स्वास्थ्य

    Showing २,२९१-२,३०० of २,५०८ items.
  • बिपी प्रतिष्ठानमा सङ्क्रमितको सङ्ख्या बढ्दै

    धरान / बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीको चाप बढेर गएको छ । आज बिहानको तथ्याङ्कअनुसार बिपी प्रतिष्ठानमा ११४ बिरामी भर्ना भएका छन् । यो तथ्याङ्क यही वैशाख १ गते यताको हो । प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलका अनुसार प्रतिष्ठानबाट हालसम्म कोरोना जितेर (पूर्ण रुपमा निका भएर) १२ जना घर फर्केका छन् । एकसठ्ठी जना कोभिड अस्पतालमा उपचाररर्थ रहेका छन् । हालसम्म १८ जनाको ज्यान गएको सहप्रवक्ता पोखरेलले जानकारी दिएका छन् । एक सय श्यया क्षमता भएको प्रतिष्ठानमा निको भएर घर फर्कनेको सङ्ख्या पनि बढेर  गएको छ । दश पूर्ण रुपमा निका भएर घर फर्केका छन् । तेइस आइसियु र

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • १४४ पटक पढिएको
  • ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाउन आग्रह

    काठमाडौँ / शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोभिड–१९  महामारीमा अत्यावश्यक पर्ने अक्सिजन अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको बताएका छन् । बालाजुस्थित जनमैत्री अस्पतालको आज अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले सरकारले अक्सिजनको अभाव हुन नदिन  र  महामारी नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गरिरहेको जानकारी दिए । उनले देशभरका ठूला निजी अस्पताललाई आपत्कालीन रुपमा कोभिड अस्पताल बनाउन आग्रह गर्दै बिरामीको उपचारमा लाग्ने आवश्यक आर्थिक तथा प्राविधिक सहयोग राज्यले गर्ने आश्वासन दिएका छन् । राज्यमन्त्री मानन्धरले अहिलेको विशेष परिस्थितिमा स्वास्थ्य  क्षेत

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • १२२ पटक पढिएको
  • संक्रमितका लागि भनिएका यी औषधि चिकित्सकको परामर्श बिना सेवन नगर्न आग्रह

    बिर्तामोड / कोभिडको दोस्रो लहर नेपालमा फैलिएसँगै यस सम्बन्धी मिथ्या सूचनाहरु सामाजिक सञ्जाल मार्फत फेरि फैलिन थालेका छन् । केही दिन यता विभिन्न औषधिका नाम र तिनका तस्बिर ह्वाट्सएप ग्रुप, म्यासेन्जर र फेसबुक मार्फत शेयर गरिएका छन् । ‘कोभिड ट्याब्लेट’ भन्दै शेयर गरिएको उक्त सूचीमा औषधिहरुको नामका साथै तिनलाई सेवन गर्दा लिने मात्रा पनि उल्लेख गरिएको छ ।सामाजिक सञ्जालमा फैलिएको ‍औषधिको सूची :काठमाडौँको मनमैजुस्थित संयुक्त फार्मेसीका सञ्चालक रमेश लामिछानेका अनुसार त्यस्तो सूची लिएर औषधि खरिद गर्न मानिसहरु उनको पसलमा आउने गरेका छन् । “३–४ दिनमा करिब ६–७ जना व्यक्ति एकै किसिमको औषधिको सूची लिएर आए ।

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • ४१३ पटक पढिएको
  • कोरोना सङ्क्रमणबाट शिक्षण अस्पतालमा नौ जनाको मृत्यु

    मोरङ / कोरोना सङ्क्रमणबाट यहाँका दुई शिक्षण अस्पतालमा आज बिहान चार र गएको १२ घण्टाको अवधिमा पाँच गरी नौ जनाको मृत्यु भएको छ ।सुनसरीको इटहरी उपमहानगरपालिका–४ की ५४ वर्षीया सङ्क्रमित महिलाको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालको कोभिड सेन्टरमा उपचारका क्रममा आज मृत्यु भएको छ । मृतकलाई कोभिड पुष्टि भएपछि यही वैशाख २४ गते उपचारका लागि भर्ना गरिएको अस्पतालका इन्जार्च सुनिल देवले बताए ।धरान उपमहमनगरपालिका –१७ बस्ने  ६६ वर्षीय सङ्क्रमित पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । यसैगरी विराटनगर–१ त्रिवेण

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • १३१ पटक पढिएको
  • बिएण्डसीमा सङ्क्रमितका लागि २०० श्यया सञ्चालन

    बिर्तामोड /  झापा बिर्तामोड स्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आजदेखि २०० श्यया सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका सङ्क्रमितलाई धमाधम बिएण्डसी पु¥याउनेक्रम जारी रहेपछि अस्पतालले श्यया थप गरेको हो ।सङ्क्रमितलाई उपचार गर्न सो सङ्ख्यामा श्यया सञ्चालनमा आएको अस्पतालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ “कोरोनाका बिरामीको चाप अस्पतालमा बृद्धिभएसँगै श्यया थप गरिएको छ । हाम्रो दक्ष जनशक्ति, भौतिक पूर्वाधार तथा आधुनिक उपकरणका क्षमताले भ्याएसम्म बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल प्रतिब

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • ३९४ पटक पढिएको
  • दार्चुलाको गाउँ बस्तीमा बढ्दै सङ्क्रमण

    दार्चुला / तराई क्षेत्रमा मात्र होइन, दार्चुलाको ग्रामीण बस्तीसम्म कोरोनाको सङ्क्रणम फैलिएको पाइएको छ । एक सातायता परीक्षण गरिएका नमूनामध्ये अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यसको असर सर्वसाधारण, जनप्रतिनिधि र कर्मचारीसमेतमा परेको छ ।“रुघाखोकीको लक्षण देखिएका, ज्वरो आउने र टाउको दुख्ने भएका बिरामीको नमूना परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिन थालेका छ”, अपिहिमाल गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीले भने, “गाउँका हरेक बस्तीसम्म सङ्क्रमित भेटिँदैछन् । अहिले गाउँपालिकाका वडा नं १, २, ३, ४ र ५ मा नमूनाका रूपमा एन्टिजेनमार्फत कोरोनाको परीक्षण गरिँदैछ । स्थिति भयावह नै छ, सावधानी

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • १४२ पटक पढिएको
  • झापामा सङ्क्रमण बढेपछि आइसोलेशन निर्माणमा स्थानीय सरकार

    बिर्तामोड / नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि झापाका हरेक स्थानीय तहमा यतिबेला अक्सिजन सहितको आइसोलेशन निर्माण भइरहेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिएको अवस्थालाई मध्यनजर गर्दै हरेक स्थानीय तहले आइसोलेशन कक्ष सञ्चालनको कार्यलाई तीव्रताका साथ अघि बढाएका छन् । कोरोनाका कारण अतिप्रभावित स्थानीयवासीलाई प्राथमिक चरणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय पालिकाले आइसोलेशन सञ्चालन गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएका छन् । सक्रिय सङ्क्रमितका लागि ठूला अस्पतालमा बिरामीको चाप अत्यधिक बढेसँगै उपचार सेवाको

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • २३९ पटक पढिएको
  • मन्त्रालयको सिफारिसमा अक्सिजन ग्यास बिक्री वितरण

    काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयको सिफारिसविना अक्सिजन ग्यासको सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेको छ । मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन सिलिण्डरको अभाव हुन नदिनका लागि ग्यास उत्पादकलाई पत्र लेख्दै मन्त्रालयको सिफारिसविना कुनै पनि सरकारी वा निजी अस्पताललाई अक्सिजन ग्यास सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेको हो । मन्त्रालयको विपद् व्यवस्थापन एकाइ तथा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका महाशाखा प्रमुख डा गुणराज लोहनीले सूचना जारी गर्दै कोभिड–१९ को दोस्रो लहरका कारणले धेरै सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने भएकाले ग्यास उत्पादकलाई म

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • १२९ पटक पढिएको
  • बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

    राँझा / बाँकेका अस्पतालमा उपचाररत थप आठ  सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।उनका अनुसार बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ३० वर्षीया महिला, सोही गाउँपालिका–२ निवासी ६५ वर्षीया महिला, दङ्गीशरण गाउँपालिका–५ दाङ निवासी ८५ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१५ निवासी ७३ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–२ निवासी ५३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । यसैगरी लम्कीचुहा नगरपालिका–१ कैलाली न

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • १२९ पटक पढिएको
  • निषेधाज्ञाभित्र सङ्क्रमण तीव्र

    महोत्तरी / कोभिड–१९ सन्त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीमा सङ्क्रमण तीव्र बढेको छ । यसपालि नयाँ वर्ष २०७८ प्रारम्भ भएयता वैशाख १० गतेदेखि जिल्लामा दोहोरिएर देखिएको सङ्क्रमण जिल्लामा निषेधाज्ञा जारी गरिएयता झनै तीव्ररूपमा बढेको हो ।गत बुधबार बिहानदेखि जारी गरिएको निषेधाज्ञा शनिबारसम्मको अवधिमा ३८६ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । वैशाख २१ गतेसम्म यसपालिको सङ्क्रमित २५४ पुष्टि भएका थिए । जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गरेको यही वैशाख २२ गतेयता शनिबारसम्म ३८६ नयाँ सङ्क्रमित थपिएर ६३६ पुगेको कार्यालयका कोभिड–१९ व्यवस्थापन स्रोत व्यक्ति प्रत

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • १३० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.