स्वास्थ्य

    Showing 641-650 of 2,151 items.
  • बिहान खाली पेटमा दही खादा पेट सम्बन्धी समस्या हट्छ

    कोशी  ।   दहीको सेवन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर हरेक बिहान खाली पेटमा दही खाँदा स्वास्थ्यमा धेरै फाइदा हुन्छ । दहीमा धेरै पोषक तत्वहरू पाइन्छ, जसले स्वास्थ्य समस्याहरू हटाउन मद्दत गर्छ । यसमा भिटामिन सी र क्याल्सियम पनि प्रशस्त हुन्छ । दहीमा राम्रो ब्याक्टेरिया पाइन्छ । त्यसैले बिहान खाली पेटमा दही खाँदा आन्द्रामा राम्रो ब्याक्टेरियाको संख्या बढ्छ र पाचन प्रक्रियालाई गति दिन्छ ।जसका कारण यी ब्याक्टेरियाले आन्द्रामा जमेको फोहोर छिट्टै सफा गर्छ र त्यो फोहोर दिसाको रुपमा बाहिर निस्कन्छ ।बिहान खाली पेटमा दही खाँदा के कस्ता फाइदा हुन्छन्, यसबारे जानकारी लिऔं।१. पाचनका

    • प्रकाशित मितिः जेठ २१, २०८०
    • 456 पटक पढिएको
  • स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले मन्त्रिस्तरीय निर्णय गर्दै आठ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन् ।मन्त्री बस्नेतका प्रेस सल्लाहकार रामचन्द्र दुलालले मन्त्री बस्नेतले मन्त्रालय मातहतका विभिन्न विभाग र अस्पतालका निर्देशकको जिम्मेवारी हेरफेर गरेको जानकारी दिए । औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल, परोपकार प्रसुतिगृह स्त्रीरोग अस्पतालको निर्देशकमा डा श्रीप्रसाद अधिकारी, राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा बद्री रिजाललाई जिम्मेवारी तोकिएको छ ।राष्ट्रिय औषधि प्रयोगशालाको निर्

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 291 पटक पढिएको
  • मेलम्चीको पानी काठमाडौँ पठाइयो

    काठमाडौँ । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ। यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो।हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्‍याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौँ पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 368 पटक पढिएको
  • भक्तपुर अस्पताल मुलुककै सर्वोत्कृष्ट

    काठमाण्डौ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भक्तपुर अस्पताल यस वर्ष मुलुकको सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ।न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्यांकनमा भक्तपुर अस्पताल ९७ अंकसहित मुलुककै सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको सरकारी मूल्यांकन टोलीले अवलोकन तथा मूल्यांकन पछि सो घोषणा गरिएको हो।सो नतिजापछि खुसी लागेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा सुमित्रा गौतमले बताएकी छिन। अस्पतालमा कार्यरत चिकित्सक, नर्स, कर्मचारीहरूको संयुक्त मेहनतको कारण अस्पताल मुलुकको सर्वोत्कृष्ट हुन सकेको उनले जनाएकी छिन्।उनले सो अस्पता

    • प्रकाशित मितिः जेठ ९, २०८०
    • 276 पटक पढिएको
  • ओपीडीमा १५ दिनभित्र अनलाइन टिकट, एउटा अस्पतालमा प्रयोग नभएको उपकरण अर्कोमा पठाइने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले अस्पतालहरूले प्रदान गर्ने बहिरङ्ग सेवा (ओपीडी) का लागि १५ दिनभित्रै अनलाइन टिकेटिङको व्यवस्था गर्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएका छन् । आज शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री बस्नेतले विभागलाई निर्देशन दिएका हुन् ।मन्त्री बस्नेतले सबै संघीय अस्पतालहरूमा ओपीडी अनलाइन टिकट लिने व्यवस्था १५ दिनभित्र मिलाउन यसअघि पनि निर्देशन दिइसकेका जानकारी दिए । ‘सबै संघीय अस्पतालहरूमा ओपीडीमा अनलाइन टिकट लिने व्यवस्था १५ दिनभित्र मिलाउने र प्रादेशिक अस्पतालहरूमा सोही नियम लागू गर्नका लागि प्रादेशिक स्वास्थ्य हेर्ने मन्त

    • प्रकाशित मितिः जेठ ५, २०८०
    • 291 पटक पढिएको
  • कोरोना सङ्क्रमण देखिएमा सात दिनसम्म आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ ।मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणका कारण ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेका छन्।सात दिनसम्म आइसोलेशनमा बसेर आठौं दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत मन्त्रालयको आग्रह छ ।मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला-

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 271 पटक पढिएको
  • आजबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने

    काठमाडौँ । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आजवाट खुवाउन सुरु गरिदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ।१२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि आजवाट नै खुवाइने मन्त्रालयले जनाएको छ। भिटामिन ए र जुकाको औषधी भोलीसम्म खुवाइनेछ।महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ।

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 382 पटक पढिएको
  • सङ्क्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ ।मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा अनुरोध गरेको हो ।मन्त्रालयले हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड-१९ हुने सक्नेसमेत भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ । अहिले छिमेकी मुलुक भारतमा पनि सोही नयाँ भेरियन्टका कारणले सङ्क्रमण बढिरहेको छ ।मन्त्रालयले सङ्क्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र त

    • प्रकाशित मितिः चैत २२, २०७९
    • 223 पटक पढिएको
  • के हो पायल्स निको बनाउन गरिने क्षारसूत्र ?

    झापा  - पायल्स मलद्वारमा हुने समस्या हो । मलद्वारमा दबाब पर्दा दिसा गर्न गाह्रो हुन्छ र रगत बग्छ । मलद्वारमा घाउ भएर मासु पलाउँछ । यो अवस्थालाई पायल्स भएको भनिन्छ । रोगको पहिचान नहुनु र थाहा पाएपछि पनि लाजका कारण उपचारमा ढिलाइ गर्नाले पायल्सको समस्या दिनप्रतिदिन बढ्दो छ । पायल्सको उपचारको लागि आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक विधि छन् ।आयुर्वेदिक उपचार विधिमा पनि क्षारसूत्र विधि प्रभावकारी भनेको हामीले सुनिरहेका हुन्छौं । क्षारसूत्र भनेको के हो ?  यो विधि कति प्रभावकारी छ ? लगायत विषयमा आयुर्वेदिक चिकित्सक डा. सुवर्ण पौडेलसँग गरिएको कुराकानी :क्षारसूत्र के हो ?क्षारसूत्र ‘क्षा

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 262 पटक पढिएको
  • ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने

    झापा – मोरङमा आउँदो ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने अभियान सुरु हुँदैछ । औषधि खुवाउन झण्डै दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ ।मोरङको कुल जनसङ्ख्या ११ लाख २८ हजार रहेकामा ८० प्रतिशत नागरिकलाई औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर सुरेश मेहताले जानकारी दिनुभयो । अभियान १४ दिनसम्म चल्ने उहाँले बताउनुभयो ।गर्भवती, छारेरोग भएका, सात दिनका सुत्केरी, सिकिस्त बिरामीबाहेक दुई वर्षमाथिका सबैले यो औषधि खान हुने डाक्टरले बताएका छन्  । हात्तीपाइलेविरुद्धको औषधि खाएपछि केहीमा सामान्य स्वास्थ्य समस्या देखिए केहीबेर आराम गर्न डाक्टरको सुझाव छ । तर, समस्या जट

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • 424 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा