स्वास्थ्य

    Showing १,०९१-१,१०० of २,५०८ items.
  • पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना संक्रमण पुष्टि , एकको मृत्यु

    काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १३५ जनामा संक्रमण पुष्टि भएको हो । तीन हजार ४१ जनाको कोरोना परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमित थपिएका हुन् । एक हजार ४७३ जनाको पिसिआर र एक हजार ५६८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर एक हजार १४३९ जना सक्रिय संक्रमित छन् ।५९ जना संक्रमित निको समेत भएका छन् । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ ।

    • प्रकाशित मितिः साउन १, २०७९
    • २३६ पटक पढिएको
  • आज थप २२९ जनामा कोरोना संक्रमण पुष्टि

    बिर्तामोड / नेपालमा पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ७१८ जनाको नमूना परिक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये एक हजार ६४४ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा १६१ मा र दुई हजार ७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज ४८ जना कोरोना मुक्त भएका छन् भने हाल सक्रिय सङ्क्रमितको संख्या १२८४ रहेको छ। त्यस्तै पछिल्लो २४ घन्टामा थप ८७ हजार ९७२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

    • प्रकाशित मितिः असार ३१, २०७९
    • २६१ पटक पढिएको
  • मोरङ कारागारमा कोरोनाका कारण एक कैदीको मृत्यु, १६ जनामा संक्रमण पुष्टि

    विराटनगर / पछिल्लो समय कोरोना संक्रमण दर उच्च हुँदै जादा मोरङ कारागारमा कोरोनाको जोखिम बढेको छ । विराटनगर महानगरपालिका –८, हाटखोलास्थित कारागारका १९ कैदीबन्दीमा कोरोनाको लक्षण देखिएपछि एन्टिजेन्ट विधिबाट परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको थियो ।उनीहरूको कोसी अस्पतालमा उपचार भइरहेको थियो । जसमध्ये कोरोना संक्रमित एक जना कैदीबन्दीको बिहीबार रति उपचारको क्रममा मृत्यु भएको छ । कोसी अस्पतालका अनुसार सुन्दरहरैँचा नगरपालिका –४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएका अन्य कैदीबन्दीलाई कोभिड अस्पतालमा सार्ने तयारी भइरहको मोरङका प्रमुख जिल्ला अधिकारी

    • प्रकाशित मितिः असार ३१, २०७९
    • २३३ पटक पढिएको
  • बढ्दै कोरोना संक्रमण, एकै दिन २६० जनामा संक्रमण पुष्टि

    बिर्तामोड  / पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ८४४ नमुना परिक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार २७ जनाको पीसीआर परीक्षण गर्दा २१४ जना र १ हजार ८१७ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै कुल सक्रिय सङ्क्रमितको संख्या एक १७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् ।

    • प्रकाशित मितिः असार ३०, २०७९
    • १८५ पटक पढिएको
  • आज थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

    झापा /  पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षण गर्दा ७८ जनामा संक्रमण भएको हो ।जसमध्ये १ हजार ३८४ जनाको पीसीआर परीक्षण गर्दा ६० जना र २ हजार १३१ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जना गरी ७८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।योसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ५०८ पुगेको छ । पछिल्लो २४ घण्टामा २३ जना संक्रमणमुक्त भएका छन् ।बिहीबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख २० हजार ६३५ पुगेको छ ।योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हज

    • प्रकाशित मितिः असार २३, २०७९
    • १९७ पटक पढिएको
  • आज ९० जनामा कोरोना संक्रमण पुष्टि, २० जना संक्रमण मुक्त

    झापा  / पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ४०१ पुगेको छ । जसमध्ये ३९९ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेसन र २ जना आईसीयूमा छन् ।मंगलबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख २० हजार ४४४ पुगेको छ । पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् ।  नेपालमा कोरोनाका कारण  मृत्‍यु हुनेको संख्या ११ हज

    • प्रकाशित मितिः असार २१, २०७९
    • १७३ पटक पढिएको
  • नोबेल र केएमसीमा पाँच वर्षसम्म खेलाडीहरूले निःशुल्क उपचार गर्न पाउने

    विराटनगर / विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ओलम्पीक, साफ र एसियन खेलकुदमा सहभागि नेपाली खेलाडीलाई पाँच वर्षसम्म निःशुल्क उपचार गर्ने भएका छन् । ओलम्पीकमा सहभागि नेपाल भरका सबै खेलाडी तथा साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का खेलाडीहरूले निःशुल्क उपचार पाउने भएका हुन् । खेलाडीका परिवारका सदस्यलाई पनि नोबेल र केएमसीले ५० प्रतिशत छुटमा उपचार गर्ने बताइएको छ । । प्रदेश १ खेलकुद विकास बोर्डले आइतबार विराटनगरमा आयोजना गरेको प्रदेश १ का साफ, एशियन र ओलम्पिक खेलाडी सम्मान कार्यक्रममा निःशुल्क तथा सहुलियतपूर्ण उपचारको सम्झौता भएको हो

    • प्रकाशित मितिः असार २०, २०७९
    • ३३१ पटक पढिएको
  • नेपालमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट ‘बीए.५’

    झापा  / कोभिड–१९ भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको ‘बीए.५’ नेपालमा पनि पाइएको छ ।कोरोना पुष्टि भएको स्वाबको नमुनालाई धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ सब–भेरिएन्ट पुष्टि भएको हो । ओमिक्रोनको ‘बीए.५’ सब–भेरिएन्ट निकै सङ्क्रामक देखिएको छ । नयाँ सब–भेरिएन्ट पाइएको पुष्टि भएसँगै मास्क लगायत स्वास्थ्य मापदण्ड पालनामा खेलाँची गर्न नहुने धुलिखेल अस्पतालका मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा प्रमुख डा. राजीव श्रेष्ठको भनाइ छ । ‘खुला ठाउँमा मास्क लगाउनु नै पर्छ हामी भन्दैनौँ तर बन्द ठाउँमा मास्क लगाउनैपर्

    • प्रकाशित मितिः असार २०, २०७९
    • २३२ पटक पढिएको
  • हैजाको ‘रेड जोन’मा काठमाडौँ, जोखिममा युवा

    काठमाडौँ  / पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकामा हैजाको संक्रमण दर बढ्दो छ । गएको शुक्रबारसम्म काठमाडौँ उपत्यकाका ६ पालिकामा १७ जना हैजा संक्रमित बिरामी फेला परेका छन् ।काठमाडौँ महानगरपालिकामा मात्र हैजाका १० संक्रमित फेला परेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले ६ देखि २० जनासम्म संक्रमित देखिएको स्थानलाई ‘रेड जोन’मा राखेको छ ।ललितपुर महानगरपालिकाभित्र पनि दुई जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, चन्द्रागिरि नगरपालिकामा २, कीर्तिपुर नगरपालिकामा १, कागेश्वरी मनोहरा नगरपालिकामा १ र बूढानीलकण्ठ नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांकमा उल्लेख

    • प्रकाशित मितिः असार १९, २०७९
    • ३२७ पटक पढिएको
  • आज थप ५० जनामा कोरोना संक्रमण, कुल सङ्क्रमितको संख्या ११ लाख २० हजार १७

    झापा / पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४६७ जनाको पीसीआर परीक्षणमा ३५ जना र १ हजार ३४७ जनाको एन्टीजेन परीक्षणमा १५ जना गरी ५० जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर २९७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २९१ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइसोलेसन र ३ जना आईसीयूमा छन् ।शुक्रबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख २० हजार १७ पुगेको छ ।

    • प्रकाशित मितिः असार १७, २०७९
    • २५४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.