स्वास्थ्य

    Showing 691-700 of 2,151 items.
  • पछिल्लो २४ घण्टमा थप ५९ जनामा कोरोना संक्रमण

    काठमाडौँ / पछिल्लो २४ घण्टमा देशभरमा  थप ५९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ५९ जनामा संक्रमण पुष्टि भएको हो । २ हजार ८८२ जनाको कोरोना परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमित थपिएका हुन् ।एक हजार ७५३ जनाको पिसिआर र एक हजार १२९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर १८३० जना सक्रिय संक्रमित छन् । १६१ जना संक्रमित निको समेत भएका छन् । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।

    • प्रकाशित मितिः असोज २, २०७९
    • 220 पटक पढिएको
  • नोबेल शिक्षण अस्पतालका सञ्चालक शर्माले गरिदिए मुटु रोगी चौधरीको निःशुल्क उपचार

    विराटनगर / विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको पथरीशनिश्चरे–८ सोमवारेका बृद्ध कालिचरण चौधरीको मुटुको उपचार निःशुल्क गराइदिएका छन् । बिपन्न परिवारका ७२ बर्षीय चौधरीलाई नोबेल अस्पतालमा निःशुल्क उपचार गरिदिएको हो ।स्वास्थ्यमा समस्या बढेपछि चौधरी परिवारले कालिचरणलाई नोबेल अस्पताल ल्याएका थिए । नोबेलमा परीक्षण गर्दा उनको मुटुमा ‘पेसमेकर’ राख्नुपर्ने देखियो । डाक्टरले पेसमेकर राख्नका लागि तयारी गर्न सुझाव दिए । तर, दयनीय आर्थिक अवस्थाको चौधरी परिवारसँग उपचारका लागि खर्च गर्ने पैसा थिएन । कालिचरणका छोरा बैदेशिक रोगजारीका लागि भर्खरै दुवई गएका छन्, विदेश जाँदा लागेको ऋ

    • प्रकाशित मितिः असोज २, २०७९
    • 253 पटक पढिएको
  • शुक्रबार देशभरमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं / शुक्रबार देशभरमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८२७ जनाको परीक्षणमा ११० जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा ६० जना र २ हजार ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ६२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये १ हजार ९९९ जना होम आइसोलेसनमा रहेका छन् भने ६३ जना संस्थागत आइसोलेसन र २० जना आईसीयूमा छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रम

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • 193 पटक पढिएको
  • हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा डेंगु, प्रदेश १ मा मात्र ३२० जनामा संक्रमण (भिडियाेसहित)

    झापा / पछिल्लो केही महिनादेखि देशभर कोरोना सङ्क्रमणका साथै डेँगुका बिरामी बढ्दै गएका छन् । डेँगुले महामारीको रूप लिन थालेपछि आम मानिसमा यसको त्रास बढ्दै गएको छ । प्रदेश नम्बर १ मा पनि डेंगु सङ्क्रमितहरू बढ्दो छ । स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार हाल प्रदेश १ मा ३२० जनालाई डेंगु संक्रमण पोजेटिभ देखिएको छ ।हालसम्म प्रदेश १ का पहाडी जिल्लामा यसको प्रभाव बढी देखिएको स्वास्थ्य निर्देशक बस्नेतले जानकारी दिए ।  स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सबैभन्दा बढी तेह्रथुममा डेँगुका संक्रमित फेला परेका छन् । तेह्रथुममा मात्र ११० जनामा डेंगु संक्रमण भएको

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • 316 पटक पढिएको
  • डा. गोविन्द केसी अनशन बस्न धनगढीमा

    झापा / चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत प्रा. डा. गोविन्द केसी आजदेखि अनशन बस्ने भएका छन् । अनशन बस्नका लागि डा. केसी काठमाडौँ बाट सोमबार अपरान्ह श्री एयरलाइन्सको विमान मार्फत धनगढी धनगढी पुगेका छन् ।केसीले आफ्नो ६ बुँदे माग पूरा गर्न सरकारलाई भदौ १२ गते दुई साताको अल्टिमेटम दिएका थिए । उक्त अल्टिमेटम आज सकिदैछ । तर, सरकारले यो अवधिमा डा. केसीका माग सुनवाई गर्ने कुनै तयारी गरेको छैन । जसका कारण डा. केसी अनशन बस्न धनगढी पुगेका हुन् । केसीले यसअघि १९ पटक अन्सन बसिसकेका छन् । यो केसीको २० औं अनशन हो । उनले बिपीमा नियम विपरित भएका नियुक्ति खारेज गर्नुपर्ने, प्रतिष्ठान छाता ऐन जारी गर्नु

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • 267 पटक पढिएको
  • पहाडी जिल्लामा काम गर्ने चिकित्सकले मासिक १ लाख ५० हजारसम्म प्रोत्साहन भत्ता पाउने (भिडियाेसहित)

    झापा / प्रदेश १ का पहाडी जिल्लाका अस्पतालहरूमा काम गर्ने चिकित्सकलाई प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएको छ । पहाडी जिल्लका अस्पतालहरूमा चिकित्सक जना नमानेपछि स्वास्थ्य सेवालाई चुस्त बनाउन चिकित्सक प्रदेश १ सरकारले प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । प्रदेश सरकारले  ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७९’ बनाएर प्रदेशका दुर्गम र पहाडी जिल्लाका अस्पतालहरूमा खटिने चिकित्सकलाई प्रोत्साहन भत्ता चालु आर्थिक वर्षको भदौबाट दिने तयारी गरेको छ ।प्रदेशका १ पहाडी जिल्लाका अस्पतालहरूमा चिकित्सकहरूको चरम अभाव छ । चिकित्सकहरू सहर केन्द्रित हुँदा दुर्गमका अस्पताल भने व

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • 143 पटक पढिएको
  • देशभर थप १०४ जनामा संक्रमण पुष्टि, दुईको मृत्यु

    झापा / नेपालमा पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ८९ र एन्टीजेन परीक्षणमा १५ गरेर आइतबार १०४ जनामा सङ्क्रमण पुष्टि भएको हो।यो अवधिमा दुई जनाको मृत्यु भएको छ भने २०१ जना डिस्चार्ज भएका छन् । आठ हजार ४१२ जनाले खोप लगाएका  मन्त्रालयले जनाएको छ। अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २३ सय १६ रहेको छ।

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 157 पटक पढिएको
  • पछिल्लो २४ घण्टामा थप २२७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं /  पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमितहरूको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४०१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार १ हजार ५१८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ३७ जना र २ हजार ८८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख ४९ हजार ७५३ पुगेको छ ।योसँगै नेपालमा सक्रिय कोरोना सङ्क्र

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 261 पटक पढिएको
  • आज मात्रै २६९ जनामा कोरोना पुष्टि, एकको मृत्यु

    झापा  / पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ५५७ जनाको कोरोना परीक्षण गर्दा २६९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा २१५ जना सङ्क्रमणमुक्त भएका छन् भने सो समयमा एकजना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, हाल मुलुकमा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार १५८ छ ।

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • 196 पटक पढिएको
  • कोरोना अपडेट : देशभर थप ६३४ जनामा संक्रमण पुष्टि

    झापा / पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७५७ जनाको पीसीआर परीक्षण गर्दा ३४३ जना र २ हजार १९२ जनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ४ हजार २२१ पुगेको छ भने पछिल्लो २४ घण्टामा ४१७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ४४ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसन र ५२ जना आईसीयूमा छन् । यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मंगलबार थ

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • 187 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा