स्वास्थ्य

    Showing २,३११-२,३२० of २,५०८ items.
  • तिब्बत सरकारसँग कोभिड नियन्त्रणका लागि सहयोग माग

    फुङ्लिङ / कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि ताप्लेजुङले डिङ्जे काउन्टी तिब्बत सरकारसँग आज सहयोग माग गरेको छ ।  तीव्र रुपमा कोभिड–१९ फैलँदै गएपछि नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग माग गरिएको हो । ताप्लेजुङले डिङ्जे काउन्टी तिब्बत सरकारसँग डिस्पोजेबल मेडिकल मास्क २९ हजार थान, एन्टिना टेस्ट किट पाँच हजार थान,  एन–९५ मास्क एक हजार थान, पिपीई सेट दुई हजार थान, थर्मल गन २०० थान, अक्सिजन सिलिन्डर १०० लगायत ११ प्रकारका अतिआवश्यक स्वास्थ्य सामग्री सहयोग माग गरिएको मागपत्रमा उल्लेख गरिएको छ । दैनिक रुपमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणका लागि अतिआवश्यक स्वास्थ्य सामग

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • १२४ पटक पढिएको
  • घरघरै औषधि र अक्सिजन पुरयाउँदै मेचीनगर

    मेचिनगर / मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा कोरोना सङ्क्रमितलाई औषधि र अक्सिजन सिलिन्डर आवश्यकता अनुसार घरमै पुरयाउने व्यवस्था मिलाएको छ ।वडा नं. ११ धाइजनमा ३० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको र होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई चिकित्सक टोलीले घरै पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए ।“होम आइसोलेसनमा कुनै असुविधा भोग्नु पर्नेछैन”, ओझाले भने, “जुनसुकै समयमा हामी औषधि र सिलिन्डर बोकेर होम आइसोलेसनमा पुग्नेछौं ।” नगरपालिकाले सय वटा हाते अक्सिजन प्याक (डिस्पोजेबल) र ३० वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरेको छ । नगरभित्रका एम्बुले

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • १५७ पटक पढिएको
  • विर्तामोडमा ‘टेम्पो एम्बुलेन्स’ सेवा प्रारम्भ

    बिर्तामोड / झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ । कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान  सहयोग गर्छन् ।यसका लागि चार वटा टेम्पो जिल्ला टाफिक प्रहरी कार्यालय विर्तामोडमा तयारी अवस्थामा राखिएको छ । नगरपालिका क्षेत्रको कुनै पनि स्थानबाट बिरामीलाई नजिकको अस्पताल पुरयाउनु परेमा टेम्पो एम्बुलेन्सले तुरुन्त सेवा दिने नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत देवराज कार्कीले बताए ।  नगरपालिका क्षेत्रमा बीएन्डसी, विर्ता सिटी, मनमोहन सामुदायिक, कनकाई, कञ्चनजंघा र अञ्जलि हस्पिटल सञ्चालित छन् ।

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • १३८ पटक पढिएको
  • क्लोथ बैङ्कद्वारा घरमै बिरामीको परीक्षण

    जनकपुरधाम / जनकपुरधाममा ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएपछि क्लोथ बैङ्क जनकपुरधामले घर—घरमै परीक्षण कार्य शुरू गरेको छ । सोका लागि बैङ्कद्वारा बिरामीको घरमै पुगेर परीक्षण गर्नका लागि  एक जना सहायक चिकित्सक परिचालन गरिएको जनाइएको छ । बैङ्कका अध्यक्ष राजीव झाका अनुसार सहायक चिकित्सकले घरमै गई अक्सिजन लेवल , ज्वरो जाँच्नुका साथै आवश्यक परे अक्सिजन जडानसमेत गर्नेछन् । सो बैङ्कद्वारा सञ्चालित होम आइसोलेसन तथा अक्सिजन बैङ्कको अभियानमा कोरोनाबाट सङ्क्रमण भएकाको सङ्ख्या ५० पुगेको छ भने बैङ्कले २७ जना बिरामीलाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको बताइएको छ । 

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • १२७ पटक पढिएको
  • चितवनमा ८६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित

    चितवन / जिल्लमा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुन थालेका छन् । कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा २२, चितवन मेडीकल कलेजमा २२, पुरानो मेडीकल कलेजमा १९, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका १६ जना रहेका छन् । यस्तै बघौडा अस्पताल माडी, राप्ती अस्पताल भण्डारा, बकुलहर अस्पताल रत्ननगर, कालिका नगर अस्पताल लगायतका अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी ७ जना सङ्क्रमित भए

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • १२८ पटक पढिएको
  • कोरोना अपडेट : २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण, ५० जनाको मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ९ हजार १९६ जना संक्रमित पुष्टि भएका हुन्।१९ हजार ९८७ जनाको पिसिआर परीक्षणमा ९ हजार २३ जनामा पोजिटिभ र ४९५ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा १७३ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये हाल ७८ हजार ६२९ जना सक्रिय संक्रमित छन्। हाल ३८० जना संक्रमित क्वारेन्टा्रइनमा छन्। गत २४ घण्टामा २ हजार ९०५ जना उपचारपछि डिस्चार्ज भएका छन्।पछिल्लो २४ घण्टामा ५० जना संक्रमितको मृत्यु भएको छ।

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • १६५ पटक पढिएको
  • औषधिका नाममा लुट : नक्कली ‘रेमडिसिभर’ सहित दुई पक्राउ (भिडियो सहित)

    मोरङ / कोरोनाको महामारी फैलिएपछि उपचारमा अति आवस्यक मानिएको ‘रेमडिसिभर’ इन्जेक्सनको कालोबजारीसँगै नक्कली औषधिको बिक्री सुरु भएको खुलासा भएको छ । एक नम्वर प्रदेशको राजधानी विराटनगरमा नक्कली  ‘रेमडिसिभर’ को कारोवारमा संलग्नलाई प्रहरीले पक्राउ गरेपछि यो कुराको खुलासा भएको हो । हेपटाइटिस भाईरस संक्रमणमा प्रयोग भएको  ‘रेमडिसिभर’ कोरोना संक्रमणका विरामीलाई समेत प्रयोग गर्ने गरीएको छ ।कोरोनाका विरामीको उपचार भईरहेका अस्पताल आसपासको क्षेत्रमा फार्मेसीबाटै नक्कली  ‘रेमडिसिभर’ औषधि चर्को मुल्यमा बेचबिखन गर्दै गरेको अवस्थामा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।विराटनगरको नोवेल मे

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • ३३० पटक पढिएको
  • भेन्टिलेटरको चरम अभाव : पुर्याइयो एकैदिन दुई सङ्क्रमितलाई बिएण्डसी

    झापा / झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज एकैदिन देशका विभिन्न स्थानबाट  कोभिड–१९ का दुई जटिल बिरामीलाई थप उपचारार्थ  पुर्याइएको छ । भेन्टिलेटर सहित आइसियूको चरम अभाव भएपछि  दाङ र पर्साका सङ्क्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी  बिएण्डसी अस्पतालमा लगिएको हो  । काठमाडौँको एक नीजि अस्पतालमा उपचाररत सङ्क्रमितलाई पनि बिएण्डसी लैजाने तयारी भइरहेको बताइएको छ  ।  उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष स्वास्थ्यकर्मी  तथा अन्तरराष्ट्रिय गुणस्तरको मापदण्ड अनुसारका प्रयोगशाला भएकाले सो अस्पताल अब्बल  दाबि गरिएको छ । अस्पतालमा कोरोनाका  जटिल बिरामीलाई थप उप

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • १,०९१ पटक पढिएको
  • भारतमा एकै दिन चार लाख बढी संक्रमित, झण्डै चार हजारको मृत्यु

    बिर्तामोड / कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख १४ हजार नयाँ सङ्क्रमित फेला परेका छन् । भारतमा यो सहित कूल संक्रमितको संख्या दुई करोड १५ लाख पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा थप तीन हजार ९१५ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । यो सहित भारतमा कोभिडको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या दुई लाख ३४ हजार पुगेको हो । हाल विश्वमै कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या संयुक्तराज्य अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा छ । संयुक्तराज्य अमेरिकामा पा

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • १२३ पटक पढिएको
  • कोभिड –१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

    बिर्तामोड / नेपालमा कोभिड –१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड –१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक सञ्जालमा सिकिस्त संक्रमितका आफन्तले यस महामारी विरुद्धका विभिन्नखाले औषधि र उपचार विधिका लागि आग्रह र त्यसबारे जिज्ञासा राख्दै पोस्ट गरेका छन् । यसै सन्दर्भमा कोभिड –१९ संक्रमितका लागि प्रभावकारी हुने भन्ने दाबी गरिएका दुई उपचार विधि र एक औषधिबारे यो जानकारीमुलक सामग्री तयार पारिएको छ ।के रेम्डेसिभिर प्रभावकारी हुनसक्छ ?रेम्डेसिभिर एउटा एन्टी भाइरल प्रयोगात्मक औषधि हो । अमेरिकाको नेसनल इन्स्टीच्युट अफ हेल्थ (एनआईएच) का अनुसार यो एक दशक पहिले

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • १७२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.