स्वास्थ्य

    Showing 1,561-1,570 of 2,307 items.
  • २ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि

    ताप्लेजुङ / ताप्लेजुङमा २ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि सोमबार ताप्लेजुङ अस्पताल ल्याइएकी बालिकामा एन्टीजेन विधिबाट कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको हो।  अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सोनिङ लामाले परीक्षणका गर्दा उनमा कोरोना संक्रमण देखिएपछि अस्पतालकै आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको जानकारी दिएका छन् ।  बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको लामाले जानकारी दिएका छन् ।   

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 127 पटक पढिएको
  • बिर्तामोडकी एक महिलाको कोभिड-१९ को संक्रमण बाट मृत्यु

    बिर्तामोड//झापाको बिर्तामोडकी एक महिलाको  कोभिड-१९ को संक्रमण बाट मृत्यु भएको छ। बिर्तामोडका समाजसेवी तथा ज्योतिष बिष्णु उप्रेतीकी छोरी हेमलता उप्रेतीको मृत्यु भएको हो। अघिल्लो हप्ताबाट कोभिडले सिकिस्त बनाएपछी  बिर्ता सिटी अस्पतालमा भर्ना भएकी हेमलताको सोमबार साँझ निधन भएको प्रहरीले जानकारी गराएको छ।

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 378 पटक पढिएको
  • देशभर थप ३१२५ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

    बिर्तामोड / आज देशभर थप ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ कोरोना ।पछिल्लो २४ घण्टामा १० हजार ६१३ पीसीआर र ३ हजार १९८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार १२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९९ हजार ६४९ पुगेको छ । कुल संक्रमितमध्ये ३१ हजार ६२९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १ हजार ९२५ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ५८ हजार १२२ पुगेको छ। उक्त अवधिमा २३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेक

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 118 पटक पढिएको
  • कोभिड युनिफाइड अस्पतालबाट हटाइए जागेश्वर गौतम

    काठमाडौं / लामो समयसम्म विवादमा मुछिएका डा जागेश्वर गौतमलाई सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)बाट हटाएको छ ।सोमबार स्वास्थ्य मन्त्रालयले राज्यमन्त्रिस्तरिय निर्णय गर्दै डा गौतमलाई अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट हटाएको हो।गत जेठ १० गते कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका डा गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ । सरुवा भएका डा गौतमको ठाउँमा ट्रमा सेन्टरका डा.रुद्र मरासिनीलाई नियुक्त गरिएको छ ।राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत मरासिनीले चितवनको भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट रहदाँ अस्पतालको व्यवस्था सुधार ग

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 103 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेटः थप ७७३ जनामा संक्रमण पुष्टि

    बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।विभिन्न प्रयोगशालामा गरिएको १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र १ हजार १६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ११३, झापामा ११२, धनकुटामा २३, इलाममा ६, उदयपुरमा ५, खोटाङमा ३, पाँचथर र तेह्रथुममा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ ।पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ७ पुरुष रहेको सामाजिक विकास मन्त्राल

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 135 पटक पढिएको
  • जीवित महिलालाई अस्पतालले मृत घोषणा गरेको भन्दै आफन्तद्वारा तोडफोड

    बिरगंज // उपचारका लागि अस्पताल पुर्‍याइएकी एक महिलालाई मृत घोषणा गरेको भएपनि ती महिला जीवितै रहेको दाबी गर्दै आफन्तले अस्पताल तोडफोड गरेका छन्। उपचारका लागि लिंक रोडस्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा पुर्याइएकी बिरगंज महानगरपालिका–२०, मनियारीकि ३८ वर्षीया रमिता देवीलाइ केही समयमा नै चिकित्सकले मृत घोषणा गरेका थिए । आफन्तले मृतक महिलाको शवलाई लगेर अन्तिम संस्कार गर्ने तयारी गर्दै गर्दा महिलाको मुख चलेकाले उनी जीवितै रहेको दाबी गर्दै अस्पताल तोडफोड गरेका हुन् ।चिकित्सकहरुले उनको पुनः  जाँच गर्दा उनको मृत्यु भइसकेको अस्पतालका निर्देशक राम श्रेष्ठले बताए।। तर, आफन्तले भने जीवि

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 136 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : ७२५ जना संक्रमित थपिए

    बिर्तामोड  / प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ७२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ३३१ जनाको पीसीआर परीक्षण गर्दा ४१२ र १ हजार ६ जनाको एन्टिजेन परीक्षण गर्दा ३१३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १९३, मोरङमा ११७, सुनसरीमा ७८, इलाममा ६, पाँचथरमा ५, उदयपुरमा ३, ताप्लेजुङ, सङ्खुवासभा, ते¥हथुम, भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।प्रदेश १ मा आज ३०९ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६५ महिला र १४४ पुरुष रहेका छन् ।

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 280 पटक पढिएको
  • २ हजार ५६८ जना संक्रमित थपिए, १८ जनाको मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ४०२ पीसीआर र ४ हजार २३४ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार २० जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या ६ लाख ५६ हजार १९७ पुगेको छ। मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट  १८ जनाको मृत्यु भएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 185 पटक पढिएको
  • बीपी प्रतिष्ठानको डिन कार्यालयमा तालाबन्दी

    धरान / धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनका क्रममा आन्दोलनकारीले डिन कार्यालयमा तालाबन्दी गरेको छ ।प्रतिष्ठान भित्रको बेथिति र भ्रष्टाचारको विरोधमा पदाधिकारीको राजिनामा माग्दै आन्दोलनमा उत्रिएका चिकित्सक, विद्यार्थी र कर्मचारीले पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार आइतबार डिन  कार्यालयमा  तालाबन्दी गरेका हुन् ।आन्दोलनकारीले माग पुरा गर्न शनिबार सरकारलाई ७३ घण्टे अल्टिमेटम दिएका थिए । उनीहरूले माग पुरा नभए डिन कार्यालयमा पनि तालाबन्दी गर्ने घोषणा गरेका थिए । आन्दोलनकारीले यसअघि नै पदाधिकारीको कार्यकक्षमा समेत तालाबन्दी गरेका थिए ।गत असार १६ गते चारै ज

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 212 पटक पढिएको
  • कोरोना खोपको व्यापक दुरुपयोग

    बिर्तामोड / कोरोना विरुद्ध जारी खोप अभियानमा खोपको व्यापक दुरुपयोग हुन थालेको छ  । संघीय राजधानी काठमाण्डौ , चितवन र नेपालगन्ज सहितका ठाउँमा सरकारी अधिकारी र जनप्रतिनिधिको मिलेमतोमा आफू निकटलाई मापदण्ड विपरीत खोप दिइएको भनेर आलोचना भईरहेका बेला प्रदेश एकमा पनि खोप दुरुपयोग भएका विषय सार्वजनिक भएका छन् ।कोरोना नियन्त्रण, उपचार र खोपका कारण सरकारको आलोचना भईरहेका बेला उपलब्ध भएका खोप समेत दुरुपयोग हुन थालेको छ । प्रदेश एकमा प्रदेश सरकारकै अधिकारी र स्थानीय सरकारका प्रतिनिधिको संलग्नतामा खोपको दुरुपयोग भएको

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 354 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.