विदेश

    Showing 761-770 of 1,514 items.
  • श्रीलङ्कामा विद्यालय बन्द गर्नुको कारण यस्तो

    काठमाडौँ  / विदेशी मुद्राको अभावका कारण आर्थिक सङ्कट ब्यहोरिरहेको श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ । इन्धन अभावका कारण पहिलो चरणमा जुलाई ४ देखि एक साता बन्द गर्ने घोषणा गरिएको हो।शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ।विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ विद्यालय बन्द गर्ने निर्णय गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्।देशका ऊर्जा मन्त्रीले आइतबार एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको जानकारी दिएका थिए। देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सरकारले इन्धन आयात गर

    • प्रकाशित मितिः असार २१, २०७९
    • 102 पटक पढिएको
  • अमेरिकामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु , २४ घाइते

    एजेन्सी / अमेरिकामा सोमबार सिकागो नजिकैको हाइल्याण्ड पार्कमा अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा निकालिएको परेडमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । यस आक्रमणमा कम्तीमा २४ जना घाइते भएको बताइएको छ ।हाइल्याण्ड पार्कका प्रहरी प्रमुखले आक्रमणमा संलग्न २२ वर्षीय संदिग्धलाई पक्राउ गरिएको दाबी गरेका छन् । प्रहरीले एक राइफलसमेत बरामद गरेको छ ।राष्ट्रपति जो बाइडेनले विज्ञप्ति जारी गर्दै शोक व्यक्त गरेका छन् । उनले आक्रमणपछि हाइल्याण्ड पार्कका जनताको सहयोगका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न आफू तयार रहेको बताए ।राष्ट्रपति बाइडेनले परेड सुटिङको घटनाबारे थाहा पाएर आफू स

    • प्रकाशित मितिः असार २१, २०७९
    • 119 पटक पढिएको
  • ४० जना विद्यार्थी सवार बस दुर्घटना हुँदा १६ जनाको मृत्यु

    एजेन्सी / भारतको हिमाञ्चल प्रदेशमा सोमबार एउटा बस दुर्घटना हुँदा केही स्कुले केटाकेटीसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।एनडिटिभीका अनुसार सैन्जतिर गइरहेको बस कुल्लुनजिकै बिहान साढे ८ बजेतिर एउटा खोँचमा खसेको थियो ।उक्त बसमा कम्तीमा ४० जना विद्यार्थी रहेको स्थानीय प्रहरीले जनाएको छ । घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । मृतकको संख्या अझै बढ्ने सम्भावना छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटना हृदयविदारक भएको बताएका छन् । उनले शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

    • प्रकाशित मितिः असार २०, २०७९
    • 132 पटक पढिएको
  • रुसले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार गर्दा २१ जनाको मृत्यु

    एजेन्सी / रुसले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार गर्दा २१ जनाको मृत्यु भएको छ । युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन् ।देशको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । घटनामा परी अरु केही घाइते भएको र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।स्थानीय समय अनुसार शुक्रबार राती १ बजे  क्षेप्यास्त्र प्रहार भएको हो । घटनास्थलमा उद्धार तथा खोजी कार्य भइरहेको अधिकारीहरूले जनाएका छन् ।गत फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण गर्दै आएको छ । आक्रम

    • प्रकाशित मितिः असार १८, २०७९
    • 98 पटक पढिएको
  • मणिपुरमा पहिरोले पुरिएर १४ जनाको मृत्यु

    एजेन्सी / भारत मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर १४ जनाको मृत्यु भएको छ । ‘भग्नावशेषबाट २३ जनालाई निकालिएको छ, जसमा १४ जनाको मृत्यु भएको थियो । त्यसैगरी अन्यको खोजी जारी छ । कति पुरिएका छन् भन्ने यकिन भएको छैन । तर हालसम्म गाउँले, सेना र रेलवे कर्मचारी, मजदुर (गाडिएका) सहित ६० जनाको मृत्यु भएको हुन सक्ने बताएका छन् ।रातभर खोजी तथा उद्धार कार्य जारी रहेको र घटनास्थलमा सघाउन डोजरलगायतका इन्जिनियरिङ उपकरणलाई परिचालन गरिएको छ ।जिरिबमदेखि इम्फालसम्म निर्माणाधीन रेलमार्गको सुरक्षाका लागि नोने जिल्लाको तुपुल रेलवे स्टेसन नजिक तैनाथ भारतीय सेनाको १०७ टेरिटोरियल

    • प्रकाशित मितिः असार १७, २०७९
    • 112 पटक पढिएको
  • श्रीलङ्कामा सुधार गृहबाट ६०० कैदी फरार

    एजेन्सी / दुई कैदी समूहहरूबीच झगडा भएपछि बुधबार मध्य श्रीलङ्काको पोलोनारुवास्थित सुधार गृह (पुनर्वास केन्द्र) बाट ६०० भन्दा बढी कैदीहरू फरार भएका छन् । श्रीलङ्काको प्रहरीले घटनाको पुष्टि गरेको छ ।प्रहरी प्रवक्ता निहान थल्दुवाले भने, ‘सैनिक र थप प्रहरी बललाई कान्दाकादु पुनर्वास केन्द्रमा खटाएर सुधार गृह क्षेत्रलाई घेरा हाली भागेका कैदीहरूको खोजी सुरु गरिएको छ ।’उक्त सुधार गृहमा करिब एक हजार कैदीहरूलाई राखिएको थियो ।

    • प्रकाशित मितिः असार १६, २०७९
    • 109 पटक पढिएको
  • श्रीलङ्कामा अत्यावश्यक सवारीसाधनले मात्र इन्धन पाउने

    एजेन्सी / आर्थिक निकटसँग गुज्रिरहेको श्रीलंकाले अत्यावश्यक बाहेकका सवारीसाधनलाई इन्धन बिक्री नगर्ने भएको छ। श्रीलंका सरकारले आगामी दुई हप्तासम्म सार्वजनिक यातायात, रेलका साथै औषधि र खाद्यान्न ढुवानी गर्ने गाडीलाई मात्र इन्धन दिने निर्णय गरेको हो।जुलाई १० सम्म निजी सवारीसाधनलाई पेट्रोल र डिजेल बिक्री गरिनेछैन।यस्तै, सरकारले २ करोड २० लाख नागरिकलाई घरबाटै काम गर्न र शहरी क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन समेत दिएको छ।श्रीलङ्काको सरकारले इन्धन आपुर्तिलाई सहज बनाउन रसिया र कतारमा प्रतिनिधि पठाएको छ। उनीहरूले ती राष्ट्रसँग सस्तोमा पेट्रोल र डिजेल उपलब्ध गराउन माग गरिरहेका छन्।

    • प्रकाशित मितिः असार १४, २०७९
    • 130 पटक पढिएको
  • लरीभित्र ४० आप्रवासी मृत फेला

    एजेन्सी / अमेरिकाको टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकामा एउटा लरीमा कम्तीमा ४२ जना आप्रवासी मृत फेला परेका छन् । फेला परेकामध्ये १६ जनालाई अस्पताल लगिएको छ । लरी वरपर आपतकालीन उद्धारकर्ता परिचालन गरिएको छ ।सान एन्टोनियोको दक्षिणपश्चिमी छेउमा रेल ट्र्याक नजिक लरी फेला परेको थियो । न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियो प्रहरी विभागका अधिकारीहरूले घटनास्थलबाट हराएका लरी चालकलाई खोजी गरिरहेका छन् ।सान एन्टोनियो अमेरिका–मेक्सिकन सीमाबाट लगभग २५० किलोमिटर टाढा छ । मानिसहरू कसरी मरे भन्ने तुरुन्तै स्पष्ट हुन नसकेको र स्थानीय प्रहरीले सार्वजनिक रूपमा टिप्पणी नगरेको बीबीसीले जनाएको छ ।&nb

    • प्रकाशित मितिः असार १४, २०७९
    • 129 पटक पढिएको
  • साँढे जुधाइ प्रतियोगिता हेर्न गएका ४ जनाको मृत्यु , ३० जना घाइते

    एजेन्सी / कोलम्बियामा साँढे जुधाइ प्रतियोगिता हेर्न रङ्गशालामा भेला भएका दर्शक बस्ने कक्ष भत्किँदा चार जनाको मृत्यु भएको छ ।३० जना घाइते भएका छन् । कोलम्बियाको एल एस्पिनल रङ्गशालामा प्रतियोगिता चलिरहँदा काठको तीन तले दर्शकदीर्घा भत्किएको बीबीसीले जनाएको छ ।कोलम्बियामा बर्सेनि आयोजना हुने गरेको सान पेड्रो फेस्टिबलमा साँढेले हानेर कयौँको ज्यान जाने गरेको छ । राष्ट्रपति गुस्ताभो पेट्रोले यस्ता प्रतियोगितामाथि प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् । 

    • प्रकाशित मितिः असार १३, २०७९
    • 162 पटक पढिएको
  • नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख मिकलर ताजिकिस्तानका राजदूतमा नियुक्त

    काठमाडौं / नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख मानुअल पी मिकलर ताजिकिस्तानका लागि राजदूतामा नियुक्त भएका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले राजदूत र्‍यान्डी बेरी नामिबिया र नियोग उपप्रमुख मिकलरलाई ताजकिस्तानका लागि राजदूतमा नियुक्त गरेको हो ।ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेनले आफ्नो प्रशासनका महत्वपूर्ण नियुक्ति तथा मनोनयन गर्ने क्रममा बेरीलाई नामिबियाको र मिकलरलाई ताजिकिस्तानको राजदूतमा नियुक्त गरेका हुन् ।सन् १९९३ मा अमेरिकाको परराष्ट्र सेवामा प्रवेश गरेका बेरीले नेपाल, बंगलादेश, इजिप्ट, साउथ अफ्रिका र युगान्डाका अमेरिकी नियोगमा रहेर कुटनीतिज्ञको भूमिका निर्व

    • प्रकाशित मितिः असार १३, २०७९
    • 116 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा