राउतले बताएका छन् । विद्यार्थीले यतिबेला काक्रा, फर्सी, करेला, भिण्डीलगायतका तरकारी फलाएका छन् । सो तरकारी बिक्रीबाट आएक

    • प्रकाशित मितिः साउन २, २०७८
    • १,०९५ पटक पढिएको
  • शिक्षा सेवा शुल्क विद्यार्थीको हितमा प्रयोग गर्न आग्रह

    काठमाडौँ / नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले बुझाएको शिक्षा सेवा शुल्कवापतको रकमलाई विद्यार्थीको हितमा व्यवस्थापन गर्न आग्रह गरेको छ ।वैदेशिक अध्ययनका लागि जाने नेपाली विद्यार्थीले अनिवार्यरूपमा नेपाल सरकारलाई दुई प्रतिशतका दरले शिक्षा सेवा शुल्कबापत रकम बुझाउँदै आएका छन् । नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा विदेशी शैक्षिक संस्थामा शिक्षण शुल्क बुझाइसकेका तर विविध कारणबाट यात्रा नगरेका विद्यार्थीको हकमा उनीहरूले शिक्षा सेवा शुल्कबापत बुझाएको रकम फिर्ता पाउने घोषणा गरेको छ । आगामी साउन १ गतेदेखि यो व्यवस्था कार्यान्वयनमा आउन लागेका

    • प्रकाशित मितिः असार ३०, २०७८
    • १७६ पटक पढिएको
  • सरकार नै वितरण गर्दैछ पुरानो नक्सा भएका पुस्तक

    बिर्तामोड / संघिय सरकारका शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले नेपालको नयाँ नक्सा नरहेका पुस्तकको बिक्री वितरण गरेको पाईए कारवाही गरिने चेतावनी दिएको समयमा नै सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रले बितरण गरेका पुस्तकमा नै नेपालको पुरानो नक्सा रहेको पाईएको छ ।  जनक शिक्षाले बितरण गरेका पुस्तक मध्ये कक्षा ५ को सामाजिक अध्ययन तथा सिर्जनात्मक कला बिषय र कक्ष ९ को सामाजिक अध्ययन बिषयका पुस्तकमा नेपालको पुरानो नक्सा रहेको पाईएको हो ।केहि दिन अघि निजी क्षेत्रका पुस्तक प्रकाशन गृहसँगको भर्चुअल वैठकमा शिक्षा मन्त्री श्रेष्ठ र मन्त्रालयका अधिकारीले नेपालको पुरानो नक्सा भएका पुस्तक वितरण गर

    • प्रकाशित मितिः असार १२, २०७८
    • २१९ पटक पढिएको
  • स्नातक प्रथम वर्षको परीक्षा साउन ११ देखि

    बिर्तामोड / स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने भएको छ । कोभिड – १९ का कारण करिव २१ महिनादेखि रोकिएको परीक्षा साउनमा हुने भएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यलयले साउन ११ गतेदेखि हुने परीक्षा सार्वजनिक गरेको छ । परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाउने छन् ।त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले परीक्षा फारम भर्न छुटेका विद्यार्थीलाई असार १५ सम्म समय दिएको र क्याम्पसहरूले २०७८ असार १६ गतेभित्र आवश्यक प्रक्रिया पुर्‍याइ आवेदन फारम सम्बन्धित परीक्षा नियन्त्रण कार्यलयमा बुझाउन निर्देशन दिएको छ ।वार्षिक परीक्षा प्रणाली अन्तर्गत तीन र च

    • प्रकाशित मितिः असार ११, २०७८
    • २१३ पटक पढिएको
  • सरकारी आदेश लत्याउँदै निषेधाज्ञामा विद्यालय संचालन

    विराटनगर / कोरोना महामारीका कारण स्वास्थ्य जोखिमलाई कारण देखाएर प्रदेश १ का सबै विद्यालय बन्द रहेको समयमा मोरङको तिलगङ्गास्थित स्मृति बोर्डिङ स्कुल भने स्थानीय प्रशासनको आँखा छल्दै संचालन भइरहेको सार्वजनिक भएको छ ।कोरोना संक्रमण उच्च बनेपछि संक्रमण रोक्न र तथा नियन्त्रण गर्न स्थानीय प्रशासनको आदेशमा प्रदेशभरिका विद्यालय बन्द रहेको बेला स्मृति स्कुल भने संचालन भइरहेको पाइएको हो ।  स्थानीय प्रशासनको आदेशको अवज्ञा गर्दै सञ्चालन भइरहेको सो विद्यालयले भने अभिभावकको आग्रह र दबावका कारण विद्यालय संचालन गरेको जनाएको छ ।प्रशासनको आदेश लत्याउँदै संचालन भइरहेको सो विद्यालयमा अहिले सामान्य

    • प्रकाशित मितिः असार ९, २०७८
    • ३६० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.