विदेश

    Showing 611-620 of 1,511 items.
  • युक्रेनमा रुसी मिसाइल प्रहार हुँदा एक बालकसहित ४ जनाको मृत्यु

    एजेन्सी / पूर्वी युक्रेनको क्रामाटोर्स्कको मध्य भागमा रुसी क्षेप्यास्त्र प्रहार हुँदा मंगलबार साँझ एकजना बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । डोनेट्स्क क्षेत्रका सैन्य प्रशासन प्रमुख पाभ्लो किरिलेन्कोका अनुसार आक्रमण साँझ करिब ७:३० बजे भएको थियो । हामी अहिले शहरमा घाइते र मृतकको संख्या निर्धारण गर्न काम गरिरहेका छौँ । यो शहरको केन्द्र हो । यी सर्वसाधारणको भीड हुने सार्वजनिकरूपमा खाने ठाउँहरू थिए, उनले भनेका छन् ।अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले दोस्रो मिसाइल आक्रमण शहरको बाहिरी भागमा रहेको एउटा गाउँमा भएको बताएको छ ।युक्रेनका आन्तरिक मामिला मन्त्री इहोर क्

    • प्रकाशित मितिः असार १३, २०८०
    • 304 पटक पढिएको
  • रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट हुदाँ ३१ जनाको मृत्यु

    एजेन्सी / चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । उनीहरूको अस्पतालमा उपचार जारी छ । बुधबार राति निङ्गसिया हुई स्वायत्त क्षेत्रको यिनचुआन शहरस्थित एक बारबीक्यु रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट भएको थियो ।चिनियाँ राष्ट्रपति सी जिनफिङले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र उपचार गर्न र उद्योग क्षेत्रमा सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चीनमा यसअघि सन् २०१५ मा ग्यास र केमिकल प्लान्टमा श्रृंखलाबद्ध विष्फोट हुँदा १७३ जनाको मृत्यु भएको थियो ।

    • प्रकाशित मितिः असार ७, २०८०
    • 308 पटक पढिएको
  • कारागारमा हिंसा भड्किँदा ४१ जनाको मृत्यु

     एजेन्सी / होन्डुरसको एक महिला कारागारमा दंगा भड्किँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । प्रतिद्वन्द्वी गिरोहबीच झगडा भएपछि एउटा गिरोहले कारागारमा आगजनी गरेको अधिकारीहरुलाई उदृत गर्दैै बबिसीले जनाएको छ । घटनामा अधिकांशको जलेर मृत्यु भएको छ भने केहीको गोली लागेर मृत्यु भएको हो । घटनालगत्तै देशका उप–सुरक्षा मन्त्री जुलिसा भिल्लानुएभाले आपतकालिन अवस्थाको घोषणा गर्नुभएको छ । उनले सो कारागारमा बाँकी रहेका सबै कैदीबन्दीलाई संगठित अपराधको मुद्दा चलाइने जनाइएको छ । घाइते भएका अन्य केही कैदीहरूलाई अस्पताल भर्ना गरिएको छ । सन् २०१९ मा उत्तरी बन्दरगाह सहर तेलाको एउटा जेलमा भएको सामूहिक हिंसामा क

    • प्रकाशित मितिः असार ६, २०८०
    • 279 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आज उच्चस्तरीय भेटवार्ता

    एजेन्शी    ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज उच्चस्तरीय भेटवार्ता हुँदैछ । भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा दुईपक्षीय भेटवार्ता हुनेछ ।प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षीसँग भेटवार्ता गरेलगत्तै प्रतिनिधिमण्डल स्तरमा वार्ता हुनेछ । त्यसपछि सम्झौतापत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने छ भने दुवै प्रधानन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।प्रधानमन्त्रीले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • 375 पटक पढिएको
  • सबैभन्दा खराब परिस्थितिका लागि तयार रहनू ; राष्ट्रिय सुरक्षा अधिकारीलाई सीको निर्देशन

    एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले मुलुकका राष्ट्रिय सुरक्षा अधिकारीहरुलाई सबैभन्दा खराब परिस्थितिको सामनाका लागि तयार रहन निर्देशन दिएका छन् ।अमेरिकासँग टक्कर बढिरहेका बेला सीले आफ्ना सुरक्षा अधिकारीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।मंगलबार कम्युनिस्ट पार्टीको राष्ट्रिय सुरक्षा आयोगको बैठकमा सीले भने, ‘हामीले अहिले सामना गरिरहेको राष्ट्रिय सुरक्षा मामिलाको जटिलता र कठिनाइ निकै बढेको छ ।’उनले तेज हावा, कठोर लहर अनि खतरनाक तुफानी समुद्रको परीक्षण सामना गर्न आफु्रहरु तयार हुनुपर्ने बताए ।

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 324 पटक पढिएको
  • भारतको मणिपुरमा चलिरहेको जातीय हिंसा

    एजेन्सी । मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले भारतको मणिपुरमा चलिरहेको जातीय हिंसा रोक्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।ह्युमन राइट्स वाचले विज्ञप्ति निकालेर जातीय समुदाय र सुरक्षा बलद्वारा भइरहेको हत्याको निष्पक्ष छानबिन गरी हिंसा रोक्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको हो ।विज्ञप्तिमा भारत सरकारले मणिपुरको मेइती र कुकी समुदायबीच केही हप्तादेखि भइरहेकोे हिंसामा अहिलेसम्म ७० जनाको ज्यान गइसकेको, ३५ हजार मानिस घरबारविहीन भएका र एक हजार सात सयभन्दा बढी घर भत्किएका उल्लेख छ ।हिंसात्मक प्रदर्शन बढ्दै गएपछि मणिपुर सरकारले मे ३ देखि आजसम्मका लागि इन्टरनेट सेवामा प्रतिबन्ध लग

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 282 पटक पढिएको
  • अफ्रिकी राष्ट्रचाडमा गाउँले र डाकुबीच भिडन्त १८ जनाको मृत्यु

    रासस  ।  मध्यअफ्रिकी राष्ट्र चाडमा सशस्त्र डाकुहरूले लोगोन ओरिएन्टल क्षेत्रको एउटा गाउँमा आक्रमण गर्दा कम्तीमा १२ जना गाउँले र ६ जना डाकुको मृत्यु भएको छ । स्थानीय अधिकारी र सञ्चारमाध्यमले जनाएअनुसार उक्त आक्रमण यस क्षेत्रको उप–प्रिफेक्चर लारामनायेमा अवस्थित मकाते गाउँमा भएको हो । लारामनायेका उप–प्रदेश प्रमुख डिजिमेट ब्लामा सुकले जनाएअनुसार नौ जना मृतकको पहिचान भएको छ । त्यसैगरी, सुरक्षा बलले आठ आक्रमणकारीलाई पक्रन सफल भएको छ । यता स्थानीय सञ्चारमाध्यमले आक्रमणकारी चाडियन नभएको बताएका छन् । ओरिएन्टल क्षेत्र क्यामरून र मध्य अफ्रिकी गणतन्त्र सीमाना छ । राष्ट्रव

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 206 पटक पढिएको
  • प्रधानमन्त्रीद्वारा थाइल्याण्डको संसद विघटन, छिट्टै निर्वाचनको घोषणा गरिने

    एजेन्सी - थाइल्याण्डको संसद सोमबार विघटन गरिएको छ । प्रधानमन्त्री प्रयुत चान–ओ–चाले देशको संसद् विघटन गर्नुभएको उच्च सरकारी स्रोतले जनाएको छ । निर्बाचनको घोषणासँगै सन् २०१४ मा प्रयुतले सत्ता सम्हालेपछि थाइल्याण्डमा दोस्रो पटक निर्वाचनका हुन लागेको हो । संसद विघटन र निर्वाचनको मिति घोषणाको तयारीबारे थाइल्याण्डको राजपत्रमा प्रकाशित सूचनामा सोमबार उल्लेख गरिएको छ ।सन् २०१४ को चुनावमा सत्तामा आएका पूर्व सेना प्रमुख प्रयुतले एक दशकको निर्बासनपछि स्वदेशमा फर्किएका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी अर्बपति छोरी विरुद्ध प्रतिस्पर्धा गर्नुहुनेछ ।पेतोङ्टार्न सिनावात्राको नेतृत्वमा रहेको मुख्य

    • प्रकाशित मितिः चैत ६, २०७९
    • 132 पटक पढिएको
  • कोलम्बियामा हेलिकोप्टर दुर्घटना, चारजना सैनिकको ज्यान गयो

    बोगोटा - कोलम्बियामा त्यहाँको सेनाको एक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि चारजनाको ज्यान गएको छ ।आइतबार साँझ भएको सो दुर्घटनाको समाचारको यहाँको सेनाले पुष्टि गरेको छ ।सो हेलिकोप्टर राजधानी सहरमा नै भएको र त्यसमा रहेका चारजना सैनिककै ज्यान गएको यहाँका राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिएका छन् । उनले राजधानी सहरमा यहाँको सेनाको एक हेलिकोप्टर दुर्घटनामा परेको र त्यसमा रहेका चारजनाकै ज्यान गएको जानकारी दिएका हुन् ।उनले सेनाका लागि आवश्यक सामग्री लिएर गएको हेलिकोप्टर दुर्घटनामा परेको जानकारी दिए । यहाँको सेनाका प्रमुखले सो दुर्घटनाका बारेमा अनुसन्धान सुरु भएको जानकार

    • प्रकाशित मितिः चैत ६, २०७९
    • 210 पटक पढिएको
  • संसद्‌मा अनुपस्थित भएपछि सांसद पद चेट

    टोकियो - युटुबरबाट सांसद बनेका जापानका एकजना सांसदलाई संसद्‌मा प्रवेश गर्नै नपाई निष्कासन गरिएको छ। यसरी निष्कासनमा पर्ने उनी जापानको पहिलो सांसद बनेका छन्। योशिकाजु हिगाशितानीलाई सिनेटका उनका सहकर्मीहरूले काममा नआएको भन्दै मङ्गलबार निष्कासन गरेका हुन्। सात महिनाअघि सांसदमा निर्वाचित भएदेखि उनी एक दिन पनि संसद्को बैठकमा गएका थिएनन्।लगातार अनुपस्थित भएका कारण संसदको अनुशासन समितिले उनको संसद् सदस्यको हैसियत खोसेको हो। मतदाताले हिगाशितानीलाई गत जुलाईमा माथिल्लो सदनको सदस्यका रूपमा निर्वाचित गरेका थिए। उनी यूट्यूबमा गासीको रूपमा परिचित छन्। उनी त्यहाँ सेलिब्रिटी गसिपबारे भिडिओहरू बनाउँछन्। जापानम

    • प्रकाशित मितिः चैत १, २०७९
    • 237 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा