स्वास्थ्य

    Showing २११-२२० of २,५०८ items.
  • क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

    चितवन। यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पद खुला आवेदनमार्फत  चयन गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले सात दिनभित्र आवेदन पेस गर्न सक्ने जनाएको छ । सूचनामा अस्पतालको ऐन, २०५३ को दफा ७ को उपदफा (१) को खण्ड (क)मा उल्लेख भएबमोजिम योग्यता भनिएको छ । जसअनुसार अध्यक्ष बन्नका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी क्यान्सर रोगको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको वा मान्यता प्राप्त शिक्षण संस्थानबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • ३१० पटक पढिएको
  • नागरिकको स्वास्थ्य नै हाम्रो प्राथमिकता’: स्वास्थ्य मन्त्री नीशा मेहताको नेतृत्वमा विस्थापित सुकुम्बासीका लागि विशेष स्वास्थ्य शिविर

    काठमाडौं— उपत्यकाका विभिन्न स्थानबाट अस्थायी रूपमा स्थानान्तरण गरिएका सुकुम्बासी तथा विपन्न परिवारहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै, नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रशंसनीय र मानवीय कदम चालेको छ। स्वास्थ्य मन्त्री नीशा मेहताको विशेष पहल र निर्देशनमा, सङ्कट र रूपान्तरणको यस घडीमा सीमान्तकृत नागरिकलाई आडभरोसा दिन कीर्तिपुरमा बृहत् ’स्वास्थ्य शिविर’ आयोजना गरिँदैछ।पछिल्लो समय काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती व्यवस्थापन तथा स्थानान्तरणको क्रममा नागरिकहरूले भोग्नुपरेको कठिनाइ र सम्भावित स्वास्थ्य जोखिमलाई सरकारले गम्भीरतापूर्वक लिएको छ। अस्थायी बासस्थानमा सरसफाइको कमी

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • ४७८ पटक पढिएको
  • टियुमा संयुक्त विद्यार्थी संंगठनको आन्दोलन

    काठमाडौं— त्रिभुवन विश्वविद्यालयमा विभिन्न विद्यार्थी संगठनहरूको संयुक्त मोर्चाले मंगलबार प्रदर्शन गरेका छन्। विश्वविद्यालय परिसरमा भेला भएका विद्यार्थीहरूले शैक्षिक क्षेत्रसँग सम्बन्धित विभिन्न माग राख्दै नाराबाजी गरेका हुन्।प्रदर्शनका क्रममा उनीहरूले “शैक्षिक संस्थामा हुने छात्रा हिंसा विरुद्ध एकजुट बनौँ”, “क्याम्पसहरू सुन पसल होइनन्”, “विश्वविद्यालयमा प्रहरी होइन, प्राध्यापक पठाऊ”, तथा “ओई सरकार, विद्यालय शिक्षा विधेयक खोई?” जस्ता नारा लेखिएका प्लेकार्ड र पम्पलेट बोकेका थिए।विद्यार्थी नेताहरूले विश्वविद्यालय र क्याम्पसहरूमा बढ्दो असुरक्षा, विशेषगरी छात्रामाथि हुने हिंसाका घटनाप्रति चिन्ता व

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • ५३३ पटक पढिएको
  • जलेका गाडीको नाममा इन्धन दुरुपयोग: अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहेताको निर्देशन

    काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छिन् ।‘जेनजी’ आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिनका लागि निर्देशन दिएकी हुन् ।उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालय अन्तर्गतका अन्य निकायका ६ गरी कुल २४ वटा गाडी जलेका थिए ।पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका तिनै सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको पाइएपछि मन्त्री मेहताले कडा

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • ४३२ पटक पढिएको
  • गण्डकीमा ७१ गभर्वती र सुत्केरीको हवाई उद्धार

    कास्की। गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएका छन् ।स्थानीयस्तरमा उपचार सम्भव नभएका र ज्यान जोखिममा परेका महिलाहरुका लागि प्रदेश सरकारले विसं २०७६ देखि निःशुल्क हवाई उद्धार सेवा सुरु गरेको थियो । सरकारले गर्भवती र २८ दिनसम्मको नवजात शिशुको स्वास्थ्यमा जटिलता उत्पन्न भएमा अवस्था हरेर हेली उद्धार गरेर सुविधासम्पन्न अस्पतालमा उपचारको लागि यो कार्यक्रम ल्याएको हो । दुर्गम क्षेत्रका नजिकको स्वास्थ्य संस्थाले दिएको सिफारिसका आधारमा उद्धार हुने गरेको छ ।स्वास्थ्य मन्त्रालयका मेडिकल रेकर्ड निरीक्षक

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • २५७ पटक पढिएको
  • बागलुङ नगर अस्पताल भवन निर्माण : दुई वर्षमा सकिनु पर्ने काम तीन वर्षमा ४५ प्रतिशत

    बलेवा। बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ ।बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ । भवन निर्माण कम्पनीले पटकपटक म्याद थपेर काम नगर्दा बागलुङ नगरपालिका–१३ पैयुपाटामा निर्माणाधीन अस्पतालको भवन निर्माण अलपत्र परेको हो । दुई वर्षमा काम सकिनुपर्ने भवनको अन्तिम म्याद सकिएपछि पनि तीन वर्ष समय गुज्रेको छ । तर भवनको काम अझै ४५ प्रतिशत बाँकी छ । यो भवन निर्माण गरेर नगरले धौलागिरि अस्पतालको विकल्पका रुपमा नगर अस्पताल सञ्चालनमा ल्याउने लक्ष राखेको थियो ।२०८० असार २० गते सम्पन्न गर्ने गरी २०७८ असारमा निर्माण कम्पनीले सम्झौता गरी भवन निर्माणको काम थालेको थि

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • ३३२ पटक पढिएको
  • स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

    काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय तान्न थालेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्री निशा मेहताले दुरुपयोग गरिएका सबै सवारी साधन मन्त्रालयमा ल्याउन निर्देशन दिएपछि दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय फिर्ता ल्याउन थालिएको हो ।सवारी साधनको सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग गर्दै आएको जानकारी प्राप्त भएपछि मन्त्री मेहताले निर्देशन दिएकी थिइन् ।फिर्ता ल्याइएका सवारी साधन हाल मन्त्रालयमै राखिएको छ । गाडीहरू आवश्यकताका आधारमा कानुन बमोजिम मन्त्रालयका कर्मचारीले प्रयोग गर्नेछन् ।कानुन

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • ४६२ पटक पढिएको
  • सुरक्षित गर्भपतन सेवा असुरक्षित : रोकिएन अकालमा आमाहरुको मृत्यु

    काठमाडौँ। विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन ६ सम्मका कोभिड–१९ कारण ‘लकडाउन’मा मात्र १३४ सुत्केरी तथा गर्भवतीले अकालमा ज्यान गुमाएका थिए ।महामारीका सुरुआती चरणमा परिवार नियोजनका साधनको मागलाई पूर्ति गर्न समस्या देखियो । कोरोना नियन्त्रणलाई प्राथमिकता दिइएका कारण सुरक्षित गर्भपतन सेवा प्रदान गर्न अप्ठ्यारो भएको हो । महामारीमा परिवार नियोजनको सेवाको प्रयोगदर ३९ बाट ३७ प्रतिशतमा झरेको थियो ।...विसं २०८१ साउनमा चितवनको एक अस्पतालमा गर्भपतन गराउने क्रममा महिलाको मृत्यु भयो । भरतपुर महानगरपालिका–२६ की ३२ वर्षीया नवीना महतोको अत्यधिक रक्तस्राव नरोकिएपछि अकालमा निधन भएको थियो । तत्कालीन समयमा गर्

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • ३१६ पटक पढिएको
  • अस्पतालहरुको सेवाको गुणस्तर सुधार गर्न निर्देशन

    चितवन। जिल्लाका सरकारी, निजी अस्पताल र स्वास्थ्य संस्थाका व्यवस्थापक एवं सञ्चालकसंगको बैठकमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुधार गर्न निर्देशन दिनुभएको छ ।स्वास्थ्य संस्थामा आएका बिरामीहरुलाई चिकित्सकहरुले संवेदनशील व्यवहार र अस्पतालको विधिभित्र रहेर काम गर्न पनि उहाँले निर्देशन दिनुभयो । चिकित्सकहरुको व्यवहार राम्रो नभएको, डायलासिस लगायतका सेवा दर्ता नगरी दिएको, एम्बुलेन्सहरुले बिरामी ल्याएबापत कमिसन दिने गरेको, अस्पतालजन्य फोहोर व्यवस्थित नगरिएको उहाँको भनाइ थियो ।उहाँले भन्नुभयो, “बिरामीको मृत्यु हुँदा आँसु झार्नु भनेको होइन, तर चिकित्सक संवेदनशील हुनै पर्छ ।” अस्पतालहरुले बीमा र नगदक

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • ३१८ पटक पढिएको
  • अव्यवस्थित बस्तीबाट उद्धार गरिएकालाई महानगरद्वारा स्वास्थ्य सेवा प्रदान

    काठमाडौं— अव्यवस्थित बस्तीबाट स्क्रिनिङ्का लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्बासीलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न काठमाडौं महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।अहिलेसम्ममा कम रक्तचाप भएका ४ जना पुरुष २ जना महिला गरी ६ जना, ढाड तथा जोर्नी दुखाइ भएका २ जना पुरुष, टाउको दुखाइ भएका १८ जना पुरुष र ६ जना महिला, गर्भवती २ जना, काटेर चोटपटक लागेका १ जना र विभिन्न अरू समस्या भएका १२ जनालाई सेवा प्रदान गरिएको छ ।यस्तै, मनोसामाजिक परामर्शका लागि पती नभएका महिला, विद्यालय उमेरका बालबालिका, रोजगारीमा भएका अभिभावकहरूले आफूलाई परेको मानसिक समस्याका विषयमा परामर्श

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • ४९३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.