स्वास्थ्य

    Showing 1,921-1,930 of 2,502 items.
  • बिपीका उपकुलपति सहित पदाधिकारी कार्यकक्षमै थुनिए

    धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा. ज्ञानेन्द्र गिरी सहित प्रतिष्ठानका पदाधिकारीहरूलाई आन्दोलनरत चिकित्सक र कर्मचारीहरूले उपकुलपतिको कार्यकक्षमा थुनेका छन् ।उपकुलपतिले एक औपचारिक पत्र मार्फत आन्दोलनरत संयुक्त संघर्ष समितिलाई वार्ताका लागि  बोलाएका थिए । वार्ताका क्रममा गिरीले मादक पदार्थ सेवन गरेको पाईएको र अस्वभाविक व्यवहार देखाएपछि गिरी सहित प्रतिष्ठानका पदाधिकारीहरूलाई उपकुलपतिको कार्यकक्षमै बन्धक बनाएको समितिका सह संयोजक डा.विष्णु पोखरेलले जानकारी दिएका छन् ।उपकुलपति डा. गिरीसँगै रेक्टर प्रा. डा.गुरुप्रसाद खनाल, रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी, अस

    • प्रकाशित मितिः असार १५, २०७८
    • 238 पटक पढिएको
  • देशभर थप २ हजार ६सय ३६ जनामा संक्रमण पुष्टि, २०को मृत्यु

    बिर्तामोड / देशभर आज थप २ हजार ६सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७४८ जनामा गरिएको परीक्षणमा २ हजार ६३६ जनामा संक्रमण देखिएको हो।मन्त्रालयका अनुसार ७ हजार २५९ जनामा आरटी पीसीआर र ४ हजार ४८९ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट १ हजार ७२८ र एन्टिजेनबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो।सोही अवधिमा नेपालमा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ९ हजार ७१ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ३४८ जना संक्रमित कोरोनामुक्त भएका छन्।

    • प्रकाशित मितिः असार १५, २०७८
    • 144 पटक पढिएको
  • कोरोना कहर : फेरि एमालेका नेताले उलंघन गरे स्वास्थ्य मापदण्ड

    काठमाडौँ / सरकार संचालन गरिरहेको नेकपा एमालेकै प्रभावशाली नेताले स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप गर्न थालेका छन् ।दोस्रो लहर सुरु हुनु अगाडि पनि स्वास्थ्य मापदण्ड पालना नगरेको भनेर प्रधानमन्त्री केपी शर्मा ओली सहित एमालेका नेता आलोचित बनेका थिए । सो समयमा माडीमा राम मन्दिर स्थापना र धरहरा उद्घाटन लगायतका कार्यक्रम गरेको भन्दै एमाले नेता र सरकारको आलोचना भएको थियो ।संक्रमणको खतरा कायम नै रहेको भनेर स्वास्थ्य विज्ञले दिईरहेको चेतावनी लत्याउँदै एमालेका नेताले राजनितिक गतिविधी गर्न थालेका हुन् । एमालेका केन्द्रीय नेता , जिल्ला नेता र जनवर्गिय संगठनका नेता समेत भेला भएर आफ्नै सरकारले लागु गरे

    • प्रकाशित मितिः असार १५, २०७८
    • 258 पटक पढिएको
  • दुई स्वास्थ्यकर्मी सम्मानित

    काठमाण्डौ / कोरोना महामारीका बेला अग्रपंक्तिमै रहेर निरन्तर सेवा गरि रहेका दुई स्वास्थ्यकर्मीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ २०७७ प्रदान गरेका छन् ।मदन भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘जनताको बहुदलीय जनवाद जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा पुरस्कार हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कार प्रदान गरेका हुन्।कोभिड महामारीका क्रममा भेरी अस्पतालको आइसीयुमा  कार्यरत कालीकोटकी स्टाफ नर्स सुनिता सहकारी र नेपाल एम्बुलेन्स सर्भिस काठमाडौँमा कार्यरत एम्बुलेन्स चालक बमबहादुर गुरुङलाई ज

    • प्रकाशित मितिः असार १४, २०७८
    • 169 पटक पढिएको
  • देशभर थप २ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि, ४२ को मृत्यु

    बिर्तामोड / देशभर आज थप २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा ११ हजार  ६४० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४४ जनामा कोराना पुष्टि भएको हो।मन्त्रालयका अनुसार ६ हजार ६४८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५०९  र ४ हजार  ९९२ जनाको एन्टीजेन परीक्षण गर्दा ९ सय ३५ जना संक्रमित पुष्टि भएका हुन्।पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८ सय ५३ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९२ दशमलब ६ प्रतिशत रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ८८ हजार १८७ जना संक्रमित निको भइस

    • प्रकाशित मितिः असार १४, २०७८
    • 230 पटक पढिएको
  • बिपी प्रतिष्ठान आजबाट रिले अनशनमा चिकित्सक

    धरान / बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र भएको वेथिति र भ्रष्टाचार अन्त्यको माग गर्दै यो वर्ष सुरु भएको आन्दोलन रिले अनशनमा पुगेको छ ।वेथिति र भ्रष्टाचारको विरोधमा संलग्न चिकीत्सकमाथि उपकुलपति डा. ज्ञानेन्द्र गिरीले स्पष्टिकरण सोधेपछि आन्दोलनमा उत्रिएका उनीहरुले सोमबारबाट रिले अनशन सुरु गरेका हुन् ।विपी प्रतिष्ठान भित्रको बेथिति र भ्रष्टाचार अन्त्यको माग राखेर हरेक वर्ष नागरिक समाज , प्रतिष्ठानका चिकीत्सक र कर्मचारीले आन्दोलन गर्ने गरेका छन् । पटक–पटक हुँदै आएका आन्दोलनले न त प्रतिष्ठान भित्रको वेथितिको अन्त्य भएको छ न भ्रष्टाचारमा संलग्नमाथि कारवाही  हुन सकेको छ । आन्दोलनकार

    • प्रकाशित मितिः असार १४, २०७८
    • 217 पटक पढिएको
  • अब नेपालमा नै रेमडिसिभरको उत्पादन

    काठमाडौं / विभिन्न किसिमका भाइरस र रोगविरुद्ध प्रयोग गरिंदै आएको औषधि रेमडिसिभिर अब नेपालमा नै उत्पादन हुने भएको छ । वीरगञ्ज स्थित नेशनल हेल्थकेयरले उत्पादन गरेको रेमडिसिभरले मान्यता पाएसँगै नेपालमा व्यवसायीक उत्पादन सुरु भएको हो ।कोरोना संक्रमण उच्च बनेका बेला अत्याधिक माग भएको सो औषधीको व्यापक रुपमा कालाबजारी र नक्कली समेत बेचबिखन हुन थालेपछि नेशनल हेल्थ केयरले उत्पादन गर्न गृहकार्य अघि बढाएको थियो । अनुमति पाएसँगै नेशनलले  ‘रेम्सीभिर नाममा सो औषधीको उत्पादन थालेको छ । नेपालमा यो औषधी हाल भारत र बङ्गलादेशबाट आयात हुने गरेको छ ।  नेशनल हेल्थ केयरको उत्पादन  ‘रेम्सीभिर ले अ

    • प्रकाशित मितिः असार १४, २०७८
    • 290 पटक पढिएको
  • देशभर थप १ हजार ९ सय २० जनामा संक्रमण पुष्टि, ३४ को मृत्यु

    बिर्तामोड  / पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ । संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९००९ जनाको मृत्यु भएको छ ।

    • प्रकाशित मितिः असार १३, २०७८
    • 202 पटक पढिएको
  • भारतमा आज थप ५० हजार जनामा संक्रमण पुष्टि, १२ सय ४८ को मृत्यु

    बिर्तामोड / भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ सय ४८ जनाको  ज्यान गएको छ।हाल भारतमा सक्रिय सङ्क्रमितको संख्या पाँच लाख ८६ हजार ४०३ रहेको र संक्रमण निको हुने दर ९६.७५ प्रतिशत पुगेको जनाइएको छ।तीन करोड दुई लाख भन्दा बढि कुल संक्रमित पुगेको भारतमा हालसम्म कोभिड –१९ बाट तीन लाख ९५ हजार भन्दा धेरैको ज्यान गएको छ।अहिलेसम्म ३२ करोड १७ लाख भन्दा धेरै व्यक्तिले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन्।

    • प्रकाशित मितिः असार १३, २०७८
    • 174 पटक पढिएको
  • देशभर थप २ हजार १६ जनालाई संक्रमण पुष्टि, ३० को मृत्यु

    बिर्तामोड / देशभर आज थप २ हजार १६ जनामा संक्रमण पुष्टिद भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा ९ हजार  ८१० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार १६ जनामा कोराना पुष्टि भएको हो।मन्त्रालयका अनुसार ४ हजार ७०४ जनाको पिसिआर परीक्षण गर्दा १ हजार १७४  र ४ हजार ८०६ जनाको एन्टीजेन परीक्षण गर्दा ८४२ जना संक्रमित पुष्टि भएका हुन्।पछिल्लो २४ घण्टामा देशभर ३० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ९७५ जना संक्रमितको मृत्यु भएको छ। २४ घण्टामा देशभर ४ हजार ९१४ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९१ दशमलब ९ प्रतिशत रहेको छ।

    • प्रकाशित मितिः असार १२, २०७८
    • 148 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.