विदेश

    Showing 201-210 of 1,585 items.
  • राष्ट्रसंघका महासचिव भन्छन्ः नेपालको अवस्थाबारे चिन्तित छु

    काठमाडौं— संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।नेपालको पछिल्लो अवस्था नियालिरहेको बताएका उनले हिंसालाई थप बढ्नबाट रोक्न संमय अपनाउन र संवाद गर्न अनुरोध गरेका छन् । मानव अधिकार कानूनको पालना गर्न सामाजिक संजालमार्फत आह्वान गर्दै गुटेरसले जीवन र सम्पत्तिको रक्षासहित शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन हुनुपर्ने उनको भनाइ छ ।

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 420 पटक पढिएको
  • भौतिक मन्त्री दाहाल मनिला प्रस्थान

    काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल फिलिपिन्सको राजधानी मनिला प्रस्थान गरेका छन् । सडक सुरक्षा सम्वन्धि एशिया प्यासिफिक सम्मेलनमा सहभागीताका लागि आईतबार राती उनी त्यस तर्फ प्रस्थान गरेका हुन् । एशियाली विकास बैंकको प्रधान कार्यालय मेट्रो मनिलामा ९ देखि ११ सेप्टेम्बर सम्म हुने सम्मेलनका लागि मन्त्री दाहाल सहितको प्रतिनिधी मण्डल त्यस तर्फ गएको हो । सम्मेलनमा मन्त्री दाहालले नेपालमा सडक सुरक्षाको अवस्था, चुनौती, प्रयास लगायतका बारेमा पहिलो दिनको शत्रमा संबोधन गर्नेछन् । सम्मेलनमा नेपाल सहित भुटान, फिजी, अर्मेनिया, कम्बोडीया, पाकिस्तान लगायतका देशका मन्त्री, प्र

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 312 पटक पढिएको
  • जापानका प्रधानमन्त्रीले राजीनामा दिने

    काठमाडौं— जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा दिने भएका छन् ।सत्तारुढ पार्टीका सदस्यहरूले माथिल्लो सदनको चुनावमा हार व्यहोरेपछि इशिबाले राजीनामा दिने निर्णय गरेका हुन् ।लामो समयदेखि प्रभावशाली लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेतृत्व सम्हालेको एक वर्ष पनि नपुग्दै ६८ वर्षीय इशिबाले यस्तो कदम चालेका हुन् । उनले संसद्का दुवै सदनमा बहुमत गुमाइसकेका छन् ।सार्वजनिक प्रसारणकर्ता एनएचकेले इशिबाले पार्टीलाई विभाजनबाट जोगाउन राजीनामा गर्न निर्णय गरेका जनाएको छ भने दैनिक आसाही सिम्बुनले उनलाई राजीनामा गर्न दबाब बढिरहेको उल्लेख गरेको छ ।शनिबार राति कृषिमन्त्री र एक जना पूर्वप्रधानमन्त्रीले इ

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 308 पटक पढिएको
  • भेनेजुएलाले बनायो चीनसँग सम्बन्ध झल्काउने स्मारक

    एजेन्सी । चिनियाँ जनताको जापानी आक्रमण विरुद्दको युद्ध विजय र विश्व फासिष्ट विरुद्दको युद्द विजयको ८० औं वार्षिकोत्सव अवसरमा  भेनेजुएलाले बुधबार काराकसमा स्मारक प्लाजा र स्मारकको अनावरण गरेको छ ।जसमा राष्ट्रपति निकोलस मादुरो र देशका लागि चिनियाँ राजदूत लान हुको उपस्थिति थियो। सो अवसरमा राष्ट्रपति मादुरोले विश्व फासिस्ट विरोधी युद्धमा विजय हासिल गर्न चीनको महत्वपूर्ण भूमिकाप्रति गहिरो कृतज्ञता व्यक्त गरे।‘यहाँ, हामीले फासीवाद विरुद्ध चिनियाँ जनताको प्रतिरोधमा विजयको ८० औं वार्षिकोत्सवको श्रद्धांजलीस्वरूप यो स्मारक वा मूर्तिकला र यो भव्य वर्ग निर्माण गरेका छौं,’ उनले भने। उक्त स्मारक क्षेत्

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 287 पटक पढिएको
  • अफगानिस्तानमा २४ घण्टाभित्र तीन वटा भूकम्प, डब्लुएफपी र भारतको राहत सहयोग

    काठमाडौं— पछिल्लो २४ घण्टामा अफगानिस्तान लगातार भूकम्पले प्रभावित भएको छ । शुक्रबार बिहानै ४.९ म्याग्निच्युडको अर्को भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । यसअघि बिहीबार राति क्रमशः ५.८ र ४.१ म्याग्निच्युडका दुई भूकम्प गएका थिए । स्थानिय समय अनुसार पहिलो भूकम्प राति १०ः२६ बजे ५.८ म्याग्निच्युडको थियो भने दोस्रो ११ः५८ बजे ४.१ म्याग्निच्युडको मापन गरिएको थियो ।यसैबीच, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले कुनार र नंगरहार प्रान्तमा भूकम्प प्रभावित क्षेत्रका लागि आपतकालीन राहत पठाएको छ । पछिल्लो विवरण अनुसार, भूकम्पमा एक हजार चारसय भन्दा बढीको ज्यान गइसकेको छ भने तीन हजार भन्दा ब

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 340 पटक पढिएको
  • अफगानिस्तानको भुकम्पमा ज्यान गुमाउनेको सङ्ख्या १४ सय पुग्यो

    काठमाडौं— आइतवार पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्ला केन्द्रबिन्दु भएर गएको शक्तिशाली भुकम्पमा ज्यान गुमाउनको सङ्ख्या १४ सय पुगेको छ ।६ रेक्टर स्केलको उक्त भुकम्पका कारण हाल सम्म ३ हजार ५०० भन्दा बढी मानिस घाइते भएको अधिकारीहरूले जनाएका छन् । यस भूकम्पले करिब ५ हजार ४०० घर ध्वस्त बनाउँदै हजारौंलाई घरबारविहीन बनाएको छ, जसलाई पछिल्लो इतिहासकै सबैभन्दा प्राणघातक प्राकृतिका विपत्तिहरूमध्ये एक मानिएको छ ।केन्द्रबिन्दुबाट करिब ६० किलोमिटर टाढा रहेको नंगरहार सैनिक विमानस्थलका हेलिकप्टर र एम्बुलेन्समार्फत घाइतेहरूलाई अस्पताल पु¥याइएको छ । खालिद इब्न वालिद कोप्र्सका प्रवक्ता वाहिदुल्लाह म

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 467 पटक पढिएको
  • चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

    काठमाडौं— चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । बुधबार स्थानीय समयअनुसार साँझ ६ बजे बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट उनको बिदाइ गरिएको हो ।प्रधानमन्त्री ओली गत शनिबार शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन जनवादी गणतन्त्र चीनको थियानजिन शहरमा पुगेका थिए ।भ्रमण दलमा प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा एमालेका सांस

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 515 पटक पढिएको
  • अमेरिकाले ३७ नेपालीलाई डिपोर्ट गर्‍यो, चार्टर्ड विमानमा बिहीबार काठमाडौं आइपुग्ने

     काठमाडौं— अमेरिकाले एकसाथ ३७ नेपालीलाई डिपोर्ट गरेको छ । अमेरिकाले उनीहरूलाई चार्टर्ड विमानमार्फत बिहीबार काठमाडौं ल्याएर छोड्ने अध्यागमन विभागले जनाएको छ । “अमेरिकाले डिपोर्ट गरेका ३७ नेपाली बुधबार काठमाडौं आइपुग्ने जानकारी प्राप्त भएको थियो । तर, प्राविधिक कारण देखाउँदै २४ घण्टा सारिएको छ,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले बाह्रखरीसँग भने, “अब उहाँहरू भोलि बेलुकी ५ बजे आइपुग्ने जानकारी प्राप्त भएको छ ।” एकसाथ यति ठूलो संख्यामा अमेरिकाले डिपोर्ट गरी पठाएको यो दोस्रो पटक हो । यसअघि २०८२ जेठ २५ गते अमेरिकाले डिपो

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 510 पटक पढिएको
  • युद्धका कारण शिक्षाबाट वञ्चित गाजाका विद्यार्थी

    एजेन्सी— सेप्टेम्बर महिना विश्वभरका धेरै भागका बालबालिकाका लागि विद्यालय वर्षको शुरुवात हो। तर युद्धग्रस्त गाजामा बसोवास गर्ने प्यालेस्टिनी विद्यार्थीका लागि यस सेप्टेम्बरमा विद्यालय फर्कने सम्भावना गत वर्ष जस्तै टाढाको आशा बनेको छ।मध्य गाजापट्टी शहर देइर अल–बलाहमा रहेको विस्थापन शिविरको प्रवेशद्वारमा १२ वर्षीया मारमा चुपचाप बसिरहेकी थिइन्। उनको छेउमा पुरानो धुलोले ढाकिएको झोला राखिएको थियो। आफूहरूको जीवन पहिलाको जस्तै होस् भन्ने चाहेको उनी बताउँछिन्। संयुक्त राष्ट्र संघद्वारा जारी तथ्याङ्कअनुसार युद्धले पूर्वाधारलाई ध्वस्त पारेको छ। विद्यालयहरू विस्थापित परिवारहरूको लागि आश्रयमा परिणत गर

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 554 पटक पढिएको
  • चीनले विजय दिवसको अवसरमा टियानआनमेन स्क्वायरमा भव्य समारोह

    काठमाडौं— जापानी आक्रमणविरुद्धको चिनियाँ जनयुद्ध र विश्व फासिवाद विरोधी युद्धको विजयको ८० औँ वार्षिकोत्सवको अवसरमा चीनले टियानआनमेन स्क्वायरमा भव्य समारोह आयोजना गरेको छ ।स्थानिय समय अनुसार बुधबार बिहान ९ः०० बजे भव्य समारोहमा सैन्य परेड देखाइएको छ । टियानआनमेन स्क्वायरमा जननायकहरूको स्मारक भव्य रूपमा उभिएको छ । सोही स्क्वायरमा १४ मिटर अग्लो स्मृति मञ्च निर्माण गरिएको छ, जसमा सन् १९४५ / २०२५ को प्रतीक स्वरूप १४ वटा दीपस्तम्भ राखिएका छन् ।दीपस्तम्भमाथि शान्तिको प्रतीक १४ परेवा उडाइएको छ । जसले १४ वर्ष लामो युद्धमा चिनियाँ जनताले आफ्नै रगत–मासुबाट बनाएको रुपक ‘महान भित्ताकोट’लाई जनाउँछ । समारोहमा

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 538 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा