स्वास्थ्य

    Showing 1,471-1,480 of 2,502 items.
  • कोरोना अपडेट : ५९१ जनामा संक्रमण पुष्टि, दुईको मृत्यु

    बिर्तामोड / देशभर आज थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११  हजार ३५५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ५९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८४८ जनाको पिअिसार परीक्षण गर्दा ५२७  र २ हजार ५०७ जनाको एन्टीजेन परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर ६६४ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ।

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 168 पटक पढिएको
  • बहराइनमा तीन देखि ११ बर्षसमूहलाई सिनोफार्म खोप लगाउन अनुमति

    मानामा  / बहराइनमा ३ बर्षदेखि ११ बर्षसमूहका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइएको छ। बहराइनका स्वास्थ्य अधिकारीहरूले देशभरका सो उमेर समूहका बालबालिकाहरुलाई खोप लगाउनु उपयुक्त हुने निश्कर्ष निकालेका हुन्।    बालबालिकाहरुलाई खोप लगाउने बारेमा मङ्लबार निर्णय भएको र बुधबारदेखि फाराम भर्न पाइने व्यवस्थासमेत गरिएको अधिकारीहरूले जनाएका छन्। स्वास्थ्य क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको सिफारिसका आधारमा आफुहरुले बालबालिकालाई पनि खोप लगाउने प्रक्रिया सुरु गरेको सरकारी स्वास्थ्य अधिकारीहरुको भनाइ छ।  बालबालिकालाई खोप लगाउनेसम्वन्धी निर्णयको विस्तृत विवरण भने स्

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 144 पटक पढिएको
  • थप ६७२ जनामा संक्रमण पुष्टि, ८को मृत्यु

    बिर्तामोड /  आज देशभर थप ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ४९५  जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६७२ जनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार १६७ जनाको पिअिसार परीक्षण गर्दा ५८२ र २ हजार ३२८ जनाको एन्टीजेन परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर ४९५ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ।देशभर १० हजार ३७५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 144 पटक पढिएको
  • चीनबाट १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुग्यो

    बिर्तामोड / सरकारले चीनसँग खरिद गरेको कोरोनाविरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ । आज बिहान ९ बजे १० लाख २० हजार डोज भेरोसेल खोप त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौता गरेको छ । सोही सम्झौताको पहिलो लट आज आएको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए । उनले कोभ्याक्स सुविधा अन्तरगर्त थुप्रै परिमाणमा खोप आए पनि कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त आएको यो पहिलो लटको खोप भएको बताए ।

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 170 पटक पढिएको
  • फाइजर खोप ५ देखि ११ वर्षका बालबालिकालाई लगाउन सिफारिस

    काठमाडौं / पाँच देखि ११ वर्षसम्मका बालबालिकाका लागि कोरोना विरुद्धको खोपलाई लिएर अमेरिकी सरकारको एक समितिले फाइजरको पक्षमा निर्णय गरेको छ। अमेरिकी नियामक संस्था एफडीए (फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन) ले मंगलबार यस फेसलालाई समर्थन गरेको छ। अब यसले सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिवेशनबाट इजाजत पाउनेछ। नोभेम्बर २ सम्ममा यसबारे निर्णय हुने आशा गरिएको बीबीसीले जनाएको छ। फाइजरले इजाजत पाएको अर्को दिनबाट नै खोप अभियान सुरु हुन सक्ने जनाइएको छ। अमेरिकामा पहिलाबाट नै ५ देखि १२ वर्षका बालबालिकालाई खोप दिइरहिएको छ। सेप्टेम्बरमा कम्पनीले परीक्षणका क्रममा खोप बालबालिकाका लागि सुरक्षित रहेको पाइएक

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 216 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : १०७ जनामा संक्रमण पुष्टि

    विराटनगर / प्रदेश १ मा आज थप १०७ जनामा कोरोना संक्रमण भएको छ । ५६२ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३६, मोरङमा ३१, सुनसरीमा १०, उदयपुरमा ३, इलाममा २ र सङ्खुवासभामा १ जनामा संक्रमण देखिएको हो ।प्रदेश १ मा आज ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२ महिला र ३४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 154 पटक पढिएको
  • कोरोना अपडेट : ६६६ जनामा संक्रमण पुष्टि, ११ को मृत्‍यु

    बिर्तामोड / आज देशभर थप छ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ६२२ जना निको भएका छन् ।मंगलबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ८ लाख १० हजार २९८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ भने ७ लाख ८८ हजार ६३० जना संक्रमणमुक्त भएका छन् ।

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 175 पटक पढिएको
  • १३९ चिकित्सकको नाम हटायो मेडिकल काउन्सिलले

    काठमाडौँ / नेपाल मेडिकल काउन्सिलले १३९ जना चिकित्सकको नाम हटाएको छ । काउन्सिलले चिकित्सकको विवरण अद्यावधिक गर्ने क्रममा १३९ जना चिकित्सकको नाम हटाएको हो । काउन्सिलले स्थापना भएको ५८ वर्षपछि चिकित्सकको विवरण अद्यावधिक गरेको छ । जसमध्ये १३७ जनाको मृत्यु भएका कारण नाम हटाइएको छ भने एक जना गलत कागजात पेश गर्ने र अर्का एक जना चिकित्सक निष्कासित भएका छन् । दर्ता भएका चिकित्सकहरूको नाम, योग्यता, ठेगाना, निधन भएकाहरूको नाम हटाउने, दर्तावाल चिकित्सकले व्यवसाय छाडेमा, ठेगाना बदलेमा रजिस्ट्रारलाई जानकारी दिनुपर्ने व्यवस्था छ । काउन्सिलका अनुसार दर्तावाल २८ हजार ४७७ चिकित्सक छन् ।  &nb

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 154 पटक पढिएको
  • के कोभिडको पूर्ण खोप लगाएका मानिसहरूको कोभिडबाट मृत्यु हुन्छ ?

    बिर्तामोड / अमेरिकाका पूर्व विदेशमन्त्री कलिन पावेलको गत कात्तिक १ गते कोभिड –१९ सम्बन्धित स्वास्थ्य जटिलताको कारण मृत्यु भएपछि कोभिड विरुद्धको खोपको प्रभावकारितामाथि चलिरहेको बहस फेरि चुलिएको छ।पावेलले कोभिडको पूर्ण मात्रा खोप लगाएका थिए। नेपाली सामाजिक सञ्जालमा पनि दुई डोज अथवा पूर्ण खोप लगाएपछि मृत्यु भएको विवरण आइरहेको छ।मानवी पौडेलले ट्विट गरेकी छन्, “एकदमै महत्वपूर्ण जानकारीस् यो हप्ता मात्रै पूर्ण खोप अर्थात दुवै डोज खोप लगाएका ४ जना एकदमै नजिकका आफन्तहरु गुमाउन पुगेँ। कृपया कोभिडलाई सामान्य रुपमा नलिनोस्।”सोही ट्विटलाई उद्धृत गर्दै सन्तोष घिमिरेले ‘कृपया खोपलाई सामान्य नलिउँ’ भनेका छन्

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 173 पटक पढिएको
  • छानबिन समितिबाट बिपीको स्थलगत अध्ययन

    काठमाडौँ / विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमितता छानबिनका लागि गठित उच्चस्तरीय छानबिन समितिले काम थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको संयोजकत्वमा गठित उक्त समितिले धरानमा नै पुगेर स्थलगत अध्ययनका साथै सरोकारवालासँग छलफल गरी प्रतिवेदन तयार गर्ने छ । त्यसका लागि उक्त समितिका संयोजक स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडासहितका टोली आज बिहान धरान प्रस्थान गरेको छ ।प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष २१ दिनभित्र प्रतिवेदन बुझाउने गरी जिम्मेवारी पाएको समितिमा संयोजक खतिवडाका साथै सदस्यमा मन्त्रालयका सचिव डा. रोशन पोखरेल र

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 155 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.