विदेश

    Showing ३०१-३१० of २,१३३ items.
  • एन पेनाङ एफसी दोस्रो आरटी गोल्डकपको च्याम्पियन

    क्वालालम्पुर— मलेसियामा सम्पन्न दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एन पेनाङ एफसीले जितेको छ ।आरटीएफसी मलेसियाको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा एन पेनाङ एफसीले न्यु ब्राइज क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।उपाधिसँगै एन पेनाङ एफसीले ट्रफीसहित २२ हजार मलेसियन रिंगिट नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको न्यु ब्राइज क्लबले ११ हजार मलेसियन रिंगिटमा चित्त बुझाएको आयोजकले जनाएको छ ।प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका सुरेश खत्री सर्वश्रेष्ठ खेलाडी (एमभीपी) तथा सर्वाधिक गोलकर्ता घोषित भए । उनको प्रदर्शनले टोलीलाई उपाधि जिताउन म

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • ४९४ पटक पढिएको
  • सुस्तामा तटबन्ध निर्माणमा भारतीय एसएसबीको आपत्ति

    नवलपरासी (पश्चिम)— नवलपरासी पश्चिमको सुस्तामा नारायणी नदी किनारमा निर्माण हुन लागेको नयाँ तटबन्धको काममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले आपत्ति जनाएको छ। आइतबार साँझ निर्माणस्थल पुगेको एसएसबी टोलीले नयाँ ठेक्काअन्तर्गतको काम अघि नबढाउन भनेको स्थानीय र जनप्रतिनिधिले बताएका छन्।सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार करिब १४ करोड रुपैयाँ लागतको तटबन्ध निर्माण भइरहेका बेला भारतीय पक्षको हस्तक्षेपले अन्योल सिर्जना भएको छ। प्रमुख जिल्ला अधिकारी दीपक नेपालले पनि नयाँ तटबन्ध निर्माणबारे भारतीय पक्षले आपत्ति जनाएको जानकारी आएको पुष्टि गरेका छन्।घटनाबारे सम्बन्धित निकायलाई जानकारी गरा

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • ८५१ पटक पढिएको
  • विश्वकप खेल्ने उरुग्वेली टिमबाट सुआरेज बाहिरियो

    काठमाडौं— चर्चित स्ट्राइकर लुइस सुआरेज बिना नै दुई पटकको पूर्व विजेता उरुग्वेले आगामी फिफा विश्वकप २०२६ का लागि आफ्नो आधिकारिक टोलीको घोषणा गरेको छ। प्रशिक्षक मार्सेलो वियल्साले फेडेरिको भाल्भर्डेको कप्तानीमा घोषणा गरेको टोलीमा युवा र अनुभवी खेलाडीहरूको मिश्रण रहेको छ । यस पटक टोलीको मुख्य जिम्मेवारी भाल्भर्डेको काँधमा सुम्पिइएको छ भने टोलीका अन्य प्रमुख खेलाडीहरूमा स्टार स्ट्राइकर डार्विन नुनेज, रक्षापंक्तिका खम्बा रोनाल्ड अरौजो, म्यानुअल उगार्टे, रोड्रिगो बेन्टानकुर, फाकुन्डो फेलेस्ट्री र जोसे मारिया जिमिनेज जस्ता विश्वप्रसिद्ध नामहरू समावेश छन् । बलियो टोली निर्माणका साथ मैदान उत्रने त

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • ५६९ पटक पढिएको
  • म्यानमार र चीनको सीमा आसपासमा भिषण विस्फोट, ५५ जनाको मृत्यु ७० जनाभन्दा बढी घाईते

    म्यानमार। म्यानमारको चीन सीमासँग जोडिएको उत्तरपूर्वी क्षेत्रमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा ५५ जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन्। आइतबार नामखाम टाउनसिपको कौंगटुप गाउँमा खानी उत्खननमा प्रयोग हुने विस्फोटक पदार्थ राखिएको भवनमा अचानक विस्फोट भएको प्रारम्भिक जानकारी सार्वजनिक भएको छ।विस्फोट यति शक्तिशाली थियो कि आसपासका १०० भन्दा बढी घरमा क्षति पुगेको स्थानीय उद्धारकर्मीहरूले बताएका छन्। घटनास्थलबाट हालसम्म दर्जनौं शव निकालिएको छ भने मृतकमध्ये बालबालिकासमेत रहेका छन्। घाइतेहरूलाई नजिकका अस्पतालमा उपचारका लागि पठाइएको छ। उद्धार तथा राहत कार्य जारी रहेको स्थानीय अधिकारीहरूले जन

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • २४१ पटक पढिएको
  • रोजगारीको नाममा भारतमा नेपाली बेच्ने गिरोहको पर्दाफास, भारतबाट ४५३ जनाको उद्धार

    काठमाडौं। राम्रो रोजगारी र आकर्षक आम्दानीको सपना देखाएर सयौँ नेपालीलाई भारत पुर्‍याउने गिरोहको कर्तुत सार्वजनिक भएको छ। भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा बन्धक बनाइएका ४५३ नेपाली नागरिकको उद्धार गरिएको छ।नेपाली राजदूतावासमा कार्यरत एसएसपी प्रकाश मल्लको नेतृत्वमा गएको टोलीले भारतीय प्रहरीसँग समन्वय गरी पीडितहरूको उद्धार गरेको हो। शारीरिक र मानसिक यातना भोगिरहेका उनीहरूलाई बेलहिया नाका हुँदै स्वदेश फर्काइएको छ।प्रहरीका अनुसार गिरोहले रोजगारीको प्रलोभनमा नेपालीहरूलाई भारत पुर्‍याउने, तालिमको नाममा नियन्त्रणमा राख्ने र त्यसपछि परिवारसँग २ देखि ३ लाख रुपैयाँ माग्न दबाब दिने गरेको थियो। पैसा तिरेपछ

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • ३१५ पटक पढिएको
  • भारतको उत्तर प्रदेशको हमीरपुरमा निर्माणाधीन पुल भत्किँदा ६ मजदुरको मृत्यु

    एजेन्सी— भारतको उत्तर प्रदेश राज्यस्थित हमीरपुर जिल्लामा गएराति निर्माणाधीन पुल भत्किँदा ६ जना मजदुरको मृत्यु भएको छ । भग्नावशेषमुनि पुरिएका अन्य तीन मजदुरलाई उद्धार गरी अस्पताल पठाइएको छ ।स्थानीय प्रशासनका अनुसार पुल निर्माण कार्य भइरहेको समयमा अचानक संरचना भत्किएको थियो । त्यतिबेला त्यहाँ काम गरिरहेका मजदुरहरू पुलको भग्नावशेषमुनि पुरिए । मृत्यु हुनेमध्ये दुई जना हमीरपुर र चार जना बान्डा जिल्लाका रहेका छन् ।दुर्घटना राति आएको आँधीबेहरीका कारण भएको हो कि भन्ने प्रश्नमा अतिरिक्त प्रहरी उपरीक्षक अरविन्दकुमार वर्माले घटनास्थलमै अनुसन्धान भइरहेको र जाँचपछि मात्रै वास्तविक कारण खुल्ने बताएका छन् ।द

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • ६०८ पटक पढिएको
  • तेहरान– इरान र अमेरिकाबीच तनाव फेरि बड्यो

    एजेन्शी  ।   तेहरान– इरान र अमेरिकाबीच तनाव फेरि बढेको छ ।इरानी सञ्चारमाध्यमका अनुसार हर्मुज स्ट्रेट नजिक चार जहाजमा गोली चलेको छ, जसमा एक अमेरिकी तेल ट्यांकर पनि रहेको बताइएको छ ।जहाजहरूले ट्र्याकिङ प्रणाली बन्द गरेर यात्रा गरिरहेका थिए ।त्यसपछि बन्दर अब्बास एयरपोर्ट नजिकै अमेरिकाले तीन स्थानमा आक्रमण गरेको रिपोर्ट छ । जवाफमा इरानको इस्लामिक रिभोल्युसनरी गार्डले अमेरिकी सैन्य बेसमा हमला गरेको दाबी गरेको छ । यसैबीच, बन्दर अब्बास क्षेत्रमा तीन ठूलो विस्फोटको आवाज सुनिएको र एयर डिफेन्स प्रणाली सक्रिय गरिएको इरानी मिडियाले जनाएको छ । तर विस्फोटको कारण अझै स्पष्ट भएको छैन ।अमेरिकी र

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • २९२ पटक पढिएको
  • नेपाली माटोलाई कर्मथलो बनाएका अमेरिकी समाजसेवी तथा फोटो पत्रकार स्कटको निधन

    काठमाडौं— अमेरिकाका सामाजसेवी तथा फोटो पत्रकार स्कट म्याकलेननको निधन भएको छ । क्यान्सर रोगसँग लामो समयदेखि लडिरहेका उनको बुधबार निधन भएको हो ।सन् २००६ तिर पहिलोपटक पर्यटकका रूपमा नेपाल आएका स्कट यहाँका ग्रामीण भेगका मानिसहरूको गरिबी, स्वास्थ्य क्षेत्रको दयनीय अवस्था र खासगरी महिलाहरूको संघर्ष देखेपछि निकै प्रभावित भएका थिए।त्यसपछि उनले नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य र शिक्षाको पहुँच पु¥याउने उद्देश्यले ‘द माउन्टेन फन्ड’ नामक गैरसरकारी संस्थाको स्थापना गरे ।उक्त संस्थामार्फत उनले ओखलढुङ्गा, सिन्धुपाल्चोकलगायतका जिल्लाहरूमा स्वास्थ्य शिविर सञ्चालन, औषधि वितरण र स्वास्थ्य चौकीहरू निर्माण गर्न

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • ५१८ पटक पढिएको
  • दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न इजरायली सेनाको आदेश

    काठमाडौं— इजरायली सेनाले दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न आदेश दिएको छ ।इजरायली सेनाले नयाँ आक्रमणभन्दा अघि उक्त क्षेत्रलाई ‘युद्ध क्षेत्र’ घोषण गर्दै खाली गराउन आदेश जारी गरेको हो । हेजबुल्लाहलाई बारम्बार युद्ध विराम उल्लङ्घन गरेको भन्दै आईडीएफले अत्यन्त कडाइका साथ कारबाही गर्ने चेतावनी दिएको छ ।हिजबुल्लाहले भने इजरायलमाथि नै युद्ध विराम तोडेको आरोप लगाएको छ । हिजो इजरायली सेनाले दक्षिणी सहर टायरमा हवाई आक्रमण गरेको थियो ।त्यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानमा जारी स्थल कारबाही थप विस्तार गरिने घोषणा गरेका थिए । उनले उत्तरी इजरायलका नागरिक तथा सीमावर्ती क्षेत

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • ६७३ पटक पढिएको
  • चन्द्रमामा स्थायी मानव बस्ती बसाउने नासाको योजना

    एजेन्सी— संयुक्त राज्य अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा)ले चन्द्रमाको दक्षिणी ध्रुवनजिकै दिगो मानव बस्ती स्थापना गर्ने योजनाको रूपरेखा प्रस्तुत गरेको छ।वासिङ्टनमा रहेको आफ्नो मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा नासाका अधिकारीहरूले चन्द्रमा दीर्घकालीन मानव अन्वेषण, वैज्ञानिक अनुसन्धान र व्यावसायिक गतिविधिहरूलाई सहयोग गर्न चन्द्र पूर्वाधारको विकासका लागि एजेन्सीको रणनीति कार्य योजना प्रस्तुत गरेका हुन्।नासाका अनुसार चन्द्र आधार योजनालाई तीन चरणमा विकास गरिनेछ।सन् २०२९ सम्म चल्ने पहिलो चरण रोबोटिक अन्वेषण र प्रविधि प्रदर्शनमा केन्द्रित छ। दोस्रो चरण, सन् २०२९ देखि २०३२

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ५७६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.