स्वास्थ्य

    Showing 471-480 of 2,148 items.
  • स्वास्थ्य मन्त्रालयले फागुन महिनाभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने

    काठमाडौं । निरोधात्मक विधिबाट रोगहरुबिरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एक महिने परीक्षण अभियान थाल्दैछ ।गत महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत मंसिर १६ गते निर्देशिका स्वीकृत गरेका थिए । यसलगत्तै मन्त्रालयले फागुन १ गतेबाट परीक्षण अघि बढाउने कार्यक्रम अघि बढाएको हो ।‘हामीले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजना अन्र्तगत अभियान थालिएको हो,’ मन्

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • 235 पटक पढिएको
  • आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन

    काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयले नेपालले दक्षिणपूर्व एसिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषमा योगदान गरेकामा धन्यवाद ज्ञापन गरेको छ । कार्यालयले आज जारी गरेको विज्ञप्तिमा कोषमा नेपालले रु १५ लाख (करिब ११ हजार अमेरिकी डलर) योगदान गरेकामा नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई धन्यवाद ज्ञापन गरेको हो । डब्लुएचओका सदस्य राष्ट्रहरूलाई स्वास्थ्य आपत्कालीन अवस्थाका लागि तयारी र प्रभावकारी प्रतिकार्यका लागि सहयोग गर्ने उद्देश्यका साथ कोष स्थापना भएको हो ।थाइल्याण्ड, भारत र टिमोर–लेस्टेपछि कोषमा योगदान गर्ने नेपाल चौथो राष्ट्र हो

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 226 पटक पढिएको
  • ‘निःशुल्क उपचारको दुरूपयोग हुन नदिनुहोला’

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालको बर्न वार्डमा जलनपीडितहरूको उपचार अवस्थाबारे जानकारी लिएका छन् । उनले काठमाडौँ–२८ कमलपोखरीस्थित एक मःमः आउटलेटमा आगलागी हुँदा जलेर घाइते भएका बिरामीको उपचार अवस्थाबारे आज जानकारी लिएका हुन् ।मन्त्री पौडेलले अस्पतालका अधिकारीहरूसँग निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिनुपर्नेमा जोड दिए । ‘सरकारले आर्थिक अभावमा कोही पनि जलन प्रभावितले उपचार नपाउने अवस्था रोक्न हामीले नसक्नेलाई निःशुल्क उपचार व्यवस्था गरेका हौँ’, मन्त्री पौडेलले भने, ‘सुविधाको सदुपयोग भएको निश्चित गर्नुहोला, दुरूपयोग हुन नदिनुहोला ।’मन्त्री पौडेलले

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 304 पटक पढिएको
  • विपन्नका लागि वडाले ल्यायो ‘जनता औषधि कार्यक्रम’

    झापा । स्वास्थ्य बिमामा नसमेटिएकाका लागि औषधिमा सहुलियत पुर्याउने उद्देश्यले अर्जुनधारा नगरपालिका–३ ले सञ्चालन गरेको ‘जनता औषधि कार्यक्रम’ विपन्न समुदायका लागि बरदान सावित भएको छ ।आर्थिक वर्ष २०८०÷८१ को पुसबाट सुरु भएको सो कार्यक्रमबाट लाभान्वित हुनेको सङ्ख्या २८ हजार नाघेको वडाध्यक्ष सीताराम भट्टराईले बताए । ‘सरकारको स्वास्थ्य बिमा कार्यक्रममा सबै परिवार जोडिएका हुँदैनन्’, वडाध्यक्ष भट्टराईले कार्यक्रमबारे जानकारी दिँदै भने, ‘हामीले सुरु गरेको जनता औषधि कार्यक्रमबाट बिमामा जोडिएका र नजोडिएका सबै नागरिकले सहुलियत प्राप्त गर्नुहुन्छ ।’वडामा रहेको खुदुनाबारी स्वास्थ्य चौकीमार्फत यो कार्यक्रम सञ्

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 275 पटक पढिएको
  • दोगडाकेदारमा आधारभूत अस्पताल निर्माण अन्तिम चरणमा

    बैतडी । दोगडाकेदार गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । दोगडाकेदार–६ सित्तडमा निर्माण भइरहेको अस्पताल निर्माणको काम ९० प्रतिशत पूरा भएको र अन्तिम चरणमा पुगेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए ।स्वास्थ्य  तथा जनसङ्ख्या मन्त्रालयबाट १० शय्याको अस्पताल निर्माणका लागि आवश्यक बजेट र कार्यक्रम प्राप्त भएअनुसार २०७८ सालको जेठ ३ मा अस्पताल निर्माणको ठेक्का सम्झौता भएको थियो । अब यो कार्य अन्तिम चरणमा पुगेको छ । यस वर्षको अन्तिमसम्म यसलाई पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको स्वास्थ्य शाखा प्रमुख नाथले बताए ।अस्पताल

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 208 पटक पढिएको
  • ‘एचपीभी’ खोप ढुक्कसँग लगाउनुहोस् यसले असर गर्दैन’

    लेखनाथ (कास्की) । कास्कीको अन्नपूर्ण गाउँपालिका–२ स्थित माछापुच्छ«े माविमा कक्षा ८ मा अध्ययनरत छात्रा सजिना विकलाई (पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी खोपं) लगाउँदा कुनै समस्या हुने हो कि भन्ने डर मनभित्र थियो तर खोप लगाएपछि त्यो डरपूर्ण रूपमा हट्यो । छात्रा विकले अन्य साथीलाई पनि ढुक्कसँग खोप लगाउन सल्लाह दिँदै हिँडिन् । माछापुच्छ«े माविमा सजिनासँगै अध्ययनरत अन्य छात्रा खोप लगाउनु अगाडि डराइरहेका थिए । त्यसो त उक्त विद्यालयका छात्रालाई खोप लगाउन खटिएकी स्वास्थ्यकर्मी एक माया आचार्यले  छात्रालाई सम्झाइ राखेकी थिइन्, खोप लगाउँदा कमिलाले टोके जति नै दुख्दैन, ढुक्कसँग लगाउनुहोस्

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 279 पटक पढिएको
  • करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए

    काठमाडौँ । सरकारले सञ्चालन गरेको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करिब ४० प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार खोप सञ्चालन भएको तेस्रो दिन अर्थात् माघ २४ सम्म ३९ दशमलव ४६ प्रतिशत किशोरीले खोप लगाएका छन् जसअनुसार १६ लाख ८८ हजार ७६८ जनाले किशोरीले खोप लगाएका हुन् । ‘खोप अभियान उत्साजनक रूपमा चलिरहेको छ । लक्ष्यअनुसार नै सबै किशोरीलाई खोप लगाउँछौँ’, उनले भने ।गौतमका अनसार कोशीमा ३८ दशमलव ७, मधेशमा १९ दशमलव ९,   बागमतीमा ४१ दशमलव ६, गण्डकीमा ४५ दशमलव २, लुम्बिनीमा ४९ दशमलव ७, कर्णालीमा ३७

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 291 पटक पढिएको
  • निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

    काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसअघि सम्बन्धित पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा (मासिक रु ४८ हजार ७००) कायम गर्नुपर्ने निर्णय भएको हो । अन्य  विषयमा थप छलफल गरी छिट्टै आयोगको बैठकबाट निर्णय लिने निष्कर्ष निकालिएको छ ।बैठकले सम्बन्धित कलेजमा २ वर्ष अध्ययन र कामकोे सम्झौता गर्न नम

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 291 पटक पढिएको
  • सूर्तीजन्य पदार्थको बट्टामा घातक चित्र छाप्नुपर्ने निर्देशिका स्वीकृत

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका २०८१’ स्वीकृत गरेको छ ।मन्त्रालयले उक्त निर्देशिका स्वीकृत गर्दै चेतावनीमूलक सन्देश र घातक रङ्गीन चित्र नभएका सूर्तीजन्य पदार्थ उत्पादन, दरिखबिक्री गर्न नपाउने जनाएको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्देशिका स्वीकृत गर्दै आगामी भदौ १ गतेदेखि सूर्तीजन्य पदार्थको बट्टामा अनिवार्य रूपमा सतप्रतिशत घातक चित्र छाप्नुपर्ने नियम कार्यान्वयनमा आएको बताउँदै सबैले उक्त नियम पालन गर्न÷गराउन समन्वय ग

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 367 पटक पढिएको
  • बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण

    काठमाडौँ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार यही माघ ८ गतेको मन्त्रिस्तरीय निर्णयले विभिन्न मापदण्डलाई आधार मानेर भाडादर निर्धारण गरिएको हो । मन्त्रालयले १३ वटै जिल्लाका एम्बुलेन्स व्यवस्थापन समितिलाई हालै पत्राचार गर्दै यसका बारेमा जानकारी समेत गराइसकेको छ । एक्बुलेन्स सेवामा ‘भुगोल फ्ल्याग’ दूरी एकदेखि पाँच किलोमिटरसम्म मानेर त्यसको भाडादर रु ३०० देखि ५०० सम्म राखी जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले लागू गर्ने र गराउने पत्रमा उल्लेख छ । तराई र पहाडी स्थानका पिच, ग्राभेल र कच्ची सडकमा दररेट कायम

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 300 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा