स्वास्थ्य

    Showing २,१९१-२,२०० of २,५०८ items.
  • एउटै वडाका ७० जनामा कोरोना संक्रमण पुष्टि

    टिस्टुङ / मकवानपुरको थाहा नगरपालिकामा एउटै वडामा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थाहा–३ मा पिसिआर र एन्टिजेन परीक्षण गर्दा दुई साताभित्र सो संख्यामा कोरोना देखिएको नगरपालिकाले जनाएको छ ।नगरपालिकाभित्र अहिले कोरोनाबाट कूल सङ्क्रमित सङ्ख्या २०० रहेका छन् । नगरको एउटै वडामा ३५ प्रतिशत कोरोना सङ्क्रमित देखिनुले चुनौती र जोखिम दुवै बढेको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख मेघराज बलामीले जानकारी दिए ।थाहा–३ मा सङ्क्रमण दर पनि उच्च रहेको छ । यहाँ १०२ मा परीक्षण गरिएकामा ७० सङ्क्रमण देखिएको र सङ्क्रमण दर ६६ प्रतिशत रहेको नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए । सङ्क्रमित हुनेमा

    • प्रकाशित मितिः जेठ २, २०७८
    • १४३ पटक पढिएको
  • ‘भेरोसेल’को दोस्रो मात्रा आजदेखि

    काठमाडौँ / सरकारले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आजदेखि काठमाडौँ जिल्लामा लगाउने शुरुआत गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँ सूचना प्रकाशित गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई आजदेखि जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाउन शुरु गरिएको हो । कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बुद्धिबहादुर खड्काले दोस्रो मात्राका लागि आजदेखि जेठ ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरेका छन् । उनका अनुसार काठमाडौँ जिल्लाका ११ वटै नगरपालिकामा रहेका खोप केन्द्रबाट खोप लगाउन शुरु गरिएको हो । काठमाडौँ महानगरपालिकामा ३३ खोप के

    • प्रकाशित मितिः जेठ २, २०७८
    • १३० पटक पढिएको
  • भयावह बन्दैछ संक्रमण : हरेक घण्टा विराटनगरमा एकको मृत्यु

    विराटनगर / कोरोना संक्रमणका विराटनगरमा हरेक घण्टा एक जनाको मृत्यु हुन थालेको छ । विराटनगरका अस्पतालमा उपचाररत १२ जनाको करिव एक घण्टाको फरकमा मृत्यु भएको हो । शनिवार मध्यान्न ३ बजे देखि आईतवार बिहान करिव ४ वजे सम्मको अवधिमा उनीहरुको उपचारका क्रममा विराटनगरका अस्पतालमा मृत्यु भएको हो । कोसी अस्पतालमा ३ जना , विराट मेडिकल कलेजमा २ जना र नोबेल मेडिकल कलेजमा ७ जना गरी विराटनगरमा उपचाररत १२ जनाको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजमा मोरङको पथरीशनिश्चरे १ की ६४ वर्षीया वृद्धा, विराटनगर –१ का ३५ वर्षीय पुरुष , उदयपुरको बेलटारका ५६ वर्षीय पुरुष , विराटनगर–४ का ५२ वर्षीय पुरुष , सुन्दरहरैँचा –

    • प्रकाशित मितिः जेठ २, २०७८
    • ९६९ पटक पढिएको
  • सघन उपचार कक्षसहित १४० श्ययाको कोभिड वार्ड शुरु

    चितवन / विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सघन उपचार कक्षसहित १४० श्ययाको कोभिड वार्ड सञ्चालनमा ल्याएको छ । जिल्लामा सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालले कोभिड वार्ड सञ्चालनमा ल्याएको हो । क्यान्सरका बिरामी र स्वास्थ्यकर्मीका लागि मात्र २० श्ययाको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले अन्य सङ्क्रमितका लागि पनि उपचार गर्ने गरी श्यया थप गरेको हो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार अस्पतालका चारवटा विभागमा रहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर शनिबार देखि कोभिड वार्ड सञ्चालन गरिएको छ । वार्डमा अहिले २४ सङ्क्रमितको उपचार भइरहेको छ । कोभिड वार्डमा द

    • प्रकाशित मितिः जेठ २, २०७८
    • १२५ पटक पढिएको
  • दोस्रो चरणको कोरोनाबाट सबैभन्दा बढी युवा सङ्क्रमित

    इनरुवा / दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमण बढेसँगै यसको प्रभाव सबैभन्दा बढी युवा वर्गमा परेको पाइएको छ ।सङ्क्रमितमध्ये २१ देखि ३० वर्ष उमेर समूहका युवाको सङ्ख्या बढी रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।अहिलेसम्मको सङ्क्रमित सङ्ख्याको २८ दशमलव नौ प्रतिशत सङ्क्रमण यस उमेर समूमा देखिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । त्यसैगरी ३१ देखि ४० वर्ष उमेर समूहका २३ दशमलव छ प्रतिशत सङ्क्रमित रहेका छन् । सङ्क्रमति हुनेमा ४१ देखि ५० वर्ष उमेर समूहका १६ दशमलव एक प्रतिशत रहेको स्वास्थ्य कार्यालय इनरुवा सुनसरीका प्रमुख सागर प्रसाईँले बताए ।५१ देखि ६० वर्षसम्मका व्यक्ति १२ दशमलव दुई प्रतिशत सङ्क

    • प्रकाशित मितिः जेठ २, २०७८
    • १२४ पटक पढिएको
  • झापाली पत्रकार कार्कीको कोरोना संक्रमणका कारण मृत्यु

     बिर्तामोड / नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण ३४ वर्षको अल्पायुमै निधन भएको छ । गत वैशाख १९ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा कार्कीको उपचार भइरहेको थियो । स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेकामा शनिबार साँझ ८ः०० बजे उनको निधन भएको हो ।झापानिवासी कार्की विगत डेढ दशकदेखि काठमाडौंमा रही पत्रकारितामा सक्रिय थिए । जनता टाइम्स डटकमका सम्पादक कार्की प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य थिए भने सौर्य दैनिकमा सहसम्पादकको जिम्मेवारीसमे

    • प्रकाशित मितिः जेठ २, २०७८
    • २९४ पटक पढिएको
  • लुम्बिनी प्रदेशमा नौ सङ्क्रमितको मृत्यु

    राँझा / लुम्बिनी प्रदेशको बाँके र दाङमा गरी नौ सङ्क्रमितको मृत्यु भएको छ । यीमध्ये सात बाँके र दुई दाङका छन् । बाँकेमा अस्पताल भर्ना भएका थप सात कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ ।बर्दियाका तीन, बाँकेका दुई, रोल्पाका र कैलालीका एक–एक गरी सातको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका–१५ निवासी ६७ वर्षीय पुरुष, मधुवन नगरपालिका–९ बर्दिया निवासी ७१ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका–१ बर्दिया नि

    • प्रकाशित मितिः जेठ २, २०७८
    • १२७ पटक पढिएको
  • अक्सिजन अभावले १८ जनाको मृत्यु भएको मन्त्री ज्ञवालीद्वारा स्विकार (भिडियो सहित)

    बिर्तामोड / कोरोनाको दोस्रो लहरका क्रममा अक्सिजन अभावले सर्वसाधारणको मृत्यु भएको विषयलाई लिएर सरकारी अधिकारीमाथि नागरिक हत्याको अभियोगमा मुद्धा चलाउनु पर्ने माग उठिरहेको समयमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नै अक्सिजन अभावले जनता मर्न थालेको स्विकार गरेका छन् । वरिष्ठ पत्रकार कनकमणि दिक्षितले हिमाल खबर पत्रिकाका लागि लिएको अन्र्तवार्ताका क्रममा मन्त्री ज्ञवालीले अक्सिजन अभावले जनता मर्न थालेको स्विकार गर्दै विर अस्पताल र ट्रमा सेन्टरमा अक्सिजन अभावले १८ जना मरेको समाचारको पुष्टि गरिदिएका हुन् ।नेपालको संविधान ०७२ मा मौलिक हकका रुपमा प्रत्येक नागरिकले स्वास्थ्य सेवा पाउने सुनिश्चितता ग

    • प्रकाशित मितिः जेठ २, २०७८
    • ३१२ पटक पढिएको
  • बिएण्डसीमा कोरोनालाई जितेर घर फर्किनेको दर उच्च

    बिर्तामोड / कोरोनालाई जितेर अस्पतालबाट घर फर्किनेको दर झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उच्च छ । दक्ष स्वास्थ्यकर्मी, आधुनिक भौतिक पूर्वाधार र अत्याधुनिक उपकरणको विशिष्टीकृत सेवा अस्पतालमा रहेकाले जटिल सङ्क्रमितका मृत्युदर अत्यन्त न्यून रहेको जिकिर गरिएको छ । अहिले अस्पतालमा  प्रदेश नं १ र २ सहित ‘हवाई बेड लिफ्ट’ गरी काठमाडौँ, सोलुखुम्बु, ओखलढुङ्गा, पर्सा,  चितवन , कास्की , बाँके, मुगु, डोटी र कैलाली लगायत जिल्लाका सङ्क्रमित उपचाररत छन् । महँगो ‘हवाई  लिफ्ट’ गरी अस्पतालमा २२ जटिल सङ्क्रमितले  सेवा लिइराखेका छन् । पछिल्लो समय काठमाडौंसहित विभिन्न जिल्लामा भेन्टिले

    • प्रकाशित मितिः जेठ २, २०७८
    • ५४६ पटक पढिएको
  • कोरोना प्रभाव : ७ सय ५० भन्दा बढी पत्रकार संक्रमित, १३ को मृत्यु

    बिर्तामोड / कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने पत्रकारको संख्या १३ पुगेको छ । उपचारमा रहेकामध्ये ३ को अवस्था गम्भीर छ । पहिलो लहरमा ६ पत्रकारको मृत्यु भएकोमा दोस्रो लहरमा पनि यही संख्यामा पत्रकारको मृत्यु भएको नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । करिब ७ सय ५० पत्रकार अहिलेसम्म सक्रिमत भइसकेका छन् । यीमध्ये करिब २०० भन्दा बढी पत्रकार अहिले भाइरससँग जुधिरहेका छन् । यसमा काठमाडौं कार्यक्षेत्र बनाउने धेरै छन् । नेपाल पत्रकार महासंघका अनुसार, सक्रमितमध्ये अधिकांश घरमै स्वास्थ्यलाभको प्रयास गरिरहेका छन् । २५ जना भने देशका विभिन्न अस्पतालमा उपचाररत छ

    • प्रकाशित मितिः जेठ २, २०७८
    • १४२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.