विदेश

    Showing १,९५१-१,९६० of २,१३३ items.
  • ‘फ्लाइङ सिख’ मिल्खा सिंहको निधन

    नयाँदिल्ली/  ‘फ्लाइङ सिख’ को नामले चर्चित मिल्खा सिंहको शुक्रबार राति चन्डीगढमा निधन भएको छ । इन्डियन एक्सप्रेसका अनुसार ९१ वर्षीय सिंहको कोरोना भाइरस संक्रमणवाट मृत्यु भएको हो।कोरोना संक्रमणकै कारण गत साता उनकी पत्नी निर्मल कौरको निधन भएको थियो । सन् १९५८ को कमनवेल्थ गेम्स र १९६० को ओलम्पिक्समा सहभागी सिंहलाई संक्रमण भएपछि मे २४ मा मोहालीको निजी अस्पतालमा भर्ना गरिएको थियो ।मे ३० मा अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई जुन ३ मा नेहरु अस्पतालमा पुनः भर्ना गरिएको थियो । गत साताको बिहीबार मात्रै उनको कोभिड परीक्षण नेगेटिभ आएको थियो । उनको छोरा जीभ मिल्खा सिंहलाई इन्डियन एक्सप्रेससँग भनेका

    • प्रकाशित मितिः असार ५, २०७८
    • २२९ पटक पढिएको
  • स्पेनमा घर बाहिर निस्किँदा मास्क लगाउनु नपर्ने

    काठमाडौं/ स्पेनमा घर बाहिर निस्किँदा मास्क लगाउनु नपर्ने भएको छ । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले जुन २६ देखि घरबाटबाहिर निस्किँदा अनिवार्यरूपमा मास्क लगाउनु नपर्ने बताएका हुन् ।शुक्रबार बार्सिलोनामा इकोनोमिक फोरमले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै सान्चेजले बहुप्रतीक्षित घोषणा गरेका हुन्।“४ करोड ७० लाख स्पेनी देशभक्तहरू माझ एउटा महत्त्वपूर्ण घोषणा गर्न चाहन्छु”,समाजवादी नेता सान्चेजले भने, “अर्को बिहीबार हामी एउटा असाधारण मन्त्रिपरिषद्को बैठक आयोजना गर्छौं र बैठकमा जुन २६ देखि घरबाटबाहिर खुल्ला ठाउँमा अनिवार्य मास्क लगाउनु पर्ने नियमलाई हटाउने प्रस्ताव ल्याउँदैछौं”।सरकार

    • प्रकाशित मितिः असार ५, २०७८
    • १८३ पटक पढिएको
  • ट्रम्पको समर्थनमा ओबामाकेयरलाई दिइएको चुनौती अस्वीकृत

    अमेरिकी सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको साथ पाएर रिपब्लिकन नेतृत्वमा रहेका राज्यहरूबाट पूर्व राष्ट्रपति बराक ओबामाको स्वास्थ्य सेवा नीतिमा आमूल परिवर्तनको माग गर्दै दिइएका चुनौतीलाई खारेज गरेको छ। पुरातनवादीहरूप्रति अदालतको झुकाव रहेपनि नौ जना न्यायाधीशहरूमध्ये पक्षमा सात र विपक्षमा दुई जना उभिँदै राज्यहरूसँग कानुनी चुनौती दिने आधार नरहेको फैसला सुनाएका थिए।ओबामाकेयर भनिने स्वास्थ्य सेवामा पहुँचसम्बन्धी ऐन कानुनी चुनौतीबाट सन् २०१० यता जोगिएको यो तेस्रो पटक हो।कानुनले कम आय भएका दशौँ लाख अमेरिकीहरूलाई स्वास्थ्य बिमासम्मको पहुँच उपलब्ध गराउँछ। पुराना स्वास्थ्

    • प्रकाशित मितिः असार ४, २०७८
    • १८० पटक पढिएको
  • जो बाइडेन र भ्लादमिर पुटिनबीच भेटवार्ता

    काठमाडौँ/ अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी राष्ट्रपति भ्लादमिर पुटिनबीच भेटवार्ता भएको छ । बाइडेनले अमेरिकी राष्ट्रपति बनेपछि पहिलो पटक बुधबार रूसी समकक्षीसँग स्विट्जरल्यान्डको राजधानी जेनेभामा भेटवार्ता गरेका हुन्। वार्ता तीन घण्टासम्म चलेको र आफूहरुले थप समय नचाहेको बताउँदै बाइडेनले रुससँगको सम्बन्ध सुधार्न इमान्दार प्रयत्न भैरहेको समेत बताएका छन् ।उनले पुटिनसँगको वार्तामा आफूले मतभेदका विषयलाई शान्तपूर्वक प्रस्तुत गरेको र रुसले अमेरिकसँग शीतयुद्ध नचाहेको बताएका छन् । बाइडेनले पुटिनसँग साइबर सुरक्षाका बारेमा कुरा गरेका छन् । टेक्सासमा अमेरिकी पेट्रोलियम पाइपलाइनको वितरण प्

    • प्रकाशित मितिः असार ३, २०७८
    • २८९ पटक पढिएको
  • सोमाली सेनाको कारबाहीबाट १६ जना विद्रोहीको मृत्यु

    काठमाडौँ / जुबाको दक्षिणी क्षेत्रमा सैन्य कारबाहीबाट विद्रोही अल–शबाब समूहका १६ जना लडाकूको मृत्यु भएको छ ।सैनिक प्रवक्ताका अनुसार आइतबार साँझ गरिएको उक्त कारबाहीमा अरु १५ जना घाइते भएका छन् ।सेनाका प्रवक्ता अरब धिग अहमदले किसमायो शहरको बाहिरी इलाकाहरु बरहानी र लिबो कुसमा सेनाले विद्रोही विरुद्ध कारबाही गरेको जानकारी दिए ।अहमदले विद्रोही लडाकूले सेनासँगको भिडन्तमा निकै शसक्त प्रतिरोध गर्ने प्रयाु गरे पनि उनीहरु सफल नभएको बताए । सेनाको रेडियोमा बोल्दै उनले उक्त क्षेत्रमा सेनाको कारबाही निरन्तर रहनेछ भने ।जुबाको दक्षिणी क्षेत्रमा इस्लामिक कट्टरपन्थी लडाकू समूह अल–शबाब विरुद्ध सोमाली सेनाले निरन्

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • १३६ पटक पढिएको
  • पाकिस्तानमा नेपाल सहित २६ देशबाट भ्रमण गर्न प्रतिबन्ध

    इस्लामावाद / पाकिस्तानमा २६ देशबाट भ्रमणका लागि आउन प्रतिबन्ध लगाइएको छ । कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने आशंकाका कारण ती देशहरुबाट पाकिस्तान आउन प्रतिबन्ध लगाइएको हो ।नेस्नल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसिओसि)ले अहिले बाहिरी देशहरुबाट मानिसहरुलाई आउन दिनु उपयुक्त नहुने निश्कर्ष निकालेको अधिकारीहरुले जनाएका छन् ।  पाकिस्तानले महामारीको प्रभावका आधारमा विभिन्न देशहरुलाई ए, बी र सी समूहमा वर्गीकरण गरेको छ । वर्गीकरण गरिएका मध्ये सी समूहमा परेकाहरुलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको हो । अन्य ए र बी समूहमा परेका देशहरुबाट पाकिस्तान आउन चाहनेहरुलाई भने  विभिन्न सर्त तथा मापद

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • १७४ पटक पढिएको
  • चिनमा ग्यास बिस्पोटबाट १२ जनाको मृत्यु

    काठमाडौँ  / चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ । खोज तथा उद्धार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा बिस्फोट स्थलमा भेटिएका १५० जनाको उद्धार गरी स्थानीय अस्पतालहरुमा भर्ना गरिएको बताएका छन् । शियान नगरको झाङवानको आवासीय क्षेत्रमा बिहान ६ः३० बजे उक्त बिस्फोट भएको थियो । बिस्फोट हुँदा स्थानीयबासीबीच भागदौड मच्चिएको थियो । खोज तथा उद्धार कार्य जारी रहेकाले उक्त घटनामा के कति व्यक्ति हताहत भए भन्ने एकिन भइ नसकेको पनि

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • १५८ पटक पढिएको
  • पाकिस्तानमा तलब बृद्धि थोरै भएको भन्दै सरकारी कर्मचारी आन्दोलित

    इस्लामावाद(एजेन्सी) पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब बृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन् ।सरकारले नयाँ आर्थिक बर्षमा १० प्रतिशत मात्रै तलब बृद्धि हुने घोषणा गरेपछि कर्मचारीले तलब बृद्धि थोरै भएको भन्दै आन्दोलित भएका हुन् । उनीहरुले शुक्रबार बृहत प्रदर्शन गर्दै कम्तीमा २५ प्रतिशत तलब बृद्धि हुनुपर्ने मागसमेत गरेको समाचारमा जनाइएको छ । गत तीन बर्षदेखि कर्मचारीहरुको तलब बृद्धि नभएकाले यस बर्ष धेरै बृद्धि हुनुपर्ने उनीहरुको भनाइ रहेको छ ।आन्दोलनकारीले करारका कर्मचारीहरुलाई स्थायी गर्नुपर्ने माग पनि राखेको गेयो न्युजले समाचार सम्प्रेषण गरेको छ ।  प्रदर्शनकारी

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • १५४ पटक पढिएको
  • चीनमा कोभिड–१९ विरुद्ध ८५ करोड डोज खोप लगाइयो

    बेइजिङ / चीनमा बिहीबार सम्ममा करिब ८५ करोड डोज कोभिड–१९ विरुद्धको खोप लगाइएको राष्ट्रिय स्वासथ्य आयोगले जनाएको छ ।विश्वमा हालसम्म संयुक्तराज्य अमेरिकामा ३० करोड ४८ लाख, भारतमा करिब २४ करोड, ब्राजिलमा ७ करोड, बेलायतमा करिब ७ करोड, जर्मनीमा पाँच करोड ७९ लाख, फ्रान्स र इटालीमा चार–चार करोड खोप दिइसकेका छन् ।विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हाल ३७ लाख ८९ हजार व्यक्तिको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । विश्वभर कूल १७ करोड ५६ लाख संक्रमित भएका मध्ये १५ करोड ९२ लाख संक्रमणमुक्त भएका छन् ।हालसम्म संयुक्तराज्य अमेरिकामा छ लाख १४ हजार, भारतमा तीन लाख ६३ हजार, ब्राजिलमा चार लाख ८२ हजार, फ्र

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • १४१ पटक पढिएको
  • दुर्घटनामा परी पाकिस्तानमा १८ को मृत्यु, ३० घाइते

    इस्लामावाद / पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनामा परी अरु ३० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । उनीहरुका अनुसार बलुचिस्तानको खुज्दार जिल्लामा यात्रु बाहक बस दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा लगिएको छ । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको पनि जनाइएको छ ।  सिन्ध प्रान्तको लर्काना जिल्लाबाट खुज्दार तर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि स्थानीय प्रहरीले जनाएको छ ।यसै साताको

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • १४४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.