स्वास्थ्य

    Showing 2,041-2,050 of 2,502 items.
  • आज देशभर ६ हजार ८५ जनामा संक्रमण पुष्टि, ६८ जनाको मृत्यु

    काठमाडौं / आज देशभर थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १७ हजार १४७ जनाको पिसिआर र  ३ हजार १८  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ५ हजार २८५ जना र एन्टीजेटमार्फत ८०० जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर एक लाख ४ हजार ७८९ जना  सक्रिय संक्रमित रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ६८ जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार ८९८ जना संक्रमित निको भएका छन्।   

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 312 पटक पढिएको
  • बाँकेमा कोरोना संक्रमणबाट ५८७ जनाको मृत्यु

    बाँके / कोरोना सङ्क्रमणबाट बाँकेमा अहिलेसम्ममा ५८७ जनाको मृत्यु भएको छ । जिल्लाभित्रका २९५  र अन्य जिल्लाबाट आएका २९२ जनाको कोरोना सङक्रमणबाट मृत्यु भएको बताइएको छ ।जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज ओलीका अनुसार आज मात्रै बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप सात कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार ५ः३० बजे साँझदेखि मङ्गलबार बिहान ८ बजेसम्म यी सङ्क्रमितको मृत्यु भएको छ ।  ओलीका अनुसार मृतकमध्ये दुई÷दुई जना बाँके र बर्दिया तथा कैलाली, सल्यान र रोल्पामा एक÷एक गरी सात जना छन्  ।

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 132 पटक पढिएको
  • औषधि अभावका कारण संक्रमितको उपचारमा समस्या

    सिमकोट / कोरोना सङ्क्रमण पुष्टि भएका बिरामीका लागि चाहिने औषधि हुम्ला जिल्ला अस्पतालमा अभाव भएको छ । अस्पतालमा नयाँ खरिद गरेर आउनुपर्ने औषधि नआएपछि औषधि अभाव भएको हो । सोमबार मात्र एन्टिजेन किटबाट कोरोना परीक्षण गरी कोरोना पुष्टि भएका एक जना बिरामीका आफन्त दिनेश बोहराले अस्पतालमा औषधि नपाएको गुनासो गरे । कोरोना सङ्क्रमण भएपछि बिरामीका लागि आवश्यक पर्ने औषधि बाहिरको निजी फार्मेसीबाट एक हजार दुई सयमा किनेर लिएर काम चलाएको उनले बताए । सोमबार अस्पतालमा कोरोना परीक्षण गरेर पुष्टि भएका अन्य तीन जनाको अवस्था पनि उस्तै छ । चेकजाँच पछि चिकित्सकले औषधिको सिफारिस गर्ने तर अस्पतालमा सो औषधि नपाएर बजा

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 136 पटक पढिएको
  • चीनद्वारा अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री प्रदान

    रसुवा / कोभिड –१९ का कारण नेपालमा सङ्क्रमित बिरामीको उपचारमा सहज पार्न चीन सरकारले आज अक्सिजन सिलिण्डर प्रदान गरेको छ । स्वास्थ्य सेवा विभागलाई एक हजार ५०० थान अक्सिजन सिलिण्डर एवम् पाँच लाख २७ हजार ५०० थान एन–९५ मास्क टिमुरेस्थित भन्सार हातामा आइसकेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए ।आफ्नो हातामा ल्याइएका सामग्री नियमानुसार परीक्षण अगाडि बढिरहेको र ती सामग्री आजै टिमुरेबाट काठमाडौँ लगिने प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए । 

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 167 पटक पढिएको
  • अर्थविद् डा. गोविन्दबहादुर थापाको निधन

    काठमाडौं / निमोनिया र फोक्सोको इन्फेक्सनका कारण अर्थविद् डा. गोविन्दबहादुर थापाको निधन भएको छ । थापालाई तीन साता अगाडि कोरोना संक्रमण भएको थियो ।उनी कोरोना जितेर घर र्फकेका थिए । तर, निमोनिया र फोक्सोको इन्फेक्सनका कारण उनको मृत्यु भएको हो ।भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा थापा आर्थिक सल्लाहकार थिए । नेपाल राष्ट्र बैंकबाट अवकाशप्राप्त कार्यकारी निर्देशक थापाले अर्थ मन्त्रालयमा ६ वर्ष वरिष्ठ आर्थिक सल्लाहकारको रुपमा योगदान गरेका छन् । दश वर्षअघि एशियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक भएका अर्थशास्त्री थापा नेपाल वायुसेवा निगमको अध्यक्षसमेत भएका थिए ।

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 124 पटक पढिएको
  • बाँकेमा थप ४ जना संक्रमितको मृत्‍यु

    बाँके /  बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ४ जना संक्रमितको मृत्यु भएको छ । सोमबार ५ः३० बजे साँझदेखि मंगलबार बिहान ८ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बर्दिया, १र१ जना बाँके र कैलालीका छन् ।भेरी अस्पतालमा उपचाररत बढैयाताल गाउँपालिका–६ बर्दियाका ४२ वर्षीय पुरूषको सोमबार साँझ ५ बजे मृत्‍यु भएको छ भने बढैयाताल गाउँपालिका –२ बर्दियाकी ४५ वर्षीया महिलाको सोमबार राति ९ बजे मृत्‍यु भएको छ ।यस्तै टीकापुर नगरपालिका–८ कैलालीका ७७ वर्षीय पुरूषको बुधबार विहान १२: ३० बजे मृत्‍यु भएको छ भने नेपालगञ्ज उपमहानग

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 137 पटक पढिएको
  • डब्ल्यूएचओद्वारा नयाँ कोभिड भाइरसलाई ‘डेल्टा भेरिएन्ट’ नामाकरण

    बिर्तामोड(एजेन्सी) विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा फैलिएको (बी.१.६१७.२) कोरोना भाइरसको प्रकारलाई जनाउने ‘भेरिएन्ट’ लाई डेल्टा भेरिएन्टका रूपमा पहिचान गराएको छ । भाइरसको नाम उच्चारण सजिलो बनाउन नसक्दा यसलाई सञ्चारमाध्यम तथा जनमानसले भारतीय भेरिएन्टका नामले चिन्दै आएका थिए ।(डब्ल्यूएचओ) ले सोमबार आफ्नो एक विशेषज्ञ समूहसँगको छलफलमा भेरियन्ट्स को लागि सजिलै–उच्चारण र गैर–कलंकित सङ्केत (नाम)हरू प्रयोग गर्न सिफारिस गरेको हो । डब्लुएचओले जारी विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९ को प्रकारलाई जनाउँदा कुनै देशको नाम उच्चारण गर्दा यसले सम्बन्धित देशको प्रतिष्ठामाथि आँच आएको गुनासोलाई सम्बोध

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 202 पटक पढिएको
  • औषधि अभावसँगै डोल्पामा बिरामीको संख्यामा वृद्धि

    जाजरकोट / उपल्लो डोल्पामा कोरोना जस्तै लक्षण मिल्ने बिरामीको सङ्ख्या बढेको डोल्पो जनजाति विकास केन्द्रले जनाएको छ । उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध, छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकाका स्थानीयवासी ज्वरो र रूघाखोकी लागेर धमाधम बिरामी पर्न थालेका छन् । तीन गाउँपालिकाले संयुक्तरूपमा डोल्पो जनजाति विकास केन्द्रमार्फत स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, “उपल्लो डोल्पामा कोरोनाको जस्तै लक्षण देखिएका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । डोल्पोबुद्धका चार कर्मचारीलाई हेलिकप्टरबाट गाउँपालिकाकै खर्चमा सुर्खेत ल्याई परीक्षण गर्दा कोभिड पुष्टि भएको थियो । सो कुरा जिल्ला

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 139 पटक पढिएको
  • कर्णालीमा ९५ प्रतिशत सङ्क्रमितले जिते कोरोना

    कर्णाली / पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएको कूल सङ्ख्यामा ९५ प्रतिशतले कोरोना भाइरस जितेर घर फर्केको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए ।“पछिल्लो २४ घण्टामा एक हजार ११३ जनाको कोरोना परीक्षण गरिएकामा २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ”, निर्देशक डा खड्काले भने, “कोरोना भाइरस सङ्क्रम

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 127 पटक पढिएको
  • सुर्तीजन्य पदार्थ सेवन गर्नेमा सङ्क्रमणको जोखिम उच्च

    काठमाडौँ / सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति कोभिड –१९ सङ्क्रमणको उच्च जोखिममा हुने गरेको छन् । सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, मुटुमा असर गर्ने र सङ्क्रमणले पनि  फोक्सो र मुटुलाई बढी असर गर्ने भएकाले जोखिम रहेको हो । सङ्क्रमणको दोस्रो लहर देखिएपछि अधिकांश बिरामीमा फोक्सो र मुटमा गम्भीर असर पु¥याएको छ । अहिले सङ्क्रमितलाई धेरै जसो फोक्सोमा समस्या आई अक्सिजन दिनु परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र एक्शन नेपालले आज यहाँ आयोजना गरेको ‘कोभिड –१९ को सङ्क्रमणबाट बचाउन नागरिकलाई सुर्तीजन्य पदार्थ छुटाउ’ विषयक अन्तरक्रिया कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 219 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.