स्वास्थ्य

    Showing ७५१-७६० of २,५०८ items.
  • आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै

    भद्रपुर (झापा) । रोग निको हुने तथा कम खर्चिलो हुने भएपछि झापामा पछिल्लो समय आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुरमा दैनिक औसतमा ७० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।केन्द्रका प्रमुख आयुर्वेद डा विजय श्रेष्ठका अनुसार,  केन्द्रले  उपचारात्मक, प्रवर्द्धनात्मक र प्रचारात्मक सेवा दिँदै आएको छ । उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नीको समस्या, नसासम्बन्धीका रोगी छन् । उपचार पद्धति सजिलो र प्रभावकारी भएकाले स्थानीयमा झन् आयुर्वेदिक उपचारप्रति विश्वास बढेको छ ।  केन्द्रबाट चालु आ

    • प्रकाशित मितिः चैत ११, २०८१
    • २९१ पटक पढिएको
  • आठ महिनामा १३३ जनामा क्षयरोग सङ्क्रमण

    गोरखा । गोरखामा आठ महिनाको अवधिमा जिल्लाभर एक सय ३३ जनामा क्षयरोग पहिचान गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा यहाँका एघारवटै पालिकामा सो परिमाणमा क्षयरोगका बिरामी फेला परेका हुन् । प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काका अनुसार ७८ पुरुष र ५५ महिलामा क्षयरोग सङ्क्रमण पुष्टी भएको हो । बारपाक सुलिकोट गाउँपालिकामा सवैभन्दा बढी २६ जनामा क्षयरोग सङ्क्रमण भएको छ । भीमसेनथापा गाउँपालिकामा २५, गोरखा नगरपालिकामा २१  तथा पालुङटार नगरपालिकामा १९ जनामा क्षयरोग सङ्क्रमण पुष्टी भएको छ ।  यस्तै आरुघाट गाउँपालिकामा १४, सहिद लखन गाउँपालिकामा ९, अजिरकोट गाउँपाल

    • प्रकाशित मितिः चैत ११, २०८१
    • ५८० पटक पढिएको
  • विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै

    काठमाडौँ । आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ । दिवसको यस वर्षको नारा  ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ । यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक

    • प्रकाशित मितिः चैत ११, २०८१
    • ४८९ पटक पढिएको
  • क्षयरोगका बिरामी खोज्दै स्वास्थ्य कार्यालय

    दशरथचन्द (बैतडी) । स्वास्थ्य कार्यालय बैतडीले क्षयरोगका बिरामी खोज्न थालेको छ । जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका क्षयरोगका बिरामी खोज्न थालिएको ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले जानकारी दिए ।कार्यालयले स्थानीय तहसँग समन्वय गरी सम्भावित बिरामी भएका तथा दुर्गम क्षेत्रमा घुम्ती शिविर आयोजना गरिरहेको उनले बताए । घुम्ती शिविरमार्फत सम्भावित व्यक्तिको खकारको नमूना सङ्कलन गरी परीक्षण गरिने निरीक्षक बडालले जानकारी दिए ।दश स्थानीय तहमध्ये उहाँका पाँच तहमा घुम्ती शिविर सम्पन्न भइसकेका छन् । बजेट पुगेसम्म सबै स्थानीय तहमा शिविर सञ्चालन गर्ने योजना रहेको कार्यालयले जनाएको छ । हालसम्म

    • प्रकाशित मितिः चैत १०, २०८१
    • ३९४ पटक पढिएको
  • व्यवस्थापनमा सुधार गरिएसँगै जनकपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार

    महेन्द्रनगर (धनुषा) । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेपछि जनकपुरस्थित प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।मधेस प्रदेशको प्रादेशिक अस्पतालका निर्देशक डा जामुनप्रसाद सिंहका अनुसार यसअघि दैनिक करिब दुई सय बिरामी उपचार गराउन आउने गरेकामा व्यवस्थापनको सुधारसँगै अहिले दैनिक एक हजार दुई सयसम्म बिरामी अस्पताल आउने गरेका छन् ।व्यवस्थापन सुधार कार्यक्रमअन्तर्गत ‘हेल्प डेस्क’को व्यवस्था तथा भौतिक पूर्वाधारसहित जनशक्तिको व्यवस्थापन भएसँगै सेवा चुस्तदुरुस्त भएको सो अस्पतालले जनाएको छ ।तोकिएका समयमा अस्पताल नआउने र राम्रोसँग जिम्मेवारी बहन नगर्ने चिकि

    • प्रकाशित मितिः चैत १०, २०८१
    • ४२१ पटक पढिएको
  • मापदण्ड पुरा नभएका १९ वटा स्वास्थ्य संस्थालाई तत्काल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

    काठमाडौं— सर्लाहीको लालबन्दी नगरपालिकाभित्रका अवैध रुपमा सञ्चालन भएका १९ वटा स्वास्थ्य संस्था बन्द गर्न मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका छन् । निजी स्वास्थ्य संस्थाको अनुगमनका क्रममा सेवा सञ्चालन अनुमति पत्र नरहेका र मापदण्ड अनुसार सेवा सञ्चालन नभएका १९ वटा स्वास्थ्य संस्थालाई तत्काल बन्द गर्न निर्देशन दिएका हुन् । मन्त्री सिंहले लालबन्दी र नवलपुरका २३ वटा स्वास्थ्य संस्थाको अनुगमन गरेका थिए । अनुगमन गरिएका २३ वटा स्वास्थ्य संस्थामध्ये दुईवटा अस्पतालसँग सेवा सञ्चालन अनुमति पत्र दुरुस्त रहेको र दुईवटा अस्पताल नवीकरण गर्नुपर्ने देखिएको बताए।आफूले अनुगमन गरेर बन्द ग

    • प्रकाशित मितिः चैत १०, २०८१
    • ५४० पटक पढिएको
  • एक्लोपन वा एक्लै बस्नु कतिको फाइदाजनक ?

    लण्डन । एक्लोपन तपाईंको स्वास्थ्यका लागि धेरै हानिकारक छ । केही विशेषज्ञले एक्लोपन हुनु भनेको एक दिनमा १५ वटा चुरोट पिउनु जत्तिकै खतरनाक हो भनेका छन् ।हामी जहिल्यै आफ्नो स्मार्टफोनसँग जोडिन्छौं । जहाँ एक दिनमा सयौं सन्देशहरुको भीड हुन्छ । तर, यसले हामीलाई राम्रो महशुस गराउँदैन ।वास्तवमा यो निरन्तर हुने सम्पर्कले हामीमाथि भारी पर्न सक्छ । यसबाट कैयौं मानिसहरु थोरै शान्तिका लागि भौतारिन्छन् । के यी वस्तुबीच कुनै प्रकारको सन्तुलनको खोजी सम्भव छ ?के एक्लै बस्नु र एक्लोपनमा कुनै फरक छ ?त्यसो त यो पुरानो समस्या हो । तर कोभिड महामारीको समयमा लामो समयसम्म भएको लकडाउन र सामाजिक दुरीका कारण लाखौं मानिसक

    • प्रकाशित मितिः चैत ९, २०८१
    • ४४४ पटक पढिएको
  • काठमाडौं महानगरले स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चैत १२ गतेदेखि प्रजनन उमेरका महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार थाल्ने भएको छ ।स्वास्थ्य विभागले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालसँगको सहकार्यमा २०८२ बैशाख १२ गतेसम्म परीक्षण र उपचार सञ्चालन गर्नेछ ।गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट हुनु भएका प्रजनन उमेरका महिला र गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिलाहरु कार्यक्रमको लक्षित वर्गमा राखिएको छ । कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्ट परीक्षणको प्रक्रियाका विषयमा जानकारी दिँदै भनिन्, ‘परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्र

    • प्रकाशित मितिः चैत ८, २०८१
    • ४९५ पटक पढिएको
  • बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ । आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माणको तयारीमा रहेको मन्त्रालयले सरोकार भएका सबैलाई सुझाव दिन आज एक सूचनामार्फत आह्वान गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बजेट तर्जुमा गर्दा सरोकार भएका  सबै क्षेत्रबाट सुझाव सङ्कलन गर्ने निर्देशन दिनुभएको छ । मन्त्रालयका स्वास्थ्यसम्बन्धी कार्यक्रममा सुझाव दिन सकिने छ । उक्त मन्त्रालयले बजेट ‘सिलिङ’का आधारमा प्राथमिकताका क्षेत्र निर्धारण गर्न सरोकार भएकाहरुसँग विगत केही दिन यता निरन्तर छलफल गर्दै आएको छ । 

    • प्रकाशित मितिः चैत ७, २०८१
    • ४०७ पटक पढिएको
  • ‘दाँत तथा मुख स्वस्थ राख्न १० मिनेट छुट्याउँ’

    काठमाडौँ । आज मार्च २०, ‘स्वस्थ मुखः सकारात्मक सोच’ भन्ने नाराका साथ विश्वभर मुख स्वास्थ्य दिवस २०२५ मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मुख स्वास्थ्यलाई मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको सङ्क्रमण, जन्मदै तालु तथा ओठ चिरेको (खुँडे), गिँजासम्बन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अन्य मुखसम्बन्धी रोगबाट मुक्त हुने अवस्थाको रुपमा व्याख्या गरेको छ ।नेपालमा दाँत किराले खाने, गिँजाबाट रगत आउने, गिँजा फुल्ने र पाक्ने, दाँत हल्लिने समस्या अधिकांशमा देखिन्छ । चिनीको खपत, सुर्ती, रक्सीको प्रयोग र सरसफाइको कमी मुखसम्बन्धी स्वास्थ्य समस्याका मुख्य क

    • प्रकाशित मितिः चैत ७, २०८१
    • २८९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.