झापा / देशभर थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार १३४ पीसीआर र १ हजार ९३२ जनाको एन्टीजेन परीक्षणका क्रममा ३९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख १६ हजार ४१५ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ४९८ सक्रिय संक्रमित छन् ।गत २४ घण्टामा ३८९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९७ हजार ४४८ पुगेको छ।उक्त अवधिमा ३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ।
झापा / नेपालमा दुई दिन भित्र कोरोना विरुद्धको भेरोसेल र एस्ट्राजेनेका गरी झन्डै १५ लाख मात्रा खोप आएको छ । बुधबार स्विजरल्यान्डबाट चार लाख ९२ हजार मात्रा एस्ट्राजेनेका र बिहीबार दिउँसो चीनबाट १० लाख मात्रा भेरोसेल खोप नेपाल आएको हो । भेरोसेल र एस्ट्राजेनेका दुवै खोपलाई टेकुस्थित खोप भण्डार केन्द्रमा राखिएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा खरिद शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले जानकारी दिए । नेपालमा हालसम्म कोभिसिल्ड खोप भारत सरकारको अनुदान १० लाख मात्रा, भारतसँग खरिद गरिएको २० लाख कोभिसिल्ड, भारतीय सेनाले नेपाली सेनालाई उपलब्ध गराएको एक लाख, कोभ्याक्स सुविधामार्फत ती
धरान / बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको छानविन समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडा, धरान उपमहानगर प्रमुख तिलक राई र स्वास्थ्य सचिव डा. रोशन पोखरेलसहितको छानविन टोलीले स्थलगत अध्ययन गरी तयार पारेको उक्त प्रतिवेदन प्रधानमन्त्री देउवालाई आज (शुक्रबार) बुझाएका हुन् ।प्रतिवेदनमा अनियमितताको आरोप लागेका पदाधिकारीले आफ्नो पदीय दायित्व र आचरण अनुसारको काम नगरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरिएको छानविन समितिका एक पदाधिकारीले जानकारी दिए ।उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर डा. गुरु खनाल, अस्पताल निर्देशक डा. गौरीशंकर साहलाई
झापा / आज देशभर ३१७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ९ हजार ६०९ पीसीआर र ३ हजार ४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ६० जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ५३५ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २७९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९७ हजार ५९ पुगेको छ। उक्त अवधिमा ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन
एजेन्सी \ अहिलेसम्म भएका विभिन्न अनुसन्धानले वायु प्रदुषणले हृदयरोगको खतरा बढाउने पत्ता लगाएको छ । अमेरिकामा भर्खरै गरिएको एक अनुसन्धानले मिर्गौला रोगी र उच्च रक्तचापका बिरामीहरूको मुटु वायु प्रदुषणका कारण कमजोर हुने पत्ता लगाएको छ । भर्खरै अमेरिकन सोसाइटी अफ नेफ्रोलोजी किड्नी विक –२०२१ मा वायु प्रदुषणले मुटु कमजोर गराउने दावी गरिएको हो । जसमा वायु प्रदुषणको सीधा असर मुटुमा पर्ने जानकारी दिइएको छ । अनुसन्धानकर्ताका अनुसार उच्च रक्तचापको समस्याबाट गुज्रिरहेका मिर्गौला रोगीहरूलाई ग्लेसिटीन –३ को स्तर बढी भएको पाइयो । यसको सीधा सम्बन्ध वायु प्रदुषणसँग छ । यसले मुटुको भित्रसम्म पुगेर कमज
बिर्तामोड / आज देशभर थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १४ हजार ९१८ पीसीआर र १ हजार ८१८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यो सँगै कुल संक्रमितको संख्या ८ लाख १५ हजार ३७२ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ६१२ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४८४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९६ हजार ३०६ पुगेको छ। उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४५४ पुगेको छ। हाल ११० जना क्वारेन्टा
कपिलवस्तु / कपिलवस्तुको कृष्णनगरमा झाडापखाला नियन्त्रणमा नआएपछि स्वास्थ्य कार्यालय कपिलवस्तुले खोपको तयारी गर्ने भएको छ । गत असोज १८ गतेबाट सुरु भएको झाडापखाला अझै नियन्त्रणमा नआएपछि स्वास्थ्य कार्यालयले बिरामीहरूको लागि खोपको तयारी गर्ने भएको हो । स्वास्थ्य कार्यालय कपिलवस्तुले खोपको लागि तयारी गरिरहेको जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताएका छन् । साँढे दुई लाख खोप विश्व स्वास्थ्य सङ्गठनले दिने निर्णय भइसकेको र खोप आउनासाथ कार्यक्रम लागू गरिने पाण्डेले जानकारी दिए ।पाण्डेका अनुसार पहिलो चरणमा पाँच स्थानीय तहका नागरिकलाई खोप दिने तयारी छ । खोपसँगै नागरिकले पनि सफा पानी पाउने
विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण भएको छ । ७०८ जनाको पीसीआर परीक्षण गर्दा ५४ र २३ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९, झापामा १३, सुनसरीमा ९, उदयपुर, इलाम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।प्रदेश १ मा आज ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९ महिला र १८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
बिर्तामोड / आज देशभर थप ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कूल ५ हजार २६ जनाको नमूना परीक्षण गर्दा ३९० जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।मन्त्रालयका अनुसार उक्त अवधिमा कूल २ हजार ६०६ जनाको पीसीआर र २ हजार ४२० जनाको एन्टिजेन विधिमार्फत परीक्षण गरिएको थियो।उक्त अवधिमा कोरोना सङ्क्रमणका कारण ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी, ४२५ जना सङ्क्रमितले कोरोना भाइरसलाई जितेका छन्।
बिर्तामोड / चीनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई कोरोना विरुद्धको तीन लाख डोज खोप दिएको छ । चिनीयाँ जनमुक्ति सेनाले नेपाली सेनालाई दिएको सो खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई आज हस्तान्तरण गरेकी छिन् ।चिनियाँ जनमुक्ति सेनाले खोपसँगै १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि नेपाली सेनालाई दिइएको छ ।नेपाली सेनाले यस किसिमको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध थप मजबुत हुने बताएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.