स्वास्थ्य

    Showing 211-220 of 2,072 items.
  • लुम्बिनी प्रदेश प्रहरी अस्पताल ५० शैयाको विशिष्टिकृत अस्पतालमा स्तरोन्नति हुने

    रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको नेपालगन्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई ५० शैयाको विशिष्टिकृत अस्पतालको रूपमा स्तरोन्नति गरिने घोषणा गरेका छन्।बिहीबार अस्पताल परिसरमा नवनिर्मित अपरेशन थिएटर भवनको उद्घाटन गर्दै उनले प्रदेश सरकारले अस्पतालको पूर्वाधार र सेवामा उल्लेखनीय सुधार गर्ने प्रतिबद्धता जनाए। करीब सात करोड ७७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको भवनको उद्घाटन मुख्यमन्त्री आचार्यले गरेका हुन्।मुख्यमन्त्री आचार्यले अस्पताललाई १५ शैयामा सीमित नराखी ५० शैयाको संरचनामा विस्तार गरिने जानकारी दिए। उनले आवश्यक प्रक्रिया तत्काल स्वास्थ्य मन्त्रालयमार्फत

    • प्रकाशित मितिः असार २६, २०८२
    • 271 पटक पढिएको
  • बागमती प्रदेशका १६ अस्पतालमा डायलासिस मेसिन जडान, भक्तपुर अस्पतालमा पाँच शय्याको सेवा सुरु हुने

    काठमाडौं— बागमती प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयले मिर्गौला पीडितहरूलाई लक्षित गर्दै प्रदेशका विभिन्न अस्पतालमा डायलासिस मेसिन जडान गरेको छ। सरकारी अस्पतालमा सेवाग्राहीको चाप बढेसँगै निजी अस्पतालमा जानुपर्ने बाध्यतालाई घटाउने उद्देश्यले १६ वटा डायलासिस मेसिन जडान गरिएको हो।स्वास्थ्य मन्त्री किरण थापाका अनुसार भक्तपुर अस्पतालमा पाँच वटा डायलासिस मेसिन जडान गरिएको छ। यसबाहेक, धादिङ अस्पतालमा दुई, सिन्धुली अस्पतालमा दुई, त्रिशूली अस्पतालमा दुई, बकुलहर रत्ननगर अस्पतालमा दुई र हेटौँडा अस्पतालमा तीन वटा मेसिन जडान गरिएको छ।मन्त्री थापाले अब मिर्गौलाका बिरामीहरूले नजिकको अस्पतालमै डायलासिस स

    • प्रकाशित मितिः असार २५, २०८२
    • 639 पटक पढिएको
  • साउन १ गतेदेखि स्वास्थ्य बिमा– आठ जटिल रोगका बिरामीले पाउनेछन् दोब्बर उपचार सुविधा

    काठमाडौं– स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बिरामीले अब उपचारका लागि दोब्बर सहायता पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले साउन १ गतेदेखि क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले २ लाख रुपैयाँसम्मको उपचार खर्च बिमा कार्यक्रममार्फत पाउने घोषणा गरेका छन्।यसअघि एक लाखमा सीमित उपचार सहायता अब दोब्बर गरिएको हो। मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत यो सुविधा जनताको स्वास्थ्यप्रति सरकारको प्रतिबद्धताको हिस्सा भएको बताएका छन्।स्वास्थ्य बिमा बोर्डको निर्णयअनुसार यो योजना साउन १ गतेदेखि लागु हुनेछ। कार्यकारी निर्दे

    • प्रकाशित मितिः असार २५, २०८२
    • 589 पटक पढिएको
  • चिकित्सकहरूको आन्दोलन फिर्ता, नीतिगत व्यवस्था संशोधन गर्न कार्यदल गठन

    काठमाडौं – उपभोक्ता ऐन र मुलुकी ऐन फौजदारीको संशोधन गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गरिरहेका चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन् ।मंगलबार बेलुका सरकारसँग वार्ता गर्दै चिकित्सकहरूले सबै किसिमका आन्दोलन आजैदेखि स्थगत गरी सबै नियमित सेवा सुचारु गर्ने सहमति गरेका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच भएको छलफल बमोजिम चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन् । चिकित्सकहरू उपचारमा लापरवाही गरेको जाहेरीमा फैसला गर्दै उपभोक्ता अदालतले क्षतिपूर

    • प्रकाशित मितिः असार २५, २०८२
    • 154 पटक पढिएको
  • देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द हुँदा बीर अस्पताललगायतका अस्पतालका बिरामी मर्कामा

    काठमाडौं— उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर असहमति जनाउँदै नेपाल चिकित्सक संघले  असार २३ गतेदेखि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन् । बिरामीहरुलाई देशभरका अस्पताल बन्द हुने जानकारी नहुँदा टाढाबाट फ्लोअपमा आउने बिरामीहरुलाई समस्या झेल्नु परेको छ ।देशकै सबैभन्दा पुरानो (जेठो( वीर अस्पताल, नयाँ बानेश्वरमा रहेको सिभिल सर्भिस, ट्रमा सेन्टर, कान्तिबाल अस्पताल, टिचिङ् अस्पताललगायत अस्पतालमा   ‘फलोअप’का बिरामीबाहेक अरूले सेवा पाउनबाट बञ्चित भएका छन् । आकस्मिक र अत्यावश्यक सेवाबाहेकको सेव

    • प्रकाशित मितिः असार २५, २०८२
    • 841 पटक पढिएको
  • आन्दोलनरत चिकित्सक र सरकार पक्षबीच वार्ता आज साँझ

    काठमाडौं — नेपाल चिकित्सक संघको अगुवाइमा सुरु भएको देशव्यापी आन्दोलन चर्किंदै जाँदा सरकार अन्ततः संवादमा उत्रिएको छ। मंगलबार दिउँसो सरकार र आन्दोलनरत पक्षबीच प्रारम्भिक छलफल भए पनि औपचारिक वार्ता भने अझै हुन बाँकी छ।स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारी सहभागी थिए। सो बैठकपछि नेपाल चिकित्सक संघका पदाधिकारीलाई संवादका लागि बोलाइएको थियो।संघका अध्यक्ष डा. अनिल कार्की, महासचिव डा. सन्दीप तिवारी, पूर्वअध्यक्ष डा. लोचन कार्की, र मेडिकल काउन्सिल अध्यक्ष डा. चोपलाल भुसाल समेत बैठकमा उपस्थित थिए।संघका अध्यक्ष डा. कार्

    • प्रकाशित मितिः असार २४, २०८२
    • 223 पटक पढिएको
  • नेपालमा वायु प्रदूषणको प्रमुख स्थान भनेको घरको भान्सा हो : भुषण तुलाधर

    नेपालको वायु प्रदूषणको व्यवस्थापनका लागि कार्ययोजना बनाएर त्यसमा लगानी गर्न सक्नुपर्छ । लगानी गर्न सरकारसँग जनताबाट उठाएको प्रशस्त मात्रामा पैसा छ । तर त्यो खर्च गर्न सकेको छैन् ।बढ्दो वायु प्रदूषणका कारण नेपाल जोखिमपूर्ण अवस्थामा छ । जुनसुकै मौसममा पनि प्रदूषणको जोखिम रहने भएकाले हालको मनसुनमा पनि सचेत रहनुपर्ने देखिन्छ । विश्व बैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले काठमाडौं उपत्यका र तराई वायु प्रदूषणका लागि हटस्पट भएको साथै वायु प्रदूषणले औसत नेपालीको आयु ३.४ वर्षले घटाउने र  वार्षिक रूपमा लगभग २६,००० जनाको अकालमा मृत्यु हुने गरेको जनाएको छ । विश्व बैंकको प्रतिवेदन साथै मनसु

    • प्रकाशित मितिः असार २४, २०८२
    • 230 पटक पढिएको
  • तीन वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’ प्रभावकारी बन्दै

    लहान— लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’ अहिले प्रभावकारी रूपमा अघि बढिरहेको छ ।नगरपालिकाका २४वटै वडामा ‘रोटेसन’को आधारमा प्रत्येक महिनाको २२ गते गर्भवती तथा सुत्केरीलाई पोषण प्याकेज वितरण गरिँदै आएको छ । आइतबार वडा नं २२ मा आयोजित कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले ४५ जनालाई पोषण प्याकेज हस्तान्तरण गरे । उनका अनुसार यो कार्यक्रम गत स्थानीय तहको निर्वाचनअघि जनतासँग गरिएको प्रतिबद्धता अनुसार सुरु गरिएको हो । “सुत्केरी अवस्थामा पोषिलो आहार नपाउँदा बच्चाको पोषणमा गम्भीर असर पर्छ, जुन भविष्यका लागि खतरा हुन्छ । मैले नगरप्रमु

    • प्रकाशित मितिः असार २४, २०८२
    • 520 पटक पढिएको
  • टीकापुर नगरपालिकामा कुपोषित बालबालिका खोजी अभियान तीव्र, सुधारका लागि बहुआयामिक प्रयास

    कैलाली— बालबालिकामा शीघ्र कुपोषण अन्त्य गर्न टीकापुर नगरपालिकाले कुपोषित बालबालिकाको खोजी अभियान तीव्र पारेको छ। संघीय सरकार, प्रदेश स्वास्थ्य निर्देशनालय र स्थानीय सरकारको समन्वयमा ६ महिना देखि ५ वर्षमुनिका बालबालिकाको पोषण लेखाजोखा तथा सुधारका कार्यक्रमहरु सञ्चालनमा छन्।टीकापुर नगर क्षेत्रका पाँचवटा स्वास्थ्य संस्थामार्फत बालबालिकाको उचाइ, तौल नापी पोषणको अवस्था मापन गरिँदै छ। यसै क्रममा, हालसम्म ३० बालबालिका शीघ्र कुपोषणको शिकार भएका र १२० बालबालिका कुपोषणको जोखिममा रहेका तथ्यांक सार्वजनिक गरिएको छ।स्वास्थ्यकर्मीहरू स्वयं समुदायमा पुगेर पोषण लेखाजोखा गर्न थालेपछि गत वर्षको तुलनामा कुपोषित ब

    • प्रकाशित मितिः असार २४, २०८२
    • 510 पटक पढिएको
  • आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

    काठमाडौं— सांसदहरुले भूकम्पबाट क्षतिग्रस्त घरहरुको पुनःनिर्माणलाई तीव्रता दिन र आन्दोलनरत चिकित्सकको मागप्रति गम्भीर हुन सरकारको ध्यानार्कषण गराएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा उपलब्ध आकस्मिक समयमा सांसद डा। सुनिलकुमार शर्माले देशभरको सरकारी अस्पतालको सेवा प्रभावित हुँदा सेवाग्राही मारमा परेकोबारे सभामुखमार्फत सरकारको ध्यानार्कषण गराए ।उपभोक्ता अदातलसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक सङ्घले घोषणा गरेको आन्दोलनले बहिरङ्ग (ओपिडी) सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेको उनको भनाइ छ । आन्दोलनरत चिकित्सकहरुको मागप्रति गम्भीर हुन सरकारसँग आग्रह गर्दै सांसद डा शर्माले चिकित्सकको दरब

    • प्रकाशित मितिः असार २३, २०८२
    • 440 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा