स्वास्थ्य

    Showing १,१२१-१,१३० of २,५०८ items.
  • २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण

    काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३३६ जनाको पीसीआर परीक्षणमा १५ जना र १ हजार ४३५ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी ११७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जना निको भएका छन् भने पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन् । जसमध्ये २१६ होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ७३० जना संक्रमणमुक्त भएका छन् । 

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • १९४ पटक पढिएको
  • देशभरमा थप १९ जना संक्रमित , एकको मृत्यु

    काठमाडौं /  देशभर पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ८२१ परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।बुधबार कोरोनाको सङ्क्रमणबाट १८ जना मुक्त भएका छन् भने २१७ जना सक्रिय संक्रमित रहेका छन् ।

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • १९१ पटक पढिएको
  • पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण

    काठमाडौं /  पछिल्लो २४ घण्टामा नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ३२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख १९ हजार ०६१ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर २३ संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरूको संख्या ९ लाख ६६ हजार ६९७ पुगेको छ । पछिल्लो २४ घण्टामा पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • १९८ पटक पढिएको
  • निर्वाचन आचार संहिताको उल्लंघन गर्दै स्वास्थ्यमन्त्री खतिवडा

    काठमाडौँ / स्वास्थ्यमन्त्री विरोध खतिवडा निर्वाचन आचारसंहिता विपरीत चुनावी पार्टीको चुनावी प्रचार प्रसार अभियानमा लागेका छन् । मन्त्री खतिवडा मंगलबार हेटौंडा उपमहानगरपालिकामा पाँच दलीय सत्ता गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।निर्वाचन आचारसंहिताले नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले कुनै पनि राजनैतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरेको छ । तर, मन्त्री खतिवडा सरकारी नम्बर प्लेटको गाडीमा कार्यक्रम स्थलसम्म पुगेका थिए ।

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • २४७ पटक पढिएको
  • २४ घण्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ / पछिल्लो २४ घण्टामा देशभरमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ५०८ जनाको पीसीआर र ७१४ जनाको एन्टीजेन परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको र आइतबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै थप २७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय ५६ जना निको भएका छन् । 

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • १८४ पटक पढिएको
  • पछिल्लो २४ घण्टामा देशभरमा थप १५ जनामा कोरोना संक्रमण

    काठमाडौँ / पछिल्लो २४ घण्टामा देशभरमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२२ जनाको पीसीआर परीक्षणमा र ९९३ जनाको एन्टीजेन परीक्षण गर्दा थप १५ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने १८ जना निको भएका छन् ।हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् ।

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • २१५ पटक पढिएको
  • कोरोना कोषबाट २ वर्षमा सरकारले गर्‍यो साढे १ अर्ब खर्च

    काठमाडौँ / सरकारले कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट १ अर्ब ४९ करोड १३ लाख रुपैयाँ खर्च गरेको छ। कोष स्थापना भएपश्चात दुई वर्षको अवधिमा सरकारले एक अर्ब ४९ करोड १३ लाख रुपैयाँ खर्च गरेको हो।कोरोना संक्रमण बढेपछि पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले कोष खडा गरेका थिए। सरकारी बाहेक कुनैपनि संस्थाले कोरोनाको नाममा रकम उठाउन नपाउने भन्दै संघीय कोष बनाइएको थियो। उक्त कोषमा स्वेच्छिक रुपमा जुनसुकै व्यक्ति तथा संस्थाले रकम जम्मा गर्न सक्ने व्यवस्था थियो। कोषमा सरकारले व्यावसायिक संस्थाले सामाजिक उत्तरदायित्वमा खर्च गर्ने नाफाको १ प्रतिशत पनि जम्मा गर्न पाउने व्यवस्था मिलाइएको

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • २३६ पटक पढिएको
  • मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति निलम्बित

    मकवानपुर / बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विश्वराज जोशीलाई निलम्बन गरेको छ । डा. जोशीले प्रतिष्ठानबाट अस्पताललाई अलग गर्ने निर्णय गरेपछि बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उनलाई निलम्बन गरेका हुन् । उनीमाथि छानविन गर्न समिति गठन गरिएसँगै जोशी निलम्बित भएको बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यमलाल भुसालले जानकारी दिए । जोशीलाई केही समय अघिबाटै पदबाट हट्न दबाब आइरहेको थियो ।उपकुलपति प्रा. डा. जोशीले पदीय जिम्मेवारी पूरा नगरेको लगायतका आधार उल्लेख गरी प्रतिष्ठानको सभाका एकचौथाइ सदस्यले लि

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • २९१ पटक पढिएको
  • अवैध रुपमा क्लिनिक सञ्चालन गर्दै आएका दुई नक्कली चिकित्सक मोरङबाट पक्राउ

    मोरङ / मोरङका दुई छुट्टाछुट्टै स्थानबाट अवैध रुपमा क्लिनिक सञ्चालन गर्दे आएका दुई जना नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिक २७ वर्षीय पर्सनजित बर्मन र २९ वर्षीय सनोड मण्डललाई पक्राउ गरेको हो । चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नको लागि इजाजत पत्र प्राप्त नगरेका ब्यक्तिहरूले क्लिनिक सञ्चालन गरी चेकजाँच समेत गर्ने गरेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बर्मनले पथरी शनिश्चरे नगरपालिका –१ मा श्र

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • २१० पटक पढिएको
  • डब्लूएचओका महानिर्देशकको प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता

    काठमाडौँ  / प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले कोरोना भाइरस महामारीका बेला महानिर्देशक डा गेहब्रेयसले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै डब्लूएचओले नेपाललाई खोप वितरण गरी महत्त्वपूर्ण सहयोग गरेको बताए । प्रधानमन्त्री देउवाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पनि महानिर्देशक डा टेड्रोसलाई आग्रह गरेका छन् । महानिर्देशक डा. टेड्रोसले नेपालले कोरोना भाइ

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • १८३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.