भक्तपुर / कोभिड–१९ को महामारीमा कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स अभाव भएको गुनासो आइरहेको समयमा सूर्यविनायक नगरपालिका तथा मानवीय आस्था नेपालले संयुक्त रूपमा सञ्चालन गर्ने गरी कोभिड एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कोरोनाको बिरामीले एम्बुलेन्स नपाइरहेको गुनासो आइरहेको बेलामा पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा ल्याएको एम्बुलेन्स उहाँले आज हस्तान्तरण गरेको हो ।सांसद बस्नेतको पलहमा भारत सरकारले सहयोगस्वरूप प्रदान गरेको उक्त कोभिड एम्बुलेन्स सूर्यविनायक नगरपालिका तथा मानवीय आस्था नेपालले संयुक्तरूपमा सञ्चालन गर्ने गरी हस्तान्तरण गरेका छन् । हस्तान्तरणलगत्तै
विराटनगर / कोरोना संक्रमित बिरामीको उपचारमा प्रभावकारी भुमिका खेलिरहेको बिराटनगर स्थित विराट मेडिकल कलेजका डाक्टर र स्वास्थ्यकर्मी माथि आक्रमण भएको छ ।सोमबार राती उत्स्रिङखल युवाहरुको समुहले मेडिकल कलेजको आकस्मिक कक्षमा प्रवेश गरी उपचारमा खटिएका डाक्टर सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि आक्रमण गरेका हुन् । डाक्टरमाथि आक्रमण भएपछि आकस्मिक कक्षको उपचारसमेत केहीबेर प्रभावित बनेको थियो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार बूढीगङ्गा–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितको समूहले आकस्मिक कक्षमा छिरेर डाक्टरमाथि आक्रमण गरेको हो ।दुर्घटनामा प
फुङ्लिङ / ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले १७ थान अक्सिजन सिलिण्डर जिल्ला अस्पताललाई प्रदान गरेको छ । जिल्लामा कोरोना सङ्क्रमण दर तीव्ररूपमा बढिरहेको र जिल्ला अस्पतालमा अक्सिजनको अभाव भइरहेको अवस्थामा उद्योग वाणिज्य सङ्घले आज सिलिण्डर उपलब्ध गराएको हो ।ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारी लगायत पदाधिकारी तथा सदस्यको उपस्थितिमा अक्सिजन सिलिण्डर जिल्ला अस्पतालका प्रमुख चिकित्सक सोनिङ लामालाई हस्तान्तरण गरिएको हो । वाणिज्य सङ्घले यसअघि गएको शुक्रबार आठ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको थियो ।प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराई, प्रदेश १ का आर्थिक मामिल
पाँचथर / गाउँबाट बाहिर नगएका पाँचथरको हिलिहाङ गाउँपालिका–५ का एक कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त स्थानमा सङ्क्रमणको शुरुआत खोज्न थाल्यो । यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे टोलमा विवाहमा गएको पत्ता लाग्यो । स्थानीय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षकलगायत परिचालन गरी खोजी गर्ने क्रममा मालबाँसे टोलका अधिकांश स्थानीयवासीमा ज्वरो, रुघाखोकीलगायतका स्वास्थ्य समस्या देखियो । आइतबार उक्त टोलका आठ जनामा गरिएको एन्टिजेन परीक्षणमा सबैमा कोभिड–१९ सङ्क्रमण पुष्टि भयो ।आइतबार आठ जनामा सङ्क्रमण देखिएपछि सोमबार मालबाँसे टोलब
दैलेख / दुल्लु नगरपालिका –१२ गौरीमा कोरोनाबाट एउटै समुदायका नौ जनाको मृत्यु भएको छ । वडामा कोरोना सङ्क्रमणबाट यति धेरैको मृत्यु भएको दैलेखमा पहिलो हो । मृतक छ जनामा कोरोना परीक्षण गरिएको थियो भने अन्य तीन जना छिमेकीमा ज्वरो आउने, शरीर, छाती दुख्ने र रुघाखोकी आउने लक्षणसहित मृत्यु भएको स्वास्थ्यचौकी गौरीका संयोजक रमेश लम्सालले बताए । उनीहरुको परीक्षणबिनै बिरामी भएको पाँचदेखि आठ दिनमा मृत्यु भएको लम्सालले बताए । अन्य छमध्ये दुई जनाको भारतमा मृत्यु भएको थियो । बाँकी चार जनाको सुर्खेत र दैलेखमै उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य संयोजक लम्सालले बताए । यहाँ कामका लागि भारत गएका स्थानीयव
म्याग्दी / म्याग्दीको बेनी नगरपालिका–४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना सङ्क्रमणको केन्द्र बनेको छ । तातोपानी कुण्ड स्नानका लागि आएका पाहुनामार्फत भित्रिएको कोरोना भोजभतेर र जमघटबाट टोल बस्ती हुँदै नागरिकका घरसम्म पुगेको छ । सिंगाका वडाध्यक्ष गोविन्द पौडेलका अनुसार वडाभर हालसम्म ६५ भन्दा बढी सङ्क्रमित भइसकेका छन् भने दुई जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालय र प्रदेशको स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको बेनी नगरपालिकाका ५१ जना सबै सङ्क्रमित वडा नं ४ का हुन् । वैशाख २७ गते नगरपालिकाका स्वास्थ्यकर्मीहरुले लक्षण देखिएका र सङ्क्रमितको नजिकको सम्पर्कमा रहेका ६७
सिमकोट / सात गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ । पाँच गाउँपालिकामा रहेका ग्रामीण बस्तीहरुमा कोरोनाको आशङ्का लागेपछि परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको छ । खार्पुनाथ र उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाबाहेक सिमकोट, सर्केगाड, चङ्खेली, ताँजाकोट र अदानचुली गाउँपालिकामा कोरोना स–क्रमणको जोखिम बढेको छ । नाम्खा र खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म परीक्षण नगरिएकाले सङ्क्रमित नभेटिएको हो । हालसम्म जिल्लाका पाँच गाउँपालिकामा ३९४ जनामा कोरोना परीक्षण गर्दा ७५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एघार जना सङ्क्
बिर्तामोड / आज प्रदेश १ मा थप १ हजार १ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०१, झापामा २८३, सुनसरीमा २३६, धनकुटामा ६२, संखुवासभामा ४२, इलाममा २६, पाँचथरमा २०, ताप्लेजुङमा १९, ते¥हथुममा १३, उदयपुरमा ६, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १२६ महिला र १६६ पुरुष सहित २९२, सुनबर्षीमा ४९, बेलबारीमा २०, रंगेली र मिक्लाजुङमा ७–७, उर्लाबारीमा ५, जहदामा ४, धनपालथान र पथरीशनिश्चरेमा ३–३, कटहरी, बुढीगंगा, सुनबर्षी र स्थानीय तह नखुलेका २–२, लेटाङ, रतुवा
काठमाडौँ / कोरोनाभाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ। यो चीनको भन्दा ४०० बढी हो। गत वर्ष चीनमा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो। त्यतिबेला कोरोनाबाट सडकमै ज्यान गएका तस्वीरहरू सञ्चारमाध्यममा आएका थिए। चीनले कडा बन्दाबन्दीसँगै कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टिन, आइसोलेसन र स्वास्थ्य सुरक्षाका अन्य मापदण्ड कडाइका साथ पालना गरेर संक्रमण नियन्त्रणमा लिएको थियो।एक वर्षअघि कोरोना संक्रमण उच्च बिन्दुमा पुग्दा संक्रमितको संख्या ७८ हजार १६ पुगेको थियो। त्यतिबला दैनिक २ हजार ८०० भन्दा बढी संक्रमित थपिएका थिए। मृत्यु हुनेको संख्या पनि दैनिक १५० को हाराहारीमा थियो। त्यति
बिर्तामोड / बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको बिर्तामोड स्थित प्रस्तावित बी एण्ड सी मेडिकल कलेजले संचालनको अनुमति पाउने भएको छ । बी एण्ड सीलाई सम्बन्धन दिने विषयमा पटक–पटक आन्दोलन गरेर सम्बन्धन रोक्दै आएका डा. गोबिन्द केसी विदेशमा रहेको अनि मुलुक कोरोनाले थलिएको समय पारेर सम्बन्धन दिन तयारी थालिएकोे हो । गत बैसाख ३१ गते बसेको काठमाण्डौ विश्वविद्यालयको कार्यकारी परिषदको ६२५ औं बैठकले निरीक्षण प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा ऐनको दफा १३९६० बमोजिम सम्बन्धनका लागि सहमति दिने र सीट संख्यासहित स्वीकृतिका लागि चिकित्सा शिक्षा आयोगमा पठाउने निर्णय गरेको हो ।सम्ब
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.