स्वास्थ्य

    Showing 1,881-1,890 of 2,502 items.
  • राप्रपाको युवक संगठन र टुकोनको आयोजनामा रक्तदान

    बिर्तामोड  / हाल मुलुकभर देखिएको रगत अभावलाई समाधान गर्ने उद्देश्यले राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संस्था प्रजातान्त्रिक युवक संगठन र ट्रेड युनियन महासंघ(टुकोन)ले शनिबार बिर्तामोडमा रक्तदान कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममा ६ महिला सहित ५७ जनाले रक्तदान गरेको राप्रपा बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेलले जानकारी दिइन् । झापाको क्षेत्र नं. ३ का संघीय सांसद राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रजातान्त्रिक युवक सङ्गठनका अध्यक्ष राजकुमार राईले रक्तदान गर्दै उद्घाटन गरेका थिए । रक्तदान कार्यक्रममा राप्रपा झ

    • प्रकाशित मितिः असार २६, २०७८
    • 232 पटक पढिएको
  • तेस्रो भेरियन्टको तयारी गर्दै तुलसीपुर मेट्रो अस्पताल

    काठमाडौँ / कोरोना संक्रमणको तेस्रो भेरियन्टका लागि तुलसीपुर मेट्रो अस्पताल तयारी अवस्थामा बस्ने निर्णय गरेको छ।अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले कोभिडलाई निरन्तरता दिँदै बालबालिकामा देखिन सक्ने अनुमान गरिएको तेस्रो भेरियन्टको महामारीबाट बच्न अपनाउनुपर्ने सबै उपायहरु अबलम्बन गर्ने निर्णय गरेको हो ।महामारीबाट बच्न थप भौतिक संरचना, निर्माण, व्यवस्थापनका लागि स्वास्थ्य उपकरण, स्वास्थ्य सामग्री, फर्निचर खरिद तथा सहयोगका लागि दाताहरुसँग पनि पहल गर्ने निर्णय गरेको छ ।त्यसैगरी बैठकले अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा.प्रकाश सा

    • प्रकाशित मितिः असार २६, २०७८
    • 126 पटक पढिएको
  • कोरोनाका कारण मृत्यु भएका परिवारलाई ५० हजार राहत

    इलाम /  कोरोनाका कारण मृत्यु भएका परिवारलाई इलामको देउमाइ नगरपालिकाले ५० हजार रुपैयाँ दिने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु भए  राहतस्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।   यो यस वर्षको नयाँ कार्यक्रम भएको नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले बताएका छन् । नगरपालिकाले नयाँ कार्यक्रमका रुपमा देउमाइलाई अपाङ्ता मैत्री घोषणा गरेर अपाङ्ता भएका पहेलो कार्ड भएका व्यक्तिलाई मासिक रु ५०० दिने निर्णय गरेको छ । सो नगरपालिकाले एकल पुरुषलाई समेत भत्ता दिँदै आएको छ । साथै ४५ वर्ष उमेर नाघेका अविवाहित महिलालाई मा

    • प्रकाशित मितिः असार २६, २०७८
    • 175 पटक पढिएको
  • कांग्रेसद्वारा समस्या समाधान गर्न माग

    धरान / नेपाली कांग्रेसले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारी राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि सरकारले समाधानको खासै पहल नगरेको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रवार एक विज्ञप्ति जारी गर्दै कोभिड -१९ महामारीका बेलामा स्वास्थ्य प्रतिष्ठानमा लामो समय द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिकसमेतलाई गम्भीर असर पुग्ने सरकारले नसोचेको आरोप पनि लगाएका छन् ।प्रतिष्ठानभित्र अनेक बेथिति र अराजकता रहेको विवरण पटक–पटक सार्वजनिक भएकामा ढाकछोप होइन आवश्यक उपचार जरुरी रहे

    • प्रकाशित मितिः असार २५, २०७८
    • 116 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : ४२७ संक्रमणमुक्त, ३५२ जना संक्रमित थपिए

    बिर्तामोड / प्रदेश १ मा आज थप ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ४३ जनाको पीसीआर परीक्षण गर्दा २०६ महिला र १ सय ४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङमा १२६, झापामा १०७, सुनसरीमा ८८, धनकुटामा ८,  सङ्खुवासभा र उदयपुरमा ४–४, ताप्लेजुङ र इलाममा ३–३, भोजपुरमा २, पाँचथर, सोलुखुम्बु र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको छ ।प्रदेश १ मा आज ४२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०९ महिला र २१८ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ९९५ पुगेको छ ।

    • प्रकाशित मितिः असार २५, २०७८
    • 163 पटक पढिएको
  • देशभर थप दुई हजार २ सय ३९ जनामा संक्रमण पुष्टि, २० को मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर दुई हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार  ३१३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो।आज देशभर एक हजार ३१६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। ६ लाख ६१ हजार ९२९ जना निको भइसकेका छन्। नेपालमा निको हुने प्रतिशत ९४ दशमलव ५ प्रतिशत रहेको छ। पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ। 

    • प्रकाशित मितिः असार २५, २०७८
    • 202 पटक पढिएको
  • काभ्रेपलाञ्चोकमा रेबिजबाट तीन जनाको मृत्यु

    काभ्रेपलाञ्चोक / काभ्रेपलाञ्चोकमा रेबिजबाट तीन जनाको मृत्यु भएको छ । एक महीनाको अवधिमा जिल्लाको एकै गाउँका आठ वर्षीय बालकसहित तीनको मृत्यु भएको हो । मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका –६ का आठ वर्षीय सुशन पहरी, ४४ वर्षीय सुब्बा लामा र ८० वर्षीय तेजप्रसाद पन्त रहेका छन् । पहरीको गत वैशाख १० गते र अन्य दुईको गत चैत २९ गते उपचारका क्रममा मृत्यु भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।यसैगरी २०७६ साल माघ १७ गते धुलिखेल नगरपालिका –४ का २२ वर्षीय राधाकृष्ण मगरको रेबिज रोगबाट मृत्यु भएको केन्द्रले जनाएको छ । मगरले ढलमा खसेको सानो कुकुरलाई निकाल्ने क्रममा टोकेपछि परीक्षणमा र

    • प्रकाशित मितिः असार २५, २०७८
    • 128 पटक पढिएको
  • झापामा फेरी भेटियो स्क्रब टाइफसका बिरामी

    बिर्तामोड  / झापाको अर्जुनधारामा स्क्रब टाइफसका एक जना बिरामी फेला परेका छन् । अर्जुनधारा ७ का ३१ वर्षीय पुरुषको स्वास्थ्य परीक्षण गर्दा स्क्रब टाइफसले पोजेटिभ आएको हो ।स्थानीय शनिश्चरे अस्पतालमा परीक्षण गर्दा स्क्रब टाइफस फेला परेको हो । दुई पटकसम्म परीक्षण गर्दा पनि पोजेटिभ आएको थियो । स्क्रब टाइफसका बिरामी फेला परेको अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले स्वास्थ्य कार्यालय झापालाई जानकारी गराइसकेको फोकल पर्सन मुकुन्द बस्नेतले बताए ।के हो स्क्रब टाइफस ?डेंगु रोगको जस्तै लक्षण स्क्रब टाइफसको हुन्छ । यो रोगको कीटाणु बोक्ने माइट झाडी (स–साना बोट बिरुवा) मा बस्ने हुनाले झाडीमा जाँदा किटाण

    • प्रकाशित मितिः असार २५, २०७८
    • 534 पटक पढिएको
  • कोरोना विरुद्धको आठ लाख डोज खोप चीनबाट नेपाल ल्याइयो

    काठमाडौँ / चीनबाट खरिद गरेको कोरोना विरुद्धको आठ लाख डोज खोप नेपाल ल्याएको छ ।  शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज सरकारले नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट ल्याएको हो ।सरकारले चीनको सिनोफार्म कम्पनीसँग गरेको ४० लाख मात्रा खोप खरिदको सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो । आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।पहिलो खेप खोप ल्याउन वाइडबडी जहाज बिहीबार साँझ चीनको राजधानी बेइजिङ गएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन ८ गतेसम्म त

    • प्रकाशित मितिः असार २५, २०७८
    • 173 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : ३ सय ७ संक्रमित थपिए, ३०८ संक्रमणमुक्त

    बिर्तामोड / प्रदेश १ मा आज ३०७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १२०, झापामा ९३, मोरङमा ८३, धनकुटामा ३, इलाममा २, खोटाङ र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७४ हजार ५५० पुगेको छ । संक्रमित भएका मध्ये ६७ हजार ५६८ जना संक्रमणमुक्त भएका छन् । आज ३०८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६४९ रहेको छ ।प्रदेश १ मा आज ८६७ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये १५५ महिला र १५२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः असार २४, २०७८
    • 167 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.