स्वास्थ्य

    Showing 2,251-2,260 of 2,402 items.
  • ‘प्राकृतिक जीवनशैली अपनाए कोभिड–१९ बाट बच्न सकिन्छ’

    काठमाडौँ / कोरोना भाइरसजस्ता सङ्क्रमणबाट बच्न जीवनशैलीलाई प्राकृतिक बनाउनुपर्नेमा यस क्षेत्रका विज्ञले जोड दिड दिएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल सांस्कृतिक पत्रकार समाजले आज भर्चुअल माध्यमबाट आयोजना गरेको ‘महामारीमा तनाव व्यवस्थापन, योग, ध्यान र आयुर्वेदबाट समाधान’ विषयक प्रवचन कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय योग र प्राकृतिक चिकित्सा विषय समितिका अध्यक्ष डा हरिप्रसाद पोखरेलले अप्राकृतिक जीवनशैलीकै कारण विश्वभर कोभिड–१९ जस्ता रोग बढेको बताए ।कोभिडको दोस्रो लहरपछि अरु पनि यस्तै रोग आउने भएकाले प्राकृतिक जीवनशैलीमै फर्किएर यसबाट समाधान निकाल्न सकिने उनको भनाइ थि

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 115 पटक पढिएको
  • अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन

    काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राणवायु (अक्सिजन)को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर बढेसँगै अक्सिजन अभाव हुन थालेपछि अस्पताललाई व्यवस्थापन गर्न निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सबै अस्पताललाई पत्रचार गर्दै नयाँ भेरियन्टसहितको सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै जटिल अवस्थाका सङ्क्रमितको उपचारका लागि अक्सिजन आवश्यक पर्ने भएकाले सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । उनले अस्पताललाई खाली सिलिन्डर मौज्दात (होल्ड) नराख्न, आफूसँग भएको स

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 134 पटक पढिएको
  • मलामी गएका एकै गाउँका ३१ जनामा सङ्क्रमण

    जलेश्वर / गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको स्थानीयवासीले बताएका छन् ।बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । मलामीमा गएका ६०÷७० जनामध्ये ४५ जनाले पिसिआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना सङ्क्रमणबाट दुईको मृत्युजिल्लाको जलेश्वर नगरपालिकामा गएराति कोरोना सङ्क्रमणबा

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 109 पटक पढिएको
  • बझाङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

    बझाङ / यहाँ थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला अस्पतालको कोरोना वार्डमा उपचारका क्रममा रहेकी जयपृथ्वी नगरपालिका–३ की ५५ वर्षीया महिलाको ज्यान गएको हो । सात दिनदेखि बिरामी रहेकी महिला आइतबार मात्र जिल्ला अस्पताल भर्ना भएकी थिइन् । अस्पतालमा भर्ना भएपछि उनमा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पतालका डा मिलन खड्काले जानकारी दिए । कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आइतबार राति ११ः०० बजे ज्यान गएको स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।यसैबीच एक अर्का कोरोना सङ्क्रमितको पनि ज्यान गएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि घर जाने क्रममा बीच बा

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 112 पटक पढिएको
  • सेलिब्रेटी देखि उच्चपदस्थहरुमा कोरोना संक्रमणको लहर

    काठमाडौँ / कोरोना महामारीको संक्रमण नेपालमा पनि दैनिक रुपमा नयाँ रेकर्ड राख्दै अघि बढिरहेको छ । छिमेकी राष्ट्र भारतमा कोरोनाको दोस्रो लहरले झनै भयावह रुप लिइरहेको छ । नेपालमा यसको प्रत्यक्ष असर देखिन थालेको छ । महामारीले न ठुलो न सानो व्यक्ति भन्छ । वा न धनी न गरिब । स्वास्थ्य सतर्कतामा हेलचेक्र्याई गरियो भने जो कोहीलाई पनि संक्रमण हुन सक्छ । पछिल्लो समय कोरोना महामारीका कारण सर्वसाधारण, सेलिब्रेटीदेखि उच्चपदस्थहरुमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।यसबीचमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएपछि शाह द

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 116 पटक पढिएको
  • सुदूरपश्चिममा ४३ सङ्क्रमितको मृत्यु

    डोटी / सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएको छ भने आठ दिनको अवधिमा ४३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा कम्तिमा एक हजार २४३ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा १८६ जना निको भएका छन् । निर्देशनालयका अनुसार कैलालीमा १८, कञ्चनपुरमा १८, डडेल्धुरा २, अछामका २, बैतडी १, बझाङ १, दार्चुलाका १ जना सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु भएका धेरैजसोमा कडा खालको निमोनिया रहेको पाइएको स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।यसैगरी भारतबाट रोजगरी गरी घरफर्किएका डोटीका दुईको मृत्यु भएको थियो ।

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 202 पटक पढिएको
  • सरकारले सात हजार शय्या थप गर्ने

    काठमाडौं / सरकारले कोभिड–१९ को सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि करीब सात हजार शय्या थप गर्ने भएको छ । तीमध्ये काठमाडौँ उपत्यकाका छ अस्पतालमा आजैदेखि एक हजार शय्या थप गरी सञ्चालनमा ल्याएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारी र निजी अस्पतालमा थप सात हजार शय्या थप्न थालिएको जानकारी दिनुभयो । शय्या थप गरिएपछि सङ्क्रमितलाई उपचार गर्नका लागि सहज हुने छ ।केही दिनयता लक्षणसहित सङ्क्रमित बढेपछि उपचारका लागि शय्या पाउन समस्या भएको छ । उपत्यकाका सबै अस्पतालमा सङ्क्रमितको उपचारका लागि शय्या भरिपछि थप व्यवस्थापन गर्न थालिएको हो । आज मात्रै सात हजार २११ सङ्क्र

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 169 पटक पढिएको
  • संविधानसभा सदस्य चौधरीको निधन

    गोदावरी / कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ ।   धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको  आज अपराह्न मृत्यु भएको हो ।कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई  शनिबार अस्पताल भर्ना गरिएको थियो ।  कोरोना परीक्षण गराउँदा  रिपोर्ट पोजेटिभ आएको थियो । एक्कासि स्वास्थ्यमा देखिएको गम्भीर समस्याका कारण उनको  निधन भएको श्रीमान् मोतीलालले बताए ।कैलालीको लम्कीचुहा नगरपालिका –६ बागमारा निवासी ४४ वर्षीया चौधरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट २०७० सालको संविधानसभा सदस्य थिइन् ।

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 115 पटक पढिएको
  • दाङमा थप दुईजना सङ्क्रमितको मृत्यु

    दाङ / दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत  थप दुईजना  सङ्क्रमितको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका –९ का ४६ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुष रहेको कोरोना अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिए । तुलसीपुरका पुरुष हिजोदेखि सो अस्पतालमा उपचाररत थिए । उनीको आज दिउँसो  पौने १ बजे मृत्यु भएको हो । त्यस्तै, घोराहीका पुरुष गत वैशाख १२ गतेदेखि अस्पतालको सघन कक्षमा उपचाररत  थिए । उनीको आज बिहान साढे ८ बजे मृत्यु भएको हो । यसैबीच कोरोना अस्पतालमा उपचारत ४० जना कोरोना सङ्क्रमितको ज्यान जोखिममा रहे

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 115 पटक पढिएको
  • वालिङमा ‘जनस्वास्थ्य विपद्’ घोषणा

    वालिङ / स्याङ्जाको वालिङ नगरपालिकाले एक साताका लागि ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा गरेको छ । नयाँ भेरियन्ट कोभिड –१९ को सङ्क्रमण समुदायस्तरमा देखिँदै गएकाले  रोकथाम तथा नियन्त्रणका लागि  सो घोषणा गरिएको हो ।वालिङभित्र सङ्क्रमणको दर बढ्दै गएकाले कोभिड–१९ जोखिम व्यवस्थापन केन्द्रको बैठकले नगरभित्र अत्यावश्यक बाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको नगर प्रवक्ता केदार काफ्लेले बताए । गए राति १२ बजेदेखि लागू हुने गरी यही वैशाख २५ गते राति १२ बजेसम्मका लागि सो घोषणा गरिएको हो । वालिङस्थित गह्रौं प्राथमिक अस्पतालको ¥यापिड रेस्पोन्स टिमले कम्तीमा पनि दुई साताका लागि

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 121 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.