स्वास्थ्य

    Showing ५११-५२० of २,५०८ items.
  • काठमाडौं महानगरद्वारा साना होटेल रेष्टुरेण्ट व्यवसायमा अनुगमन, सुधारका लागि निर्देशन

    काठमाडौं— काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले नयाँ वानेश्वर क्षेत्रमा रहेका साना होटेल तथा रेष्टुरेण्ट व्यवसायमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश व्यवसाय मापदण्ड विपरीत सञ्चालनमा रहेका थिए । अनुगमन व्यवसायीलाई तर्साउने उद्देश्यले नभई, स्वच्छ र जिम्मेवार व्यवसाय सञ्चालनका लागि हौसला दिने उद्देश्यले गरिएको बताइएको छ । अटेर गरेमा भने कानुनबमोजिम कारवाही गर्ने महानगरले चेतावनी दिएको छ । विशेषगरी भान्छाको सरसफाइमा पूर्ण बेवास्ता गरिएको पाइएको छ ।काठमाडौं महानगरपालिका कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख नुरनिधि न्यौपानेका अनुसार संक्र

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • ८२७ पटक पढिएको
  • रामेछापमा मानसिक समस्याबाट पीडित युवकको उद्धार, उपचारका लागि काठमाडौं पठाइयो

    रामेछाप । मानसिक समस्याका कारण एक महिनादेखि कोठामा थुनिएका रामेछापको खाँडादेवी गाउँपालिका–२, चुल्ठेपानीका २३ वर्षीय दिनेश बुढाथोकीको मङ्गलबार उद्धार गरिएको छ ।मानव सेवा आश्रम, काठमाडौंबाट आएको टोलीले स्थानीय पालिका र वडा कार्यालयको सहयोगमा बुढाथोकीलाई उद्धार गरी उपचारका लागि काठमाडौँ लगेको हो । बुढाथोकीको मानसिक समस्या नियन्त्रण भन्दा बाहिर पुगेपछि परिवारले सुरक्षाका दृष्टिले उनलाई फलामको बार लगाइएको कोठामा थुनेर राख्न बाध्य भएको थियो ।खाँडादेवी गाउँपालिका–२ का वडा अध्यक्ष केशवकुमार प्रधानका अनुसार दिनेश विगत एक महिनादेखि त्यही कोठामा बन्द अवस्थामा थिए । ‘उनी मानसिक समस्याबाट पीडित थिए र परिवा

    • प्रकाशित मितिः असोज २९, २०८२
    • ४६२ पटक पढिएको
  • मन्थलीमा हरेक सोमबार निःशुल्क पूर्ण शरीर स्वास्थ्य परीक्षण सेवा सञ्चालन

    रामेछाप । रामेछापको मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा हरेक सोमबार निःशुल्क होलबडी चेकअप (पूर्ण शरीर स्वास्थ्य परीक्षण) कार्यक्रम सञ्चालन हुने गरेको छ । वाग्मती प्रदेश सरकारको ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ अन्तर्गत सञ्चालित यो सेवा प्रदेश स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकतामा परेको चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीले जानकारी दिए ।उनका अनुसार सोमबारको निःशुल्क स्वास्थ्य परीक्षणमा ल्याब सेवा, चिकित्सक परामर्श र आवश्यक औषधि वितरणसम्मका सबै सेवा निःशुल्क पाउने व्यवस्था गरिएको छ । ‘प्रत्येक सोमबार बिहान स्वास्थ्यकर्मीहरूको टोलीले सम्पूर्ण शरीरको जाँच गर्छ

    • प्रकाशित मितिः असोज २९, २०८२
    • २८६ पटक पढिएको
  • लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका

    काठमाडौं । विपन्न, असहाय र वेवारिसेले निःशुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ । यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. र अस्पतालका निर्देशक प्रा. डा. दिलिप शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अस्पतालले सहजीकरण कक्षका लागि स्थान उपलब्ध गराउनेछ । कक्षमा नर्सिङ् विषय अध्ययन गरेका ३ जना जनशक्ति करार सेवामा राख्नेछ । यसरी राखिएका जनशक्तिको पारिश्रमिक महानगरपालिकाले उपलब्ध गराउनेछ ।त्यस कक्षबाट महानगरपालिकाको फ्री हेल्थ डट काठमाडौं डट जीओभी डट एनपी अनलाइ

    • प्रकाशित मितिः असोज २८, २०८२
    • ४६९ पटक पढिएको
  • बिरामी राउटेहरूको अवस्था गम्भीर, उपचार नमान्दा जोखिम उच्च

    सुर्खेत— फिरन्त जीवन जिउँदै आएका लोपोन्मुख राउटे समुदायका अधिकांश व्यक्ति बिरामी परेका छन् । लेकबेशी नगरपालिका–८ मा बस्दै आएका राउटे समुदायमा पछिल्लो एक हप्तामा २५ जना बिरामी छन् । अस्पतालमा गएर उपचार गर्न नमान्ने राउटे समुदामा बिरामीको संख्या बढ्दै गएपछि समस्या देखिएको छ । सुरुमा दुई जना बिरामीबाट सुरु भएको संक्रमण २५ जनामा फैलिएको राउटेकी उपचारमा खटिएका स्वास्थ्यकर्मी अनुजा पन्तले बताइन् । बस्तीमा बिरामी पर्ने राउटेको संख्या दिनहुँ बढ्दै गएको उनको भनाइ छ ।बिरामीहरुलाई अत्यधिक ज्वरो आउने, खाना नखाने तथा आलस्य बढ्ने भए पछि बिरामी राउटेहरु थला परेका छन् । डेंगुलगायतका अन्य स्वास्थ्य परिक्ष

    • प्रकाशित मितिः असोज २८, २०८२
    • ६५२ पटक पढिएको
  • आठदिने शिविरबाट एक हजार ३७५ लाभान्वित

    बागलुङ— जिल्लाको जैमिनी नगरपालिकामा अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जैमिनी नगरपालिकाको स्थानीय व्यवस्थापन, रोटरी क्लब अफ पोखरा फिस्टेलको आर्थिक व्यवस्थापनमा असोज १९ गतेदेखि थालिएको आठदिने शिविरमा एक हजार ३७५ जना लाभान्वित भएका छन् । आँखाको शल्यक्रियासहित  जैमिनीमा शिविर आयोजना गरिएको हो ।शिविरमा आँखा र स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षणसँगै आँखाको शल्यक्र्रिया र स्त्रीरोगमा भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो । असोज १९ देखि २२ गतेसम्म जैमिनी नगरपालिकाको दुर्गम गाउँमा पुगेर बिरामीको परीक्षण तथा आँखाका जटिल बिरामीको सिफारिस गरिएकामा असोज २३ गतेदेखि चार दिनसम्म जैमिनी

    • प्रकाशित मितिः असोज २८, २०८२
    • ७४८ पटक पढिएको
  • मनमोहन ट्रान्सप्लान्ट सेन्टरले अस्थायी दरबन्दीमा १५ जना स्टाफ नर्स माग्यो

    काठमाडौं— महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अस्थायी दरबन्दीमा नियुक्त गर्नेगरि १५ जना स्टाफ नर्स माग गरेको छ। त्रिवि चिकित्सासात्र अध्ययन संस्थान अन्तर्गतको ट्रान्सप्लान्ट सेन्टरले आज सूचना जारी गर्दै आन्तरिक स्रोतबाट तलब भत्ता दिनेगरि करार सेवामा स्टाफ नर्स माग गरेको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी कात्तिक १० गतेसम्म निवेदन दिन सक्नेछन्। १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका उम्मेदवारले दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ। 

    • प्रकाशित मितिः असोज २७, २०८२
    • ७१४ पटक पढिएको
  • अस्पताल भर्ना भएका राष्ट्रपति डिस्चार्ज

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार शनिबार अस्पतालमा भर्ना भएका पौडेलको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज भएका हुन्।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ७३७ पटक पढिएको
  • राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि आज उहाँको त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचार भइरहेको छ ।सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलका अनुसार हाल राष्ट्रपति पौडेलेको स्वास्थ्य परीक्षण भइरहेको र अवस्था सामान्य रहेको उनले जान्कारि दिए।

    • प्रकाशित मितिः असोज २५, २०८२
    • ४७१ पटक पढिएको
  • दर्ता नभएका पशुका औषधिहरू आयात गरेको आरोपमा एक पक्राउ

    काठमाडौं— कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिका सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ परेकी छन् । भन्सार शुल्क लाग्ने गरी आयात गर्न दिइएको सिफारिस पत्र कीर्ते गरेर दर्ता नै नभएका पशुका औषधिहरू आयात गरेको कसुरमा उनलाई पक्राउ गरिएको हो ।शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई शुक्रबार काठमाडौंको शंखमुलबाट पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ ।उक्त कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । जस अनुसार, जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

    • प्रकाशित मितिः असोज २५, २०८२
    • ७३४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.