विदेश

    Showing 671-680 of 1,587 items.
  • विश्वको सूचना प्रविधि प्रणालीमा समस्या

    काठमाडौं— अमेरिकी साइबर सुरक्षा कम्पनी  क्राउडस्ट्राइकले सूचना प्रणालीलाई अद्यावधिक (अपडेट) गर्दा सूचना प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमै समस्या ल्याएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विभिन्न देशमा रहेका बैङ्क, विमान सेवा, रेलवे, टेलिभिजन, सञ्चार माध्यम र सुपरमार्केट तथा अनलाइन पैसा तिर्ने गेटवेसम्ममा त्यसको असर परेको छ।  अमेरिकास्थित  क्राउडस्ट्राइकबाट उक्त समस्या उत्पन्न भएको बीबीसीले जनाएको छ । माइक्रोसफ्ट विन्डोज अपरेटिङ सिस्टममा चल्ने कम्प्युटरलगायत उपकरणको स्क्रिन निलो देखिएको छ। कतिपय अवस्थामा थुप्रै पटक प्रणाली बन्द गरेर पुनः सञ्चालन गर्दा स

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 338 पटक पढिएको
  • होटलको कोठामा ६ जना मृत भेटिए

    एजेन्सी— थाइल्याण्डको राजधानी बैङ्ककको एक लक्जरी होटलको कोठामा मंगलबार  ६ भियतनामी नागरिक मृत भेटिएका छन्।ग्राण्ड हयात इरावन होटलमा भएको घटनामा ज्यान गुमाएका दुई जनासँग दोहोरो अमेरिकी नागरिकता समेत रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूलाई विष खुवाइएको आशंका गरेको छ। बैंककको मेट्रोपोलिटन प्रहरी ब्युरो प्रमुख थिति साङसावाङका अनुसार प्रारम्भिक अनुसन्धानमा लडाइँ वा चोरीसँग सम्बन्धित चोटको कुनै संकेत पाइएको छैन । उनले सबैले विषाक्त पदार्थ सेवन गरेको हुनसक्ने अनुमान गरेका छन् । प्रहरीले दिउँसो साढे ४ बजे सूचना पाएको थियो। केही समयपछि प्रधानमन्त्री श्रेथा थाभिसिन घटनास्थलमा पुगेका थ

    • प्रकाशित मितिः साउन २, २०८१
    • 347 पटक पढिएको
  • फोहोरको थुप्रोमा ८ जनाको शव भेटियो

    एजेन्सी— कन्याको नैरोबीमा फोहोर फाल्ने ठाउँबाट आठ जना महिलाको शव भेटिएको छ । महिलाहरुको शव टुक्रा पारेर सडेको अवस्थामा बोरामा रहेको पाइएको केन्याका कार्यवाहक प्रहरी प्रमुखले बताएका छन् ।प्रहरीका अनुसार लगातार दुई दिन शव फेला परेको थियो । यस घटनाबारे अहिलेसम्म कुनै पनि तथ्य नभेटिएकाले पारदर्शी, विस्तृत र छिटो अनुसन्धान गर्ने प्रहरी प्रमुख  डगलस कान्जाले प्रतिबद्धता जनाएका छन् । उनले अनुसन्धानमा जनसहयोगका लागि आह्वान पनि गर्नुभएको अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।केन्यामा गएको महिना सरकार विरोधी प्रदर्शनका क्रममा धेरै प्रदर्शनकारीको ज्यान गएको थियो भने जनआक्रोश बढेपछि केन्याका

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 514 पटक पढिएको
  • किन आक्रमणमा परे ट्रम्प ? अहिले कस्तो छ ?

    काठमाडौं— अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि पेन्सलभेनिया राज्यको बट्लरमा चुनावी  र्‍यालीलाई सम्बोधन गर्ने क्रममा गोली प्रहार भएको छ। यस पटक ट्रम्पले टेलिप्रम्पटर प्रयोग नगरेका कारण ज्यान जोगिएको चर्चा चलेको छ।आफ्नो भाषणका लागि सधैं टेलिप्रम्पटरको प्रयोग गर्ने गरेको भए तापनि यसपटक भने टेलिप्रम्टरको प्रयोग गरेनन् । टेलिप्रम्पटर तयारी अवस्थामै थियो तर ट्रम्पले  र्‍यालीलाई सम्बोधन गर्दै ‘आज म टेलिप्रम्पटरको प्रयोग नगरी आफ्नो कुरा सीधै भन्छु’ भनेका थिए । त्यति नै बेलामा उनीमाथि गोली प्रहार भएको थियो। टेलिप्रम्पटर प्रयोग नगरेको कारण ट्रम्पको टाउको दायाँबायाँ घुमेको कारण गोल

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 491 पटक पढिएको
  • कियर स्ट्यामर बने बेलायतको नयाँ प्रधानमन्त्री

    काठमाडौं— लेबर पार्टीका नेता सर कियर स्ट्यामर संयुक्त अधिराज्य (बेलायत) को नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । बेलायतका राजा चाल्र्स तृतीयले उनलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेसँगै विपक्षी लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ । त्यसअघि प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार नै राजासमक्ष राजीनामा बुझाएका थिए । बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनमा विपक्षी लेबर पार्टीले ऐतिहासिक सफलता हात पार्दै ४१२ स्थानमा जितेसँगै लेबरका लागि सत्ताको ढोका खुलेको हो । लेबरको जित अघिल्लो आमनिर्वाचनको तुलनमा २११ सिट बढी हो । ६५० सदस्य रहेको बेलायती संसद् हाउस अफ कमन्समा बहुमतका लागि ३२६ स

    • प्रकाशित मितिः असार २२, २०८१
    • 398 पटक पढिएको
  • साइबर अपराध गर्ने १२३ जनालाई देश निकाला !

    काठमाडौं— इन्डोनेसियाले बाली टापुमा साइबर अपराध गरेको आरोपमा एक सय तीन जनालाई देश निकाला गर्ने भएको छ । देश निकाला हुनेमा ९१ जना पुरुष र १२ महिला रहेका समाचार संस्था अलजजिराले जनाएको छ ।तीमध्ये धेरैजसो ताइवानका रहेका छन् । प्रवेशाज्ञा दुरुपयोग गरेको तथा साइबर अपराध गरेको आरोपमा उनीहरुलाई देश निकाला गर्न लागिएको इन्डोनेसियाली अधिकारीले बताएका छन् । स्टिङ अपरेसनबाट उनीहरुलाई सयौं यन्त्रउपकरणसहित, सीमापार साइबर–ठगी र भिसा उल्लङ्घनको आरोपमा पक्राउ गरिएको अध्यागमन निर्देशक सफार मुहम्मदले बताएका छन् ।इन्डोनेसियाले यो समूहको अन्तर्राष्ट्रियस्तरमा अरू कुनै सम्बन्ध छ कि छैन भनेर अनुसन्धान गरिरहेका छन्

    • प्रकाशित मितिः असार १५, २०८१
    • 474 पटक पढिएको
  • भारतको लोकसभाको सभामुख पदमा ओम बिरला

    काठमाडौँ- भारतको लोकसभाको सभामुख पदमा ओम बिरला निर्वाचित भएका छन् ।बुधबार प्रोटेम सभामुख भर्त्रीहरि महताबले बिरला निर्वाचित भएको घोषणा गरेका हुन् ।त्यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा सांसद बिरलालाई सभामुख चयन गर्ने प्रस्ताव पेश गरेका थिए । बिरला लगातार दोस्रो पटक लोकसभाको सभामुख बनेका हुन् ।

    • प्रकाशित मितिः असार १२, २०८१
    • 354 पटक पढिएको
  • रुसको क्रिस्चियन र यहुदको सभाघरमा अन्धाधुन्द गोली प्रहार, १५ को मृत्यु

    एजेन्सी— रुसको दक्षिणी प्रान्त दागेस्तानस्थित क्रिस्चियन र यहुदीहरूको सभाघरमा बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार भएको छ। यो घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ। दागिस्तानको डर्बेन्ट शहरमा भएको गोलाबारीमा २० जनाभन्दा बढी घाइते भएका छन् । समाचार एजेन्सी तासका अनुसार सुरक्षा बलको जवाफी कारबाहीमा चार आतंककारी मारिएका छन् । गोलीबारीमा चर्चका एक पादरी र एक प्रहरीको मृत्यु भएको बताइएको छ। हमलापछि यहुदी धर्मस्थलको एउटा तल्लामा रहेको झ्यालबाट ठूला ठूला आगोको मुस्लो निस्किएको थियो ।

    • प्रकाशित मितिः असार १०, २०८१
    • 258 पटक पढिएको
  • भारतमा परीक्षा सञ्चालन गर्ने नयाँ कानून लागू

    काठमाडौं । भारत सरकारले परीक्षा सञ्चालन नियन्त्रण सम्बन्धी नयाँ कानून लागू गरेको छ।  नयाँ कानूनले कलेज भर्ना वा सरकारी जागिरका लागि परीक्षा सञ्चालनमा हुने अनियमितता वा भ्रष्ट अभ्यासमा संलग्न हुनेहरूलाई १० वर्षको जेल र १० मिलियन भारतीय रुपैयाँको मौद्रिक जरिवाना जस्ता दण्डात्मक प्रावधानहरू समावेश गरेको छ । यस वर्षको फेब्रुअरीमा भारतीय संसद्ले पारित गरेको नयाँ कानुन सार्वजनिक परीक्षा (अनुचित साधनहरूको रोकथाम) ऐन, २०२४ शुक्रबारदेखि लागू गरिएको छ । राष्ट्रियस्तरका प्रमुख परीक्षाहरूको प्रश्नपत्र बारम्बार बाहिरिने घटनालाई लिएर सङ्घीय सरकारको राष्ट्रिय परीक्षण एजेन्सीविरुद्ध देशभर विद्यार्थी

    • प्रकाशित मितिः असार ८, २०८१
    • 391 पटक पढिएको
  • नेता म्युङमाथि चक्कु प्रहार

    काठमाडौँ । दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङमाथि चक्कु प्रहार भएको छ । प्रस्तावित विमानस्थलको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनका क्रममा ली जे-म्युङमाथि चक्कु प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । म्युङमाथि घाँटीको देब्रे भागमा चक्कु प्रहार भएको र उनको उपचार जारी रहेको जनाइएको छ । आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरेर कोरिया प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।  ली सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति युन सुक येओलसँग थोरै मतान्तरले हारेका थिए । 

    • प्रकाशित मितिः पुस १७, २०८०
    • 500 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा