स्वास्थ्य

    Showing 1,781-1,790 of 2,502 items.
  • सरकारको नीति अवज्ञा गर्दै जनप्रतिनिधि

    भद्रपुर / भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठमाथि जनप्रतिनिधि र कांग्रेस कार्यकर्ताले अश्लील शब्द प्रयोग गरी दुब्र्यवहार गरेका छन् । ५ नम्बर वडा कार्यालयको खोप केन्द्रमा सरकारले तोकेका उमेर समूहबाहेक नागरिकलाई खोप लगाएको सूचना पाएपछि मेयर श्रेष्ठ बुधवार त्यहाँ पुगेका थिए । ५५ वर्षदेखि माथिका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउनु पर्नेमा त्यसभन्दा कम उमेर समूहका नागरिकले खोप लगाएको भेटाएपछि मेयर श्रेष्ठले ‘यस्तो कार्य बन्द गर्नुहोस’ भनेका थिए । मेयरको अवरोधपछि वडा कार्यालयमा ‘बबाल’ भएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूको भनाइ छ । मेयर श्रेष्ठले भने, ‘खोप केन्द्र पुग्दा ५ न

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 1,041 पटक पढिएको
  • ब्राजिलमा कोभिड संक्रमणबाट २४ घण्टामा १ हजार ३४४ को मृत्यु

    काठमाडौं  / ब्राजिलमा कोभिड –१९ बाट हुने मृत्यु अझै पनि घट्न सकेको छैन । यहाँका अधिकारीहरुका अनुसार पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको छ । कोभिड १९ बाट धेरै प्रभावित देशहरुको सूचीमा रहेको ब्राजिलमा २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा पनि एक हजार ३४४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।ब्राजिलमा बुधबार मात्र पछिल्लो २४ घण्टा एक हजार ३४४ जनाको ज्यान गएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । यो समेतगरी यहाँ यस सङ्क्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या ५ लाख ५३ हजार १७९ पुगेको छ । यहाँका अधिकारीहरुले बुधबार यसअघिका दिनहरुको तुलनामा धेरै नागरिकको कोभिड —१९

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 154 पटक पढिएको
  • बागलुङमा खोप अभियान स्थगित

    गलकोट / बागलुङमा खोप अभियान स्थिगित भएको छ । जारी खोप अभियान केहि पहुचवालाको अनावश्यक दबाब र दुरुपयोग गरेको स्थानीयको गुनासो पछि खोप अभियानस्थल केन्द्रको निर्देशनमा स्थगित भएको हो ।खोपकालागि लक्षित वर्ग नतोकेका कारण मन्त्रालयको निर्देशन नआउँदा सम्मकालागि स्थगित गरिएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिएका छन् । सरकारले लक्षित वर्गलाई खोप लगाउनका लागि दिएको निर्देशन अनुसार बागलुङमा खोप लगाइसकिएको र अब माथिबाट निर्देशन नआउँदा सम्मका लागि स्थगित भएको उनको भनाइ छ । सरकारले तोकेको लक्षित वर्ग छुटेको भए ती व्यक्तिलाई भने खोप लगाइने खत्रीले जानकारी दिएका छन् । सर

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 157 पटक पढिएको
  • बिर्तामोडमा पाँच हजार ६४८ जनाले लगाए खोप

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकामा ५५ वर्ष माथिका पाँच हजार ६४८ जना नागरिकलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइएको छ । स्थानीय सरकारको समन्वयमा मङ्गलबार र आज (बुधबार) खोप लगाइएको हो । बिर्तामोड नगरक्षेत्र भित्रका ५५ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको पहिलो डोज खोप लगाइएको छ । नगरका मनमाया मावि. चारपाने, देवी मावि. कृषिथोक, दुर्गा मावि. गरामनी, सरस्वती मावि. बुट्टाबारी, महेन्द्र जोती मावि. सैनिक बजार र महेन्द्र रत्न मावि. अनारमनी गरी ६ वटा खोप केन्द्र बनाइएको थियो । मङ्लबार दुर्गा मावि. गरामनीको ७, ८ र ९ वडाका जम्मा तीन सय ९४ जनालाई कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 395 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट: थप ११८० जना संक्रमित

    बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।२ हजार १२४ जनाको पीसीआर परीक्षण गर्दा ६७८ र १ हजार ७२८ जनाको एन्टिजेन परीक्षण गर्दा ५०२ जनामा कोरोना संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २६६, मोरङमा १८८, सुनसरीमा १७३, धनकुटामा १२, उदयपुर र तेह्रथुममा ५–५, इलाममा ४, भोजपुरमा ३, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको छ ।प्रदेश १ मा आज २०१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  संक्रमणमुक्त हुनेमा १ सय महिला र १०१ पुरुष रहेका छन् । पछिल

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 157 पटक पढिएको
  • आज थप ३८४० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा गरिएको कुल १५ हजार ८०८ नमुना परीक्षणमा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको पीसीआर परीक्षणमा २ हजार ६३४ जनामा र एन्टिजेन विधिबाट ४ हजार ९२२ नमुना परीक्षण गर्दा १ हजार २०६ जनामा कोरोना पुष्टि भएको हो।त्यसैगरी, गत २४ घण्टामा १ हजार ९९३ जना कोरोना संक्रमित निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ।  

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 149 पटक पढिएको
  • भाइरल ज्वरोको बिरामी बढे

    जलेश्वर / महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डा सतिश साहका अनुसार विगत एक सातादेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको संख्या बढेको हो ।उनले अहिले जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०/७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको बताएका छन् । उनका अनुसार अहिले अस्पतालमा दैनिक औसतमा ५० जना भाइरल ज्वरोका बिरामी उपचारकालागि आउने गरेका छन् । केही दिनदेखि तराई मधेशमा अत्यधिक गर्मी बढेको र समय–समयमा वर्षा पनि भइरहेका कारण वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 148 पटक पढिएको
  • पहिलो चरणमा पाँच हजार खोप माग

    गण्डकी / पोखराका पर्यटन व्यवसायीले पर्यटनसम्बद्ध मजदुर एवं व्यवसायीका लागि तत्काल पाँच हजार मात्रा खोपको माग गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई नेतृत्वको टोलीले मङ्गलबार गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’लाई भेट गरी थलिएको पर्यटनलाई चलायमान बनाउनका लागि तत्काल खोपको व्यवस्था गर्नुपर्ने माग गरेको हो ।परिषद्का अध्यक्ष भट्टराईले हाल पहिलो चरणमा होटल तथा रेष्टुराँसहितका मजदुर एवं व्यवसायीलाई लक्षित गरी पाँच हजार कोरोनाविरुद्धको खोप आवश्यक भएको बताएका छन् । पोखरामा पर्यटन व्यवसायीका लागि भने २० हजार मात्रा आवश्यक भए पनि तत्कालका लागि पाँच हजार मात्रा उपलब्

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 158 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : १ हजार २७० जनामा संक्रमण पुष्टि

    विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ४३८ जनाको पीसीआर परीक्षण गर्दा ७११ र १ हजार ७४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२३, मोरङमा २१७, सुनसरीमा १८६, धनकुटामा ३१, पाँचथरमा २३, उदयपुरमा ८, इलाममा ६, तेह्रथुममा ३, सङ्खुवासभामा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा आज २०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७८ महिला र १२४ पुरुष रहेका छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 296 पटक पढिएको
  • देशभर थप ३ हजार ८९९ जना संक्रमित, २० जनाको मृत्यु

    बिर्तामोड / नेपालमा थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी १२ हजार ६५५ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २ हजार ७२६ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ४ हजार ८६३ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट १ हजार १७३ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रा

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 149 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.