स्वास्थ्य

    Showing 1,501-1,510 of 2,081 items.
  • देशभर थप २ हजार ६सय ३६ जनामा संक्रमण पुष्टि, २०को मृत्यु

    बिर्तामोड / देशभर आज थप २ हजार ६सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७४८ जनामा गरिएको परीक्षणमा २ हजार ६३६ जनामा संक्रमण देखिएको हो।मन्त्रालयका अनुसार ७ हजार २५९ जनामा आरटी पीसीआर र ४ हजार ४८९ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट १ हजार ७२८ र एन्टिजेनबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो।सोही अवधिमा नेपालमा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ९ हजार ७१ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ३४८ जना संक्रमित कोरोनामुक्त भएका छन्।

    • प्रकाशित मितिः असार १५, २०७८
    • 92 पटक पढिएको
  • कोरोना कहर : फेरि एमालेका नेताले उलंघन गरे स्वास्थ्य मापदण्ड

    काठमाडौँ / सरकार संचालन गरिरहेको नेकपा एमालेकै प्रभावशाली नेताले स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप गर्न थालेका छन् ।दोस्रो लहर सुरु हुनु अगाडि पनि स्वास्थ्य मापदण्ड पालना नगरेको भनेर प्रधानमन्त्री केपी शर्मा ओली सहित एमालेका नेता आलोचित बनेका थिए । सो समयमा माडीमा राम मन्दिर स्थापना र धरहरा उद्घाटन लगायतका कार्यक्रम गरेको भन्दै एमाले नेता र सरकारको आलोचना भएको थियो ।संक्रमणको खतरा कायम नै रहेको भनेर स्वास्थ्य विज्ञले दिईरहेको चेतावनी लत्याउँदै एमालेका नेताले राजनितिक गतिविधी गर्न थालेका हुन् । एमालेका केन्द्रीय नेता , जिल्ला नेता र जनवर्गिय संगठनका नेता समेत भेला भएर आफ्नै सरकारले लागु गरे

    • प्रकाशित मितिः असार १५, २०७८
    • 203 पटक पढिएको
  • दुई स्वास्थ्यकर्मी सम्मानित

    काठमाण्डौ / कोरोना महामारीका बेला अग्रपंक्तिमै रहेर निरन्तर सेवा गरि रहेका दुई स्वास्थ्यकर्मीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ २०७७ प्रदान गरेका छन् ।मदन भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘जनताको बहुदलीय जनवाद जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा पुरस्कार हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कार प्रदान गरेका हुन्।कोभिड महामारीका क्रममा भेरी अस्पतालको आइसीयुमा  कार्यरत कालीकोटकी स्टाफ नर्स सुनिता सहकारी र नेपाल एम्बुलेन्स सर्भिस काठमाडौँमा कार्यरत एम्बुलेन्स चालक बमबहादुर गुरुङलाई ज

    • प्रकाशित मितिः असार १४, २०७८
    • 121 पटक पढिएको
  • देशभर थप २ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि, ४२ को मृत्यु

    बिर्तामोड / देशभर आज थप २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा ११ हजार  ६४० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४४ जनामा कोराना पुष्टि भएको हो।मन्त्रालयका अनुसार ६ हजार ६४८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५०९  र ४ हजार  ९९२ जनाको एन्टीजेन परीक्षण गर्दा ९ सय ३५ जना संक्रमित पुष्टि भएका हुन्।पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८ सय ५३ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९२ दशमलब ६ प्रतिशत रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ८८ हजार १८७ जना संक्रमित निको भइस

    • प्रकाशित मितिः असार १४, २०७८
    • 178 पटक पढिएको
  • बिपी प्रतिष्ठान आजबाट रिले अनशनमा चिकित्सक

    धरान / बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र भएको वेथिति र भ्रष्टाचार अन्त्यको माग गर्दै यो वर्ष सुरु भएको आन्दोलन रिले अनशनमा पुगेको छ ।वेथिति र भ्रष्टाचारको विरोधमा संलग्न चिकीत्सकमाथि उपकुलपति डा. ज्ञानेन्द्र गिरीले स्पष्टिकरण सोधेपछि आन्दोलनमा उत्रिएका उनीहरुले सोमबारबाट रिले अनशन सुरु गरेका हुन् ।विपी प्रतिष्ठान भित्रको बेथिति र भ्रष्टाचार अन्त्यको माग राखेर हरेक वर्ष नागरिक समाज , प्रतिष्ठानका चिकीत्सक र कर्मचारीले आन्दोलन गर्ने गरेका छन् । पटक–पटक हुँदै आएका आन्दोलनले न त प्रतिष्ठान भित्रको वेथितिको अन्त्य भएको छ न भ्रष्टाचारमा संलग्नमाथि कारवाही  हुन सकेको छ । आन्दोलनकार

    • प्रकाशित मितिः असार १४, २०७८
    • 166 पटक पढिएको
  • अब नेपालमा नै रेमडिसिभरको उत्पादन

    काठमाडौं / विभिन्न किसिमका भाइरस र रोगविरुद्ध प्रयोग गरिंदै आएको औषधि रेमडिसिभिर अब नेपालमा नै उत्पादन हुने भएको छ । वीरगञ्ज स्थित नेशनल हेल्थकेयरले उत्पादन गरेको रेमडिसिभरले मान्यता पाएसँगै नेपालमा व्यवसायीक उत्पादन सुरु भएको हो ।कोरोना संक्रमण उच्च बनेका बेला अत्याधिक माग भएको सो औषधीको व्यापक रुपमा कालाबजारी र नक्कली समेत बेचबिखन हुन थालेपछि नेशनल हेल्थ केयरले उत्पादन गर्न गृहकार्य अघि बढाएको थियो । अनुमति पाएसँगै नेशनलले  ‘रेम्सीभिर नाममा सो औषधीको उत्पादन थालेको छ । नेपालमा यो औषधी हाल भारत र बङ्गलादेशबाट आयात हुने गरेको छ ।  नेशनल हेल्थ केयरको उत्पादन  ‘रेम्सीभिर ले अ

    • प्रकाशित मितिः असार १४, २०७८
    • 242 पटक पढिएको
  • देशभर थप १ हजार ९ सय २० जनामा संक्रमण पुष्टि, ३४ को मृत्यु

    बिर्तामोड  / पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ । संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९००९ जनाको मृत्यु भएको छ ।

    • प्रकाशित मितिः असार १३, २०७८
    • 154 पटक पढिएको
  • भारतमा आज थप ५० हजार जनामा संक्रमण पुष्टि, १२ सय ४८ को मृत्यु

    बिर्तामोड / भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ सय ४८ जनाको  ज्यान गएको छ।हाल भारतमा सक्रिय सङ्क्रमितको संख्या पाँच लाख ८६ हजार ४०३ रहेको र संक्रमण निको हुने दर ९६.७५ प्रतिशत पुगेको जनाइएको छ।तीन करोड दुई लाख भन्दा बढि कुल संक्रमित पुगेको भारतमा हालसम्म कोभिड –१९ बाट तीन लाख ९५ हजार भन्दा धेरैको ज्यान गएको छ।अहिलेसम्म ३२ करोड १७ लाख भन्दा धेरै व्यक्तिले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन्।

    • प्रकाशित मितिः असार १३, २०७८
    • 124 पटक पढिएको
  • देशभर थप २ हजार १६ जनालाई संक्रमण पुष्टि, ३० को मृत्यु

    बिर्तामोड / देशभर आज थप २ हजार १६ जनामा संक्रमण पुष्टिद भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा ९ हजार  ८१० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार १६ जनामा कोराना पुष्टि भएको हो।मन्त्रालयका अनुसार ४ हजार ७०४ जनाको पिसिआर परीक्षण गर्दा १ हजार १७४  र ४ हजार ८०६ जनाको एन्टीजेन परीक्षण गर्दा ८४२ जना संक्रमित पुष्टि भएका हुन्।पछिल्लो २४ घण्टामा देशभर ३० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ९७५ जना संक्रमितको मृत्यु भएको छ। २४ घण्टामा देशभर ४ हजार ९१४ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९१ दशमलब ९ प्रतिशत रहेको छ।

    • प्रकाशित मितिः असार १२, २०७८
    • 97 पटक पढिएको
  • खाडी मुलुक प्रवेशमा खोप अनिवार्य

    काठमाडौँ / खोप अभाव भएकै कारण वैदेशिक रोजगारमा जाने नेपाली नागरिक अलपत्र परेका छन्। खाडी मुलुकले मान्यता दिएका फाइजर-बायोटेक, स्पुतनिक - भी  , मोडर्ना, जोनसन एन्ड जोनसन, सिनोफार्म र अक्सफोर्ड-अस्ट्राजेनेकाको खोपको नेपालमा अभाव छ ।नेपालमा कोरोना विरुद्धको खोप कोभिसिल्ड र भेरोसेल मात्रै उपलब्ध भएको अवस्थामा अन्य खोप कहाँबाट लगाउने भन्ने बारे वैदेशिक कामदार अन्योलमा छन्। नेपालमा रहेको खोप वैदेशिक रोजगारीमा जाने नेपालीहरूको पहुँचमा नरहेकाले बिदामा आएका हजारौं नेपाली कामदारले रोजगार गुमाउने अवस्था आएको छ । कोरोना महामारी बिच कतारबाट ५० हजार, साउदी अरबबाट २६ हजार, साइप्रसबाट १७ हजार, यु

    • प्रकाशित मितिः असार १२, २०७८
    • 162 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा