विदेश

    Showing ६११-६२० of २,१३३ items.
  • इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

    एजेन्सी— गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू पत्ता लगाउन र देशभरि घुसपैठ गर्नेहरूको प्रयास रोक्न देशका विभिन्न क्षेत्रहरूमा अपरेसन गरी अनुमति बिना इजरायलमा बसिरहेका ५१३ प्यालेस्टिनी बासिन्दाहरूलाई पक्राउ गरेको जनाइएको छ ।जेरुसेलम क्षेत्रमा नै, ३९१ अवैध बासिन्दाहरू र अवैध निवासलाई सहयोग गर्ने ३४ संदिग्धहरूलाई पक्राउ गरिएको जनाइएको छ । गएको सप्ताहन्तमा भएको एउटा घटनामा, जेरुसेलम क्षेत्रको सीमा प्रहरीले प्यालेस्टिनी क्षेत्रहरूसँगको विभाजन पर्खाल माथि उफ्रेर अतारोट औद्योगिक क्षेत्रको नजिकैको कारखाना भित्र लुकेका २५ जना अवैध बासिन्दाहरूलाई पक्राउ गरेको थियो ।यसै गर

    • प्रकाशित मितिः पुस १, २०८२
    • ५७० पटक पढिएको
  • बाक्लो हुस्सुका कारण दिल्ली–आगरा एक्सप्रेस वेमा दर्जन सवारीसाधन ठोक्किए, १३ जनाको मृत्यु

    काठमाडौं— भारतमा करिब एक दर्जन सवारीसाधन एकापसमा ठोक्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।उत्तर प्रदेश, मथुरास्थित दिल्ली–आगरा–यमुना एक्सप्रेस–वेमा बाक्लो हुस्सुका कारण दुर्घटना भएको हो । मंगलबार बिहान साढे चार बजे सातवटा बस र तीनवटा कार एकापसमा ठोक्किएको बताइएको  छ ।दुर्घटनापछि आगलागी भएको थियो । त्यही आगलागीमा परी मृत्यु भएको हो । यस्तै, थुप्रै जना घाइते भएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःखद घटना भएको मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन् ।साथै, उनले घाइतेहरूको तत्काल उपचार गर्न आदेश दिएका छन् ।

    • प्रकाशित मितिः पुस १, २०८२
    • ८४९ पटक पढिएको
  • युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने - बर्लिन वार्ताअघि संवादका लागि तयार छौँ

    युक्रेन । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा तयार रहेको बताएका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत तथा युरोपेली नेताहरूसँग हुने भेटघाटलाई अत्यन्तै महत्त्वपूर्ण भएको उल्लेख गरे।गत महिना ट्रम्पले सार्वजनिक गर्नुभएको युद्ध अन्त्यसम्बन्धी योजनामा युक्रेनले केही भूभाग त्याग्नुपर्ने सङ्केत रहेको भन्दै आलोचना हुँदै आएको छ । यसैबीच, वासिङ्टनले किएभमाथि सम्झौतामा पुग्न दबाब बढाइरहेको बताइन्छ । उक्त प्रस्तावपछि अमेरिका र युक्रेनका युरोपेली साझेदारहरूबीच कूटनीतिक गतिविधि तीव्र भ

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • २५० पटक पढिएको
  • कोलकातामा लियोनल मेस्सीको ७० फिट अग्लो प्रतिमा तयार, डिसेम्बर १३ मा उद्घाटन

    काठमाडौं— भारतको पश्चिम बंगालस्थित कोलकातामा अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीको ७० फिट अग्लो विशाल फलामे प्रतिमा निर्माण सम्पन्न भएको छ । हालसम्मकै सबैभन्दा ठूलो बताइएको मेस्सीको यो प्रतिमा दक्षिण दमदमको लेक टाउन क्षेत्रमा रहेको श्री भूमि स्पोर्टिङ क्लबले तयार गरेको हो ।प्रतिमामा मेस्सीले फिफा विश्वकप ट्रफी समाइरहेको दृश्य देखाइएको छ, र हाल अन्तिम तहको फिनिसिङ कार्य भइरहेको क्लबले बताएको छ ।प्रतिमाको बाहिरी क्षेत्र सजावटसहित अन्तिम तयारी भइरहेको जनाउँदै परियोजनामा संलग्न मोन्टी पॉलको टिमले फिनिसिङ कार्य गरिरहेको जानकारी दिएको छ ।श्री भूमि स्पोर्टिङ क्लबका अध्यक्ष तथा पश्चिम बंगालका मन्त्र

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • ६१२ पटक पढिएको
  • ड्रोन निर्माण गर्ने कम्पनीमा आगलागी, कम्तीमा २२ जनाको मृत्यु

    काठमाडौं— इन्डोनेशियाको राजधानी जकार्तास्थित एक भवनमा लागेको भीषण आगलागीमा कम्तीमा २२ जनाको ज्यान गएको छ। सात तले भवनमा मंगलबार दिउँसो आगलागी भएको हो।सहरका प्रहरी प्रमुख सुसात्यो पुरनोमो कन्ड्रोका अनुसार आगो लाग्ने समयमा केही कर्मचारी मध्याह्न भोजन गरिरहेका थिए। प्रारम्भिक अनुसन्धानमा पहिलो तल्लामा ब्याट्री विस्फोट भएपछि आगलागी सुरु भई माथिल्लो तल्लातर्फ फैलिएको पाइएको छ। सो भवन ड्रोन निर्माण गर्ने कम्पनीको हो।प्रहरीका अनुसार ज्यान गुमाउनेमध्ये धेरैजसो महिला रहेका छन्, जसमा एक गर्भवती महिला पनि थिइन्। अधिकांशको मृत्यु धुवाँका कारण भएको आशंका प्रहरीले जनाएको छ।आगो नियन्त्रणका लागि २८ दमकल सवारी

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • ५९४ पटक पढिएको
  • अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

    काठमाडौ— अष्ट्रेलियामा अब १६ वर्षभन्दा कम उमेरका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने भएका छन्।प्रधानमन्त्री एन्टोनी अल्बानीजले यो कदमले बालबालिकालाई सुरक्षित र स्वस्थ वातावरणमा हुर्किन मद्दत गर्ने बताएका छन्। यो नियम बुधबारदेखि लागू हुँदैछ। सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई १६ वर्षमुनिका बालबालिकाले खाता खोल्न नदिने व्यवस्था गर्न भनेको छ।हाल फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, थ्रेड्स, टिकटक, ट्विच, एक्स, युट्युब, किक र रेडिट जस्ता १० वटा सामाजिक सञ्जालमा यो नियम लागू हुनेछ। प्रधानमन्त्री अल्बानीजले "आजका बालबालिका मोबाइल र सामाजिक सञ्जालका धेरै प्रभावमा हुने भएकाले उनीहरूलाई केही

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • ५७३ पटक पढिएको
  • रफाहको मावासीमा इजरायली गोली लागेर प्यालेस्टिनी बालिकाको मृत्यु

    काठमाडौं— दक्षिणी गाजाको रफाहस्थित मावासी क्षेत्रमा इजरायली सेनाको गोली लागेर एक प्यालेस्टिनी बालिकाको मृत्यु भएको छ। एम्बुलेन्स तथा आपतकालीन सेवाका अनुसार बालिकाको मृत्यु सेनाको तैनाथी क्षेत्र बाहिरै भएको हो।यसैबीच, इजरायल रक्षा बल (आइडीएफ) ले दक्षिणी गाजामा रहेका सैनिकहरू नजिक “पहेंलो रेखा” पार गर्दै तत्काल खतरा उत्पन्न गरेको एक आतंकवादीलाई पहिचान गरी हटाइएको दाबी गरेको छ। आइडीएफको भनाइ र स्थानीय स्रोतहरूको विवरणमा फरक देखिए पनि घटनाले गाजामा जारी तनाव थप गम्भीर बनेको संकेत गर्छ।

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • ५९९ पटक पढिएको
  • उत्तरी जापानमा ७.५ को भूकम्पपछि महाभुकम्पको सम्भावना

    काठमाडौं— उत्तरी जापानमा ७.५ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ । स्थानिय समय अनुसार भूकम्प सोमबार राति ११ः१५ बजे आओमोरी प्रिफेक्चरको पूर्वी तट क्षेत्रमा केन्द्रित भएको थियो ।भुकम्पपश्चात जापानी अधिकारीहरूले उक्त क्षेत्रमा सम्भावित ‘मेगाक्वेक’ अर्थात महाभुकम्पको जोखिमबारे चेतावनी दिएका छन् । यस्तो किसिमको महाभुकम्प आउने हो भने जापानको होक्काइडोदेखि लिएर चिबा प्रिफेक्चरसम्म र प्रशान्त तटमा ठूलो सुनामी आउन सक्ने बताइएको छ ।सोही कारण जापानी सरकारले प्रशान्त तट क्षेत्रका स्थानिय बासिन्दालाई आगामी एक सातासम्म उच्च सतर्कतामा रहन भनेको छ । तर, हालका लागि अनिवार्य रूपमा खाली गर्नुपर्ने निर्देशन भने

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • ६२७ पटक पढिएको
  • अमेरिकाले माफी दिएपछि हन्डुरसद्वारा पूर्वराष्ट्रपति हर्नान्डेजविरुद्ध पक्राउ पुर्जी जारी

    एजेन्सि— संयुक्त राज्य अमेरिकाको जेलबाट रिहा भएको केही दिनमै हन्डुरसका पूर्वराष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेजका लागि कानुनी र राजनीतिक उथलपुथल चुलिएको छ। देशको सर्वोच्च अभियोजकले उनीविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरेका हुन्।महान्यायाधिवक्ता जोहेल एन्टोनियो जेलायाले सोमबार ‘एक्स’ मा एक पोस्टमार्फत सार्वजनिक अभियोजकको कार्यालयको मुख्य अनुसन्धान निकाय ‘एजेन्सिया टेक्नीका डी इन्भेस्टिगेशन क्रिमिनल’ लाई इन्टरपोललाई ‘पूर्वराष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेजविरुद्धको अन्तर्राष्ट्रिय पक्राउ पुर्जी कार्यान्वयन गर्न’ आग्रह गर्न निर्देशन दिएको जनाएका छन् ।हर्नान्डेजकी श्रीमतीले भने उनी नि

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • ५२७ पटक पढिएको
  • गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीसहित २५ जनाको मृत्यु

    काठमाडौं— भारतको गोवास्थित नाइटक्लबमा आगलागी हुँदा चार नेपालीसहित २५ जनाको मृत्यु भएको छ । घटनामा मृत्यु हुने २० जना क्लबका कर्मचारी हुन् भने चार जना नेपाली रहेको द हिन्दुस्तान टाइम्सले जनाएको छ । समाचारअनुसार आगलागीमा परी मृत्यु हुने नेपालीहरूमा चुर्णबहादुर पुन, विवेक कटवाल तथा सविन र सुदीप छन् । उनीहरू नेपालका भनिए पनि ठेगाना खुलेको छैन । आगलागीमा ६ जना घाइते भएका छन् । अधिकारीका अनुसार शनिबार मध्यराति नाचगान भइरहेको बेला इलेक्ट्रोनिक फायरक्राकर चलाउँदा आगलागी भएको थियो । साँघुरो बाटोका कारण दमकल पुग्न नसक्दा आगो भयावह भएको थियो । नाइटक्लबमा आगलागी हुँदा कम्तिमा १०० जना डान्स फ्लोर

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • ५८६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.