स्वास्थ्य

    Showing २,३५१-२,३६० of २,५०८ items.
  • कोरोना सङ्क्रमण फैलिएपछि गर्भवती महिला तनाबमा

    ­टीकापुर / कोरोना भाइरस सङ्क्रमणको दोस्रो भेरियन्टको सङ्क्रमण तीब्ररुपमा फैलिएपछि गर्भवती तथा सुत्केरी बढी तनाबमा देखिएका छन् । कोरोना सङ्क्रमण भइहालेमा घरमै आइसोलेशनमा बस्नेदेखि अस्पतालमा भर्ना हुने अवस्थाका अन्य व्यक्तिलाई भन्दा गर्भवती तथा सुत्केरीका लागि बढी जोखिम हुने हुँदा उनीहरु बढी नै चिन्तित बनेका हुन् । टीकापुरकी रमिला चौधरीको यही वैशाख २८ गतेको सुत्केरी हुने मिति अस्पतालले दिएको छ । टीकापुर अस्पतालमा नियमित गर्भ परीक्षण गरिरहेकी रमिला सुत्केरी हुने मिति नजिकिदै गर्दा निकै चिन्तामा परेकी छन् । जागिरे रमिलालाई कार्यालयले कोरोना सङ्क्रमण बढेपछि बिदा मिलाइदिएको छ तर उनलाई अस्पतालसम

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • १२६ पटक पढिएको
  • न्याय परिषद्का सदस्य निरालाको निधन

    काठमाडौँ / न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ । पूर्व महान्यायाधविक्ता समेत रहिसकेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो । कोरोना सङ्क्रमणकै कारण उनको निधन भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।जनकपुरमा जन्म भई काठमाडौँको गौरीघाट निवासी खड्काको कानून र न्यायका क्षेत्रमा ठूलो योगदान रहेको छ । सोही योगदानकै कारण कानून व्यवसायीका तर्फबाट उनी २०७६ पुसमा न्याय परिषद् भएका थिए ।

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • १३० पटक पढिएको
  • छोटे राजा बन्न थाले जनप्रतिनिधी : पाँच घण्टासम्म एम्बुलेन्स नपाउँदा कोरोना संक्रमितको मृत्यु

    बिर्तामोड / लाखौं मूल्यका सवारी साधन चढेर हिड्ने जनप्रतिनिधिले समयमा नै सवारीसाधन घण्टौं उपलब्ध नगराईदिदा नवलपरासीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १३ दलदलेका ६५ वर्षिय चिन प्रसाद काफ्लेको एम्बुलेन्स नपाएरै मृत्यु भएको छ । काफ्ले परिवारले नगरपालिकामा खबर गरेर घण्टौ कुर्दा पनि नगरपालिकाले अस्पताल सम्म लान सवारीसाधन नदिंदा विरामीको मृत्यु भएको हो ।विरामीका परिवारका सदस्यले घण्टौ कुर्दा समेत एम्बुलेन्स नपाएपछि काफ्लेको मृत्यु भएको जानकारी गराएका छन् । उनीहरुले मोटरसाईकलमा अस्पताल लान खोज्दा एम्बुलेन्स आउँछ भन्दै घण्टौ सम्म कुराएर अन्तिम अवस्थामा ट्याक्

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • २७८ पटक पढिएको
  • सेती प्रादेशिक अस्पतालमा थप छ जनाको कोरोनाबाट मृत्यु

    धनगढी / कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ जना कोरोना सङ्क्रमितको  मृत्यु भएको छ ।  पछिल्लो पटक मृत्यु हुनेमा  धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया र वडा नं १३ का २२ वर्षीय  छन् । महिलाको आज बिहान साढे २ बजे र पुरुषको सोमबार राति साढे ११ बजेको समय मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । यसैगरी दार्चुला, मालिकार्जुन गाउँंपालिका –८ का ६६ वर्षीय पुरुषको पनि एन्टिजेनबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ आएकामा अस्पतालको आकस्मिक कक्षमा सोमबार राति ९ बजेका समयमा मृत्यु भएको छ । यस्तै कञ्चनपुर, भीमदत्त नगरपाल

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • १२४ पटक पढिएको
  • कांग्रेस नेता भण्डारी अस्पताल भर्ना

    काठमाडौँ / नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका हुन् । तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्किएका  भण्डारीको  वैशाख १८ गते स्वाव परीक्षण गर्दा भण्डारीसहित श्रीमती र छोरालाई कोरोना सङ्क्रमण देखिएको थियो । पूर्वमन्त्री भण्डारीकी श्रीमती र छोरा भने होम आइसोलेशनमै छन् । 

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • ११८ पटक पढिएको
  • असावधानीले दुर्गम गाउँमा कोरोना सङ्क्रमण

    पाँचथर / जिल्लाको सदरमुकाम फिदिमबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको याङवरक गाउँपालिका–१ च्याङथापूमा सोमबार आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भयो । यो सुदूर गाउँमा एक वृद्धको चौरासीको पूजामा झापामा रहेका आफन्तलाई निम्ता गरिएको थियो । निम्ता मान्न आएका आफन्तसँगको सम्पर्कले उक्त गाउँमा सङ्क्रमण फैलिएको पाइएको हो । वैशाख ११ गते यहाँका एक वृद्धको चौरासीको पूजाका लागि झापाबाट वृद्धका दुई आफन्त साविक च्याङथापू गाविस–१ नाम्रेक आएका थिए ।याङवरक गाउँपालिका–१ का वडाध्यक्ष मोहनकुमार ढुङ्गेलका अनुसार चौरासीको पूजा सबैले खुशीसाथ मनाए । भोलिपल्टबाट आ–आफ्नो बाटो लाग्न थाले । यहाँ पूजाको आयोजना गरे

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • १३१ पटक पढिएको
  • ‘प्राकृतिक जीवनशैली अपनाए कोभिड–१९ बाट बच्न सकिन्छ’

    काठमाडौँ / कोरोना भाइरसजस्ता सङ्क्रमणबाट बच्न जीवनशैलीलाई प्राकृतिक बनाउनुपर्नेमा यस क्षेत्रका विज्ञले जोड दिड दिएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल सांस्कृतिक पत्रकार समाजले आज भर्चुअल माध्यमबाट आयोजना गरेको ‘महामारीमा तनाव व्यवस्थापन, योग, ध्यान र आयुर्वेदबाट समाधान’ विषयक प्रवचन कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय योग र प्राकृतिक चिकित्सा विषय समितिका अध्यक्ष डा हरिप्रसाद पोखरेलले अप्राकृतिक जीवनशैलीकै कारण विश्वभर कोभिड–१९ जस्ता रोग बढेको बताए ।कोभिडको दोस्रो लहरपछि अरु पनि यस्तै रोग आउने भएकाले प्राकृतिक जीवनशैलीमै फर्किएर यसबाट समाधान निकाल्न सकिने उनको भनाइ थि

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • १२५ पटक पढिएको
  • अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन

    काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राणवायु (अक्सिजन)को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर बढेसँगै अक्सिजन अभाव हुन थालेपछि अस्पताललाई व्यवस्थापन गर्न निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सबै अस्पताललाई पत्रचार गर्दै नयाँ भेरियन्टसहितको सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै जटिल अवस्थाका सङ्क्रमितको उपचारका लागि अक्सिजन आवश्यक पर्ने भएकाले सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । उनले अस्पताललाई खाली सिलिन्डर मौज्दात (होल्ड) नराख्न, आफूसँग भएको स

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • १४६ पटक पढिएको
  • मलामी गएका एकै गाउँका ३१ जनामा सङ्क्रमण

    जलेश्वर / गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको स्थानीयवासीले बताएका छन् ।बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । मलामीमा गएका ६०÷७० जनामध्ये ४५ जनाले पिसिआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना सङ्क्रमणबाट दुईको मृत्युजिल्लाको जलेश्वर नगरपालिकामा गएराति कोरोना सङ्क्रमणबा

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • ११८ पटक पढिएको
  • बझाङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

    बझाङ / यहाँ थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला अस्पतालको कोरोना वार्डमा उपचारका क्रममा रहेकी जयपृथ्वी नगरपालिका–३ की ५५ वर्षीया महिलाको ज्यान गएको हो । सात दिनदेखि बिरामी रहेकी महिला आइतबार मात्र जिल्ला अस्पताल भर्ना भएकी थिइन् । अस्पतालमा भर्ना भएपछि उनमा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पतालका डा मिलन खड्काले जानकारी दिए । कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आइतबार राति ११ः०० बजे ज्यान गएको स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।यसैबीच एक अर्का कोरोना सङ्क्रमितको पनि ज्यान गएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि घर जाने क्रममा बीच बा

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • १२८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.