स्वास्थ्य

    Showing २,१८१-२,१९० of २,५०८ items.
  • आइसोलेशनमा रहेका सङ्क्रमितलाई घरमै आयुर्वेदिक औषधि

    नवलपुर / नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितका लागि घरमै पुगेर औषधि वितरण शुरु गरिएको छ । नगरपालिकाको वडा नं २ र ४ बाट सङ्क्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको हो । आयुर्वेद औषधालय र आधारभूत स्वास्थ्य एकाइले होम आइसोलेशनमा रहेका बिरामीलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श र औषधि वितरण शुरु गरेको औषधालयका प्रमुख वरिष्ठ कविराज निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए । आइतबार ३४ सङ्क्रमितलाई अश्वगन्धा चूर्ण, आमलकी, जेठीमधु, गुड्चीलगायतका आयुर्वेदिक औषधि वितरण गरिएको पौडेलले बता

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • १६४ पटक पढिएको
  • ‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ अभियान

    फुङ्लिङ / ‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ नारासहित ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्वास्थ्य सेवा अभियान शुरु गरेको छ । पालिकाको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा २४ सै घन्टा नागरिकललाई सेवा प्रदान गर्नका लागि गाउँपालिकाले रेडियोग्राफी सेवा शुरु गरेको छ । तेल्लोकमा शुरु गरिएको सेवा सञ्चालनका लागि कर्मचारीसहितको सेवा सुविधा गाउँपालिकाले बेहोर्ने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सञ्जीव सिंहले बताए । विगतका दिनमा पालिकाभित्रका नागरिक रेडियोग्राफी र ल्याब सेवा लिनका लागि धेरै खर्च गरेर ताप्लेजुङको सदरमुकामस्थित जिल्ला अस्पतालमा जानुपथ्र्यो । अहिले आफ्नै गाउँपालिमा त्यस्तो सेवा लिन प

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • १२४ पटक पढिएको
  • कामपामा परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि

    काठमाडौँ / कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा  कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबार सम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ । कामपाको ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनामा पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ । कामपाका ल्याब टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरुप टोली तयारी अवस्थामा रहेको छ

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • १५८ पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज १ हज्जार २७ जना संक्रमित थपिए

    बिर्तामोड / प्रदेश १ मा आज थप १ हज्जार २७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । मोरङमा ४७२, झापामा २२८, सुनसरीमा १०२, इलाममा ४०, ताप्लेजुङमा २६, संखुवासभामा २३, खोटाङमा १४, ओखलढुङ्गामा १०, ते¥हथुम र उदयपुरमा ८–८, धनकुटामा ३, भोजपुरमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका ९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको विराटनगरमा १२२ महिला र १५५ पुरुष सहित २७७, सुन्दरहरैचामा ६०, रंगेलीमा ३९, उर्लाबारीमा २३, पथरीशनिश्चरेमा १८, केराबारीमा र बुढीगंगामा १२–१२, ग्रामथान ,बेलबारी, धनपालथान, कटहरी र जहदामा ४–४, सुनबर्षी, कानेपोखरीमा ३–३, , लेटाङ र रतुवामाईमा २–२ र स्थानीय तह नखुलेका १, झा

    • प्रकाशित मितिः जेठ २, २०७८
    • ७२३ पटक पढिएको
  • कोरोनाबाट मृत्यु भएका पत्रकारका परिवारलाई राहत दिइने

    धनुषा / नेपाल पत्रकार महासङ्घ प्रदेश २ कार्यसमितिले पहिलो बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएका रौतहटका पत्रकार मनोजकुमार चौधरी र सञ्चार उद्यमी रमादेवी यादवको परिवारलाई तत्काल ५१ हजार रुपैयाँ राहत सहयोग गर्ने निर्णय गरेको छ । महासङ्घका प्रदेश अध्यक्ष राजेशकुमार कर्णको अध्यक्षतामा आइतबार भएको भर्जुअल बैठकबाट सो प्रस्तावसहित ११ बुँदामा छलफल गरिएको महासचिव श्याम बन्जाराले बताए ।बैठकबाट महासङ्घका प्रदेश अध्यक्ष राजेशकुमार कर्णको नेतृत्वमा पत्रकार कल्याण कोषको स्थापनाका लागि ११ सदस्यीय समिति समेत चयन भएको छ । सङ्क्रमित पत्रकारहरुको शीघ्र स्वास्थ्य लाभको कामना र निःशुल्क रुपमा उपचार हुनुपर्ने,

    • प्रकाशित मितिः जेठ २, २०७८
    • १३६ पटक पढिएको
  • कैलालीमा कोरोनाबाट झण्डै दुई सयको मृत्यु

    धनगढी / कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको दोस्रो लहरका कारण महामारी पछिल्लो समय ज्यान गुमाउनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । भारतसँग सिमाना जोडिएको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला पनि दोस्रो लहरका कारण नराम्ररी प्रभावित बनेको छ । जिल्लामा आवश्यक मात्रामा अक्सिजनको पूर्ति नहुँदा मृत्यु हुने सङ्क्रमित बढेको देखिन्छ । कैलालीमा दोस्रो लहरको कोरोना सङ्क्रमणका कारण  वैशाख १ देखि ३१ गतेसम्म महिला तीन हजार ३७३ तथा पुरुष सात हजार १६८ गरी जम्मा १० हजार ४४१ जनामा कोरोना सङ्क्रमण देखिएकामा हालसम्म दुई हजार ७४ महिला तथा चार हजार ८६३ पुरुष गरी छ हजार ९३७ जना कोरोना सङ्क्रमित डिस्चार

    • प्रकाशित मितिः जेठ २, २०७८
    • १३४ पटक पढिएको
  • यूवा संघद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

    धरान / यूवा संघ नेपाल धरान नगर समितिले कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीहरुलाई माक्स तथा सेनिटाइजर वितरण गरेको छ ।संघले स्थापना दिवशको अवसर पारेर सुरक्षाकर्मीहरुलाई उक्त सामग्री वितरण गरेको हो । सुरक्षाकर्मीहरुलाई १२ सय ५० थान माक्स, १ सय २३ थान फेससिल्ड र २० लिटर सेनिटाइजर वितरण गरिएको संघका नगर अध्यक्ष भवानी दाहालले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय धरानलाई ६ सय थान माक्स, ५० थान फेससिल्ड र ५ लिटर सेनिटाइजर प्रदान गरेको छ ।यस्तै, सशस्त्र प्रहरी बल (एपीएफ)लाई ३ सय २० थान माक्स, ३२ थान फेससिल्ड र ५ लिटर सेनिटाइजर, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीलाई २ सय ३० माक्स, २

    • प्रकाशित मितिः जेठ २, २०७८
    • १३९ पटक पढिएको
  • झुटको खेती : व्यवसायीका सिलीण्डरलाई सरकारी भन्दै प्रचार (भिडियो सहित )

    बिर्तामोड / कोरोनाको महामारीका कारण मानविय क्षति भईरहेका बेला नागरिकको आलोचना थेग्न नसकिरहेको सरकारले झुटो प्रचार गर्न थालेको छ । नयाँ सरकार बने लगत्तै एक दिन अघि वरिष्ठ पत्रकार कनकमणि दिक्षीतसँग कुराकानीका क्रममा झुट बोलेका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको कुरा सेलाउन नपाउँदै उप–प्रधानमन्त्री एवं सिसिएमसीका प्रमुख ईश्वर पोख्रेलको सचिवालले फेरि नागरीक अल्मल्याउन अर्को झुटो प्रचार गरिरहेको छ ।मन्त्री पोख्रेलका सल्लाहकार गणेश पाण्डेले चिनबाट नेपाल सरकारले ल्याएको १८ हजार सिलिण्डर तातोपानी नाकामा आईपुगेको भन्दै फेसबुक प्रयोग गरी प्रचार गरीरहेका छन् । चीनबाट स्थलमार्ग हुँदै ल्याइएको १८

    • प्रकाशित मितिः जेठ २, २०७८
    • ४३८ पटक पढिएको
  • कोरोना अपडेट : आज ७ हज्जार ३ सय ६८ संक्रमित थपिए, एक सय ४५ को मृत्यु

    बिर्तामोड / देशभर आज थप सात हजार ३ सय ६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४३९ जनाको पिसिआर र ३४४  जनाको एन्टीजेन  परीक्षणमा सात हजार ३ सय ६८ जनालाई संक्रमण पुष्टि भएको हो । पिसिआर विधिबाट सात हजार ३ सय १६ र एन्टीजेन विधिबाट ५३ जना संक्रमित पुष्टि भएका हुन्।यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १० हजार २ सय ६३ पुगेको छ।आज देशभर छ हजार ६ सय ४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। देशभर ७०१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज देशभर १ स

    • प्रकाशित मितिः जेठ २, २०७८
    • ५०६ पटक पढिएको
  • साहित्यसर्जक एवम् फिल्मकर्मी चेतन कार्कीको निधन

     बिर्तामोड / कवि, गीतकार, उपन्यासकार एवं फिल्मकर्मी चेतन कार्कीको निधन भएको छ । ८४ बर्षीय कार्कीलाई गत आइतबार कोभिड संक्रमण भएपछि छाउनी हस्पिटल भर्ना गरिएको थियो । तर स्वस्थ्यमा सुधार नआएपछि आज बिहान १० बजे अस्पतालमै उनको देहान्त भएको हो ।विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी जस्ता फिल्मको निर्देशन समेत गरेका कार्कीले सयौँ नेपाली फिल्ममा स्क्रिप्टराइटर तथा लिरिक्स राइटरको भूमिकामा आफूलाई सधैं अब्बल दर्शाएका थिए । उनले नीर शाहको पहिलो फिल्म परिर्वतनदेखि स्क्रिप्टलेखनको आरम्भ गरेका थिए ।‘नेपाली फिल्म उद्योगले आज एउटा जिउँदो इतिहास गुमाउनु परेको छ, तपाईंको निधन भए पनि तपाईंका सुत्रहरुलाई हा

    • प्रकाशित मितिः जेठ २, २०७८
    • १८२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.