विदेश

    Showing 241-250 of 1,585 items.
  • बाढीले पाकिस्तानमा हजारभन्दा बढी बेपत्ता

    इस्लामाबाद— पाकिस्तानी प्रधानमन्त्रीका संयोजक इख्तियार वली खानले खैबर पख्तुनख्वा प्रान्तमा आएको भयानक बाढीमा एक हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने गम्भीर चिन्ता व्यक्त गरेका छन् । खानले आफूले व्यक्तिगत रूपमा बाढी प्रभावित क्षेत्रहरू भ्रमण गरेको र ठूलो विनाश देखेको बताए । उनले बुनेरको चघर्जी क्षेत्रमा व्यापक क्षति भएको र बासोनी गाउँ नक्साबाट नै हराएको जानकारी दिए । “बाढीको पानीले बोकेका केही चट्टानहरू ट्रकभन्दा ठूला थिए । घरहरू नदीमा बगाइएका छन्, सम्पूर्ण परिवारहरू हराएका छन् र रिपोर्ट गर्ने कोही छैन”, उनले भने ।उनले आधिकारिक तथ्याङ्कले अस्पतालमा ल्याइएको शवहरू मात्रै देखाएको तर ध

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 532 पटक पढिएको
  • वासिङ्टन पुगे राष्ट्रपति जेलेन्स्की, युक्रेनले सुरक्षा ग्यारेन्टी पाउनेमा आशावादी

    वासिङ्टन — युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की वासिङ्टन पुगेका छन्। अमेरिकी भ्रमणको थालनीसँगै उनले युक्रेनले सुरक्षा ग्यारेन्टी प्राप्त गर्नेमा दृढ विश्वास व्यक्त गरेका छन्।वासिङ्टन आइपुगेको केही घण्टापछि जेलेन्स्कीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा आमन्त्रण गरेकोमा धन्यवाद व्यक्त गर्दै युद्ध चाँडै र भरपर्दो रूपमा अन्त्य हुने आशा व्यक्त गरेका छन्।“हामी सबै चाहन्छौँ कि यो युद्ध चाँडै र भरपर्दो तरिकाले समाप्त होस्, र शान्ति दिगो होस्,” उनले पोस्टमा लेखेका छन्।राष्ट्रपति जेलेन्स्कीले युक्रेनको रक्षा र सुरक्षामा विश्वस्त रहेको उल्लेख

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 564 पटक पढिएको
  • ट्रम्पलाई भेट्न जेलेन्स्की सहित युरोपेली नेताहरू अमेरिका जाँदै

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की सहित युरोपेली नेताहरु सोमबार अमेरिका जाँदैछन् ।युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले आइतबार भनिन् कि उनी र अन्य युरोपेली नेताहरू, साथै युक्रेनी राष्ट्रपति जेलेन्स्की, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न सोमबार वाशिंगटन जाँदैछन् ।“राष्ट्रपति जेलेन्स्कीको अनुरोधमा, म भोलि ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प र अन्य युरोपेली नेताहरूसँगको बैठकमा सामेल हुनेछु,“ भोन डेर लेयनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेकी छन् ।जेलेन्स्कीसँगको पछिल्ला पत्रकार सम्मेलनमा भोन डेर लेयनले भनि

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 556 पटक पढिएको
  • सरकार विपीनको सुरक्षालाई प्राथमिकता दिँदै हरसम्भव पहलमा जुटिरहेको छ: प्रधानमन्त्री ओली

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका नेपाली युवा बिपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेको बताएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सरकार विपीनको सुरक्षालाई प्राथमिकता दिँदै हरसम्भव पहलमा जुटिरहेको उल्लेख गरेका छन् ।‘इजरायलमा हमास समूहले बन्धक बनाएका बिपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु हाम्रो जिम्मेवारी हो ।  इजरायलस्थित हाम्रो दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा र बहिनी पुष्पाले महामहिम राष्ट्रपति H=E= Mr= Isaac Herzog  र संसद अध्यक्ष H=E= Mr= Amir इजबलब सँग भेटेर बिपिनको रिहाइको लागि पहल गर्न आग्रह गर्नु भएको छ । यसअघि

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 549 पटक पढिएको
  • इजरायलमा गाजाको युद्ध अन्त्य र बन्धकको रिहाइका लागि विशाल प्रदर्शन

    काठमाडौं –  इजरायलको तेल अवीवस्थित ‘होस्टेज स्क्वायर’ मा आइतवार राति हजारौं नागरिकले गाजामा जारी युद्ध अन्त्य गर्न र हमासद्वारा बन्धक बनाइएका व्यक्तिहरूको रिहाइको माग गर्दै प्रदर्शन गरेका छन् ।प्रदर्शनकारीहरूले इजरायली सरकारसँग तुरुन्तै युद्ध अन्त्य गर्दै हमाससँग सम्झौता गरी बाँकी रहेका बन्धकहरूको सुरक्षाका लागि कदम चाल्न आग्रह गरेका छन् । उनीहरूले गाजा सहरमा नियन्त्रण जमाउने सरकारी योजनाले कम्तीमा २० बन्धकको ज्यान जोखिममा पार्ने चेतावनी दिएका छन् ।प्रदर्शनकै क्रममा एकदिने राष्ट्रिय हड्तालसमेत आह्वान गरिएको थियो, जसका कारण केही क्षेत्रका सडक, कार्यालय तथा विश्वविद्यालयहरू बन्द रहे । दिनभर

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 357 पटक पढिएको
  • जेआरएफ रेमिट र नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता

    काठमाडौं— जापान र कोरियाबाट पैसा पठाउने कम्पनी जेआरएफ रेमिट र नेपालको नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा प्रदान गर्नका लागि सहकार्य सुरु भएको छ ।यो सँगै अब जापान र कोरियामा रहेका नेपालीहरूले अबदेखि जेआरएफको अनलाइन सेवा प्रयोग गरी नियो मनि ट्रान्सफरमार्फत सहजै रकम पठाउन सकिनेछ ।यो साझेदारीसँगै अब नेपालीहरुले नेपालका कुनैपनि बैंक खाता तथा भुक्तानी सेवा प्रदायकका वालेटमा रकम पठाउन सकिन्छ । साथै नियो मनि  ट्रान्सफरका देशैभर रहेका एजेन्ट नेटवर्क मार्फत समेत रकम प्राप्त गर्न सकिनेछ । जेआरएफसँगको सिाझेदारीका विषयमा नियो मनी ट्रान्सफरका सीईओ सागर खनालले भने,‘जेआरएफ रेमिटसँग मिलेर हामीले

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 555 पटक पढिएको
  • राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिवको भेट, आपसी सहकार्यमा जोड

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशी सचिव विक्रम मिश्रीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वीत हुन चाहेको बताए । ‘एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिको रुपमा भारतको सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा देखिएको प्रगतिबाट हामी प्रसन्न र उत्साहित छौँ, एक मित्र एवम् निकट छिमेकीका नाताले भारतका प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको छ र अझ बढी लाभान्वीत हुन चाहन्छ’, शिष्टाचार भेटमा राष्ट्रपति पौडेल

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 545 पटक पढिएको
  • भारत भ्रमणका लागि प्रधानमन्त्री ओलीलाई आधिकारिक निम्तो

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका लागि औपचारिक निम्तो पाएका छन् । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।आज बिहान नेपाल भ्रमणमा आएका सचिव मिस्री सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेटघाट गर्ने क्रममा सो निमन्त्रणा पत्र बुझाएका हुन् । प्रधानमन्त्री ओलीको आगामी भदौ अन्तिम साता भारत भ्रमणमा जाने तय भएको छ ।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 537 पटक पढिएको
  • युद्धग्रस्त गाजामा भोकका कारण एकैदिन ११ जनाको मृत्यु

    एजेन्सी— युद्धको चपेटामा परिरहेको गाजा क्षेत्रमा भोकमरी चरम अवस्थामा पुगेको छ। कुपोषण र भोकका कारण पछिल्लो २४ घण्टामा एक बालकसहित थप ११ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। यससँगै भोकमरीका कारण ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ, जसमा १०८ जना बालबालिका रहेका छन्।संयुक्त राष्ट्रसंघको राहत तथा कार्य एजेन्सी (यूएनआरडब्लुए) का अनुसार गाजामा हाल करिब १० लाख महिला र किशोरीहरू गम्भीर भोकमरी, हिंसा र दुव्र्यवहारको जोखिममा छन्। खाना र पानी खोज्न उनीहरू अत्यन्त जोखिमपूर्ण परिस्थितिमा घर बाहिर जान बाध्य छन्, । उनीहरूको ज्यान समेत संकटमा परेको यूएनआरडब्लुएले जनाएको छ।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 452 पटक पढिएको
  • भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरे

    काठमाडौं— भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।नेपालको दुईदिने औपचारिक भ्रमणका लागि परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा आइतबार काठमाडौं आएका सचिव मिश्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, क्षेत्रीय सहयोग र आपसी चासोका विषयमा छलफल भएको जनाइएको छ। उच्चस्तरीय भ्रमण आदानप्रदानमार्फत भारत–नेपाल सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यसहित मिश्रीको भ्रमणलाई अर्थपूर्ण मानिएको छ।सचिव मिश्रीको भ्रमणकालीन अन

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 463 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा