स्वास्थ्य

    Showing 2,111-2,120 of 2,402 items.
  • मनाङमा कोरोना सङ्क्रमितको उपचारमा समस्या

    मनाङ / नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना फैलिएपछि  बढ्दो सङ्क्रमितको सङ्ख्यासँगै मनाङमा उनीहरूको उपचारमा समस्या देखिएको छ । उपचारको समस्या न्युनीकरण भएको छैन भने व्यवस्थित आइसोलेसनको अभावमा जटिल प्रकारका सङ्क्रमितलाई टेन्टमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी बिष्णु लामिछानेले जानकारी दिए । “जिल्लामा तीन कोभिड अस्पतालमा डाक्टर छैनन्, आइसोलेसन नहुँदा टेन्टमा राखेर सङ्क्रमितको उपचार गर्नु परिरहेको छ”, लामिछानेले भने, “सङ्क्रमितको स्वास्थ्य जटिल भएमा हेलिकप्टर चार्टड गरेर पोखरा वा काठमाडौं पु¥याउनुको विकल्प छैन ।” समयमा हेलिकप्टर आउने अवस्था नहुँदा सङ्क्रमि

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 116 पटक पढिएको
  • अस्पताललाई अक्सिजन सिलिण्डर

    ताप्लेजुङ / ताप्लेजुङ उद्योग वाणिज्य संघले जिल्ला अस्पताललाई ८ थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । संघले विभिन्न दाताबाट सहयोग जुटाएर क्सिजन सिलिण्डर किनेर अस्पताललाई प्रदान गरेको हो । सांसद योगेश भट्टराई, प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ लगायत फुङ्लिङका व्यवसायीको सहयोगमा विराटनगरबाट सिलिण्डर खरिद गरिएको संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सांसद भट्टराईले दुई लाख र मन्त्री आङ्बुहाङले एक लाख रुपैँया सिलिण्डर खरिदमा सहयोग गरेका थिए । यस्तै बजारका ३३ व्यवसायीले एक देखि १५ हजार रुपैँया सम्म सहयोग गरेका थिए । कम्तिमा ५० सिलिण्डर

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 106 पटक पढिएको
  • बाँकेमा थप पाँच सङ्क्रमितको मृत्यु

    राँझा / बाँके अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार, भेरी अस्पताल नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमणका कारण ५ महिने गर्भवतीको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका वडा नंं १ बर्दिया निवासी ३४ वर्षीया गर्भवतीको आज बिहान मृत्यु भएको हो ।यसैगरी भेरी अस्पतालमै उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ निवासी ३९ वर्षीय पुरुष र बनागाड कुपिन्डे नगरपालिका ४ सल्यान निवास

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 112 पटक पढिएको
  • कोरोना सङ्क्रमित मिर्गौला पीडितको डायलासिस

    दमौली / कोभिड सङ्क्रमण पुष्टि भएपछि व्यास नगरपालिका–१ का एक पुरुषको दमौलीस्थित मिर्गौला उपचार केन्द्रमा डायलासिस गरिएको छ । व्यास नगरपालिका–१ का ४९ वर्षीय पुरुषको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा शुक्रबार राति डायलासिस गरिएको हो । उनमा तीन दिन अगाडि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणपछि मिर्गौला उपचार केन्द्रमा डायलासिस गर्ने उनी दोस्रो व्यक्ति हो । गत वर्ष कोरोना सङ्क्रमण भएपछि व्यास नगरपालिका–४ का एक व्यक्तिको पनि यही डायलासिस गरिएको थियो । शुक्रबार डायलासिस गरेका ती व्यक्तिले नियमित डायलासिस गर्दै आएको केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 116 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज ७ सय ५१ जना संक्रमित थपिए

    बिर्तामोड  / प्रदेश १ मा आज ७ सय ५१ ज्ना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३५१, सुनसरीमा २१२, झापामा ४४, धनकुटामा ४२, ते¥हथुममा २५,  उदयपुरमा १४, इलाममा ४, संखुवासभामा २, पाँचथर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको विराटनगरमा ९६ महिला र १४९ पुरुष सहित २४५, सुन्दरहरैचामा ४९, बेलबारीमा १३, बुढीगंगामा ११, धनपालथान र रंगेलीमा ४–४, जहदा र रतुवामाईमा ३–३, सुनबर्षी, उर्लाबारी, ग्रामथान, पथरीशनिश्चरे र लेटाङमा २–२, कटहरीमा १ र स्थानीय तह नखुलेका ८, सुनसरीको इटहरीमा १०८, धरानमा ४६, इनरुवामा २०, दुहवीमा १२, भोक्राहानरसिंहमा

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 619 पटक पढिएको
  • उपचारको व्यवस्था मिलाउन आयोगको सरकारसँग आग्रह

    काठमाडौँ / राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को जटिल परिस्थितिमा सबै गम्भीर प्रकारका बिरामीको स्वास्थ्योपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । आयोगले अस्पतालमा अक्सिजनसहितका थप शय्याको व्यवस्था मिलाउन, बिरामीलाई अत्यावश्यक पर्ने अक्सिजनको उत्पादन तथा आपूर्ति बढाउने सन्दर्भमा प्रभावकारी कदम चाल्न तथा कोभिडविरुद्धको दोस्रो चरणको खोपको तत्काल व्यवस्था गर्न सरकारसँग आग्रह गरेको हो ।आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा बिरामीलाई भेन्टिलेटर, सघन उपचार कक्ष (आइसियु) लगायत मेडिकल सामग्री, खाद्यान्न तथा अत्यावश्यक सेवा र वस्तुकोे सहज आपूर्तिको व्यवस्था म

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 142 पटक पढिएको
  • अस्पताल र अक्सिजन उद्योगमा विद्युत् जान नदिन सबै उपाय अपनाएका छौँ : प्राधिकरण

    काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योग र अस्पताललाई चौबिसै घण्टा निरन्तर विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था गरेको छ । अस्पताल र अक्सिजन उद्योगहरुको विद्युत् प्रसारण तथा वितरण हुने सम्पूर्ण फिडरहरुलाई अधिकतम सतर्कको सूचीमा वर्गीकृत गरिएको छ । साथै अस्पताल र अक्सिजन उद्योगको संवेदनशीलतालाई ख्याल गर्दै निर्वाध विद्युत् आपूर्तिका लागि वैकल्पिक फिडरसमेत तयार गरिएको छ  । अक्सिजन उद्योग रहेका ककनी, हरिसिद्धि, बुटवल, सिमरा, जनकपुर, विराटनगरलगायतका स्थानमा नयाँ वैकल्पिक फिडर जडान गरिएको छ । कोभिड—१९को दोस्रो लहर देखिनासाथ अक्सिजन उद्योग तथा अस्पतालमा विद्युत

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 174 पटक पढिएको
  • कोरोना अपडेट : थप ८ हज्जार ५ सय २० जनामा कोरोना पुष्टि, दुई सय तीन संक्रमितको मृत्यु

    बिर्तामोड / नेपालमा देशभर पछिल्लो २४ घण्टामा आठ हजार ५ सय २० जनामा कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ९४८ जनाको पीसीआर विधि र ५३० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार ५ सय २० जना संक्रमित पुष्टि भएको हो। पिसिआर विधिबाट आठ हजार ४ सय ६७ जना र एन्टीजेन विधिबाट ५३ संक्रमित पुष्टि भएका छन्।२४ घण्टामा २ सय ३ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ हजार ६६९ जनाको मृत्यु भएको छ। यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख ७ ३३६ हजार पुगेको छ।  ५१६ जना व्यक्ति क्वारेन्टाइनमा छन्।स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ६&n

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 296 पटक पढिएको
  • स्पुतनिक भी खोपको बिक्री भारतीय बजारमा शुरु

    काठमाडौँ / भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ । डा. रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा सर्भिसेजका प्रमुख दीपक साप्राले भारतीय शहर हैदराबादस्थित रेड्डीजको एक औषधि पसलमा पहिलो खोप लगाएर कार्यक्रमको शुभारम्भ गरिएको छ । भारतमा डा. रेड्डीज ल्याबोरेटिजले रुसी स्पुतनिक भी खोप आयात गरिरहेको छ । स्पुतनिक भी खोपलाई भारतीय औषधि नियामक निकायले गत मे १ तारिखमा स्वीकृति प्रदान गरेको थियो । डा. रेड्डीजले भारतीय बजारमा उक्त खोपको मूल्य प्रति डोज भारु ९४८ तोकेको छ । कम्पनीले आगामी दिनमा खोपको स

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 212 पटक पढिएको
  • स्वास्थ्य उपकरणमा सहयोग गर्न जर्मनीका गैससहरु तयार

    काठमाडौँ / नेपालमा कोरोनाको दोस्रो भेरिएन्टको सङ्क्रमणबाट स्वास्थ्यसम्बन्धी उपकरणको अभावका कारण जनजीवन नराम्ररी प्रभावित भएपछि नेपाल सरकारको आह्वान अनुसार जर्मनीमा कार्यरत विभिन्न गैरसरकारी संस्था (गैसस)हरुले आवश्यक सहयोग गर्ने तत्परता देखाएका छन् । जर्मन­नेपाल मैत्री सङ्घको संयोजनमा एनजिओ फोरम नेपालले आज आयोजना गरेको वेबिनारमा सहभागी झण्डै ६० वटा गैससले मानवीय सहयोगअन्र्तगत नेपाललाई आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरु उपलब्ध गराउने निर्णय गरेका हुन् ।कार्यक्रममा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खडकाले कोरोनाको बढ्दो सङ्क्रमणका कारण अस्पताललगायत स्वास्थ्य संस्थाहरुमा आवश्यक पिसिआर पर

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 134 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.