स्वास्थ्य

    Showing २,०३१-२,०४० of २,५०८ items.
  • नेपालमा पनि कालो ढुसीका बिरामी

    काठमाडौँ / नेपालमा पनि कालो ढुसी (ब्ल्याक फङ्गस)का बिरामीहरु भेटिएका छन् । नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसीका बिरामी पुष्टि भएको जनाइएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले  पुष्टि भएकामध्ये आठ जना मन्त्रालयको सम्पर्कमा र अन्य दुई सम्पर्कमा नआएको बताए । उनका अनुसार कालो ढुसीका बिरामी नेपालगञ्ज, वीरगञ्ज र काठमाडौँका रहेका छन् । यसअघि कालो ढुसीका बिरामी भारतमा फेला परेका थिए ।यस्का लक्षणहरुकालो ढुसीले कोभिड –१९ भएका बिरामीको आँखा, नाक र अनुहार बिगार्ने गर्दछ । यो सङ्क्रमण बिरलै देखिने तर सङ्क्रमण गम्भीर भए प्राणघातक हुनसक्ने उनले बताए । अनुहार, मुख, न

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • ४४८ पटक पढिएको
  • वागमती प्रदेशमा २४ घण्टामा २० जनाको निधन

    काठमाडौँ / कोरोना सङ्क्रमणका कारण वाग्मती प्रदेशमा पछिल्लो २४ घण्टामा थप २० जनाको निधन भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणका कारण प्रदेशका १३ जिल्लामा नौ महिला र ११ पुरुष गरी कूल २० को निधन भएको छ ।मन्त्रालयका अनुसार निधन हुनेमा काठमाडौँमा पाँच, ललितपुरमा चार, रामेछापमा तीन, काभ्रेमा दुई, घादिङ, नुवाकोट र भक्तपुरमा एक/एक रहेका छन् । यससँगै वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या दुई हजार ४४४ जना पुगेको छ ।

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • १८६ पटक पढिएको
  • निषेधाज्ञामा रक्त सङ्कलन अभियान

    चितवन / जिल्लामा रगतको अभाव भइरहेका वेला नेपाल कम्यु्निष्ट पार्टी (माओवादी केन्द्र) को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल चितवन र अखिल क्रान्तिकारी चितवनले रक्त सङ्कलन अभियान गरिरहेका छन् । ती दुई सङ्गठनले चार स्थानबाट ३ सय ६२ युनिट रगत सङ्कलन गरिसकेका छन् ।वाइसिएल चितवनका इन्चार्ज सन्तोष पनेरुका अनुसार रामनगरमा ८१ युनिट, जगतपुरमा १ सय ३ युनिट, भोजाडमा ६२ युनिट र कालिका नगरपालिकामा १ सय १६ युनिट रगत सङ्कलन भई सकेको छ । शुक्रबारबाट माडीका ४ ठाउँमा रगत सङ्कलन गरिदैं छ । त्यहाँबाट पनि यतिनै हाराहारी रगत सङ्कलन हुने अनुमान गरिएको छ । पनेरुले भने “रगतको अभाव भएको भन्दै सङ्कलनका लागि रक

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • १४० पटक पढिएको
  • संक्रमित महिलाको प्रसूति गाउँकै आइसोलेशनमा

    कास्की / माछापुच्छ्रे गाउँपालिका –२ स्थित सार्दीखोला स्वास्थ्यचौकीमा एक सङ्क्रमित गर्भवतीको सुरक्षित प्रसूति गराइएको छ । स्थानीय २८ वर्षीया महिलाको सो स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले बुधबार राति ८ः५६ बजे आइसोलेशन कक्षमा सामान्य विधिबाट प्रसूति गराएका हुन् ।साँझ ८ः०० बजे सुत्केरी व्यथा लागेर स्वास्थ्यचौकी आएकी ती महिला र उनका श्रीमान्को एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । हाल सुत्केरी महिला र बच्चा (छोरी) को स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीका अनमी हिमकुमारी गुरुङ र विद्या सापकोटा तथा स्वास्थ्यचौकीका कर्मचारी लक्ष्मी बयल

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • १७७ पटक पढिएको
  • इलाम समाज बेलायतद्वारा स्वास्थ सामग्री सहयोग

    इलाम / इलाम समाज बेलायतले आफ्नो गृह जिल्लालाई १४ लाख रुपैयाँ बराबरको स्वास्थ सामग्री सहयोग गरेके छ । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका लागि प्रत्येकलाई दुईरदुई थान अक्सिजन कन्सन्ट्रेटर र १०/१० थान अक्सिमिटर प्रदान गरिएको संस्थाका अध्यक्ष प्रमिला लाबुङ राईले बताए ।बेलायतको नेपाली समुदायले नेपालकै लागि गरिरहेको सहयोगलाई समन्वयकारी भूमिका निर्वाह गरिरहेको नेपाली राजदूतावास लण्डनमार्फत समाजले पठाउन खोजेको २० थान अक्सिजन कन्सन्ट्रेटर र १०० थान अक्सिमिटर बेलायतबाट नेपाल पठाउने प्रबन्ध मिलाउने अध्यक्ष राईले जानकारी दिए । राजधानीबाट इलामसम्म पु¥याएर वितरण गर्ने जिम्मा भने सूर्योदय नगरपालिकाका प्

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • १४९ पटक पढिएको
  • चितवन मेडिकल कलेजमा ‘नेगेटिभ सेक्सन’ जडान

    चितवन  / अस्पतालमा एउटा बिरामीबाट अर्को बिरामी र स्वास्थ्यकर्मीमा संक्रामक रोग सर्ने उच्च जोखिम हुन्छ । कतिपयले अस्पतालबाटै रोग सारेर लैजाने गरेको पाइएको छ । यस्ता रोग नसरोस् भन्नका लागि यहाँको एक मेडिकल कलेजले  ‘नेगेटिभ सेक्सन’ जडान गरेको छ ।चितवन मेडिकल कलेजको आइसियु (सघन उपाचार कक्ष) मा नेगेटिभ सेक्सन जडान गरिएको छ । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरीशचन्द्र न्यौपानेका अनुसार सङ्क्रामक रोग नफैलियोस् भन्नका लागि हरेक शय्याको माथि उपकरण जडान गरिएको छ ।सो उपकरणले बिरामीबाट निस्किएको कीटाणु सहितको श्वासलाई प्रशोधन गरेर बाहिर फाल्दछ । बाहिरबाट स्वच्छ हावाभित्र पठाउँछ । न

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • १९४ पटक पढिएको
  • कोरोनाबाट थप १०१ जनाको मृत्यु, ५ हजार ३१६ जना संक्रमित

    काठमाडौं / नेपालमा कोरोना संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको छ । देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरुको गत २४ घण्टाभित्र मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात हजार ४५४ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पिसिआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्पmन ५ हजार ५२४ जना र एन्टीजेटमाफर्त ७९२ जना संक्रमित पुष्टि भएका हुन्।अहिले देशभर एक लाख १ हजार ९९३ जना संक्रमित रहेका छन्। ज

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • १४७ पटक पढिएको
  • सङ्क्रमित घटे पनि अस्पतालमा भर्ना हुने घटेनन्

    काठमाडौँ / देशभरमा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या कम भइरहँदा पाटन अस्पतालमा अक्सिजन वा आइसियु चाहिएर भर्ना भएका सङ्क्रमितको सङ्ख्या कम हुन सकेको छैन । एकातिर परीक्षणका लागि आउने नै घटिरहेको र अर्कातिर आएकामध्ये कम मानिसमा मात्रै सङ्क्रमण पाइएको भए पनि समस्या भएर अस्पताल भर्ना हुनेको सङ्ख्या कम नभएको हो ।एक सातायताको तथ्याङ्क हेर्दा पनि भर्ना हुने दर नघटेको अस्पतालले जनाएको छ । मङ्गलबार अस्पतालमा कोभिडका लागि छुट्याइएका श्ययामा २२५ र अरू श्ययामा २१० बिरामी थिए । अस्पताल भर्ना हुने र अक्सिजन चाहिने बिरामी कम नभएकालाई वार्डमा राख्ने कम नभएको अस्पतालका निर्देशक डा रबि शाक्यले बताए । दैनिक झण

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • १७३ पटक पढिएको
  • संक्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न अस्पताललाई निर्देशन

    काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई कोभिड–१९ का संक्रमितको लागेको उपचार खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ ।मन्त्रालयका सात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी बिरामीको उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो ।मन्त्रालयका गुणस्तर मापन तथा अनुगमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्ययले सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई एक हप्ताभित्र आ–आफ्नो सञ्चालक समिति, बोर्ड र आधिकारिक निकायबाट निर्णय गराई सार्वजनिक गर्न निर्देशन दिएको हो ।मन्त्रालयले कतिपय स्वास्थ्य संस्थाले बिरामीको उपचारबापत चर्को शुल्क लिने गरेकाले शुल्क सार्व

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • १४८ पटक पढिएको
  • सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग

    चितवन  / चितवन उद्योग सङ्घले चितवनको इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका  छन् । मङ्गलबार दुवै पालिकाभित्र कार्यरत सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।   चितवन उद्योग सङ्घ इच्छाकामना एकाइको सहकार्यमा गाउँपालिका परिसर कुरिनटारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, इलाका प्रहरी कार्यालय मुग्लिन र पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।  सशस्त्र  प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयलाई दुई हजार ५०० थान मास्क, ९० वटा स्य

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • १५० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.