विदेश

    Showing १३१-१४० of २,१३३ items.
  • उपसभामुख रुवी कुमारी चीन प्रस्थान

    काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान गरेकी छन् । ठाकुरको नेतृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल आज बिहान चीन प्रस्थान गरेको हो । जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित निङ्चीमा आयोजना हुने अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी पाँचौं चीन–तिब्बत ट्रान्स–हिमालय मञ्चमा सहभागी हुन ठाकुर आज बिहान १०ः४५ बजे सिचुआन एयरलाइन्सको उडानमार्फत् चीन गएकी हुन् ।उनको टोलीमा संघीय संसद् सचिवालयका सचिव डा। रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी र कम्प्युटर प्रोग्रामर अनिशा ढकाल रहेका छन् । असार ३१ देखि साउन २ गते ९१५–१७ जुलाई २०२६० सम्म सञ्चालन हुने उक्त

    • प्रकाशित मितिः असार ३१, २०८३
    • २२७ पटक पढिएको
  • अमेरिका–इरान फेरि आमनेसामने, खाडीमा रहेका नेपाली उच्च जोखिममा

    काठमाडौं । केही साताअघि मात्र युद्धविराम भएको पश्चिम एसिया फेरि युद्धको चपेटामा परेको छ। अमेरिका र इरानबीच पुनः सैन्य आक्रमण सुरु भएसँगै खाडी क्षेत्रमा रहेका १७ लाखभन्दा बढी नेपालीको सुरक्षाप्रति नेपाल सरकार थप सतर्क बनेको छ। परराष्ट्र मन्त्रालयले नेपालीको अवस्था हाल सामान्य रहेको जनाएको छ भने सबै नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। युद्धले सुरक्षा मात्र होइन, नेपालको अर्थतन्त्र, रोजगारी र विप्रेषणमा समेत असर पार्ने जोखिम देखिएको छ। पश्चिम एसियामा फेरि युद्धको खतरा चुलिएको छ।अमेरिकाले इरानका विभिन्न सैन्य तथा रणनीतिक स्थानमा हवाई आक्रमण सुरु गरेपछि इरानले पनि खाडी क्षेत्रका अमेर

    • प्रकाशित मितिः असार ३१, २०८३
    • २२८ पटक पढिएको
  • हामी आफ्नै क्षमताले सेमिफाइनलसम्म पुगेका हौं अर्जेन्टिनी प्रशिक्षक स्कालोनी

    काठमाडौं / अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले फिफा विश्वकप २०२६ मा आफ्नो टोलीको प्रदर्शनमाथि भइरहेको आलोचनालाई अस्वीकार गर्दै टोलीले सेमिफाइनलसम्मको यात्रा आफ्नै क्षमताले तय गरेको बताएका छन् ।उनले इंग्ल्यान्डविरुद्धको सेमिफाइनलअघि टोली पूर्ण रूपमा तयार रहेको र लगातार दोस्रो विश्वकप उपाधितर्फ अर्को कदम चाल्ने लक्ष्य रहेको स्पष्ट पारे । अमेरिकाको एटलान्टामा बुधबार हुने दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डको सामना गर्नेछ । यस खेलको विजेताले जुलाई १९ मा न्यूयोर्क–न्यु जर्सी स्टेडियममा हुने फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।खेलअघिको पत्रकार सम्मेलनमा स्का

    • प्रकाशित मितिः असार ३१, २०८३
    • ७०४ पटक पढिएको
  • फिफा अध्यक्ष इन्फान्टिनोविरुद्ध अन्तर्राष्ट्रिय ओलम्पिक समितिमा उजुरी

    काठमाडौं / फिफा अध्यक्ष जियानी इन्फान्टिनो विरुद्ध राजनीतिक तटस्थताको सिद्धान्त उल्लंघन गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय ओलम्पिक समिति आइओसीमा उजुरी दर्ता भएको छ ।समाचार संस्था रोयटर्सका अनुसार अधिकारवादी संस्था फेयरस्क्वायरले दायर गरेको उजुरीमा इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँग सम्बन्धित विभिन्न गतिविधिमार्फत आईओसीको राजनीतिक तटस्थताको आचारसंहिता उल्लंघन गरेको आरोप लगाइएको छ । उजुरीको मुख्य विषय अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनको एक खेलको स्वचालित निलम्बन अन्तिम समयमा स्थगित गरिएको निर्णय हो ।बालोगुनले विश्वकप २०२६ को राउन्ड अफ ३२ मा बोस्निया एन्ड हर्जेगोभिनाविरुद्ध

    • प्रकाशित मितिः असार ३१, २०८३
    • १८९ पटक पढिएको
  • फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश

    काठमाडौं— फिफा विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्सलाई २–० ले पराजित गर्दै स्पेन फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित आर्लिङ्टनमा भएको खेलमा फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफमा मिकेल ओयार्जाबलले पेनाल्टीमार्फत स्पेनलाई अग्रता दिलाए । दोस्रो हाफमा पेड्रो पोरोले अर्को गोल थप्दै जित सुनिश्चित गरे ।यो जितसँगै स्पेन विश्वकपको फाइनलमा प्रवेश हो । 

    • प्रकाशित मितिः असार ३१, २०८३
    • ५४० पटक पढिएको
  • विश्वकपको क्वार्टरफाइनलमै बाहिरिएको नर्वे टोलीलाई ओस्लोमा भब्य स्वागत

    ओस्लो / नर्वेको सम्झनालायक फिफा विश्वकप २०२६ अभियान क्वार्टरफाइनलमै समाप्त भएपनि सोमबार टोली स्वदेश फर्किँदा ओस्लोमा खेलाडीहरुको भब्य स्वागत गरिएको छ ।रोयटर्सका अनुसार, ओस्लोभरि एक लाखभन्दा बढी समर्थकहरू आफ्ना खेलाडीहरूको स्वागत गर्न सडकमा उत्रिएका थिए। क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग अतिरिक्त समयमा २–१ ले पराजित हुँदै अन्तिम चारमा पुग्ने अवसर गुमाएको नर्वेली टोलीले उपाधि यात्रा टुंगिए पनि स्वदेशमा भव्य स्वागत गरिएको छ ।  टोली ओस्लो आइपुग्दा परम्परागत ‘वाटर क्यानन सलामी’ दिइयो। त्यसपछि राजधानी ओस्लोमा खुला बसमार्फत स्वागतका लागि परेड निकालिएको थियो।हजारौं समर्थकहरू शाही दरबार रोयल प्य

    • प्रकाशित मितिः असार ३०, २०८३
    • ४६९ पटक पढिएको
  • उपराष्ट्रपति यादव कतार प्रस्थान

    काठमाडौं / उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको निधनमा समवेदना व्यक्त गर्न मंगलबार कतार प्रस्थान गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट समवेदना सन्देश लिएर उपराष्ट्रपति यादव कतार गएका हुन् । कतारका वर्तमान अमिर शेख तमिम बिन हमाद अल थानीका पिता शेख हमाद बिन खलिफा अल थानीको निधन भएपछि नेपाल सरकारको तर्फबाट श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्न उनी कतार प्रस्थान गरेका हुन् । उपराष्ट्रपति यादवले कतारमा रहँदा त्यहाँका उच्च अधिकारीहरूसँग भेट गरी नेपालका तर्फबाट समवेदना व्यक्त गर्ने कार्यक्रम छ । शेख हमाद बिन खलिफा अल थानीले सन् १९९५

    • प्रकाशित मितिः असार ३०, २०८३
    • २६० पटक पढिएको
  • होर्मुजमा भारतीय नागरिक मारिएपछि भारत–इरान आमनेसामने

    काठमाडौं । होर्मुज जलडमरूमध्यमा तेल ट्याङ्करमाथि भएको क्षेप्यास्त्र आक्रमणमा एक भारतीय नागरिकको ज्यान गएपछि भारतले इरानसँग कडा जवाफ मागेको छ। नयाँ दिल्लीले इरानी कूटनीतिज्ञलाई परराष्ट्र मन्त्रालयमा बोलाएर घटनाबारे औपचारिक स्पष्टीकरण माग्दै असन्तुष्टि जनाएको हो।संयुक्त अरब इमिरेट्सका अनुसार ‘मोम्बासा’ र ‘बहिया’ नामका दुई तेल ट्याङ्करलाई लक्षित गरी गरिएको आक्रमणपछि दुवै जहाजमा आगलागी भएको थियो। घटनामा एक भारतीय चालक दलका सदस्यको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। गम्भीर घाइतेमध्ये चार भारतीय र दुई युक्रेनी नागरिक रहेका छन्।यता, घटनाको केही घण्टामै अमेरिकाले इरानका बुशेहर, चाहबहार, जास्क, क

    • प्रकाशित मितिः असार ३०, २०८३
    • २०६ पटक पढिएको
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र नेपालका लागि अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता

    काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अष्ट्रेलियन राजदूत साइमन अन्स्र्टबीच आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। मन्त्रालयमा भएको उक्त भेटघाटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्यका विविध आयामबारे विस्तृत छलफल भएको छ। भेटका क्रममा राजदूत अन्स्र्टले मन्त्री यादवको कार्यकालको पूर्ण सफलताको शुभकामना दिनुभयो। उहाँले वर्तमान सरकारको कार्यदिशा र गतिसँग अष्ट्रेलियन सरकार सँगसँगै अगाडि बढ्न र सहकार्य गर्न इच्छुक रहेको स्पष्ट पारे । सो अवसरमा दुई देशबीच भइरहेको आयात–निर्यातको वर्तमान अवस्थाबारे समीक्षा

    • प्रकाशित मितिः असार ३०, २०८३
    • २२३ पटक पढिएको
  • निर्वाचनको संघारमा पुटिनविरोधी नेता बोरिस नादेज्दिन पक्राउ

    मस्को— रुसी प्रहरीले युद्धविरोधी क्रेमलिन आलोचक तथा विपक्षी नेता बोरिस नादेज्दिनलाई पक्राउ गरेको छ। आगामी सेप्टेम्बरमा हुन लागेको संसदीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरिरहेका ६३ वर्षीय नादेज्दिनलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो।सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा भ्लादिमिर पुटिनविरुद्ध उम्मेदवारी दिन खोज्दा व्यापक चर्चा बटुलेका नादेज्दिनलाई यस पटक पनि निर्वाचन प्रक्रियाबाट रोक्ने प्रयास गरिएको छ। पक्राउ पर्नुअघि टेलिग्राममा जानकारी दिँदै उनले आफूविरुद्ध ‘उग्रवादी प्रतीक प्रदर्शन’ गरेको आरोप लगाइएको कागजात सार्वजनिक गरेका थिए। उनले सार्वजनिक गरेको उक्त भिडियोमा दिवङ्गत विपक्षी नेता एल

    • प्रकाशित मितिः असार ३०, २०८३
    • ५१८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.