विदेश

    Showing 351-360 of 1,585 items.
  • अपराध संलग्नताको आरोपमा दक्षिण अफ्रिकी प्रहरी मन्त्री बर्खास्त

    अफ्रिका— दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले संगठित अपराधमा संलग्न भएको आरोप लागेपछि प्रहरी मन्त्री सेन्जो मुच्नुलाई पदबाट बर्खास्त गरेका छन्।राष्ट्रपतिले आइतबार टेलिभिजनमार्फत सम्बोधन गर्दै मुच्नुविरुद्ध राजनीतिक हत्या, भ्रष्टाचार, तथा संगठित अपराधमा संलग्न रहेको गम्भीर आरोप लागेको र त्यसको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्। राष्ट्रपति रामाफोसाले भने, “राष्ट्रिय सुरक्षालाई गम्भीरतापूर्वक लिनुपर्ने बेला हो, कोही पनि कानूनभन्दा माथि हुँदैन।”राष्ट्रपतिले कानुन प्राध्यापक फिरोज काचालियालाई अन्तरिम प्रहरी मन्त्रीका रूपमा नियुक्त गरेका छन्।यसबीच, बर्खास्त मन्त्री मुच्नुले आफू निर्दोष रहे

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 478 पटक पढिएको
  • गाजामा पानी वितरण केन्द्रमा पानी थापिरहेका १० जनासहित ६ जना बालबालिकाको मृत्यु

    काठमाडौं— आइतबार गाजामा पानी वितरण केन्द्रमा पानी थापिरहेका १० जनाको इजरायली आक्रमणमा मृत्यु भएको छ।यसरी ज्यान गुमाउनेमा ६ जना बालबालिका समेत छन्। अहिले कतारको दोहामा हमास र इजरायलको बीचमा वार्ता भइरहेको छ। वार्ताको बीचमा दुवै पक्षले एक आपसमा युद्ध विरामको मापदण्ड नटेरेको आरोप लागिरहेको छ।प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अन्तरालमा १३९ शव अस्पतालमा लगिएका छन्। २ जुलाईपछि यो सङ्ख्या सबै भन्दा धेरै हो।७ अक्टोबरमा २०२३ हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलमा गाजामा आक्रमण सुरु गरेको थियो। त्यसयता ५८ हजार २६ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।पानी बोकेर हिँडिरहेका ध

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 451 पटक पढिएको
  • लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि.....

    इस्लामावाद, ३० असार । पाकिस्तानमा बेलाबेलामा अनौठा घटनाको खबर आउने गर्छ ।यसैबीच, अहिले पाकिस्तान एयरलाइन्सको लापरवाहीले लाहोरदेखि साउदीसम्मको एउटा उडान हेडलाइन बनेको छ । लाहोरबाट कराँचीको उडान लिएका एक व्यक्तिलाई पाकिस्तान एयरलाइन्सको विमानले साउदी अरेबियाको जेद्दाह लगेको छ ।एआरवाई रिपोर्टका अनुसार यस यात्रुको नाम शाहजैन हो, जसले लाहोर एयरपोर्टबाट कराँचीको टिकट लिएका थिए तर उनलाई गलत विमानमा राखियो र शाहजैन भिसा र पासपोर्ट बिना सिधै विदेश पुगे।यो कुरा शाहजैनलाई उडानको बीचमा थाहा भयो । जब धेरै घण्टा बितिसक्दा पनि कराँची आइपुगेन, उनले क्याबिन क्रु सदस्यलाई प्रश्न सोधे, जसपछि पूरै उडानमा हंगामा म

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 255 पटक पढिएको
  • इमरान खानलाई छुटाउन पाकिस्तानी बिपक्षी दलले अगस्ट ५ मा भब्य आन्दोलन गर्ने

    इस्लामबाद, ३० असार । पाकिस्तानको विपक्षी दल पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले आफ्ना संस्थापक तथा पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको लागि राष्ट्रव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । जसका लागि शनिबार देखी सो पार्टीका शीर्ष नेताहरू लाहोर पुगेका छन्, जहाँबाट यो आन्दोलन औपचारिक रूपमा सुरु हुने जनाइएको छ। खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमीन गण्डापुरले यसलाई आन्दोलनको आधिकारिक सुरुवात भनेका छन् र उनका अनुसार अगस्ट ५ सम्ममा आन्दोलनलाई चरम सीमामा पुर्‍याउने बताएका छन्।शनिबार पीटीआई कार्यवाहक अध्यक्ष ब्यारिस्टर गोहर अली खान, केपी सीएम गंडापुर, र पञ्जाब विधानसभामा विपक्षी नेता मलिक

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 290 पटक पढिएको
  • उत्तर कोरियाविरुद्ध गठबन्धन नगर्न रुसको चेतावनी, अमेरिका–जापान–दक्षिण कोरियालाई लक्षित

    काठमाडौं— रुसले अमेरिका, जापान र दक्षिण कोरियालाई उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न चेतावनी दिएको छ । उत्तर कोरियाको पूर्वी सहर वोन्सानमा आयोजित उच्चस्तरीय भेटघाटमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभले उक्त चेतावनी दिएका हुन् ।लाभरोभले भने, “हामी ती मुलुकहरूलाई चेतावनी दिन्छौं, जसले उत्तर कोरिया वा रुसविरुद्ध लक्षित सैन्य गठबन्धन बनाउन खोजिरहेका छन् । यस्ता सुरक्षा अभ्यासहरूले क्षेत्रीय अस्थिरता निम्त्याउँछन् ।”उक्त भेटमा उनले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सन्देश समेत हस्तान्तरण गरेका थिए । साथै, युक्रेन युद्धमा उत्तर कोरियाको ‘बिना सर्त समर्थन’ प

    • प्रकाशित मितिः असार २९, २०८२
    • 536 पटक पढिएको
  • अमेरिकी कर नीतिका कारण नयाँ तरंग

    एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर नीतिमा कडाइ गरेपछि त्यसको असर देखिन थालेको छ । युरोपेली मुलुकहरुले ट्रम्प नीतिको आलोचना समेत गरिरहेका छन् ।अगस्ट १ देखि क्यानेडियाली सामानहरूमा अमेरिकाले ३५ प्रतिशत कर लगाउने निर्णय गरेपछि त्यसको जवाफ दिने क्यानाडाले चेतावनी दिएको छ । उद्योग मन्त्री मेलानी जोलीले क्यानाडाले आफ्नो ‘आर्थिक कूटनीति’लाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको सुनाइन् ।युरोपेली समृद्धि तथा औद्योगिक रणनीति आयोगका कार्यकारी उपाध्यक्ष स्टेफेन सेजोर्नसँगको संयुक्त कार्यक्रममा जोलीले क्यानडाले आर्थिक कूटनीतिलाई प्रवद्र्धन गर्ने, अमेरिकामाथि दबाब बढाउने छ । त्यस्तै देशमा रोजगार

    • प्रकाशित मितिः असार २९, २०८२
    • 343 पटक पढिएको
  • गाजामा राहत केन्द्र नजिकै गोलीकाण्डमा परी २४ जनाको मृत्यु

    काठमाडौं— दक्षिणी गाजामा रहेको एक राहत केन्द्र नजिकै गोलीकाण्डमा परी कम्तीमा २४ जनाको मृत्यु भएको नासेर अस्पतालले जनाएको छ।स्थानीय समयअनुसार शनिबार, सयौँ प्यालेस्टिनीहरू राहत सामग्री लिन केन्द्रमा जम्मा भएका बेला इजरायली सेनाले गोली चलाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उनीहरूको भनाइ अनुसार, मानिसहरू खाना लिनको लागि केन्द्रमा जम्मा भएका थिए, त्यहीबेला अचानक गोली चलाइएको हो।इजरायली रक्षा बल (आईडीएफ) ले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ। आईडीएफ का एक अधिकारीले भनेका छन्, “मानिसहरू तितरबितर पार्न चेतावनीस्वरूप गोली चलाइएको थियो। हाम्रो सुरक्षामा खतरा महसुस भएकाले मात्र कारबाही गरिएको हो

    • प्रकाशित मितिः असार २९, २०८२
    • 592 पटक पढिएको
  • आयरल्यान्डका कर्टिस क्याम्फरले पाँच बलमै पाँच विकेट लिएर इतिहास रच्दै कीर्तिमान कायम

    डब्लिन — आयरल्यान्डका अलराउन्डर कर्टिस क्याम्फरले व्यावसायिक पुरुष क्रिकेटको इतिहासमा एकै स्पेलमा पाँच बलमा लगातार पाँच विकेट लिने पहिलो खेलाडी बनेका छन्।उनले यो अद्भुत उपलब्धि इन्टर-प्रोभिन्सियल टी–२० ट्रफी अन्तर्गत मन्स्टर रेड्सका लागि नर्थ–वेस्ट वारियर्सविरुद्ध हासिल गरेका हुन्। क्याम्फरले २.३ ओभरमा १६ रन खर्चेर ५ विकेट लिँदै आफ्नो स्पेल समाप्त गरे।मन्स्टर रेड्सका कप्तानसमेत रहेका क्याम्फरले दोस्रो र तेस्रो ओभरमा मिलाएर यी पाँच विकेट लिएका थिए। १८९ रनको लक्ष्य पछ्याइरहेको वारियर्स टोली ८७/५ को अवस्थामा हुँदा क्याम्फरको यो विस्फोटक प्रदर्शनपछि एक रन थप्दै ८८ रनमै समेटिएको थियोउनको विकेट लिने

    • प्रकाशित मितिः असार २७, २०८२
    • 389 पटक पढिएको
  • पूर्वराष्ट्रपति युन सुक योलमाथि पुनः कारबाही, अदालतले दियो गिरफ्तारी आदेश

    सियोल – दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई अदालतले पुनः पक्राउ गर्न आदेश दिएको छ। बिहीबार बिहान सियोल केन्द्रीय जिल्ला अदालतले प्रमाण नष्ट हुन सक्ने भन्दै विशेष अभियोजकको आग्रहमा गिरफ्तारी वारेन्ट जारी गरेको हो।डिसेम्बरमा 'मार्सल ल' घोषणा गरी सत्ता कब्जा गर्ने प्रयासको आरोपमा मुछिएका युनलाई यसअघि मार्चमा रिहा गरिएको थियो। तर पछिल्लो आदेशपछि उनलाई राजधानी नजिकको हिरासत केन्द्रमा फिर्ता पठाइएको छ।विशेष अभियोजक चो युन–सुकको टोलीले युनमाथि विद्रोह प्रयास, शक्ति दुरुपयोग, आधिकारिक कागजातको जालसाजी लगायतका गम्भीर आरोप लगाएको छ। यदि दोषी ठहरिए, उनलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुन

    • प्रकाशित मितिः असार २६, २०८२
    • 297 पटक पढिएको
  • मलेसियामा प्रहरी हेलिकप्टर नदीमा खस्यो, पाँचै जना चालक दल सकुशल उद्धार

    काठमाडौं – मलेसियाको जोहोर राज्यमा बुधबार बिहान एक प्रहरी हेलिकप्टर आपतकालीन अवतरण गर्ने क्रममा नदीमा खसेको छ। हेलिकप्टरमा सवार पाँचै जना चालक दलका सदस्य सकुशल उद्धार गरी जोहोर बारुको सुल्ताना अमीना अस्पतालमा भर्ना गरिएको छ।स्थानीय सञ्चारमाध्यमका अनुसार, दुर्घटना जोहोरको सुंगाई पुलाई क्षेत्रमा भएको हो। हेलिकप्टर नियमित सैन्य अभ्यासमा संलग्न थियो। मलेसियन नागरिक उड्डयन प्राधिकरण  का अनुसार, हेलिकप्टरले बिहान ९:५१ बजे तंजुंग कुपांग प्रहरी चौकीबाट उडान भरेको थियो, तर केही समयमै प्राविधिक समस्या आएपछि आपतकालीन अवतरणको प्रयासमा नदीमा खसेको हो।घटनाको छानबिन एयर एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरोले

    • प्रकाशित मितिः असार २६, २०८२
    • 270 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा