विदेश

    Showing २०१-२१० of २,१३३ items.
  • फिफा विश्वकपः इराकमाथि सेनेगलको ५–० को शानदार जित

    काठमाडौं— फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा इराक १० खेलाडीमा सीमित भएपछि सेनेगलले त्यसको पूरा फाइदा उठाउँदै ५–० को प्रभावशाली जित निकालेको छ। फराकिलो जितसँगै सेनेगलले नकआउट चरण पुग्ने सम्भावना जीवित राखेको भए पनि अन्तिम निर्णय अन्य समूहका नतिजामा निर्भर रहनेछ।टोरन्टोमा शनिबार बिहान सम्पन्न खेलमा इराकले १३औँ मिनेटमै रेबिन सुलाकाले रातो कार्ड पाएपछि बाँकी अधिकांश समय १० खेलाडीमा खेलेको थियो। त्यसपछि सेनेगलले खेलमा पूर्ण नियन्त्रण कायम गर्दै गोलको वर्षा गर्यो।सेनेगलका लागि पापे गुएले दुई गोल गर्दा हबिब डियारा, इस्माइला सार र इलमान न्डियाएले समान एक–एक गोल गरे। पहिलो हाफ १–०

    • प्रकाशित मितिः असार १३, २०८३
    • ६३६ पटक पढिएको
  • फिफा विश्वकप: शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

    काठमाडौं । फिफा विश्वकपअन्तर्गत भोलि समूह ‘जी’, ‘एच’ र ‘आई’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्। समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू नकआउट चरणको सम्भावना बलियो बनाउने लक्ष्यका साथ मैदानमा उत्रनेछन्। समूह ‘आई’ अन्तर्गत नर्वे र फ्रान्सबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ । सोही समयमा सेनेगल र इराक पनि आमनेसामने हुनेछन् । यस्तै, समूह ‘एच’ मा काबो भर्डे र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ। यसै समूहको अर्को खेलमा उरुग्वेले स्पेनको सामना गर्नेछ । दुवै खेल बिहान ५ः४५ बजे सुरु हुनेछन्। समूह ‘जी’ अन्तर्गत न्यूजिल्यान्ड र बेल्जियमबीच खेल हुनेछ भने अ

    • प्रकाशित मितिः असार १२, २०८३
    • २७४ पटक पढिएको
  • भेनेजुएलामा शक्तिशाली भूकम्प: भौतिक संरचनाहरुमा ठूलो क्षति, मृत्यु हुनेहरुको संख्या बढ्नसक्ने

    एजेन्सी । शक्तिशाली दुईवटा भूकम्पले भेनेजुएलामा ठूलो क्षति पुर्याएको छ । भवनहरू भत्किएका छन्, विद्युत् आपूर्ति अवरुद्ध भएको छ, सञ्चार सञ्जाल प्रभावित भएको छ, र हजारौं मानिसहरू सुरक्षित आश्रयस्थलतर्फ जान बाध्य भएका छन् । बुधबार ४० सेकेन्डको अन्तरमा आएका ७।२ र ७।५ रेक्टर स्केलका यी दुई भूकम्प पछिल्लो एक शताब्दीभन्दा बढी अवधिमा दक्षिण अमेरिकी देश भेनेजुएलामा आएका सबैभन्दा शक्तिशाली भूकम्प हुन्। साथै, यी भूकम्प दशकौँयताकै सबैभन्दा धेरै मानवीय क्षति पुर्याउने भूकम्पका रूपमा दर्ज भएका छन्।तटीय राज्य ला गुआइरा सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँको पूर्वाधार व्यापक रूपमा ध्वस्त भएको छ भने राजधा

    • प्रकाशित मितिः असार १२, २०८३
    • २४० पटक पढिएको
  • भेनेजुएला भूकम्प : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धारमा अन्तर्राष्ट्रिय सहयोग तीव्र

    काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा हालै गएको शक्तिशाली दुईवटा भूकम्पपछि मृत्यु हुनेको संख्या २३५ पुगेको छ भने ४ हजार ३०० भन्दा बढी मानिस घाइते भएका छन् ।भेनेजुएलाकी स्वास्थ्यमन्त्री कारिका अल्भाराडोका अनुसार अधिकांश घाइते सामान्य अवस्थाका भए पनि धेरै गम्भीर घाइतेको शल्यक्रिया गर्नुपरेको छ । उनले अस्पतालमा ल्याइएका २३५ जनालाई मृत घोषणा गरिएको जानकारी दिइन् । भूकम्पका कारण राजधानी काराकाससहित ला गुआइरा, काराबाल्लेडा, भार्गासलगायतका क्षेत्रमा व्यापक भौतिक क्षति पुगेको छ । हजारौं भवन भत्किएका छन् भने सडक, पुल र अन्य पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ । यसबीच प्रभावित क्षेत्रमा राहत तथ

    • प्रकाशित मितिः असार १२, २०८३
    • २०४ पटक पढिएको
  • भेनेजुएलालाई विश्वभरबाट सहयोगको घोषणा, कार्यवाहक राष्ट्रपति रोड्रिगेजद्वारा आभार व्यक्त

    काठमाडौं । भेनेजुएलाको राजधानी काराकास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बुधबार शक्तिशाली दुईवटा भूकम्प आएपछि विभिन्न देशका नेताहरूले मानवीय सहायता, उद्धार टोली तथा स्वास्थ्यकर्मी पठाउने घोषणा गरेका छन् । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले सहयोगको प्रतिबद्धता जनाउने विश्व नेताहरूलाई धन्यवाद व्यक्त गरेकी छन् । भूकम्पका कारण भवनहरू भत्किनुका साथै विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेपछि अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको प्रस्ताव आएको हो ।उद्धार तथा राहत कार्य जारी रहेका बेला ल्याटिन अमेरिकी देशहरू लगायत अन्य मुलुकहरूले पनि सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । मेक्सिकोकी राष्ट्

    • प्रकाशित मितिः असार ११, २०८३
    • २६० पटक पढिएको
  • भूकम्पपछि भेनेजुएलाको काराकासमा क्षति र जनजीवन प्रभावित

    काठमाडौं । भेनेजुएलाको काराकासमा हालै गएको शक्तिशाली भूकम्पपछि त्यहाँ व्यापक क्षति देखिएको छ । चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको फुटेजमा शहरको विभिन्न स्थानमा भग्नावशेष र सडकमा मानिसहरूको भीड देखिएको छ । फुटेजअनुसार प्लाजा भेनेजुएला लेखिएको संकेत नजिकै स्थानीय बासिन्दाहरू सडकमा भेला भएका छन् । भूकम्पपछि मानिसहरू सुरक्षित स्थानतर्फ निस्किएको दृश्य पनि देखिन्छ । त्यस्तै, सडकमा ढुंगा र भवनका टुक्राहरू छरिएको देखिन्छ भने केही स्थानमा पर्खालहरू भत्किएको र ठूलो मात्रामा फोहोर तथा भग्नावशेष जमेको देखिएको छ । भूकम्पपछि काराकाससहित अन्य प्रभावित क्षेत्रमा जनजीवन अस्तव्यस्त बनेको प्रारम्भि

    • प्रकाशित मितिः असार ११, २०८३
    • २०१ पटक पढिएको
  • भेनेजुएलामा भूकम्पको महाविनाश, एक लाखसम्मको मृत्यु हुन सक्ने अमेरिकी अनुमान

    एजेन्सी। भेनेजुएलामा गएको शक्तिशाली दोहोरो भूकम्पले देशभर त्रास र विनाश फैलाएको छ ।राजधानी काराकासका विभिन्न स्थानमा बहुमञ्जिले भवनहरू भत्किएका छन् । सडकहरू भग्नावशेषले भरिएका छन् भने हजारौँ नागरिक सुरक्षित आश्रयको खोजीमा खुला स्थानमा बस्न बाध्य भएका छन् ।कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर आपत्कालीन अवस्था घोषणा गर्दै काराकासस्थित सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थलसमेत क्षतिग्रस्त भएकाले बन्द गरिएको जानकारी दिएकी छन् ।भूकम्प गएको पाँच घण्टाभन्दा बढी समय बितिसक्दा पनि मृतक र घाइतेको यकिन संख्या सार्वजनिक हुन सकेको छैन । तर अमेरिकी भूगर्भीय सर्वेक्षण यूएसजीएसले आफ्नो ‘पेजर’ प्रणा

    • प्रकाशित मितिः असार ११, २०८३
    • २३० पटक पढिएको
  • फिफा विश्वकप: चेक गणतन्त्रलाई पराजित गर्दै मेक्सिको नकआउट चरणमा प्रवेश

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा जित निकाल्दै मेक्सिको नकआउट चरणमा प्रवेश गरेको छ । मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिकोले चेक गणतन्त्रलाई ३-० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । जितका लागि मेक्सिकोका मातेओ चाभेजले खेलको ५५औं मिनेटमा गोल गरे । ६१औं मिनेटमा जुलियन किन्योनेसले गोल गरे । निर्धारित समय सकिनै लाग्दा इन्जुरी समयमा अल्भारो फिडाल्गोले गोल गर्दै मेक्सिकोको जित सुनिश्चित गरे । 

    • प्रकाशित मितिः असार ११, २०८३
    • २३४ पटक पढिएको
  • भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा ७.५ र ७.२ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प

    काठमाडौं— भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि ठूलो क्षतिभएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले उच्च मानवीय क्षति र व्यापक विनाशको सम्भावना रहेको जनाएको छ । स्रोतका अनुसार पहिलो ७।२ म्याग्निच्युडको भूकम्प गएको ३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो । दुवै भूकम्पको केन्द्रबिन्दु काराकासबाट करिब १६० किलोमिटर पश्चिममा रहेको बताइएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणको प्रारम्भिक मूल्याङ्कनअनुसार १० हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने सम्भावना ४४ प्रतिशत र एक लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने सम्भावन

    • प्रकाशित मितिः असार ११, २०८३
    • ४०१ पटक पढिएको
  • फिफा विश्वकपः मोरक्कोको हाइटीमाथि ४-२ को रोमाञ्चक जित

    काठमाडौं— फिफा विश्वकप २०२६ अन्र्तगको खेलमा मोरक्कोले हाइटीमाथि ४-२ को रोमाञ्चक जित भएको छ ।एटलान्टामा भएको खेलमा मोरक्कोले हाइटीलाई ४-२ को पराजित गरेको हो । हाइटीले खेलको १० औं मिनेटमा गोल गरेको थियो । खेलको ३९ औं मिनेटमा मोरक्कोका अचराफ हाकिमीले गोल गर्दै बराबरी बनाएका थिए । मोरक्कोका इस्माइल सैबारीले पहिलो हाफको अतिरिक्त समयमा गोल गरे । सुफियान रहिमि ७८ औं मिनेट र गेसिम यासिन ८९आंै मिनेटमा गोल गर्दै टोलीलाई सानदार जित दिलाए ।

    • प्रकाशित मितिः असार ११, २०८३
    • ५३१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.