विदेश

    Showing 751-760 of 1,514 items.
  • देश छाडेर भागे श्रीलङ्काका राष्ट्रपति राजपाक्षे, कहाँ गए ?

    काठमाडौं / श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्ष देश छोडेर भागेका छन् । बीबीसीका अनुसार मुलुकमा आर्थिक सङ्कटको विषयलाई लिएर चर्किइरहेकाे आन्दोलनका बीच राजपाक्षे सैनिक विमान मार्फत मुलुक छाडेर भागेका हुन् । ७३ वर्षीय राजपाक्षे स्थानीय समय अनुसार सोमबार राति ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । श्रीलङ्काको वायुसेनाले राजपाक्षे आफ्नी श्रीमती र दुई सुरक्षा अधिकारीहरूका साथ माल्दिभ्स तर्फ उडेको पुष्टि गरेको छ ।उनका भाई एवं पूर्वअर्थमन्त्री बासिल राजपाक्षेले पनि देश छोडेर अमेरिका जाने बताइएको छ । राष्ट्रपति देश छोडेर भागेको खबर सार्वजनिक भएसँगै स्थानी

    • प्रकाशित मितिः असार २९, २०७९
    • 115 पटक पढिएको
  • दक्षिण अफ्रिकाको बारमा गोली चल्दा १४ जनाको मृत्यु

    एजेन्सी / दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको बारमा गोली चल्दा १४ जनाको मृत्यु भएको छ । प्रहरी लेफ्टिनेन्ट इलियास मावेलालेका अनुसार शनिबार र आइतबार राति भएका गोलीबारीका कारण १४ जनाको मृत्यु भएको हो ।  घटनास्थलमा प्रहरी पुग्दा १२ जना मृत फेला परेका थिए । गोलाबारीमा घाइते ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा भर्ना भएकामध्ये २ जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ ।

    • प्रकाशित मितिः असार २६, २०७९
    • 106 पटक पढिएको
  • युक्रेनी राष्ट्रपति जेलेन्सकीद्धारा पाँच देशका राजदूतलाई देश निकाला

    एजेन्सी  / चार महिनादेखि जारी युद्धमा रसियाले पकड बनाउँदै लगिरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले पाँच देशका राजदूतलाई देश निकाला गरेका छन् ।उनले यससम्बन्धी एक आदेशमा शनिबार हस्ताक्षर गरेका छन् । जेलेन्सकीले चार वटा युरोपेली राष्ट्रका राजदूतलाई पनि बर्खास्त गर्दै देशनिकालाको घोषणा गरेका छन् । जेलेन्सकीले युरोपेली मुलुकहरू जर्मनी, हंगेरी, चेक रिपब्लिक र नर्वेका राजदूतलाई बर्खास्त गर्दै देश छाड्ने आदेश दिएका हुन् ।युक्रेनमाथि आक्रमणको मामिलामा रसियाको पक्षमा देखिँदै आएको भारतका युक्रेनस्थित राजदूत पनि जेलेन्सकीको निशानामा परेका छन् । रसियाले आक्रमण गरेपछि जेलेन्सकीले भा

    • प्रकाशित मितिः असार २६, २०७९
    • 128 पटक पढिएको
  • पाकिस्तानमा बाढीका कारण ५७ जनाको मृत्यु , सयौँ नागरिक घरबारविहीन

    एजेन्सी / पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ५७ जनाको मृत्यु छ । जसमा अधिकांश बालबालिका र महिला रहेका छन् । गत सातादेखि जारी भारी वर्षाका कारण हजारौं विस्थापित भएका छन् । पाकिस्तानको बलुचिस्तान क्षेत्र बाढीको चपेटामा पर्दा त्यहाँका सयौँ नागरिक घरबारविहीन बनेका छन् ।भारी वर्षाले पाकिस्तानका ८ वटा ड्याम भत्केका छन् । बलुचिस्तानमा सयौँ घर डुबानमा पर्नुका साथै त्यतिकै सङ्ख्यामा सवारीसाधन डुबेका छन् । बाढीका कारण हवाई सेवा अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका छन् । बाढीकै कारण पाकिस्तानमा सम्पूर्ण विद्यालय र कलेजहरू केही समयका लागि बन्द गरिएको छ ।

    • प्रकाशित मितिः असार २६, २०७९
    • 123 पटक पढिएको
  • श्रीलङ्काका प्रधानमन्त्री र राष्ट्रपतिले राजीनामा दिँदै, प्रदर्शनकारीले लगाए प्रधानमन्त्रीको घरमा आगो

    झापा / श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार राजीनामा दिने भएका छन् । प्रदर्शनकारीले घर कब्जामा लिएपछि गए राति राष्ट्रपति राजापाक्षेले राजीनामा दिने बताएका हुन् ।राष्ट्रपति राजापाक्षेले राजीनामा दिएपछि सभामुख ३० दिनका लागि राष्ट्रपति बन्ने र त्यस अवधिमा संसद्ले नयाँ नेता चयन गर्ने बताइएको छ ।शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्षे सुरक्षित क्षेत्रतर्फ भागेका थिए ।श्रीलङ्कामा आर्थिक संकट चुलिएपछि प्रदर्शनकारीले महिनौँदेखि राष्ट्रपति राजापाक्षेको राजिनामा माग गर्दै प्रदर्शन गर्दै आएका थिए । यसैबीच, प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिंघ

    • प्रकाशित मितिः असार २६, २०७९
    • 106 पटक पढिएको
  • गोली लागेर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

    झापा / गोली लागेर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । आबेको निधन भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।[Breaking News] Officials say former Japanese Prime Minister #Abe Shinzo has been confirmed #dead. He was reportedly #shot during a speech on Friday in the city of #Nara, near Kyoto.https://t.co/bZpiKm8wIN— NHK WORLD News (@NHKWORLD_News) July 8, 2022 ">चुनावी अभियान अन्तर्गत आज (शुक्रबार) बिहान जापानको नारा शहरको एक सडकमा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो ।दुई पटक गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटी

    • प्रकाशित मितिः असार २४, २०७९
    • 119 पटक पढिएको
  • जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार

    काठमाडौँ / जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ । शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो ।प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । आवेको अहिले अस्पतालमा उपचार भइरहेको बताइएको छ । । जापानका मिडियाहरूका अनुसार उनी बेहोस अवस्थामा छन् । गोली लागेको ठाउँबाट रगत बगिरहेको थियो । त्यसपछि उनलाई हृदयाघात भएको हुनसक्ने अनुमान छ ।उनलाई नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको छ । उनको अवस्था गम्भीर छ । आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटि

    • प्रकाशित मितिः असार २४, २०७९
    • 104 पटक पढिएको
  • बाढी र पहिरोमा परी पाकिस्तानमा २५ जनाको मृत्यु

    एजेन्सी / पाकिस्तानमा भीषण बाढी पहिरोका कारण २५ जनाको ज्यान गएको छ । पाकिस्तानी अधिकारीहरूले यहाँको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा केही दिनदेखि जारी रहेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट उनीहरूको निधन भएको बताएका छन् । बलुचिस्तान प्रान्तको प्रकोप व्यवस्थापन सम्बन्धी विभागका महानिर्देशकका अनुसार केही दिन देखिको वर्षाले गर्दा २५ जनाको ज्यान गएको छ भने अरु केही नागरिक बेपत्ता पनि भएका छन् । साथै बाढीले यहाँको स्थानीय बस्तीका विजुली, पानीको धारा एवं यातायातका कतिपय संरचनाहरूमा नै क्षति पुर्‍याएको छ । बाढीले कम्तीमा पनि २०० घर भत्काएको छ भने २ हजार पशु चौपाया मरेका छन् । क्वेटा नगरमा ब

    • प्रकाशित मितिः असार २२, २०७९
    • 118 पटक पढिएको
  • चीनको सियान सहरमा लकडाउन

    एजेन्सी / कोभिडको ओमिक्रोन सवभेरियन्टबाट जोगिन चीनको पुरानो सहर सियानका केही भागमा फेरि लकडाउन गरिएको छ । १ करोड ३० लाख जनसंख्या भएको सियानका व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका लागि बन्द हुने भएका हुन् ।गत वर्षको अन्त्यमा ऐतिहासिक सहर सियानमा एक महिना लामो तालाबन्दी गरिएको थियो । शनिबारदेखि सहरमा १८ ओटा नयाँ केस भेटिएका थिए । आधिकारिक सूचनाअनुसार द्रुत रूपमा फैलिरहेको ओमिक्रोन सबभेरियन्टका कारण कोभिड संक्रमण बढेका हुन् । यो भेरियन्ट यसअघि अमेरिका र बेलायतमा देखिएको थियो ।सियानमा सात दिन अस्थायी नियन्त्रणको विधि लागू गरिएको उक्त सहरका अधिकार झाङ सिउदोङले जानकारी दिए

    • प्रकाशित मितिः असार २२, २०७९
    • 116 पटक पढिएको
  • युक्रेनको लुहांस्क क्षेत्र रुसको कब्जामा

    एजेन्सी / रुसले युक्रेनको एक महत्वपूर्ण शहर नियन्त्रणमा लिएको छ । भिषण संघर्षपछि युक्रेनको पूर्वी शहर लिसिचांस्कमा रुसले नियन्त्रणमा लिएको हो ।योसँगै पूरै लुहांस्क क्षेत्र नियन्त्रणमा लिन रुस सफल भएको छ । लिसिचांस्क शहर रुसी सेनाको नियन्त्रणमा रहेको युक्रेनको सेनाले पनि पुष्टि गरेको छ । युक्रेनी सेनाका जनरल स्टाफले भनेका छन्, ‘लिसिचांस्कका लागि भिषण युद्धपछि युक्रेनका रक्षा बल पछि हट्न बाध्य भएका छन् ।’उनले भनेका छन्, ‘रुससँग अत्याधुनिक गोलाबारुद, विमान, मानव संसाधन र अन्य बल थियो, युक्रेनी सेनालाई ज्यान जोगाउनका लागि पछि हट्न भनिएको छ ।’यसअघि रुसका रक्षामन्त्री सर्गेइ शोइगुले पनि लिसिचांस्क श

    • प्रकाशित मितिः असार २१, २०७९
    • 111 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा