बैंकक— नेपाल दूतावास बैंककले एघारौँ संविधान दिवस भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रममा महामहिम नेपाली राजदूत धनबहादुर ओलीले नेपालको राष्ट्रपतिबाट प्राप्त संविधान दिवसको शुभकामना सन्देश वाचन गरे । उनले संविधानले नेपाली जनताको लामो संघर्ष र आकांक्षालाई प्रतिविम्बित गरेको बताउँदै यसलाई व्यवहारमा उतार्न सबै नेपाली एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।कार्यक्रममा थाइल्याण्डमा बसोबास गर्ने नेपालीहरूको ठूलो उपस्थिति रह्यो । विभिन्न पेशा, व्यवसाय र अध्ययनमा संलग्न नेपालीहरूले संविधान दिवसको अवसरमा एकै ठाउँ भेला भएर विचार–विमर्श गरिएको हो ।सहभागीहरूले संविधानले दिएको अधिकार र कर्तव्य, नेपालको
चेकर्स, बेलायत— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धलाई रोक्ने आफ्नो प्रयासमा ‘वास्तवमै निराश पारेको’ बताएका छन् ।बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले रुसी नेतामाथि थप दबाब दिन आह्वान गरिरहँदा उनले पुटिनले वास्तवमै निराश बनाएको बताएका हुन् । बेलायतको राजकीय भ्रमणका क्रममा स्टार्मरसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले द्वन्द्व अन्त्य गर्न नसक्नु आफ्नो ‘सबैभन्दा ठूलो निराशा’ भएको बताए । उनले पुटिनविरुद्ध आफ्नो आगामी कदमको बारेमा भने केही बताएनन् ।यसैबीच उनले पुटिनलाई वार्ताको टेबलमा ल्याउन बाध्य पार्न पश्चिमी सहयोगीहरूलाई रुसी तेल किन्न बन्द गर्
काठमाडौं— नेपालका लागि अमेरिकन राजदूत डिन आर.थम्पसनले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत थम्पसनले नेपालको नयाँ कार्यकारी प्रमुख बनेकी कार्कीलाई बधाई दिएका हुन् ।प्रधानमन्त्री कार्की हालै सम्पन्न जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि पदभार सम्हालेकी हुन् ।
काठमाडौं— नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले बिहीबार प्रधानमन्त्री शुसीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत सोङ्गले नेपालको नयाँ कार्यकारी प्रमुख बनेकी कार्कीलाई बधाई दिएका छन् ।प्रधानमन्त्री कार्की हालै सम्पन्न जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि पदभार सम्हालेकी हुन् ।
काठमाडौं— चीन र अमेरिकाबीच टिकटकसम्बन्धी विवाद समाधानका लागि सहकार्यमार्फत अघि बढ्ने प्रारम्भिक रूपरेखामा सहमति भएको छ ।चीनका वाणिज्य मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधि तथा उपमन्त्री ली चेंगगाङले यस्तो जानकारी दिएका हुन् ।स्पेनको म्याड्रिडमा सम्पन्न चीन–अमेरिका आर्थिक तथा व्यापारिक वार्ताका क्रममा दुई पक्षबीच टिकटकसहित अन्य विषयमा खुला एवम गहिरो छलफल भएको र त्यस क्रममा लगानी अवरोध घटाउने तथा पारस्परिक व्यापार–आर्थिक सहयोग प्रवद्र्धन गर्ने सहमति समेत भएको बताइएको छ ।यसबारे सोधिएको प्रश्नमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले भने, ‘चीन–अमेरिका सम्बन्धको विकासमा रा
काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्ने भएकी छिन् । स्रोतका अनुसार उनले बिहीबार बिहान ११ः३० बजे मोदीसँग टेलिफोन वार्ता गर्दै छिन् । त्यस्तै उनले आज दिउँसो १ बजे चिनिया राजदूतसँग शिष्टाचार भेट र २ः३० बजे चिनिया राजदूतसँग शिष्टाचार भेट गर्ने छिन् ।
काठमाडौं— इजरायली सेनाको गाजा सिटीमा जारी भूमिगत आक्रमणबीच दुई दिनमै करिब ४८ हजार मानिसहरू भाग्न बाध्य भएको संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओचा) ले मंगलबार जनाएको छ ।ओचाका अनुसार अगस्ट मध्यदेखि सोमबारसम्म १ लाख ९० हजारभन्दा बढी विस्थापन गतिविधिहरू देखिएको छ । जसमा धेरैजसो मानिसहरू अत्यधिक यातायात खर्चका कारण पैदल हिँडेर नौ घण्टासम्म यात्रा गरिरहेका छन् । धेरैजसो परिवारहरू महिला र वृद्ध सदस्यहरूको नेतृत्वमा, घाइते बालबालिकासहित, तातो मौसममा नाङ्गा खुट्टा हिँडिरहेको ओचाले जनाएको छ ।यसबीच, ओचाका सहयोगी संस्थाहरूले १ हजार पाँचसय भन्दा बढी व्यक्तिहरूलाई मनोसामाजिक सहयोग, पानी, र
काठमाडौं— रूसले युक्रेनको जापोरिझ्झिया क्षेत्रस्थित ओल्गोभ्स्को बस्तीमाथि नियन्त्रण कायम गरेको दाबी गरेको छ । रूसी रक्षा मन्त्रालयले सोमबार जारी विज्ञप्तिमा गत २४ घण्टाभित्र सुमी, खार्किभ, डोनेट्स्क, जापोरिझ्झिया र खेरसोनसहित विभिन्न दिशामा युक्रेनी सेना र उनीहरूको सैन्य उपकरणहरूमा आक्रमण जारी रहेको जनाएको हो ।उता, युक्रेनले भने आफ्ना सेनाले विभिन्न मोर्चामा रूसी आक्रमणहरू परास्त गर्न सफल भएको दाबी गरेको छ । युक्रेनी सशस्त्र बलको जेनरल स्टाफले सोमबार राति १०ः०० बजेसम्म अग्रपंक्तिमा १७३ वटा युद्ध भिडन्त भएको उल्लेख गर्दै लिमान, टोरेत्स्क सहितका केहि दिशासहितका क्षेत्रमा रूसी आक्रमणहरू फिर्ता गर
काठमाडौं— यमनको राजधानी सानाको ताह्रिर स्क्वायरस्थित दुई पत्रिकाको कार्यालयमा इजरायली हवाई आक्रमण हुँदा ३१ सञ्चारकर्मीको मृत्यु भएको छ । बुधबार बेलुकी भएको उक्त आक्रमणपछि स्थानीय समुदायमा शोक र आक्रोश फैलिएको छ ।हौती समूहले एक वक्तव्य जारी गर्दै २६ सेप्टेम्बर र अल–यमन पत्रिकाको कार्यालयमाथि इजरायली विमानले बम आक्रमण गरेको र भवनहरू पूर्णरूपमा ध्वस्त भएको जनाएको छ । समूहले यस आक्रमणले आफ्नो सञ्चार गतिविधि कमजोर नहुने पनि स्पष्ट पारेको छ ।आइतबार बिहान स्थानीय सञ्चारकर्मीहरूले ध्वस्त कार्यालय स्थलमा पुगेर मृतक सहकर्मीहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।२६ सेप्टेम्बरमा पत्रिकाका पत्रकार इस्साम अल–
काठमाडौं – जेनजी आन्दोलन हिंसात्मक बनेपछि अमेरिकासहित धेरै देशले आफ्ना नागरिकलाई नेपालको भ्रमण नगर्न अपिल गरेका छन् ।बेलायत, भारत, अष्ट्रेलिया, क्यानडा र आयरल्यान्डसहित दर्जनौं देशले आफ्ना नागरिकका ट्राभल एडभाइजरी जारी गरेका हुन्। ती देशहरूले नेपालको भ्रमण तत्कालका लागि स्थगित गर्न र नेपालमा रहेका आफ्ना नागरिकलाई ‘सेल्टर इन प्लेस’ अर्थात् हाल बसिरहेकै स्थानमा सुरक्षित रहन निर्देशन दिएका छन्।सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सुरू भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा ३० भन्दा प्रदर्शनकारी र तीन प्रहरीको ज्यान गएको छ। सयौं मानिस अझै अस्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.