स्वास्थ्य

    Showing २,०४१-२,०५० of २,५०८ items.
  • डायलासिस गर्ने मिर्गौला पीडितलाई रगत अभाव

    दमौली / सदरमुकामस्थित दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा रगत अभाव हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या भएको छ । कोरोना कहर र निषेधाज्ञाका कारण जिल्लामा रक्तदानका कार्यक्रम नहुँदा रगत अभाव भएकाले डायलासिस गर्नुपर्ने मिर्गौला पीडित मारमा परेका हुन् । नियमितरूपमा डायलासिस गराउँदै आएका मिर्गौैला पीडित रगत खोज्न आफै हिँड्नुपर्ने अवस्था आएको छ । मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले निषेधाज्ञाका कारण रक्तदान नहुँदा उपचार केन्द्रमा रगत अभाव भएको जानकारी दिएका छन् । “पहिला पहिला नियमित रक्तदान हुँदा समस्या हुन्थेन, अहिले रगत अभाव भएपछि समस्या भएको छ”, उनले भने

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • १६८ पटक पढिएको
  • चीनको दोस्रो कोरोनाविरुद्धको खोप सिनोभ्याकले प्रयोग अनुमति पायो

    काठमाडौं / चीनले तयार पारेको कोरोनाविरुद्धको अर्को खोपले आपतकालीन प्रयोगका लागि अनुमति पाएको छ । चिनियाँ कम्पनी सिनोभ्याकले तयार पारेको खोपलाई विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । यसअघि चीनको सिनोफार्म खोपले डब्ल्यूएचओमार्फत आपतकालीन प्रयोग अनुमति पाइसकेको छ ।सिनोभ्याक कम्पनीको खोप १८ वर्ष माथिकालाई लगाउन मिल्ने सिफारिस गरिएको छ । यो खोप पनि अरु खोप जस्तै दुई डोज लगाउनु पर्ने बताइएको छ ।सिनोभ्याक खोप लगाएका शतप्रतिशत मानिसमा कोरोनाबाट संक्रमित भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था रोक्ने दावी गरिएको छ । डब्ल्यूएचओले सिनोभ्याकले उत्पादन गरेको खोपले सुरक्षा,

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • १५८ पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज ७८१ जना संक्रमण मुक्त, ६६३ संक्रमित थपिए

    बिर्तामोड / प्रदेश १ मा आज ७८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमुणमुक्त हुनेमा ३५८ महिला र ४२३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३७ हजार ३४५ पुगेको छ ।प्रदेश १ मा आज ६६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २७२, सुनसरीमा १८५, झापामा १३३, धनकुटामा २५,  उदयपुरमा ७, इलाममा ६, ताप्लेजुङमा ३, सोलुखुम्वु, संखुवासभा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ७० महिला र ९४ पुरुष सहित १६४,  सुन्दरहरैचामा ३३, बुढीगंगामा २३, उर्लाबारी

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • ३४० पटक पढिएको
  • विवेकशील साझाका नेता उज्वल थापाको निधन

    काठमाडौं / कोरोना संक्रमणबाट थलिएका  विवेकशील साझा दलका संस्थापक नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।कोभिड –१९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि १४ जेठमा मेडिसिटीमा भर्ना गरी इक्मो प्राविधिबाट उपचार गरिएको थियो ।अस्पतालका अनुसार थापाको सोमबार गरिएको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको भए पनि शरीरका अंगहरुले प्रभावकारी काम गर्न नसकेको र जटिल संक्रमणका कारण स्वास्थ्य स्थितिमा परिवर्तन आउन सकेको थिएन ।‘चिकित्सकहरुको अथक प्रयास

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • २६४ पटक पढिएको
  • के हुन्छ निदाउनु अघि मोबाइल चलाउँदा ?

    बिर्तामोड / के तपाइको सुत्नुअघि मोबाइल चलाउने बानी छ ? छ भने यो बानी तत्काल परिवर्तन गर्न जरुरी छ।यदि ख्याल गर्नु भएको छैन भने विचार पुर्याउनुस्, सुत्नु अघि यस्ता डिजिटल प्रविधिको प्रयोग गर्दा शारीरिक र मानसिक दुवै हानी गर्छ। यसले निन्द्रा नलाग्ने र निदाइहाले पनि छोटो निन्द्रा पर्ने अनि बिहान उठ्दा शरिर गह्रौ बनाउने गर्छ।के हुन्छ मोबाइल चलाउँदा ?सुत्नु अघि टिभी, ट्याबलेट, मोबाइल, ल्यापटप अनि अन्य इलेक्ट्रोनिक डिभासको प्रयोग गर्दा शरिरको आन्तरिक घडी बिग्रन्छ। यो आन्तरिक घडीलाई सर्काडियन रिदम भनिन्छ। सूर्योदय र सुर्यास्तको समयमा शरिरले आफ्नो आन्तरिक घडी रिसेट गर्छ, यही घडी अनुसार शरिरले बिभिन्न

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • ४४० पटक पढिएको
  • पूर्वीय दर्शनका जीवनशैली सिक्दै बालबालिका

    काठमाडौँ / नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बेला फुर्सदिला बालबालिकालाई पूर्वीय दर्शनमा आधारित जीवनशैलीका विषयमा व्यावहारिक अभ्याससहित प्रशिक्षण शुरुआत गरिएको छ । पतञ्जलि युवा नेपाल समितिले जुम प्रविधिबाट प्रत्येक दिन बेलुकी एक घण्टा योग अभ्यास, सूर्य नमस्कार, ध्यानलगायत जानकारी दिन शुरु गरेको हो । बेलुकी पाँच बजेदेखि छ बजेसम्म हुने यो कार्यक्रममा ५०० भन्दा बढी बालबालिका सो प्रबिधिमा आवद्ध हुने गरेको समितिका संयोजक लोकनाथ खनालले जानकारी दिए ।जुमबाट गरिने यो कार्यक्रममा प्रत्येक दिन योग आसन गराइन्छ । योगआसनपछि मन्त्रोच्चारणसहित प्रत्येक बार गरिने फरक फरक क

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • १७६ पटक पढिएको
  • आज देशभर ६ हजार ८५ जनामा संक्रमण पुष्टि, ६८ जनाको मृत्यु

    काठमाडौं / आज देशभर थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १७ हजार १४७ जनाको पिसिआर र  ३ हजार १८  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ५ हजार २८५ जना र एन्टीजेटमार्फत ८०० जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर एक लाख ४ हजार ७८९ जना  सक्रिय संक्रमित रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ६८ जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार ८९८ जना संक्रमित निको भएका छन्।   

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • ३१६ पटक पढिएको
  • बाँकेमा कोरोना संक्रमणबाट ५८७ जनाको मृत्यु

    बाँके / कोरोना सङ्क्रमणबाट बाँकेमा अहिलेसम्ममा ५८७ जनाको मृत्यु भएको छ । जिल्लाभित्रका २९५  र अन्य जिल्लाबाट आएका २९२ जनाको कोरोना सङक्रमणबाट मृत्यु भएको बताइएको छ ।जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज ओलीका अनुसार आज मात्रै बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप सात कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार ५ः३० बजे साँझदेखि मङ्गलबार बिहान ८ बजेसम्म यी सङ्क्रमितको मृत्यु भएको छ ।  ओलीका अनुसार मृतकमध्ये दुई÷दुई जना बाँके र बर्दिया तथा कैलाली, सल्यान र रोल्पामा एक÷एक गरी सात जना छन्  ।

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • १३७ पटक पढिएको
  • औषधि अभावका कारण संक्रमितको उपचारमा समस्या

    सिमकोट / कोरोना सङ्क्रमण पुष्टि भएका बिरामीका लागि चाहिने औषधि हुम्ला जिल्ला अस्पतालमा अभाव भएको छ । अस्पतालमा नयाँ खरिद गरेर आउनुपर्ने औषधि नआएपछि औषधि अभाव भएको हो । सोमबार मात्र एन्टिजेन किटबाट कोरोना परीक्षण गरी कोरोना पुष्टि भएका एक जना बिरामीका आफन्त दिनेश बोहराले अस्पतालमा औषधि नपाएको गुनासो गरे । कोरोना सङ्क्रमण भएपछि बिरामीका लागि आवश्यक पर्ने औषधि बाहिरको निजी फार्मेसीबाट एक हजार दुई सयमा किनेर लिएर काम चलाएको उनले बताए । सोमबार अस्पतालमा कोरोना परीक्षण गरेर पुष्टि भएका अन्य तीन जनाको अवस्था पनि उस्तै छ । चेकजाँच पछि चिकित्सकले औषधिको सिफारिस गर्ने तर अस्पतालमा सो औषधि नपाएर बजा

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • १४० पटक पढिएको
  • चीनद्वारा अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री प्रदान

    रसुवा / कोभिड –१९ का कारण नेपालमा सङ्क्रमित बिरामीको उपचारमा सहज पार्न चीन सरकारले आज अक्सिजन सिलिण्डर प्रदान गरेको छ । स्वास्थ्य सेवा विभागलाई एक हजार ५०० थान अक्सिजन सिलिण्डर एवम् पाँच लाख २७ हजार ५०० थान एन–९५ मास्क टिमुरेस्थित भन्सार हातामा आइसकेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए ।आफ्नो हातामा ल्याइएका सामग्री नियमानुसार परीक्षण अगाडि बढिरहेको र ती सामग्री आजै टिमुरेबाट काठमाडौँ लगिने प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए । 

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • १७१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.