स्वास्थ्य

    Showing 2,021-2,030 of 2,502 items.
  • कोरोनाबाट दुई छोरा र आमाको मृत्यु

    उदयपुर / कोरोना सङ्क्रमणका कारण रौतामाई गाउँपालिका –७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइला छोराको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो भने १७ गते सोही परिवारका ५० वर्षीय जेठा छोराको मृत्यु भएको थियो ।आज बिहान होमआइसोलेशनमा नै उपचार गराउँदै गरेकी ६५ वर्षीया आमाको पनि मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कान्छा छोरा भने कोरोना उपचारपछि तीन दिनअघि बाँचेर घर फर्कन सफल भएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए । यसरी एउटै घरका दुई छोरा र आमाको कोरोनाका का

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 361 पटक पढिएको
  • प्रवासी नेपालीद्वारा स्वास्थ्य उपकरण प्रदान

    काठमाडौँ / बङ्गलादेशमा रहेका प्रवासी नेपालीले नेपाल सरकारको कोभिड –१९ विरुद्धको लडाइँमा सघाउन स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेका छन् ।ढाकास्थित नेपाली राजदूतावासमा बुधबार आयोजित एक संक्षिप्त कार्यक्रममा प्रवासी नेपालीका तर्फबाट टीका लिम्बूले बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलाई १० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान अक्सियोथेरापी, पाँच सिपिएसी र १० थान हुमिडीफायर हस्तान्तरण गर्नुभएको उक्त दूतावासले आज जनाएको छ ।त्यस अवसरमा राजदूत मिश्रले कोरोना महामारीविरुद्धको मातृभूमिको लडाइँमा सहायता गरेकामा प्रवासी नेपालीप्रति कृतज्ञता ज्ञापन गरे ।

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 195 पटक पढिएको
  • काठमाडौँ महानगरपालिकामा आजदेखि पुनः एन्टिजेन परीक्षण शुरु

    काठमाडौं  / काठमाडौँ महानगरपालिकाले आजदेखि पुनः एन्टिजेन परीक्षणलाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को महामारी अझै नियन्त्रण नभएकाले यसको प्रभाव कम नभएसम्म निरन्तर एन्टिजेन परीक्षण गर्ने तयारीअनुरुप आजदेखि परीक्षण कार्यलाई सञ्चालन गरिएको हो ।यसका लागि प्रत्येक वडाले आफूअनुकूल केन्द्र बनाएर परीक्षण गर्ने महानगरपालिकाको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।उक्त परीक्षणबाट तत्काल रिपोर्ट आउँछ । त्यसपछि पोजेटिभ देखिएका बिरामीलाई आइसोलेशनका माध्यमबाट समुदायबाट छुट्याउँदै लाने योजनाअनुरुप परीक्षणलाई निरन्तरता दिइएको प्रमुख कुँवरको भनाइ छ ।कोभिडको लक्षण देखिएका, कन्ट्याक्ट

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 143 पटक पढिएको
  • कालो ढुसीको संक्रमणबाट एकको मृत्यु

    धनगढी / कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक म्युकोमाइकोसिस (कालो ढुसी) संक्रमितको मृत्यु भएको छ ।यही १९ जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाकाका ६५ वर्षीय पुरुषको म्युकोमाइकोसिस (कालो ढुसी) का कारण मृत्यु भएको हो ।उनको बिहीबार बिहान ७ः०० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण गर्दा कालो ढुसी पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 183 पटक पढिएको
  • नेपालमा पनि कालो ढुसीका बिरामी

    काठमाडौँ / नेपालमा पनि कालो ढुसी (ब्ल्याक फङ्गस)का बिरामीहरु भेटिएका छन् । नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसीका बिरामी पुष्टि भएको जनाइएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले  पुष्टि भएकामध्ये आठ जना मन्त्रालयको सम्पर्कमा र अन्य दुई सम्पर्कमा नआएको बताए । उनका अनुसार कालो ढुसीका बिरामी नेपालगञ्ज, वीरगञ्ज र काठमाडौँका रहेका छन् । यसअघि कालो ढुसीका बिरामी भारतमा फेला परेका थिए ।यस्का लक्षणहरुकालो ढुसीले कोभिड –१९ भएका बिरामीको आँखा, नाक र अनुहार बिगार्ने गर्दछ । यो सङ्क्रमण बिरलै देखिने तर सङ्क्रमण गम्भीर भए प्राणघातक हुनसक्ने उनले बताए । अनुहार, मुख, न

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 443 पटक पढिएको
  • वागमती प्रदेशमा २४ घण्टामा २० जनाको निधन

    काठमाडौँ / कोरोना सङ्क्रमणका कारण वाग्मती प्रदेशमा पछिल्लो २४ घण्टामा थप २० जनाको निधन भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणका कारण प्रदेशका १३ जिल्लामा नौ महिला र ११ पुरुष गरी कूल २० को निधन भएको छ ।मन्त्रालयका अनुसार निधन हुनेमा काठमाडौँमा पाँच, ललितपुरमा चार, रामेछापमा तीन, काभ्रेमा दुई, घादिङ, नुवाकोट र भक्तपुरमा एक/एक रहेका छन् । यससँगै वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या दुई हजार ४४४ जना पुगेको छ ।

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 182 पटक पढिएको
  • निषेधाज्ञामा रक्त सङ्कलन अभियान

    चितवन / जिल्लामा रगतको अभाव भइरहेका वेला नेपाल कम्यु्निष्ट पार्टी (माओवादी केन्द्र) को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल चितवन र अखिल क्रान्तिकारी चितवनले रक्त सङ्कलन अभियान गरिरहेका छन् । ती दुई सङ्गठनले चार स्थानबाट ३ सय ६२ युनिट रगत सङ्कलन गरिसकेका छन् ।वाइसिएल चितवनका इन्चार्ज सन्तोष पनेरुका अनुसार रामनगरमा ८१ युनिट, जगतपुरमा १ सय ३ युनिट, भोजाडमा ६२ युनिट र कालिका नगरपालिकामा १ सय १६ युनिट रगत सङ्कलन भई सकेको छ । शुक्रबारबाट माडीका ४ ठाउँमा रगत सङ्कलन गरिदैं छ । त्यहाँबाट पनि यतिनै हाराहारी रगत सङ्कलन हुने अनुमान गरिएको छ । पनेरुले भने “रगतको अभाव भएको भन्दै सङ्कलनका लागि रक

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 136 पटक पढिएको
  • संक्रमित महिलाको प्रसूति गाउँकै आइसोलेशनमा

    कास्की / माछापुच्छ्रे गाउँपालिका –२ स्थित सार्दीखोला स्वास्थ्यचौकीमा एक सङ्क्रमित गर्भवतीको सुरक्षित प्रसूति गराइएको छ । स्थानीय २८ वर्षीया महिलाको सो स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले बुधबार राति ८ः५६ बजे आइसोलेशन कक्षमा सामान्य विधिबाट प्रसूति गराएका हुन् ।साँझ ८ः०० बजे सुत्केरी व्यथा लागेर स्वास्थ्यचौकी आएकी ती महिला र उनका श्रीमान्को एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । हाल सुत्केरी महिला र बच्चा (छोरी) को स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीका अनमी हिमकुमारी गुरुङ र विद्या सापकोटा तथा स्वास्थ्यचौकीका कर्मचारी लक्ष्मी बयल

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 172 पटक पढिएको
  • इलाम समाज बेलायतद्वारा स्वास्थ सामग्री सहयोग

    इलाम / इलाम समाज बेलायतले आफ्नो गृह जिल्लालाई १४ लाख रुपैयाँ बराबरको स्वास्थ सामग्री सहयोग गरेके छ । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका लागि प्रत्येकलाई दुईरदुई थान अक्सिजन कन्सन्ट्रेटर र १०/१० थान अक्सिमिटर प्रदान गरिएको संस्थाका अध्यक्ष प्रमिला लाबुङ राईले बताए ।बेलायतको नेपाली समुदायले नेपालकै लागि गरिरहेको सहयोगलाई समन्वयकारी भूमिका निर्वाह गरिरहेको नेपाली राजदूतावास लण्डनमार्फत समाजले पठाउन खोजेको २० थान अक्सिजन कन्सन्ट्रेटर र १०० थान अक्सिमिटर बेलायतबाट नेपाल पठाउने प्रबन्ध मिलाउने अध्यक्ष राईले जानकारी दिए । राजधानीबाट इलामसम्म पु¥याएर वितरण गर्ने जिम्मा भने सूर्योदय नगरपालिकाका प्

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 145 पटक पढिएको
  • चितवन मेडिकल कलेजमा ‘नेगेटिभ सेक्सन’ जडान

    चितवन  / अस्पतालमा एउटा बिरामीबाट अर्को बिरामी र स्वास्थ्यकर्मीमा संक्रामक रोग सर्ने उच्च जोखिम हुन्छ । कतिपयले अस्पतालबाटै रोग सारेर लैजाने गरेको पाइएको छ । यस्ता रोग नसरोस् भन्नका लागि यहाँको एक मेडिकल कलेजले  ‘नेगेटिभ सेक्सन’ जडान गरेको छ ।चितवन मेडिकल कलेजको आइसियु (सघन उपाचार कक्ष) मा नेगेटिभ सेक्सन जडान गरिएको छ । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरीशचन्द्र न्यौपानेका अनुसार सङ्क्रामक रोग नफैलियोस् भन्नका लागि हरेक शय्याको माथि उपकरण जडान गरिएको छ ।सो उपकरणले बिरामीबाट निस्किएको कीटाणु सहितको श्वासलाई प्रशोधन गरेर बाहिर फाल्दछ । बाहिरबाट स्वच्छ हावाभित्र पठाउँछ । न

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 190 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.